< गन्ती 9 >

1 तिनीहरू मिश्र देशबाट आएका दोस्रो वर्षको पहिलो महिनामा सीनै मरुभूमिमा परमप्रभुले मोशालाई भन्‍नुभयो,
Bwana akasema na Mose katika Jangwa la Sinai katika mwezi wa kwanza wa mwaka wa pili baada ya Waisraeli kutoka Misri. Akasema,
2 “इस्राएलका मानिसहरूले निस्तार-चाड यसको निर्धारित समयमा नै मानून् ।
“Waamuru Waisraeli waadhimishe Pasaka katika wakati ulioamriwa.
3 यो महिनाको चौधौँ दिनको साँझ, तिमीहरूले निस्तार-चाडलाई यसको निर्धारित समयमा नै मान्‍नू । तिमीहरूले यसलाई पालन गर्नुपर्छ, यससँग सम्बन्धित सबै आदेशहरू पालन गर्नुपर्छ र सबै नियमहरू अनुसरण गर्नुपर्छ ।”
Adhimisheni wakati ulioamriwa, yaani wakati wa kuzama jua siku ya kumi na nne ya mwezi huu, kufuatana na desturi zake zote na masharti yake.”
4 यसैले मोशाले इस्राएलका मानिसहरूले निस्तार-चाडलाई मान्‍नुपर्छ भनी तिनीहरूलाई बताए ।
Hivyo Mose akawaambia Waisraeli waiadhimishe Pasaka,
5 तिनीहरूले सीनैको मरुभूमिमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार-चाड मनाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएका सबै कुरा इस्राएलका मानिसहरूले पालन गरे ।
nao wakafanya hivyo kwenye Jangwa la Sinai wakati wa kuzama jua siku ya kumi na nne ya mwezi wa kwanza. Waisraeli wakafanya kila kitu kama vile Bwana alivyomwamuru Mose.
6 मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए । तिनीहरूले त्यस दिन निस्तार-चाड मान्‍न सकेनन् । तिनीहरू त्यसै दिन मोशा र हारूनकहाँ गए ।
Lakini baadhi yao hawakuweza kuadhimisha Pasaka siku ile kwa sababu walikuwa najisi kwa taratibu za kiibada kwa ajili ya kugusa maiti. Kwa hiyo wakamwendea Mose na Aroni siku ile ile,
7 ती मानिसहरूले मोशालाई भने, “हामी मुर्दा छोएको कारण अशुद्ध भएका छौँ । इस्राएलका मानिसहरूमाझ निर्धारित समयमा नै परमप्रभुलाई बलिदान चढाउनबाट हामीलाई किन वञ्‍चित गर्नुहुन्छ?”
wakamwambia Mose, “Tumekuwa najisi kwa sababu tumegusa maiti, lakini kwa nini tuzuiliwe kumtolea Bwana sadaka yake pamoja na Waisraeli wengine katika wakati ulioamriwa?”
8 मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूबारे के भन्‍नुहुन्छ, म सुन्छु ।”
Mose akawajibu, “Ngojeni mpaka nitafute kile Bwana anachoagiza kuwahusu ninyi.”
9 परमप्रभुले मोशालाई भन्‍नुभयो,
Ndipo Bwana akamwambia Mose,
10 “इस्राएलका मानिसहरूलाई भन् । 'यदि तिमीहरूमध्ये कोही मुर्दा छोएको कारण अशुद्ध छ वा लामो यात्रामा छ भने, त्यसले परमप्रभुको निस्तार-चाड अझै मान्‍न सक्छ ।'
“Waambie Waisraeli: ‘Wakati mmoja wenu au wazao wenu wanapokuwa najisi kwa sababu ya maiti au wakiwa safarini, hata hivyo wanaweza kuadhimisha Pasaka ya Bwana.
11 तिनीहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझ निस्तार-चाड मान्‍नेछन् । तिनीहरूले निस्तार-चाडको थुमालाई अखमिरी रोटी र तितो सागसँग खानुपर्छ ।
Wataiadhimisha wakati wa kuzama jua siku ya kumi na nne ya mwezi wa pili. Watamla mwana-kondoo, pamoja na mkate usiotiwa chachu, na mboga chungu.
12 तिनीहरूले यसलाई बिहानसम्म राख्‍नुहुँदैन वा यसका हाडहरू भाँच्‍नुहुँदैन । तिनीहरूले निस्तार-चाडका सबै नियम पालन गर्नुपर्छ ।
Wasibakize chochote hadi asubuhi wala wasivunje mifupa ya mwana-kondoo. Wakati wanapoadhimisha Pasaka, hawana budi kufuata masharti yote.
13 तर कुनै व्यक्‍ति शुद्ध छ र यात्रामा छैन, अनि निस्तार-चाड मान्दैन भने परमप्रभुले आज्ञा गर्नुभएको निर्धारित समयमा त्यसले बलिदान नचढाएकोले त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नुपर्छ । त्यस मानिसले आफ्नो पाप भोग्‍नुपर्छ ।
Lakini kama mtu ni safi kwa taratibu za kiibada naye hayuko safarini, asipoadhimisha Pasaka, mtu huyo hana budi kukatiliwa mbali na watu wake kwa sababu hakutoa sadaka ya Bwana kwa wakati ulioamriwa. Mtu huyo atawajibika kubeba matokeo ya dhambi yake.
