< फिलेमोन 1 >
1 ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,
ⲁ̅ⲡⲁⲩⲗⲟⲥ ⲡⲉⲧⲙⲏⲣ ⲛⲧⲉ ⲡⲉⲭⲥ ⲓⲏⲥ ⲙⲛ ⲧⲓⲙⲟⲑⲉⲟⲥ ⲡⲥⲟⲛ ⲉⲩⲥϩⲁⲓ ⲙⲫⲓⲗⲏⲙⲱⲛ ⲡⲙⲉⲣⲓⲧ ⲁⲩⲱ ⲡⲉⲛϣⲃⲣⲣϩⲱⲃ
2 अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भएको मण्डलीलाई,
ⲃ̅ⲙⲛ ⲁⲙⲫⲓⲁ ⲧⲙⲉⲣⲓⲧ ⲙⲛ ⲁⲣⲭⲓⲡⲡⲟⲥ ⲡⲉⲛϣⲃⲣⲙⲁⲧⲟⲓ ⲙⲛ ⲧⲥⲟⲟⲩϩⲥ ⲉⲧϩⲙ ⲡⲉⲕⲏⲓ
3 परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
ⲅ̅ⲧⲉⲭⲁⲣⲓⲥ ⲛⲏⲧⲛ ⲙⲛ ϯⲣⲏⲛⲏ ⲉⲃⲟⲗ ϩⲓⲧⲙ ⲡⲛⲟⲩⲧⲉ ⲡⲉⲛⲉⲓⲱⲧ ⲙⲛ ⲡϫⲟⲉⲓⲥ ⲓⲏⲥ ⲡⲉⲭⲥ
4 तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्वरलाई धन्यवाद दिन्छु ।
ⲇ̅ϯϣⲡϩⲙⲟⲧ ⲛⲧⲙ ⲡⲁⲛⲟⲩⲧⲉ ⲛⲟⲩⲟⲓϣ ⲛⲓⲙ ⲉⲓⲉⲓⲣⲉ ⲙⲡⲉⲕⲙⲉⲉⲩⲉ ϩⲛ ⲛⲁϣⲗⲏⲗ
5 प्रभु येशूमा भएको तिम्रो विश्वास र प्रेम र अरू विश्वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु ।
ⲉ̅ⲉⲓⲥⲱⲧⲙ ⲉⲧⲉⲕⲡⲓⲥⲧⲓⲥ ⲙⲛ ⲧⲉⲕⲁⲅⲁⲡⲏ ⲉⲧⲉⲩⲛⲧⲁⲕⲥ ⲉϩⲟⲩⲛ ⲉⲡϫⲟⲉⲓⲥ ⲓⲏⲥ ⲁⲩⲱ ⲉⲑⲟⲩⲛ ⲉⲛⲉⲧⲟⲩⲁⲁⲃ ⲧⲏⲣⲟⲩ
6 म प्रार्थना गर्छु, कि ख्रीष्टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्वासको सहभागिता प्रभावकारी हुन सकोस् ।
ⲋ̅ϫⲉ ⲉⲣⲉⲧⲕⲟⲓⲛⲱⲛⲓⲁ ⲛⲧⲉⲕⲡⲓⲥⲧⲓⲥ ϣⲱⲡⲉ ⲉⲥⲉⲛⲉⲣⲅⲓ ϩⲙ ⲡⲥⲟⲟⲩⲛ ⲙⲡⲉⲧⲛⲁⲛⲟⲩϥ ⲛⲓⲙ ⲉⲧⲛϩⲏⲧ ⲧⲏⲩⲧⲛ ⲉϩⲟⲩⲛ ⲉⲡⲉⲭⲥ
7 किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।
