< फिलिप्पी 3 >

1 अन्त्यमा मेरा भाइहरू हो, परमप्रभुमा आनन्द गर । तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन । यी कुराहरूहरूले तिमीहरूलाई सुरक्षित राख्‍नेछन् ।
ܡܟܝܠ ܐܚܝ ܚܕܘ ܒܡܪܢ ܗܢܝܢ ܟܕ ܗܢܝܢ ܕܐܟܬܘܒ ܠܟܘܢ ܠܐ ܡܐܢܐ ܠܝ ܡܛܠ ܕܠܟܘܢ ܡܙܗܪܢ
2 कुकुरहरूदेखि होसियार रहो । खराब काम गर्नेहरूदेखि होसियार रहो । अङ्ग कटाइ गर्नेहरूदेखि होसियार रहो ।
ܐܙܕܗܪܘ ܡܢ ܟܠܒܐ ܐܙܕܗܪܘ ܡܢ ܦܥܠܐ ܒܝܫܐ ܐܙܕܗܪܘ ܡܢ ܦܤܩ ܒܤܪܐ
3 किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।
ܓܙܘܪܬܐ ܓܝܪ ܚܢܢ ܐܝܬܝܢ ܐܝܠܝܢ ܕܦܠܚܝܢܢ ܠܐܠܗܐ ܒܪܘܚܐ ܘܡܫܬܒܗܪܝܢܢ ܒܝܫܘܥ ܡܫܝܚܐ ܘܠܐ ܬܟܝܠܝܢܢ ܥܠ ܒܤܪܐ
4 यद्यपि, म आफैँले शरीरमा भरोसा राख्‍न सक्थे । यदि कसैले आफ्नो शरीरमा भरोसा राख्‍ने विचार गर्छ भने, त्योभन्दा बढी म गर्न सक्छु ।
ܟܕ ܠܝ ܐܝܬ ܗܘܐ ܠܝ ܬܘܟܠܢܐ ܐܦ ܥܠ ܒܤܪܐ ܐܢ ܓܝܪ ܐܢܫ ܤܒܪ ܕܬܘܟܠܢܗ ܒܒܤܪܐ ܗܘ ܝܬܝܪ ܡܢܗ ܐܢܐ
5 मेरो आठौँ दिनमा खतना गराइएको थियो, म इस्राएलका मानिसहरूमध्ये एक, बेन्यामीन कुलमा जन्मेको, हिब्रूहरूका हिब्रू हुँ; व्यवस्थाको विषयमा चाहिँ, एक फरिसी ।
ܓܙܝܪܐ ܒܪ ܬܡܢܝܐ ܝܘܡܝܢ ܡܢ ܛܘܗܡܐ ܕܐܝܤܪܝܠ ܡܢ ܫܒܛܐ ܕܒܢܝܡܝܢ ܥܒܪܝܐ ܒܪ ܥܒܪܝܐ ܒܢܡܘܤܐ ܦܪܝܫܝܐ
6 मैले जोसिलो रूपमा मण्डलीलाई सताएँ । व्यवस्थाको धार्मिकताको विषयमा चाहिँ म दोषरहित थिएँ ।
ܒܛܢܢܐ ܪܕܘܦܐ ܕܥܕܬܐ ܘܒܙܕܝܩܘܬܐ ܕܢܡܘܤܐ ܕܠܐ ܪܫܝܢ ܗܘܝܬ
7 तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु ।
ܐܠܐ ܗܠܝܢ ܕܝܘܬܪܢܐ ܗܘܝ ܠܝ ܚܘܤܪܢܐ ܚܫܒܬ ܐܢܝܢ ܡܛܠ ܡܫܝܚܐ
8 वास्तवमा, मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको श्रेष्‍ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । मैले ती कुराहरूलाई काम नलाग्‍ने ठान्दछु ताकि मैले ख्रीष्‍टलाई हासिल गर्न सकूँ,
ܐܦ ܚܫܒ ܐܢܐ ܠܗܝܢ ܟܠܗܝܢ ܚܘܤܪܢܐ ܡܛܠ ܪܒܘܬܐ ܕܝܕܥܬܗ ܕܝܫܘܥ ܡܫܝܚܐ ܡܪܝ ܗܘ ܕܡܛܠܬܗ ܟܠܡܕܡ ܚܤܪܬ ܘܐܝܟ ܙܒܠܐ ܚܫܒܬ ܕܠܡܫܝܚܐ ܐܬܪ
9 र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्‍त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्‍वासमा आधारित परमेश्‍वरबाट मैले प्राप्‍त गरेको हुँ ।
ܘܐܫܬܟܚ ܒܗ ܟܕ ܠܝܬ ܠܝ ܙܕܝܩܘܬܐ ܕܢܦܫܝ ܗܝ ܕܡܢ ܢܡܘܤܐ ܐܠܐ ܗܝ ܕܡܢ ܗܝܡܢܘܬܐ ܕܡܫܝܚܐ ܕܐܝܬܝܗ ܙܕܝܩܘܬܐ ܕܡܢ ܐܠܗܐ
10 यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्‍तिलाई जान्‍न चाहन्छु र उहाँका कष्‍टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्‌लिन चाहन्छु,
ܕܒܗ ܐܫܬܘܕܥ ܠܝܫܘܥ ܘܠܚܝܠܐ ܕܩܝܡܬܗ ܘܐܫܬܘܬܦ ܒܚܫܘܗܝ ܘܐܬܕܡܐ ܒܡܘܬܗ
11 ताकि मैले मरेकाहरूबाटको पुनरुत्‍थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।
