< गन्ती 35 >

1 परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
Bwana akamwambia Mose katika nchi tambarare ya Moabu, kando ya Mto Yordani kuvukia Yeriko,
2 “इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्‍नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ ।
“Waagize Waisraeli kuwapa Walawi miji ya kuishi kutoka urithi ambao Waisraeli wataumiliki. Wape maeneo ya malisho kuzunguka hiyo miji.
3 लेवीहरूले बस्‍नलाई यी सहरहरू पाउने छन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने छ ।
Kisha watakuwa na miji ya kuishi na maeneo ya malisho kwa ajili ya ngʼombe zao, mbuzi, kondoo na mifugo yao mingine yote.
4 तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुने छ ।
“Maeneo ya malisho kuzunguka miji hiyo ambayo mtawapa Walawi yataenea mita 450 kutoka kwenye ukuta wa miji.
5 तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्‍नुपर्छ । यो तिनीहरूका निम्ति खर्कहरू हुने छ । सहरचाहिँ बिचमा हुने छ ।
Nje ya mji, pima mita 900 upande wa mashariki, upande wa kusini mita 900, upande wa magharibi mita 900, na upande wa kaskazini mita 900, na mji utakuwa katikati. Eneo hili litakuwa lao kwa ajili ya malisho.
6 तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटाले शरण-नगरहरूको काम गर्नुपर्छ । तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्‍ति भाग्‍न सक्‍ने ठाउँ हुनुपर्छ । बयालिसवटा सहर पनि दिनू ।
“Miji sita mtakayowapa Walawi itakuwa ya makimbilio, ambayo mtu anayemuua mwenzake aweza kukimbilia humo. Zaidi ya hiyo, wapeni miji mingine arobaini na miwili.
7 तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्‍मा अठचालिसवटा हुने छ । तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ ।
Kwa jumla inawapasa kuwapa Walawi miji arobaini na minane, pamoja na maeneo ya malisho yao.
8 इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ ।
Miji ambayo mtawapa Walawi kutoka nchi ambayo Waisraeli wanamiliki itatolewa kwa uwiano wa urithi wa kila kabila. Chukua miji mingi kutoka lile kabila lenye miji mingi, lakini uchukue miji michache kutoka kwa kabila lile lenye miji michache.”
9 त्यसपछि परमप्रभु मोशासँग बोल्नुभयो,
Kisha Bwana akamwambia Mose:
10 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको भूमिमा प्रवेश गर्छौ,
“Sema na Waisraeli, uwaambie: ‘Mtakapovuka Yordani kuingia Kanaani,
11 तिमीहरूले तिमीहरूको निम्ति शरण-नगरको काम गर्ने सहरहरू चुन्‍नुपर्छ, जसमा कसैलाई अजानमा मारेको व्यक्‍ति त्यो ठाउँमा भागेर जान सक्छ ।
chagueni baadhi ya miji iwe miji yenu ya makimbilio, ambayo mtu ambaye ameua mwenzake bila kukusudia aweza kukimbilia humo.
12 यी सहरहरू बदला लिने व्यक्‍तिबाट बाँच्‍ने तिमीहरूको शरण-नगर हुनुपर्छ, ताकि दोष लगाइएको व्यक्‍ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस् ।
Itakuwa mahali pa kukimbilia kutoka mlipiza kisasi, ili kwamba mtu aliyeshtakiwa kwa mauaji asife kabla ya kujitetea mbele ya mkutano.
13 तिमीहरूले छवटा सहरलाई शरण-नगरको रूपमा छान्‍नुपर्छ ।
Miji hii sita mtakayoitoa itakuwa miji yenu ya makimbilio.
14 तिमीहरूले यर्दनपारि तिनवटा सहर र कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ । ती शरण-नगर हुने छन् ।
Mtatoa miji mitatu ngʼambo hii ya Yordani na miji mingine mitatu upande wa Kanaani kama miji ya makimbilio.
15 यी छवटा सहरले इस्राएलका मानिसहरूका निम्ति, परदेशीहरूका निम्ति र तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ, जसमा कसैलाई अजानमा मार्ने व्यक्‍ति भागेर जान सक्छ ।
Miji hii sita itakuwa mahali pa makimbilio kwa ajili ya Waisraeli, wageni na watu wengine wanaoishi katikati yenu, ili kwamba mtu yeyote ambaye ameua mtu mwingine pasipo kukusudia aweze kukimbilia humo.
16 तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
“‘Kama mtu akimpiga mwenzake kwa chuma naye mtu huyo akafa, mtu huyo ni muuaji; muuaji sharti atauawa.
17 यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, त्यो दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
Au kama mtu analo jiwe mkononi mwake ambalo laweza kuua, naye akampiga mwenzake akafa, yeye ni muuaji; muuaji huyo sharti atauawa.
