< गन्ती 4 >
1 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
Yahvé parla à Moïse et à Aaron, et dit:
2 “लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् ।
« Recensez les fils de Kehath parmi les fils de Lévi, selon leurs familles, selon les maisons de leurs pères,
3 तिसदेखि पचास वर्षसम्मका पुरुषहरूको गन्ती गर् । यी मानिसहरू भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुनुपर्छ ।
depuis l'âge de trente ans et au-dessus jusqu'à l'âge de cinquante ans, tous ceux qui entrent au service pour faire le travail dans la tente de la Rencontre.
4 कहातका सन्तानहरूले भेट हुने पालको निम्ति मेरो निम्ति राखिएका अति पवित्र थोकहरूको देखरेख गर्नुपर्छ ।
Voici le service des fils de Kehath dans la tente d'assignation, en ce qui concerne les choses très saintes.
5 छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरू भित्र जानुपर्छ, अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्ट्याउने पर्दा झिक्नुपर्छ र गवाहीको सन्दूकलाई त्यसैले ढाक्नुपर्छ ।
Lorsque le camp avancera, Aaron entrera avec ses fils; ils ôteront le voile du rideau, en couvriront l'arche du Témoignage,
6 तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्नुपर्छ । तिनीहरूले यसमाथि निलो कपडाले ढाक्नुपर्छ । तिनीहरूले यसलाई बोक्न डन्डीहरू हाल्नुपर्छ ।
la couvriront d'une peau de phoque, étendront sur elle un tissu bleu et placeront ses barres.
7 तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्नुपर्छ । यसमाथि तिनीहरूले थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्नुपर्छ । टेबुलमाथि रोटी सदैव हुनुपर्छ ।
« Sur la table des pains de proposition, on étendra un drap bleu, et l'on mettra dessus les plats, les cuillères, les coupes et les gobelets pour les verser; le pain de proposition sera dessus.
8 तिनीहरूले यिनीहरूलाई रातो रङको कपडाले र फेरि सीलको छालाले ढाक्नुपर्छ । टेबुललाई बोक्न डन्डीहरू हाल्नुपर्छ ।
On étendra sur elle un drap écarlate, on la couvrira d'une couverture de peau de phoque, et on y placera ses barres.
9 तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्नुपर्छ ।
« Ils prendront un linge bleu et couvriront le chandelier du luminaire, ses lampes, ses éteignoirs, ses plats à priser et tous ses vases à huile, avec lesquels ils le servent.
10 तिनीहरूले सामदान र यसका सबै सरसामानलाई सीलको छालाले ढाक्नुपर्छ र तिनीहरूले यसलाई बोक्ने भारमाथि राख्नुपर्छ ।
Ils le mettront, ainsi que tous ses ustensiles, dans une enveloppe de peau de phoque, et ils la poseront sur le cadre.
11 तिनहरूले सुनको वेदीलाई निलो कपडाले ढाक्नुपर्छ ।
« Sur l'autel d'or, on étendra un linge bleu, on le couvrira d'une housse de peau de phoque, et l'on mettra ses perches.
12 तिनीहरूले यसलाई सीलको छालाले ढाक्नुपर्छ र बोक्नलाई डन्डीहरू हाल्नुपर्छ । तिनीहरूले पवित्र स्थानका सबै कामका सामानहरूलाई लिएर निलो कपडाले बेर्नुपर्छ । तिनीहरूले यसलाई सीलको छालाले ढाक्नुपर्छ र सामानहरूलाई बोक्ने भारमाथि राख्नुपर्छ ।
« Ils prendront tous les ustensiles avec lesquels on fait le service dans le sanctuaire, ils les mettront dans un drap bleu, les couvriront d'une enveloppe de peau de phoque, et les mettront sur le cadre.
13 तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ र वेदीलाई बैजनी रङको कपडाले ढाक्नुपर्छ ।
« Ils enlèveront les cendres de l'autel, et ils étendront sur lui un tissu de pourpre.
14 तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्ने भारमाथि राख्नुपर्छ । यिनीहरू आगो राख्ने पात्रहरू, काँटाहरू, बेल्चाहरू, बाटाहरू र वेदीका अन्य सबै सामान हुन् । तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्नुपर्छ अनि बोक्नलाई डन्डीहरू हाल्नुपर्छ ।
Ils y mettront tous les ustensiles avec lesquels on fait le service, les poêles à feu, les crochets à viande, les pelles et les bassins, tous les ustensiles de l'autel; ils étendront sur lui une couverture de peau de phoque, et ils mettront ses barres.