14 यदि कुनै विदेशी तिमीहरूसँग बसोबास गर्छ र परमप्रभुको आदरमा निस्तार-चाड मान्‍छ भने, त्यसले यसलाई पालन गर्नुपर्छ र निस्तार-चाडका सबै नियम पालन गरेर उहाँले आज्ञा गर्नुभएका सबै थोक गर्नुपर्छ र यसको निम्ति सबै नियम पालन गर्नुपर्छ । विदेशी र स्वदेशी सबैको निम्ति उही नियम हुनुपर्छ ।”
“‘Mgeni anayeishi miongoni mwenu ambaye anataka kuadhimisha Pasaka ya Bwana, lazima afanye hivyo kwa kufuata desturi na masharti. Lazima masharti yawe sawasawa kwa mgeni na mzawa.’”
15 पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो । साँझमा बादल पवित्र वासस्थानमाथि थियो । यो बिहानसम्म आगोजस्तो देखियो ।
Katika siku hiyo ambayo Maskani, Hema la Ushuhuda, iliposimamishwa, wingu liliifunika. Kuanzia jioni mpaka asubuhi wingu lililokuwa juu ya Maskani lilionekana kama moto.
16 यो यसरी नै रहिरह्यो । बादलले पवित्र वासस्थान ढाक्यो र राती आगोजस्तो देखा पर्थ्यो ।
Hivyo ndivyo lilivyoendelea kuwa; wingu liliifunika wakati wa mchana, na usiku lilionekana kama moto.
17 जब-जब बादल पालबाट हट्थ्यो, इस्राएलका मानिसहरू आफ्नो यात्राको निम्ति अघि बढ्थे । जहाँ-जहाँ बादल रोकिन्थ्यो, त्यहाँ मानिसहरूले छाउनी लगाउँथे ।
Wakati wowote wingu lilipoinuka kutoka juu ya Hema, nao Waisraeli waliondoka; mahali popote wingu liliposimama, Waisraeli walipiga kambi.
18 इस्राएलका मानिसहरू परमप्रभुको आज्ञामा नै यात्रा गर्थे र उहाँकै आज्ञामा छाउनी लगाउँथे ।
Kwa amri ya Bwana Waisraeli waliondoka, na kwa amri yake walipiga kambi. Kwa muda wote wingu liliposimama juu ya Maskani, Waisraeli walibaki wamepiga kambi.
19 बादल पवित्र वासस्थानमाथि रहँदा तिनीहरू रोकिन्थे, तिनीहरू छाउनीमा बस्थे । बादल पवित्र वासस्थानमाथि धेरै दिनसम्म रहँदा इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञा पालन गर्थे र यात्रा गर्दैनथे ।
Wakati wingu lilipobaki juu ya Maskani kwa muda mrefu, Waisraeli walitii amri ya Bwana nao hawakuondoka.
20 कहिले काहीँ बादल पवित्र वासस्थानमाथि केही दिन मात्र रहन्थ्यो । त्यस अवस्थामा तिनीहरूले परमप्रभुको आज्ञा पालन गर्थे । तिनीहरूले छाउनी लगाउँथे र उहाँको आज्ञामा फेरि यात्रा गर्थे ।
Wakati mwingine wingu lilikuwa juu ya Maskani kwa siku chache tu; kwa amri ya Bwana wangelipiga kambi na kisha kwa amri yake wangeliondoka.
21 कहिले काहीँ बादल छाउनीमा साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो । बिहान बादल हट्दा तिनीहरूले यात्रा गर्थे । यदि बादल एक दिन वा एक रातको निम्ति मात्र रहेमा, बादल हट्दा मात्र तिनीहरूले यात्रा गर्थे ।
Wakati mwingine wingu lilikuwepo kuanzia jioni mpaka asubuhi tu, na lilipoinuka asubuhi, nao waliondoka. Ikiwa ni mchana au usiku, wakati wowote wingu lilipoinuka, waliondoka.
22 बादल पवित्र वासस्थानमाथि दुई दिनको, एक महिना वा एक वर्षको निम्ति वा जति समयसम्म रहे पनि इस्राएलका मानिसहरू छाउनीमा रहन्थे र यात्रा गर्दैनथे । तर जब-जब बदल हट्थ्यो, तिनीहरूले यात्रा गर्थे ।
Ikiwa wingu lilikaa juu ya Maskani kwa siku mbili au mwezi au mwaka, Waisraeli wangebaki wamepiga kambi na hawakuondoka; lakini lilipoinuka, wangeondoka.
23 तिनीहरूले परमप्रभुको आज्ञामा नै छाउनी लगाउँथे र तिनीहरूले उहाँको आज्ञामा नै यात्रा गर्थे । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा तिनीहरूले पालन गरे ।
Kwa amri ya Bwana walipiga kambi, na kwa amri ya Bwana waliondoka. Walitii amri ya Bwana, kufuatana na agizo lake kupitia Mose.

< गन्ती 9 >