18 यदि दोष लगाइएको व्यक्‍तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
Au kama mtu ana chombo cha mti mkononi mwake ambacho chaweza kuua, naye akampiga mwenzake akafa, yeye ni muuaji; muuaji huyo sharti atauawa.
19 रगतको बदला लिने व्यक्‍तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्‍तिले त्यसलाई मार्नुपर्छ ।
Mlipiza kisasi cha damu atamuua muuaji; wakati akikutana naye, atamuua.
20 यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्‍ति मर्छ भने,
Ikiwa mtu ana chuki ya siku nyingi na mwenzake akamsukuma au akamtupia kitu kwa kukusudia naye akafa,
21 वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ ।
au ikiwa katika uadui akampiga ngumi naye akafa, mtu yule sharti atauawa; yeye ni muuaji. Mlipiza kisasi cha damu atamuua muuaji atakapokutana naye.
22 तर यदि दोष लगाइएको व्यक्‍तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्‍तिलाई लाग्यो भने,
“‘Lakini kama mtu akimsukuma mwenziwe ghafula pasipo chuki, au kumtupia kitu pasipo kukusudia,
23 वा यदि त्यसले आक्रमणमा परेका व्यक्‍तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्‍ति दोष लगाइएको व्यक्‍तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्‍याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्‍ति मर्छ भने यसो गर्नुपर्छ ।
au, pasipo kumwona, akimwangushia jiwe ambalo laweza kumuua naye akafa, basi kwa kuwa hakuwa adui yake naye hakukusudia kumuumiza,
24 त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्‍ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ ।
kusanyiko lazima liamue kati yake na mlipiza kisasi wa damu kufuatana na sheria hizi.
25 समुदायले दोष लगाइएको व्यक्‍तिलाई रगतको बदला लिने व्यक्‍तिको शक्‍तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्यो दोष लगाइएको व्यक्‍ति पहिले भागेर गएको शरण-नगरमा नै त्यसलाई फर्काउनुपर्छ । त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्‍नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो ।
Kusanyiko ni lazima limlinde yule anayeshtakiwa kuua kutoka kwa mlipiza kisasi wa damu, na kumrudisha katika mji wa makimbilio alikokuwa amekimbilia. Lazima akae humo mpaka atakapokufa kuhani mkuu ambaye alikuwa amepakwa mafuta matakatifu.
26 तर यदि दोष लगाइएको व्यक्‍ति कुनै बखत त्यो भागेर गएको सहरको सिमानाबाहिर जान्छ,
“‘Lakini kama mshtakiwa atatoka nje ya mipaka ya mji wa makimbilio ambao amekimbilia,
27 र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्‍तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्‍ति हत्याको दोषी हुने छैन ।
na mlipiza kisasi wa damu akamkuta nje ya mji, mlipiza kisasi wa damu anaweza kumuua mshtakiwa huyo bila kuwa na hatia ya kuua.
28 किनभने त्यो दोष लागेको व्यक्‍ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण-नगरभित्र नै बस्‍नु पर्थ्यो । प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्‍ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ ।
Mshtakiwa lazima akae katika mji wake wa makimbilio mpaka atakapokufa kuhani mkuu; atarudi tu kwenye mali yake baada ya kifo cha kuhani mkuu.
29 यी नियमहरू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको विधिविधान हुनुपर्छ ।
“‘Hizi ndizo kanuni za sheria zitakazohitajiwa kwenu na katika vizazi vyenu vijavyo, popote mtakapoishi.
30 कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्‍तिलाई मार्नु हुदैन ।
“‘Yeyote anayeua mtu atauawa kama muuaji ikiwa tu kuna ushuhuda wa mashahidi. Lakini hakuna mtu atakayeuawa kwa ushuhuda wa shahidi mmoja tu.
31 साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।
“‘Usikubali fidia yoyote ya kuokoa uhai wa muuaji ambaye anastahili kufa. Mtu huyo hakika lazima auawe.
32 शरण-नगरमा भागेर गएको व्यक्‍तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन ।
“‘Usikubali fidia ya mtu yeyote ambaye amekimbilia katika mji wa makimbilio na kumruhusu kurudi kuishi katika nchi yake kabla ya kifo cha kuhani mkuu.
33 तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन ।
“‘Msiinajisi nchi mnayoishi. Umwagaji damu hunajisi nchi, na upatanisho hauwezekani kufanyika katika nchi ambayo damu imemwagwa, isipokuwa tu kwa damu ya yule aliyeimwaga damu.
34 त्यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन, किनभने म यसमा बास गर्छु । म परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु ।
Msiinajisi nchi mnayoishi, ambayo nami ninakaa, kwa kuwa Mimi, Bwana, ninakaa katikati ya Waisraeli.’”

< गन्ती 35 >