< फिलिप्पी 3 >
1 अन्त्यमा मेरा भाइहरू हो, परमप्रभुमा आनन्द गर । तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन । यी कुराहरूहरूले तिमीहरूलाई सुरक्षित राख्नेछन् ।
hE bhrAtaraH, zESE vadAmi yUyaM prabhAvAnandata| punaH punarEkasya vacO lEkhanaM mama klEzadaM nahi yuSmadarthanjca bhramanAzakaM bhavati|
2 कुकुरहरूदेखि होसियार रहो । खराब काम गर्नेहरूदेखि होसियार रहो । अङ्ग कटाइ गर्नेहरूदेखि होसियार रहो ।
yUyaM kukkurEbhyaH sAvadhAnA bhavata duSkarmmakAribhyaH sAvadhAnA bhavata chinnamUlEbhyO lOkEbhyazca sAvadhAnA bhavata|
3 किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।
vayamEva chinnatvacO lOkA yatO vayam AtmanEzvaraM sEvAmahE khrISTEna yIzunA zlAghAmahE zarIrENa ca pragalbhatAM na kurvvAmahE|
4 यद्यपि, म आफैँले शरीरमा भरोसा राख्न सक्थे । यदि कसैले आफ्नो शरीरमा भरोसा राख्ने विचार गर्छ भने, त्योभन्दा बढी म गर्न सक्छु ।
kintu zarIrE mama pragalbhatAyAH kAraNaM vidyatE, kazcid yadi zarIrENa pragalbhatAM cikIrSati tarhi tasmAd api mama pragalbhatAyA gurutaraM kAraNaM vidyatE|
5 मेरो आठौँ दिनमा खतना गराइएको थियो, म इस्राएलका मानिसहरूमध्ये एक, बेन्यामीन कुलमा जन्मेको, हिब्रूहरूका हिब्रू हुँ; व्यवस्थाको विषयमा चाहिँ, एक फरिसी ।
yatO'ham aSTamadivasE tvakchEdaprApta isrAyElvaMzIyO binyAmInagOSThIya ibrikulajAta ibriyO vyavasthAcaraNE phirUzI
6 मैले जोसिलो रूपमा मण्डलीलाई सताएँ । व्यवस्थाको धार्मिकताको विषयमा चाहिँ म दोषरहित थिएँ ।
dharmmOtsAhakAraNAt samitErupadravakArI vyavasthAtO labhyE puNyE cAnindanIyaH|
7 तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्टको खातिर मैले हानि नै सम्झेको छु ।
kintu mama yadyat labhyam AsIt tat sarvvam ahaM khrISTasyAnurOdhAt kSatim amanyE|
8 वास्तवमा, मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको श्रेष्ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । मैले ती कुराहरूलाई काम नलाग्ने ठान्दछु ताकि मैले ख्रीष्टलाई हासिल गर्न सकूँ,
kinjcAdhunApyahaM matprabhOH khrISTasya yIzO rjnjAnasyOtkRSTatAM buddhvA tat sarvvaM kSatiM manyE|
9 र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्ट येशूमा विश्वासद्वारा प्राप्त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्वासमा आधारित परमेश्वरबाट मैले प्राप्त गरेको हुँ ।
yatO hEtOrahaM yat khrISTaM labhEya vyavasthAtO jAtaM svakIyapuNyanjca na dhArayan kintu khrISTE vizvasanAt labhyaM yat puNyam IzvarENa vizvAsaM dRSTvA dIyatE tadEva dhArayan yat khrISTE vidyEya tadarthaM tasyAnurOdhAt sarvvESAM kSatiM svIkRtya tAni sarvvANyavakarAniva manyE|
10 यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्तिलाई जान्न चाहन्छु र उहाँका कष्टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्लिन चाहन्छु,
yatO hEtOrahaM khrISTaM tasya punarutthitE rguNaM tasya duHkhAnAM bhAgitvanjca jnjAtvA tasya mRtyOrAkRtinjca gRhItvA
11 ताकि मैले मरेकाहरूबाटको पुनरुत्थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।
yEna kEnacit prakArENa mRtAnAM punarutthitiM prAptuM yatE|
12 मैले यी सबै कुराहरू प्राप्त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्ने कुरा साँचो होइन । तर जे कुराको निम्ति म ख्रीष्टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु ।
mayA tat sarvvam adhunA prApi siddhatA vAlambhi tannahi kintu yadartham ahaM khrISTEna dhAritastad dhArayituM dhAvAmi|
13 भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्दिनँ । तर एउटा कुराचाहिँ मैले पक्रन सकेकेछुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दछु ।
hE bhrAtaraH, mayA tad dhAritam iti na manyatE kintvEtadaikamAtraM vadAmi yAni pazcAt sthitAni tAni vismRtyAham agrasthitAnyuddizya
14 म ख्रीष्ट येशूमा परमेश्वरको माथिल्लो बोलावटको इनाम जित्ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु ।
pUrNayatnEna lakSyaM prati dhAvan khrISTayIzunOrddhvAt mAm Ahvayata IzvarAt jEtRpaNaM prAptuM cESTE|
15 यसकारण, हामी परिपक्व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्न प्रकारले विचार गर्दछौ भने परमेश्वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।
asmAkaM madhyE yE siddhAstaiH sarvvaistadEva bhAvyatAM, yadi ca kanjcana viSayam adhi yuSmAkam aparO bhAvO bhavati tarhIzvarastamapi yuSmAkaM prati prakAzayiSyati|
16 तथापि, हामीले जे प्राप्त गरिसकेका छौँ, हामी त्यसमा अडिग रहौँ ।
kintu vayaM yadyad avagatA AsmastatrAsmAbhirEkO vidhirAcaritavya EkabhAvai rbhavitavyanjca|
17 भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्यान दिएर हेर ।
hE bhrAtaraH, yUyaM mamAnugAminO bhavata vayanjca yAdRgAcaraNasya nidarzanasvarUpA bhavAmastAdRgAcAriNO lOkAn AlOkayadhvaM|
18 ती धेरै व्यक्तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको थिएँ, र अहिले आँसुका साथ म बताउँदै छु, कि तिनीहरू ख्रीष्टको क्रुसका शत्रुहरूझैँ हिँडिरहेका छन् ।
yatO'nEkE vipathE caranti tE ca khrISTasya kruzasya zatrava iti purA mayA punaH punaH kathitam adhunApi rudatA mayA kathyatE|
19 तिनीहरूको नतिजा विनाश हो । किनकि तिनीहरूको ईश्वर तिनीहरूको पेट हो, र तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन् ।
tESAM zESadazA sarvvanAza udarazcEzvarO lajjA ca zlAghA pRthivyAnjca lagnaM manaH|
20 तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्तिदाता प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर्दछौँ ।
kintvasmAkaM janapadaH svargE vidyatE tasmAccAgamiSyantaM trAtAraM prabhuM yIzukhrISTaM vayaM pratIkSAmahE|
21 उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्तिद्वारा बनाइएको छ ।
sa ca yayA zaktyA sarvvANyEva svasya vazIkarttuM pArayati tayAsmAkam adhamaM zarIraM rUpAntarIkRtya svakIyatEjOmayazarIrasya samAkAraM kariSyati|