ⲍ̅ⲁⲓⲣⲟⲩⲛⲟϭ ⲅⲁⲣ ⲛⲣⲁϣⲉ ⲙⲛ ⲟⲩⲥⲟⲗⲥⲗ ⲉϩⲣⲁⲓ ⲉϫⲛ ⲧⲉⲕⲁⲅⲁⲡⲏ ϫⲉ ⲁⲛⲉⲥⲡⲗⲁⲅⲭⲛⲟⲛ ⲛⲛⲉⲧⲟⲩⲁⲁⲃ ⲙⲧⲟⲛ ⲙⲙⲟⲟⲩ ⲉⲃⲟⲗ ϩⲓ ⲧⲟⲟⲧⲕ ⲡⲥⲟⲛ
8 यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्टमा ममा साहस भए, तापनि
ⲏ̅ⲉⲧⲃⲉ ⲡⲁⲓ ⲉⲩⲛⲧⲁⲓ ⲙⲙⲁⲩ ⲛⲟⲩⲛⲟϭ ⲙⲡⲁⲣϩⲏⲥⲓⲁ ϩⲙ ⲡⲉⲭⲥ ⲉⲟⲩⲉϩⲥⲁϩⲛⲉ ⲛⲁⲕ ⲙⲡⲉⲧⲉϣϣⲉ
9 प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,
ⲑ̅ⲉⲧⲃⲉ ⲧⲁⲅⲁⲡⲏ ⲛϩⲟⲩⲟ ⲉⲓⲡⲁⲣⲁⲕⲁⲗⲉⲓ ⲉⲓⲟ ⲛⲧⲉⲉⲓⲙⲓⲛⲉ ϩⲱⲥ ⲡⲁⲩⲗⲟⲥ ⲡⲛⲟϭ ⲉⲣⲟⲕ ⲧⲉⲛⲟⲩ ⲇⲉ ⲟⲛ ⲉⲓⲙⲏⲣ ϩⲙ ⲡⲉⲭⲥ ⲓⲏⲥ
10 म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गरिरहेछु, जसको म कारागारमा हुँदा बुबा बनेँ ।
ⲓ̅ϯⲡⲁⲣⲁⲕⲁⲗⲉⲓ ⲙⲙⲟⲕ ϩⲁ ⲡⲁϣⲏⲣⲉ ⲡⲁⲓ ⲉⲛⲧⲁⲓϫⲡⲟϥ ϩⲛ ⲛⲁⲙⲣⲣⲉ ⲟⲛⲏⲥⲓⲙⲟⲥ
11 किनकि एक पटक ऊ तिम्रो निम्ति काम नलाग्ने व्यक्ति थियो, तर अहिले ऊ तिमी र म दुवैको निम्ति काम लाग्ने भएको छ ।
ⲓ̅ⲁ̅ⲡⲁⲓ ⲉⲧⲟ ⲛⲁⲕ ⲛⲁⲧϣⲁⲩ ⲙⲡⲓⲟⲩⲟⲉⲓϣ ⲧⲉⲛⲟⲩ ⲇⲉ ⲉϥⲟ ⲛⲁⲕ ⲁⲩⲱ ⲛⲁⲓ ⲛϣⲁⲩ ⲁⲓⲧⲛⲛⲟⲟⲩϥ ϣⲁⲣⲟⲕ
12 म उसलाई, जो मेरो हृदय हो, तिमीकहाँ पठाउँदै छु ।
ⲓ̅ⲃ̅ⲛⲧⲟⲕ ⲇⲉ ϣⲟⲡϥ ⲉⲣⲟⲕ ⲉⲧⲉ ⲡⲁⲓ ⲡⲉ ⲛⲁⲥⲡⲗⲁⲅⲭⲛⲟⲛ
13 म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्ने थियो भनेर मैले उसलाई मसँगै राख्न चाहन्थेँ ।
ⲓ̅ⲅ̅ⲡⲁⲓ ⲉⲛⲉⲓⲟⲩⲱϣ ⲉⲁⲙⲁϩⲧⲉ ⲙⲙⲟϥ ϩⲁⲧⲏⲓ ϫⲉⲕⲁⲥ ⲉϥⲉϣⲙϣⲉ ⲛⲁⲓ ⲉⲡⲉⲕⲙⲁ ϩⲛ ⲙⲙⲣⲣⲉ ⲙⲡⲉⲩⲁⲅⲅⲉⲗⲓⲟⲛ
