< गन्ती 35 >

1 परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
És szólt az Örökkévaló Mózeshez Móáb síkságain, a Jordán mellett, Jerichóval szemben, mondván:
2 “इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्‍नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ ।
Parancsold meg Izrael fiainak, hogy adjanak a levitáknak örökségük birtokából városokat lakásul és legelőt a városokhoz köröskörül adjatok a levitáknak.
3 लेवीहरूले बस्‍नलाई यी सहरहरू पाउने छन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने छ ।
És legyenek a városok nekik lakásul, legelőik pedig legyenek barmuk, szerzeményük és minden állatuk számára.
4 तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुने छ ।
A városok legelői pedig, melyeket a levitáknak adjatok, legyenek a város falától kifelé ezer könyök körös-körül.
5 तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्‍नुपर्छ । यो तिनीहरूका निम्ति खर्कहरू हुने छ । सहरचाहिँ बिचमा हुने छ ।
És mérjetek le a városon kívül a keleti oldalon kétezer könyöknyit, meg a déli oldalon kétezer könyöknyit meg a nyugati oldalon kétezer könyöknyit és az északi oldalon kétezer könyöknyit, a város pedig a középen; ez legyen nekik a városok legelője.
6 तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटाले शरण-नगरहरूको काम गर्नुपर्छ । तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्‍ति भाग्‍न सक्‍ने ठाउँ हुनुपर्छ । बयालिसवटा सहर पनि दिनू ।
A városok pedig, melyeket a levitáknak adtok: hat menedékváros, amelyet adtok, hogy oda meneküljön a gyilkos; azokon felül pedig adjatok negyvenkét várost.
7 तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्‍मा अठचालिसवटा हुने छ । तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ ।
Mind a városok, melyeket adtok a levitáknak, negyvennyolc város, azokat és legelőiket.
8 इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ ।
A városok pedig, melyeket adtok Izrael fiainak örökségéből, a nagyobból többet adjatok, a kisebből kevesebbet adjatok; mindenki birtoka szerint, melyet kap, adjon városaiból a levitáknak.
9 त्यसपछि परमप्रभु मोशासँग बोल्नुभयो,
És szólt az Örökkévaló Mózeshez, mondván:
10 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको भूमिमा प्रवेश गर्छौ,
Szólj Izrael fiaihoz és mondd nekik: Midőn átvonultok a Jordánon Kánaán országába,
11 तिमीहरूले तिमीहरूको निम्ति शरण-नगरको काम गर्ने सहरहरू चुन्‍नुपर्छ, जसमा कसैलाई अजानमा मारेको व्यक्‍ति त्यो ठाउँमा भागेर जान सक्छ ।
akkor rendeljetek magatoknak városokat, menedékvárosok legyenek nektek, hogy oda meneküljön a gyilkos, aki agyonüt valakit tévedésből;
12 यी सहरहरू बदला लिने व्यक्‍तिबाट बाँच्‍ने तिमीहरूको शरण-नगर हुनुपर्छ, ताकि दोष लगाइएको व्यक्‍ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस् ।
hogy legyenek nektek e városok menedékül a vérbosszú rokon elől, hogy meg ne haljon a gyilkos, míg nem áll a község előtt ítélet végett.
13 तिमीहरूले छवटा सहरलाई शरण-नगरको रूपमा छान्‍नुपर्छ ।
És a városok, melyeket adnotok kell, hat menedékváros legyen az nektek.
14 तिमीहरूले यर्दनपारि तिनवटा सहर र कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ । ती शरण-नगर हुने छन् ।
Három várost adjatok a Jordánon innen és három várost adjatok Kánaán országában, menedékvárosok legyenek.
15 यी छवटा सहरले इस्राएलका मानिसहरूका निम्ति, परदेशीहरूका निम्ति र तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ, जसमा कसैलाई अजानमा मार्ने व्यक्‍ति भागेर जान सक्छ ।
Izrael fiainak és az idegennek, meg a közöttük lakónak legyen ez a hat város menedékül, hogy oda meneküljön mindaz, aki agyonütött valakit tévedésből.
16 तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
Ha azonban vaseszközzel ütötte meg, és az meghalt, gyilkos ő; ölessék meg a gyilkos.
17 यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, त्यो दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
Ha pedig kővel kezében, amely által meghalhat, ütötte meg és meghalt, gyilkos ő; ölessék meg a gyilkos.