15 जब हारून र तिनका छोराहरूले पवित्र स्थान र यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्न आउनुपर्छ । यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन् । भेट हुने पालका सामानहरू बोक्ने काम कहातका सन्तानहरूको हो ।
« Quand Aaron et ses fils auront fini de couvrir le sanctuaire et tous les meubles du sanctuaire, pendant que le camp avancera, les fils de Kehath viendront les porter; mais ils ne toucheront pas le sanctuaire, de peur de mourir. Les fils de Kehath porteront ces objets appartenant à la Tente d'assignation.
16 पुजारी हारूनका छोरा एलाजारले बत्तीको लागि तेल, सुगन्धित धूप, नियमित अन्नबलि, अभिषेक गर्ने तेलको देखरेख गरून् । तिनले सारा पवित्र वासस्थान र यसमा भएका सबै थोक अर्थात् पवित्र स्थान र यसका सामानाहरूको देखरेख गरून् ।”
« Le devoir du prêtre Éléazar, fils d'Aaron, sera l'huile pour le feu, le parfum doux, l'offrande perpétuelle et l'huile d'onction, les exigences de tout le tabernacle et de tout ce qui s'y trouve, du sanctuaire et de son mobilier. »
17 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
Yahvé parla à Moïse et à Aaron, et dit:
18 “कहाती वंशलाई लेवीहरूबाट बहिस्कृत हुन नदेओ ।
« N'extermine pas la tribu des familles des Kehathites du milieu des Lévites;
19 तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा
mais fais-leur ceci, afin qu'ils vivent et ne meurent pas, lorsqu'ils s'approcheront des choses très saintes: Aaron et ses fils entreront et assigneront chacun à son service et à sa charge;
20 तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन् । हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्नुपर्छ ।”
mais ils n'entreront pas pour voir le sanctuaire, même pour un instant, de peur de mourir. »
21 परमप्रभु फेरि मोशासँग बोल्नुभयो,
L'Éternel parla à Moïse, et dit:
22 “गेर्शोनका सन्तानहरूको आ-आफ्ना कुल र पुर्खाका परिवार-परिवारअनुसार गन्ती गर् ।
« Recense aussi les fils de Guershon, selon les maisons de leurs pères, selon leurs familles;
23 तिसदेखि पचास वर्ष भएकाहरूको गन्ती गर् । भेट हुने पालको सेवा गर्न सहभागी हुन सक्ने दलको गन्ती गर् ।
tu les compteras depuis l'âge de trente ans et au-dessus jusqu'à l'âge de cinquante ans, tous ceux qui entrent pour faire le service, pour faire l'ouvrage dans la tente de la Rencontre.
24 गेर्शोनीहरूले सेवा गर्दा र तिनीहरूले बोक्दा यो काम गेर्शोनी कुलको काम हो । तिनीहरूले पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, यसमाथिको सीलको छालाको छत र भेट हुने पालको प्रवेश-द्वारका पर्दाहरू बोक्नुपर्छ ।
« C'est ici le service des familles des Guershonites, en servant et en portant des fardeaux:
25 तिनीहरूले चोकका पर्दाहरू, पवित्र वासस्थान र वेदी नजिक भएका चोकको प्रवेश-द्वारका पर्दाहरू,
Ils porteront les tapis du tabernacle et de la tente d'assignation, sa couverture, la couverture en peau de phoque qui la recouvre, le rideau de l'entrée de la tente d'assignation,
26 तिनीहरूका डोरीहरू र तिनीहरूका सेवाको निम्ति सबै सामान बोक्नुपर्छ । यिनीहरूसँग सम्बन्धित सबै थोक तिनीहरूले गर्नुपर्छ । हारून
les tentures du parvis, le rideau de l'entrée de la porte du parvis qui est près du tabernacle et autour de l'autel, leurs cordages, tous les instruments de leur service, et tout ce qu'on fera avec eux. C'est là qu'ils feront leur service.
27 र तिनका छोराहरूले गेर्शोनका सन्तानहरूले ओसारपसार गर्दा र तिनीहरूका सबै सेवामा निर्देशन दिनुपर्छ । तैँले तिनीहरूका सबै दायित्व निर्धारण गर् ।
Sur l'ordre d'Aaron et de ses fils, il y aura tout le service des fils des Gershonites, dans toute leur charge et dans tout leur service, et vous leur assignerez leur tâche dans toutes leurs responsabilités.
28 यो भेट हुने पालको निम्ति गेर्शोनका सन्तानहरूका कुलहरूको काम हो । पुजारी हारूनका छोरा ईतामारले तिनीहरूको कामको नेतृत्व गर्नुपर्छ ।
Voici le service des familles des fils des Gershonites dans la Tente d'assignation. Leur service sera sous la responsabilité d'Ithamar, fils du prêtre Aaron.
29 तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार,
« Tu compteras les fils de Merari selon leurs familles, selon les maisons de leurs pères;
30 तिस वर्षदेखि पचास वर्षसम्मकालाई मिला । भेट हुने पालको सेवा गर्ने र त्यस दलमा सहभागी हुने सबैको गन्ती गर् ।
tu les compteras depuis l'âge de trente ans et au-dessus jusqu'à l'âge de cinquante ans, tous ceux qui entrent dans le service, pour faire le travail de la Tente de la Rencontre.