14 तर म तिम्रो अनुमतिविना केही गर्न चाहन्नँ, किनभने म तिमीलाई मेरो निम्ति केही असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैँले राजीखुसीले गरेको म चाहन्छु ।
ⲓ̅ⲇ̅ⲙⲡⲓⲟⲩⲱϣ ⲇⲉ ⲉⲣ ⲗⲁⲁⲩ ⲁϫⲛ ⲧⲉⲕⲅⲛⲱⲙⲏ ϫⲉ ⲛⲛⲉ ⲡⲉⲕⲁⲅⲁⲑⲟⲛ ϣⲱⲡⲉ ⲕⲁⲧⲁ ⲟⲩϩⲧⲟⲣ ⲁⲗⲗⲁ ⲉϩⲛⲁⲕ
15 सायद अब तिमीले सदाको लागि उसलाई फिर्ता पाउन सकोस् भनेर नै ऊ केही समयको निम्ति तिमीबाट अलग भएको थियो । (aiōnios )
ⲓ̅ⲉ̅ⲙⲉϣⲁⲕ ⲅⲁⲣ ⲛⲧⲁϥⲟⲩⲉ ⲙⲙⲟⲕ ⲉⲧⲃⲉ ⲡⲁⲓ ⲡⲣⲟⲥⲟⲩⲟⲩⲛⲟⲩ ϫⲉ ⲉⲕⲉϫⲓⲧϥ ϣⲁ ⲉⲛⲉϩ (aiōnios )
16 अब एक दासको रूपमा होइन, तर दासभन्दा अधिक एउटा प्रिय भाइको रूपमा ग्रहण गर । म उसलाई माया गर्छु र तिमीले पनि उसलाई प्रेम गर । तिमीले उसलाई शरीरमा र प्रभुमा भाइको रूपमा प्रेम गर ।
ⲓ̅ⲋ̅ϩⲱⲥ ϩⲙϩⲁⲗ ⲁⲛ ϭⲉ ⲁⲗⲗⲁ ⲡⲉⲧⲛⲁⲁⲁϥ ⲉϩⲙϩⲁⲗ ⲟⲩⲥⲟⲛ ⲙⲙⲉⲣⲓⲧ ⲛⲁⲓ ⲛϩⲟⲩⲟ ⲉⲓⲉ ⲟⲩⲏⲣ ϭⲉ ⲛⲁⲕ ϩⲛ ⲧⲥⲁⲣⲝ ⲁⲩⲱ ϩⲙ ⲡϫⲟⲉⲓⲥ
17 त्यसैले, यदि मलाई सहकर्मी मानेर स्वीकार गर्छौ भने उसलाई पनि मलाई जस्तै गरी स्वीकार गर ।
ⲓ̅ⲍ̅ⲉϣⲱⲡⲉ ϭⲉ ϯϣⲟⲟⲡ ⲛⲁⲕ ⲛⲕⲟⲓⲛⲱⲛⲟⲥ ϣⲟⲡϥ ⲉⲣⲟⲕ ⲛⲧⲁϩⲉ
18 तर यदि उसले कुनै भुल गरेको छ भने मलाई दोष लगाऊ र केही तिर्नुपर्ने छ भने मेरो हिसाबमा राखिदेऊ ।
ⲓ̅ⲏ̅ⲉϣϫⲉ ⲁϥϫⲓⲧⲕ ⲇⲉ ⲛϭⲟⲛⲥ ⲛⲟⲩϩⲱⲃ ⲏ ⲟⲩⲛⲧⲁⲕ ⲉⲣⲟϥ ⲡⲁⲓ ⲟⲡϥ ⲉⲣⲟⲓ
19 म पावल, आफ्नै हातले यो कुरा लेख्दै छु, कि त्यो म तिमीलाई तिरिदिनेछु । म यो उल्लेख गर्दिनँ, कि तिमी आफ्नो जीवनको निम्ति मप्रति कति ऋणी छौ ।
