< फिलिप्पी 2 >
1 यसकारण म मान्दछु, कि ख्रीष्टमा उत्साह छ । म मान्दछु, कि त्यहाँ आत्माको सङ्गति छ । म मान्दछु, कि उहाँको प्रेमबाट सान्त्वना मिल्दछ । म मान्दछु, कि त्यहाँ स्नेही करुणा र सहानुभूति छ ।
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ (τις *N(k)O*) σπλάγχνα καὶ οἰκτιρμοί,
2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर ।
πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
3 स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्च ठान ।
μηδὲν κατ᾽ ἐριθείαν (μηδὲ *N(k)O*) (κατὰ *no*) κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν·
4 आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ ।
μὴ τὰ ἑαυτῶν (ἕκαστος *NK(o)*) (σκοποῦντες *N(k)O*) ἀλλὰ καὶ τὰ ἑτέρων (ἕκαστοι. *N(k)O*)
5 त्यही शैलीमा विचार गर, जुन ख्रीष्ट येशूमा पनि थियो ।
τοῦτο (γὰρ *k*) (φρονεῖτε *N(k)O*) ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
6 उहाँ परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्ने वस्तुझैँ ठान्नुभएन ।
ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ,
7 बरु, उहाँले आफैँलाई रित्त्याउनुभयो । उहाँले कमराको रूप धारण गर्नुभयो । उहाँ मानिसको स्वरूपमा आउनुभयो । मानिसकै स्वरूपमा उहाँ रहनुभयो ।
ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,
8 उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो ।
καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·
9 यसकारण, परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो । परमेश्वरले उहाँलाई सबै नाउँभन्दा उच्च नाउँ दिनुभयो ।
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ (τὸ *no*) ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू ।
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
12 यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गर्ने गरेका छौ, अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितीमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्तिको काम पुरा गर ।
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
13 किनकि परमेश्वरको प्रसन्नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
(ὁ *k*) θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
14 गनगन नगरी र तर्क वितर्कविना सबै कामहरू गर ।
πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
15 यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक ।
ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ (ἄμωμα *N(k)O*) (ἐν *k*) (μέσον *N(k)O*) γενεᾶς σκολιᾶς καὶ διεστραμμένης ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,
16 जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्टको दिनमा मसँग महिमा गर्ने कारण होस् । किनभने त्यस दिन म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन भन्ने म जान्नेछु ।
λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα.
17 तर तिमीहरूको विश्वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म आनन्द मनाउँछु, र म तिमीहरू सबैसँग आनन्दित हुन्छु ।
ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·
18 त्यसै गरी, तिमीहरू पनि आनन्दित होओ, र मसँगै आनन्दित होओ ।
τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
19 तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ ।
Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν·
20 किनकि तिनको जस्तै मन भएको, र तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन ।
οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·
21 किनकि तिनीहरू सबैले येशू ख्रीष्टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्दछन् ।
οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ (τοῦ *k*) Ἰησοῦ Χριστοῦ·
22 तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनकि जसरी बालकले आफ्ना पिताको सेवा गर्दछ, त्यसरी नै सुसमाचारमा मलाई तिनले सेवा गरेका छन् ।
τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
23 यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिमोथीलाई तिमीहरूकहाँ पठाउने आशा गर्दछु ।
τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν (ἀφίδω *N(k)O*) τὰ περὶ ἐμὲ ἐξαυτῆς·
24 तर म आफैँ तिमीहरूका माझमा छिट्टै आउनेछु भन्ने कुरामा प्रभुमा निर्धक्क छु ।
πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
25 तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् ।
Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς·
26 किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए ।
ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς (ἰδεῖν *O*) καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
27 किनकि तिनी साँच्चै यति बिरामी थिए, कि तिनी मरणासन्न अवस्थामा पुगेका थिए । तर परमेश्वरले तिनीमाथि कृपा गर्नुभयो, र उनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो ।
καὶ γὰρ ἠσθένησεν παραπλήσιον (θανάτῳ· *NK(o)*) ἀλλ᾽ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
28 यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र म चिन्ताबाट मुक्त हुनेछु ।
σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ κἀγὼ ἀλυπότερος ὦ.
29 त्यसैले, सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर । तिनीजस्ता मानिसलाई आदर गर ।
προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε·
30 किनकि ख्रीष्टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।
ὅτι διὰ τὸ ἔργον (τοῦ *k*) (Χριστοῦ *NK(O)*) μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.