ܕܠܡܐ ܐܫܟܚ ܐܡܛܐ ܠܩܝܡܬܐ ܕܡܢ ܒܝܬ ܡܝܬܐ
12 मैले यी सबै कुराहरू प्राप्‍त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्‍ने कुरा साँचो होइन । तर जे कुराको निम्ति म ख्रीष्‍टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु ।
ܠܐ ܗܘܐ ܡܢ ܟܕܘ ܢܤܒܬ ܐܘ ܡܢ ܟܕܘ ܐܬܓܡܪܬ ܐܠܐ ܪܗܛ ܐܢܐ ܕܠܡܐ ܐܕܪܟ ܠܡܕܡ ܕܡܛܠܬܗ ܐܕܪܟܢܝ ܝܫܘܥ ܡܫܝܚܐ
13 भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्दिनँ । तर एउटा कुराचाहिँ मैले पक्रन सकेकेछुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दछु ।
ܐܚܝ ܐܢܐ ܥܠ ܢܦܫܝ ܠܐ ܪܢܐ ܐܢܐ ܕܐܕܪܟܬ ܚܕܐ ܕܝܢ ܝܕܥ ܐܢܐ ܕܕܒܤܬܪܝ ܛܥܐ ܐܢܐ ܘܠܩܕܡܝ ܡܫܬܘܫܛ ܐܢܐ
14 म ख्रीष्‍ट येशूमा परमेश्‍वरको माथिल्लो बोलावटको इनाम जित्‍ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु ।
ܘܪܗܛ ܐܢܐ ܠܘܩܒܠ ܢܝܫܐ ܕܐܤܒ ܙܟܘܬܐ ܕܩܪܝܢܐ ܕܠܥܠ ܕܐܠܗܐ ܒܝܫܘܥ ܡܫܝܚܐ
15 यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्दछौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।
ܐܝܠܝܢ ܕܓܡܝܪܝܢ ܗܟܝܠ ܗܠܝܢ ܢܬܪܥܘܢ ܘܐܢ ܡܕܡ ܐܚܪܢܝܐܝܬ ܡܬܪܥܝܢ ܐܢܬܘܢ ܐܦ ܗܕܐ ܐܠܗܐ ܢܓܠܐ ܠܟܘܢ
16 तथापि, हामीले जे प्राप्‍त गरिसकेका छौँ, हामी त्यसमा अडिग रहौँ ।
ܒܪܡ ܠܗܕܐ ܕܡܛܝܢ ܒܚܕ ܫܒܝܠܐ ܢܫܠܡ ܘܒܚܕܐ ܐܘܝܘܬܐ
17 भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्यान दिएर हेर ।
ܐܬܕܡܘ ܒܝ ܐܚܝ ܘܗܘܝܬܘܢ ܡܬܒܩܝܢ ܒܐܝܠܝܢ ܕܗܟܢܐ ܡܗܠܟܝܢ ܐܝܟ ܕܡܘܬܐ ܕܒܢ ܚܙܝܬܘܢ
18 ती धेरै व्यक्‍तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको थिएँ, र अहिले आँसुका साथ म बताउँदै छु, कि तिनीहरू ख्रीष्‍टको क्रुसका शत्रुहरूझैँ हिँडिरहेका छन् ।
ܐܝܬ ܓܝܪ ܤܓܝܐܐ ܕܐܚܪܢܝܐܝܬ ܡܗܠܟܝܢ ܗܢܘܢ ܕܙܒܢܝܢ ܤܓܝܐܢ ܐܡܪܬ ܠܟܘܢ ܥܠܝܗܘܢ ܗܫܐ ܕܝܢ ܟܕ ܒܟܐ ܐܢܐ ܐܡܪ ܐܢܐ ܗܢܘܢ ܕܒܥܠܕܒܒܐ ܐܢܘܢ ܕܙܩܝܦܗ ܕܡܫܝܚܐ
19 तिनीहरूको नतिजा विनाश हो । किनकि तिनीहरूको ईश्‍वर तिनीहरूको पेट हो, र तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन् ।
ܕܚܪܬܗܘܢ ܐܒܕܢܐ ܗܝ ܗܢܘܢ ܕܐܠܗܗܘܢ ܟܪܤܗܘܢ ܘܬܫܒܘܚܬܗܘܢ ܒܗܬܬܗܘܢ ܗܠܝܢ ܕܬܪܥܝܬܗܘܢ ܒܐܪܥܐ ܗܝ
20 तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्‍तिदाता प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा गर्दछौँ ।
ܕܝܠܢ ܕܝܢ ܦܘܠܚܢܢ ܒܫܡܝܐ ܗܘ ܘܡܢ ܬܡܢ ܡܤܟܝܢܢ ܠܡܚܝܢܐ ܠܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ
21 उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्‍तिद्वारा बनाइएको छ ।
ܕܗܘ ܢܚܠܦ ܦܓܪܐ ܕܡܘܟܟܢ ܕܢܗܘܐ ܒܕܡܘܬܐ ܕܦܓܪܐ ܕܫܘܒܚܗ ܐܝܟ ܚܝܠܗ ܪܒܐ ܗܘ ܕܒܗ ܟܠ ܐܫܬܥܒܕ ܠܗ

< फिलिप्पी 3 >