< गन्ती 8 >

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
Yehova anawuza Mose kuti,
2 “हारूनलाई भन् । 'तैँले सातवटा बत्ती बाल्दा तिनीहरूले सामदानको अघिल्तिर प्रकाश दिनुपर्छ ।'
“Yankhula ndi Aaroni kuti pamene uyimika nyale zisanu ndi ziwiri, nyalezo ziziyaka kutsogolo kwa choyikapo nyale.”
3 हारूनले यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएझैँ हारूनले सामदान अघिल्तिर प्रकाश दिनलाई बत्तीहरू बाले ।
Aaroni anachitadi zomwezo. Anayimika nyale ndi kuziyangʼanitsa kumene kunali choyikapo nyale monga Yehova analamulira Mose.
4 सामदान यस किसिमले बनाइएको थियो र परमप्रभुले मोशालाई यसको निम्ति नमुना देखाउनुभयो । यो आधारदेखि टुप्‍पोसम्म फूलजस्ता कचौरालाई पिटेको सुनको हुनुपर्थ्यो ।
Choyikapo nyalecho chinapangidwa motere: chinasulidwa kuchokera ku golide, kuyambira pa tsinde pake mpaka ku maluwa ake. Choyikapo nyalecho chinapangidwa monga momwe Yehova anaonetsera Mose.
5 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,
Yehova anawuza Mose kuti,
6 “लेवीहरूलाई इस्राएलका मानिसहरूबाट ले र तिनीहरूलाई शुद्ध पार् ।
“Tenga Alevi pakati pa Aisraeli ndipo uwayeretse.
7 तिनीहरूलाई शुद्ध पार्न यसो गर्ः तिनीहरूमाथि प्रायश्‍चित्तको पानी छर्किदे । तिनीहरूको पुरै शरीर, तिनीहरूको लुगा धुन लगा र यसरी तिनीहरूलाई शुद्ध पार् ।
Powayeretsa uchite izi: uwawaze madzi oyeretsa ndipo amete thupi lawo lonse ndi kuchapa zovala zawo kuti adziyeretse.
8 त्यसपछि तिनीहरूलाई एउटा बाछो र तेलले मुछेको मसिनो पिठोको अन्‍नबलि ल्याउन लगा । तिनीहरूले पापबलिको रूपमा अर्को एउटा बाछो पनि ल्याऊन् ।
Atenge ngʼombe yayimuna yayingʼono ndi chopereka cha chakudya cha ufa wosalala wosakaniza ndi mafuta. Atengenso ngʼombe ina yayimuna, yayingʼono, ya chopereka chopepesera machimo.
9 तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् र इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन् ।
Ubwere nawo Aleviwo kutsogolo kwa tenti ya msonkhano ndipo usonkhanitse gulu la Aisraeli.
10 तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्‍नुपर्छ ।
Ubwere nawo pamaso pa Yehova, ndipo Aisraeli asanjike manja awo pa iwo.
11 हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् ।
Aaroni apereke Alevi aja pamaso pa Yehova ngati chopereka choweyula kuchokera kwa Aisraeli kuti akhale okonzeka kugwira ntchito ya Yehova.
12 लेवीहरूले साँढेहरूमाथि तिनीहरूका हात राख्‍नुपर्छ ।
“Alevi akatsiriza kusanjika manja awo pa mitu ya ngʼombe zazimuna, imodzi ikhale ya nsembe yopepesera machimo ndipo inayo ikhale ya nsembe yopsereza ya kwa Yehova, kupepesera machimo a Alevi.
13 तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा ।
Uyimiritse Aleviwo pamaso pa Aaroni ndi ana ake aamuna ndipo uwapereke ngati nsembe yoweyula kwa Yehova.
14 १तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् ।
Pochita zimenezi mudzapatula Alevi pakati pa Aisraeli ndipo Aleviwo adzakhala anga.
15 त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ । तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ ।
“Utatha kuyeretsa ndi kupereka Aleviwo monga nsembe yoweyula, apite kukagwira ntchito yawo ku tenti ya msonkhano.