18 यदि दोष लगाइएको व्यक्‍तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्‍ति मर्‍यो भने, दोष लगाइएको व्यक्‍ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
Vagy pedig faeszközzel kezében, amely által meghalhat, ütötte meg, és az meghalt, gyilkos ő; ölessék meg a gyilkos.
19 रगतको बदला लिने व्यक्‍तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्‍तिले त्यसलाई मार्नुपर्छ ।
A vérbosszú rokon ölje meg a gyilkost; ahol rátalál, megölheti őt.
20 यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्‍ति मर्छ भने,
Vagy ha gyűlöletből taszítja vagy hajított rá leselkedve, és az meghalt;
21 वा यदि त्यसले घृणा गरेको व्यक्‍तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्‍ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्‍तिले त्यसलाई भेट्दा मार्न सक्छ ।
vagy ellenségeskedésből ütötte meg kezével és az meghalt, ölessék meg az, aki agyonütötte, gyilkos az; a vérbosszuló rokon megölheti a gyilkost, ahol rátalál.
22 तर यदि दोष लगाइएको व्यक्‍तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्‍तिलाई लाग्यो भने,
Ha pedig történetesen, ellenségeskedés nélkül taszította, vagy hajított rá bármely eszközt leselkedés nélkül,
23 वा यदि त्यसले आक्रमणमा परेका व्यक्‍तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्‍ति दोष लगाइएको व्यक्‍तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्‍याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्‍ति मर्छ भने यसो गर्नुपर्छ ।
vagy bármi követ, amely által meghalhat, nem látván őt, rávetett és az meghalt, de ő nem ellensége annak és nem kereste vesztét,
24 त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्‍ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ ।
akkor tegyen törvényt a község az agyonütő és a vérbosszú között e rendeletek szerint.
25 समुदायले दोष लगाइएको व्यक्‍तिलाई रगतको बदला लिने व्यक्‍तिको शक्‍तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्यो दोष लगाइएको व्यक्‍ति पहिले भागेर गएको शरण-नगरमा नै त्यसलाई फर्काउनुपर्छ । त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्‍नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो ।
És mentse meg a község a gyilkost a vérbosszuló rokontól, vigye őt vissza a község menedékvárosába, ahova menekült és maradjon ott, míg meghal a főpap, akit fölkentek a szentség olajával.
26 तर यदि दोष लगाइएको व्यक्‍ति कुनै बखत त्यो भागेर गएको सहरको सिमानाबाहिर जान्छ,
Ha azonban kimegy a gyilkos menedékvárosának határából, ahova menekült,
27 र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्‍तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्‍ति हत्याको दोषी हुने छैन ।
és rátalál a vérbosszú rokon menedékvárosának határán kívül és meggyilkolja a vérbosszuló rokon a gyilkost, nincs miatta vérbűne.
28 किनभने त्यो दोष लागेको व्यक्‍ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण-नगरभित्र नै बस्‍नु पर्थ्यो । प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्‍ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ ।
Mert menedékvárosában maradjon, amíg meghal a főpap; és a főpap halála után visszatérhet a gyilkos örökségének földjére.
29 यी नियमहरू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको विधिविधान हुनुपर्छ ।
És legyenek ezek nektek a jog törvényéül nemzedékeiteken át, minden lakóhelyiteken.
30 कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्‍तिलाई मार्नु हुदैन ।
Bárki, aki agyonüt valakit, tanuk vallomására öljék meg a gyilkost, de egy tanú ne valljon senki ellen, hogy az meghaljon.
31 साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।
Ne fogadjatok el váltságdíjat a gyilkos lelkéért, aki halálraítélt, hanem ölessék meg.
32 शरण-नगरमा भागेर गएको व्यक्‍तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन ।
És ne fogadjatok el váltságdíjat azért, aki menekül menedékvárosába, hogy visszatérjen és lakjék az országban, mielőtt a főpap meghal.
33 तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन ।
És meg ne fertőztessétek az országot, amelyben vagytok, mert a vér, az megfertőzheti az országot és az országnak nem szerezhető engesztelés a vérért, mely kiontatott benne, csak annak vére által, aki kiontotta.
34 त्यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन, किनभने म यसमा बास गर्छु । म परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु ।
És meg ne tisztátlanítsd az országot, melyben laktok, amelyben én lakozom, mert én az Örökkévaló lakozom Izrael fiai között.

< गन्ती 35 >