< गन्ती 6 >

1 परमप्रभुले मोशालाई भन्‍नुभयो,
I rzekł Pan do Mojżesza, mówiąc:
2 “इस्राएलका मानिसहरूलाई भन् । 'जब कुनै पुरुष वा महिलाले आफूलाई परमप्रभुको निम्ति नाजिरीको विशेष भाकलले अलग गर्छ,
Powiedz synom Izraelskim, a mów do nich: Mąż albo niewiasta, gdy się odłączy, czyniąc ślub Nazarejstwa, aby byli odłączeni Panu,
3 त्यसले आफूलाई दाखमद्य र कडा मद्यबाट अलग राख्‍नुपर्छ । त्यसले दाखमद्य वा कडा मद्यबाट बनाइएको सिर्का पिउनुहुँदैन । त्यसले कुनै किसिमको दाखरस पिउनुहुँदैन अथवा ताजा वा सुकाएको दाख खानुहुँदैन ।
Od wina i mocnego napoju wstrzymywać się będzie; octu z wina, i octu z mocnego napoju pić nie będzie, i wszystkiego, co się z jagód wytłacza, nie będzie pił; także jagód winnych, świeżych ani suchych, jeść nie będzie.
4 त्यसले आफूलाई मेरो निम्ति अलग गरेका सबै दिनमा त्यसले दाखको बोक्राबाट बनाइएका सबै थोकलगायत दाखबाट बनाइएका कुनै पनि कुरा खानुहुँदैन ।
Po wszystkie dni Nazarejstwa swego ze wszystkiego, co wyrasta z macicy winnej, od ziarnka aż do łupiny, jeść nie będzie.
5 अलग हुने त्यसको समय अवधिभर परमप्रभुप्रति अलग रहने त्यसको भाकल पुरा नभएसम्म त्यसको शिरमा कुनै किसिमको छुरा प्रयोग गर्नुहुँदैन । त्यो परमप्रभुको निम्ति अलग हुनुपर्छ । त्यसले कपाललाई आफ्नो शिरमा लामो हुन दिनुपर्छ ।
Po wszystkie dni ślubu Nazarejstwa swego brzytwa nie postoi na głowie jego, aż wynijdzie czas, do którego się poświęcił Panu; będzie świętym, a zapuści włos na głowie swojej.
6 त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पुरै समयभरि त्यो मुर्दाको नजिक आउनुहुँदैन ।
Po wszystkie dni, których się odłączy Panu, do umarłego nie wnijdzie.
7 आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन । सबैले त्यसको कपाल देख्‍न सक्‍नेजस्तै यो त्यसले आफूलाई परमेश्‍वरप्रति अलग गरेको कारणले हो ।
Nad ojcem swym, i nad matką swą, nad bratem swym, i nad siostrą swą, nie splugawi się, gdyby zmarli; albowiem poświęcenie Boga swego ma na głowie swojej.
8 त्यो अलग रहेको पुरै समयभरि त्यो पवित्र अर्थात् परमप्रभुको निम्ति आरक्षित हुन्छ ।
Po wszystkie dni Nazarejstwa swego świętym będzie Panu.
9 यदि कोही त्यसको सामु अचानक मर्छ र त्यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो भने, त्यसपछि त्यसले शुद्धिकरणको दिनमा आफ्नो कपाल खौरनुपर्छ, त्यसले यसलाई सातौँ दिनमा खौरनुपर्छ ।
I gdyby kto umarł przy nim z prędka a nagle, i splugawiłby głowę poświęcenia jego, ogoli głowę swoję w dzień oczyszczenia swego; dnia siódmego ogoli ją.
10 त्यसले आठौँ दिनमा दुईवटा परेवा वा दुईवटा परेवाका बचेरा भेट हुने पालको प्रवेश-द्वारमा पुजारीकहाँ ल्याउनुपर्छ ।
A dnia ósmego przyniesie dwie synogarlice, albo dwoje gołąbiąt do kapłana ku drzwiom namiotu zgromadzenia;
11 पुजारीले एउटा चरालाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । यिनीहरूले त्यसको पापको प्रायश्‍चित्त गर्ने छन्, किनभने मुर्दाको नजिक परेर त्यसले पाप गर्‍यो । त्यसले त्यस दिन आफ्नो शिर शुद्ध पार्नुपर्छ ।
I będzie kapłan ofiarował jedno za grzech, a drugie na ofiarę całopalenia, i oczyści go od tego, czem zgrzeszył nad umarłym, a poświęci głowę jego dnia onego.
12 त्यसले आफ्नो शुद्धिकरणको दिनको निम्ति परमप्रभुको निम्ति आफूलाई अलग गर्नुपर्छ । त्यसले एक वर्षे थुमालाई दोषबलिको रूपमा ल्याउनुपर्छ । त्यसले आफूलाई अशुद्ध पारेका दिनहरू गन्‍नुहुँदैन, किनभने त्यसले अशुद्ध पार्‍यो ।
Potem odłączy Panu dni Nazarejstwa swego, ofiarując baranka rocznego za występek; a dni one pierwsze daremne będą, gdyż splugawione było Nazarejstwo jego.