16 यसो गर्, किनभने तिनीहरू इस्राएलका मानिसहरूबाट पूर्ण रूपमा मेरा हुन् । तिनीहरूले गर्भ खोल्ने इस्राएलका सबै सन्तानका पहिले जन्मेका हरेक पुरुष बालकको स्थान लिनेछन् । मैले लेवीहरूलाई आफ्नै निम्ति लिएको छु ।
Iwo ndiwo Aisraeli amene aperekedwa kwathunthu kwa Ine. Ndawatenga kuti akhale anga mʼmalo mwa mwana wamwamuna aliyense woyamba kubadwa wa Mwisraeli aliyense wamkazi.
17 इस्राएलका मानिसहरूको पशु र मानिस दुवैबाट पहिले जन्मेकाहरू सबै मेरा हुन् । मैले मिश्र देशमा तिनीहरूका सबै पहिले जन्मेकाहरूलाई लिएको दिन नै मैले तिनीहरूलाई आफ्नै निम्ति अलग गरेँ ।
Mwana aliyense wamwamuna woyamba kubadwa mu Israeli, kaya wa munthu kapena wa ziweto, ndi wanga. Pamene ndinakantha ana oyamba kubadwa ku Igupto, ndinawapatulira kwa Ine mwini.
18 मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट सबै पहिले जन्मेकाहरूको सट्टामा लिएको छु ।
Ndipo ndatenga Alevi mʼmalo mwa ana aamuna onse oyamba kubadwa mu Israeli.
19 मैले लेवीहरूलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूबाट भेट हुने पालमा इस्राएलका मानिसहरूको काम गर्नलाई लिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्नलाई दिएको छु, ताकि तिनीहरू पवित्र स्थानको नजिक आउँदा मानिसहरूमाथि कुनै विपत्ति नआओस् ।
Mwa Aisraeli onse, ndapereka Alevi kuti akhale mphatso kwa Aaroni ndi ana ake aamuna kugwira ntchito ya ku tenti ya msonkhano mʼmalo mwa Aisraeli onse kuti azikapereka nsembe yopepesera machimo, kuti mliri usadzaphe Aisraeli pamene ayandikira ku malo wopatulika.”
20 मोशा, हारून र इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे । परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे । इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे ।
Mose, Aaroni pamodzi ndi gulu lonse la Israeli anachita kwa Alevi monga momwe Yehova analamulira Mose.
21 लेवीहरूले आफैलाई शुद्ध पारे र आ-आफ्ना लुगाहरू धोए, अनि हारूनले तिनीहरूलाई परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा चढाए र तिनले तिनीहरूलाई शुद्ध पार्न तिनीहरूको निम्ति प्रायश्‍चित्त गरे ।
Alevi anadziyeretsa ndi kuchapa zovala zawo. Kenaka Aaroni anawapereka ngati nsembe yoweyula pamaso pa Yehova ndi kuchita nsembe yopepesera machimo yowayeretsa.
22 त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे ।
Zitatha zimenezi, Alevi anapita kukagwira ntchito yawo ku tenti ya msonkhano motsogozedwa ndi Aaroni ndi ana ake aamuna. Anachita kwa Alevi monga momwe Yehova analamulira Mose.
23 परमप्रभुले मोशालाई भन्‍नुभयो,
Yehova anawuza Mose kuti,
24 “यो सबै पच्‍चिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूका निम्ति हो । तिनीहरू भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुनुपर्छ ।
“Ntchito za Alevi ndi izi: Amuna a zaka 24 kapena kuposera pamenepa ndiye azibwera kudzagwira ntchito ku tenti ya msonkhano.
25 तिनीहरू पचास वर्षको भएपछि यसरी सेवा गर्न छोड्नुपर्छ । त्यस उमेरमा तिनीहरूले सेवा गर्नुहुँदैन ।
Koma akakwana zaka makumi asanu, apume pa ntchito yawo ya tsiku ndi tsiku ndi kulekeratu kugwira ntchitoyo.
26 तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”
Atha kuthandiza abale awo kugwira ntchito za ku tenti ya msonkhano, koma iwowo asamagwire ntchitoyo. Mmenemu ndimo ugawire ntchito yomwe azigwira Alevi.”

< गन्ती 8 >