31 यो भेट हुने पालको निम्ति तिनीहरूका सबै दायित्व र तिनीहरूका सेवाका काम हो । तिनीहरूले पवित्र वासस्थानका फल्याकहरू,
Voici la charge qui leur incombe, selon tout le service qu'ils font dans la Tente d'assignation: les planches de la tente, ses barres, ses piliers, ses socles,
32 यसका बारहरू, खामाहरू र आधारहरू, साथै पवित्र वासस्थान वरिपरिका चोकका खामाहरू, तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू तिनका सबै सरसामानको देखरेख गर्नुपर्छ ।
les piliers du parvis qui l'entourent, leurs socles, leurs broches, leurs cordes, avec tous leurs instruments et avec tout leur service. Tu leur désigneras par leur nom les instruments du service de leur charge.
33 तिनीहरूले बोक्नुपर्ने सामानहरूको नाउँसहित सूची बना । मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो ।”
Tel est le service des familles des fils de Merari, selon tout leur service dans la Tente d'assignation, sous la direction d'Ithamar, fils du prêtre Aaron. »
34 मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे ।
Moïse, Aaron et les chefs de l'assemblée firent le compte des fils des Kehathites, selon leurs familles et selon les maisons de leurs pères,
35 तिनीहरूले तिस वर्षदेखि पचास वर्षसम्म पुगेकाहरूको गन्ती गरे । तिनीहरूले भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुने सबैको गन्ती गरे ।
depuis l'âge de trente ans et au-dessus jusqu'à l'âge de cinquante ans, tous ceux qui entraient en service pour travailler dans la tente de la Rencontre.
36 तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे ।
Ceux dont on fit le compte, selon leurs familles, furent deux mille sept cent cinquante.
37 मोशा र हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल-कुल र परिवार-परिवारअनुसार सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
Tels sont ceux qui furent comptés parmi les familles des Kehathites, tous ceux qui faisaient le service dans la Tente de la Rencontre, et dont Moïse et Aaron firent le compte, selon le commandement de l'Éternel par Moïse.
38 गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्ने
Ceux des fils de Guershon dont on fit le dénombrement, selon leurs familles et leurs maisons de pères,
39 तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरे ।
depuis l'âge de trente ans et au-dessus jusqu'à l'âge de cinquante ans, tous ceux qui se mirent au service de la Tente d'assignation,
40 आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।
ceux dont on fit le dénombrement, selon leurs familles et leurs maisons de pères, furent deux mille six cent trente.
41 मोशा र हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे, जसले भेट हुने पालमा सेवा गर्थे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
Tels sont ceux qui furent comptés parmi les familles des fils de Guershon, tous ceux qui servirent dans la Tente de la Rencontre, et dont Moïse et Aaron firent le compte, selon le commandement de l'Éternel.
42 मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार,
Ceux des familles des fils de Merari dont on fit le dénombrement, selon leurs familles, selon les maisons de leurs pères,
43 तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरियो जो भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुन्थे ।
depuis l'âge de trente ans et au-dessus jusqu'à l'âge de cinquante ans, tous ceux qui furent admis à travailler dans la tente d'assignation,
44 आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो ।
ceux dont on fit le dénombrement selon leurs familles, furent trois mille deux cents.
45 मोशा र हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
Tels sont ceux des familles des fils de Merari dont Moïse et Aaron firent le compte, selon le commandement de l'Éternel par Moïse.
46 यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका
Tous ceux des Lévites dont Moïse, Aaron et les chefs d'Israël firent le dénombrement, selon leurs familles et selon les maisons de leurs pères,
47 परिवारअनुसार तिस वर्षदेखि पचास वर्ष पुगेकाहरूको गन्ती गरे । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्ने र भेट हुने पालका सामानहरूको देखरेख गर्ने र बोक्न सक्ने सबैको गन्ती गरे ।
depuis l'âge de trente ans et au-dessus jusqu'à l'âge de cinquante ans, tous ceux qui entraient pour faire le service et porter les fardeaux dans la tente d'assignation,
48 तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे ।
ceux qui furent dénombrés parmi eux, furent huit mille cinq cent quatre-vingts.
49 परमप्रभुको आज्ञामा मोशाले सबै पुरुषलाई त्यसलाई खटाइएको कामको किसिमअनुसार गन्ती गरे । तिनले हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
Ils furent comptés par Moïse, selon le commandement de l'Éternel, chacun selon son service et selon son fardeau. C'est ainsi qu'ils furent comptés par lui, comme Yahvé l'avait ordonné à Moïse.