13 नाजिरीको अलग हुने समय पुरा हुनेको निम्ति नाजिरीको नियम यही हो । त्यसलाई भेट हुने पालको प्रवेश-द्वारमा ल्याउनुपर्छ ।
A toć jest prawo Nazarejczyka: Gdy się wypełnią dni Nazarejstwa jego, przyjdzie do drzwi namiotu zgromadzenia,
14 त्यसले आफ्नो बलि परमप्रभुलाई चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित एउटा थुमालाई होमबलिको रूपमा चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित पाठीलाई पापबलिको रूपमा चढाउनुपर्छ । त्यसले एउटा खोटरहित थुमालाई मेलबलिको रूपमा ल्याउनुपर्छ ।
I ofiarować będzie ofiarę swą Panu, baranka rocznego, zupełnego jednego na ofiarę całopalenia, i owcę jednę roczną i zdrową na ofiarę za grzech, i barana jednego zupełnego na ofiarę spokojną;
15 त्यसले तिनीहरूका अन्‍नबलि र अर्घबलिसँगै एक डालो अखमिरी रोटी, तेलले मिसाएको फुरौलाहरू, तेल दलेको अखमिरी बाबरहरू ल्याउनुपर्छ ।
Przytem kosz chlebów przaśnych, z mąki pszennej, placki zagniatane z oliwą, i kreple przaśne oliwą namazane, z ofiarą ich śniedną, i z ofiarą ich mokrą.
16 पुजारीले तिनीहरूलाई परप्रभुको सामु चढाउनुपर्छ । त्यसले आफ्ना पापबलि र होमबलि चढाउनुपर्छ ।
I będzie ofiarował kapłan przed Panem, i uczyni ofiarę za grzech jego, i całopalenie jego.
17 अखमिरी रोटीको डालोसँगै त्यसले थुमालाई बलि अर्थात् मेलबलिको रूपमा चढाउनुपर्छ । पुजारीले अन्‍नबलि र अर्घबलि पनि चढाउनुपर्छ ।
Barana także ofiarować będzie na spokojną ofiarę Panu z koszem chlebów przaśnych; także ofiarować będzie kapłan ofiarę jego śniedną i ofiarę jego mokrą.
18 नाजिरीले आफू अलग रहेको सङ्केत गर्न भेट हुने पालको प्रवेश-द्वारमा आफ्नो शिर खौरनुपर्छ । त्यसले आफ्नो शिरको कपाल लिएर मेल बलिको आगोमा जलाउनुपर्छ ।
I ogoli Nazarejczyk przede drzwiami namiotu zgromadzenia głowę Nazarejstwa swego, a wziąwszy włosy z głowy Nazarejstwa swego, włoży je na ogień, który jest pod ofiarą spokojną.
19 पुजारीले थुमाको उमालेको कुम, अखमिरी रोटीको डालोबाट एउटा रोटी र अखमिरी बाबर लिनुपर्छ । त्यसले तिनीहरूलाई आफू अलग रेहेको सङ्केत गर्ने कपाल खौरेको नाजिरीका हातमा राख्‍नुपर्छ ।
Przytem weźmie kapłan łopatkę warzoną baranią, i jeden placek przaśny z kosza, i jeden krepel niekwaszony, a da w ręce Nazarejczykowe po ogoleniu Nazarejstwa jego;
20 पुजारीले तिनीहरूलाई डोलाइएको ह्याकुलो र पुजारीलाई दिइएको साप्रोसँगै पुजारीको निम्ति पवित्र हिस्सा परमप्रभुको सामु बलिको रूपमा डोलाउनुपर्छ । त्यसपछि नाजिरीले दाखमद्य पिउन सक्छ ।
I będzie to tam i sam obracał kapłan na ofiarę obracania przed Panem; a rzecz ta poświęcona dostanie się kapłanowi, tak piersi obracania, jako i łopatka podnoszenia; a potem będzie mógł Nazarejczyk pić wino.
21 नाजिरीको निम्ति नियम यही हो जसले आफू अलग हुनको निम्ति परमप्रभुको निम्ति आफ्नो बलिदानको भाकल गर्छ । त्यसले अरू जे दिन पनि, त्यसले भाकल गरेका कर्तव्यहरू अर्थात् नाजिरीको निम्ति नियमद्वारा दर्शाइएको प्रतिज्ञा पालन गर्नुपर्छ ।”
Toć jest prawo Nazarejczyka, któryby ślub uczynił, i ta ofiara jego Panu za Nazarejstwo jego, okrom tego, coby więcej uczynić mógł; według ślubu swego, który uczynił, tak uczyni według prawa Nazarejstwa swego.
22 फेरि परमप्रभुले मोशालाई बोल्नुभयो,
Potem rzekł Pan do Mojżesza, mówiąc:
23 “हारून र त्यसका छोराहरूलाई भन् । 'तिमीहरूले इस्राएलका मानिसहरूलाई यसरी आशिष् दिनुपर्छ । तिमीहरूले तिनीहरूलाई यसो भन्‍नुपर्छ,
Mów do Aarona i do synów jego, a rzecz: Tak błogosławić będziecie synom Izraelskim, mówiąc do nich:
24 'परप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको होस् र रक्षा गर्नुभएको होस् ।
Niech ci błogosławi Pan, a niechaj cię strzeże;
25 परमप्रभुले उहाँको मुहार तिमीहरूमाथि चम्काउनुभएको होस् र तिमीहरूप्रति कृपालु हुनुभएको होस् ।
Niech rozjaśni Pan oblicze swoje nad tobą, a niech ci miłościw będzie;
26 परमप्रभुले तिमीहरूमाथि कृपादृष्‍टिले हेर्नुभएको होस् र तिमीहरूलाई शान्ति दिनुभएको होस् ।'
Niech obróci Pan twarz swoję ku tobie, a niechaj ci da pokój.
27 तिनीहरूले इस्राएलका मानिसहरूलाई मेरो नाउँ यसरी दिनुपर्छ । अनि म तिनीहरूलाई आशिष् दिनेछु ।
I będą wzywać imienia mego nad synami Izraelskimi, a Ja im błogosławić będę.

< गन्ती 6 >