ⲓ̅ⲑ̅ⲁⲛⲟⲕ ⲡⲁⲩⲗⲟⲥ ⲁⲓⲥϩⲁⲓ ⲛⲧⲁϭⲓϫ ⲁⲛⲟⲕ ⲡⲉⲧⲛⲁⲧⲟⲩⲉⲓⲟ ⲛⲁⲕ ϫⲉⲕⲁⲥ ⲉⲛⲛⲁϫⲟⲟⲥ ϫⲉ ⲉⲕⲛⲧⲟⲟⲧ ϩⲱⲱⲕ ⲛϩⲙⲟⲧ
20 हो, भाइ, मेरो आनन्दको निम्ति प्रभुमा केही गरिदेऊ; ख्रीष्टमा मेरो हृदयलाई ताजा पारिदेऊ ।
ⲕ̅ⲁⲓⲟ ⲡⲥⲟⲛ ⲉⲓⲉⲙⲧⲟⲛ ⲛϩⲏⲧ ϩⲁⲣⲟⲕ ϩⲙ ⲡϫⲟⲉⲓⲥ ϯⲙⲧⲟⲛ ⲛⲛⲁⲥⲡⲗⲁⲅⲭⲛⲟⲛ ϩⲙ ⲡⲉⲭⲥ
21 तिमीले मेरो आज्ञा पालन गर्छौ भन्ने निश्चयतासाथ म तिमीलाई यो पत्र लेख्दै छु । मलाई विश्वास छ, कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ ।
ⲕ̅ⲁ̅ⲉⲓⲕⲱ ⲛϩⲧⲏⲓ ⲉⲧⲉⲕⲙⲛⲧⲥⲧⲙⲏⲧ ⲁⲓⲥϩⲁⲓ ⲛⲁⲕ ⲉⲓⲥⲟⲟⲩⲛ ϫⲉ ⲕⲛⲁⲣϩⲟⲩⲟ ⲉⲡⲉϯϫⲱ ⲙⲙⲟϥ
22 साथै, मेरो निम्ति एउटा कोठा तयार गर, किनकि म आशा गर्दछु, कि तिम्रो प्रार्थनाले गर्दा चाँडै नै म तिमीलाई भेट्न आउन सक्नेछु ।
ⲕ̅ⲃ̅ϩⲁⲙⲁ ⲇⲉ ⲛⲅⲥⲟⲃⲧⲉ ⲛⲁⲓ ⲛⲟⲩⲙⲁ ⲛϣⲱⲡⲉ ϯϩⲉⲗⲡⲓⲍⲉ ⲅⲁⲣ ϫⲉ ⲥⲉⲛⲁⲧⲁⲁⲧ ⲛⲏⲧⲛ ⲛϩⲙⲟⲧ ϩⲓⲧⲛ ⲛⲉⲧⲛϣⲗⲏⲗ
23 ख्रीष्टको निम्ति मसित कैदी भएका इपाफ्रासले पनि तिमीलाई अभिवादन पठाएका छन् ।
ⲕ̅ⲅ̅ⲉⲡⲁⲫⲣⲁ ϣⲓⲛⲉ ⲉⲣⲟⲕ ⲡⲁϣⲃⲣⲁⲓⲭⲙⲁⲗⲱⲧⲟⲥ ϩⲙ ⲡⲉⲭⲥ ⲓⲏⲥ
24 साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन् ।
ⲕ̅ⲇ̅ⲙⲛ ⲙⲁⲣⲕⲟⲥ ⲁⲩⲱ ⲁⲣⲓⲥⲧⲁⲣⲭⲟⲥ ⲙⲛ ⲇⲏⲙⲁⲥ ⲙⲛ ⲗⲟⲩⲕⲁⲥ ⲛⲁϣⲃⲣⲣϩⲱⲃ
25 हाम्रा येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।
ⲕ̅ⲉ̅ⲧⲉⲭⲁⲣⲓⲥ ⲙⲡⲉⲛϫⲟⲉⲓⲥ ⲓⲏⲥ ⲡⲉⲭⲥ ⲙⲛ ⲡⲉⲧⲛⲡⲛⲁ