< गन्ती 35 >
1 परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
And the Lord spoke these things also to Moses in the plains of Moab by the Jordan, over against Jericho:
2 “इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ ।
Command the children of Israel that they give to the Levites out of their possessions,
3 लेवीहरूले बस्नलाई यी सहरहरू पाउने छन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने छ ।
Cities to dwell in, and their suburbs round about: that they may abide in the towns, and the suburbs may be for their cattle and beasts:
4 तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुने छ ।
Which suburbs shall reach from the walls of the cities outward, a thousand paces on every side:
5 तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्नुपर्छ । यो तिनीहरूका निम्ति खर्कहरू हुने छ । सहरचाहिँ बिचमा हुने छ ।
Toward the east shall be two thousand cubits: and toward the south in like manner shall be two thousand cubits: toward the sea also, which looketh to the west, shall be the same extent: and the north side shall be bounded with the like limits. And the cities shall be in the midst, and the suburbs without.
6 तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटाले शरण-नगरहरूको काम गर्नुपर्छ । तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्ति भाग्न सक्ने ठाउँ हुनुपर्छ । बयालिसवटा सहर पनि दिनू ।
And among the cities, which you shall give to the Levites, six shall be separated for refuge to fugitives, that he who hath shed blood may flee to them: and besides these there shall be other forty-two cities,
7 तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्मा अठचालिसवटा हुने छ । तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ ।
That is, in all forty-eight with their suburbs.
8 इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ ।
And of these cities which shall be given out of the possessions of the children of Israel, from them that have more, more shall be taken: and from them that have less, fewer. Each shall give towns to the Levites according to the extent of their inheritance.
9 त्यसपछि परमप्रभु मोशासँग बोल्नुभयो,
The Lord said to Moses:
10 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको भूमिमा प्रवेश गर्छौ,
Speak to the children of Israel, and thou shalt say to them: When you shall have passed over the Jordan into the land of Chanaan,
11 तिमीहरूले तिमीहरूको निम्ति शरण-नगरको काम गर्ने सहरहरू चुन्नुपर्छ, जसमा कसैलाई अजानमा मारेको व्यक्ति त्यो ठाउँमा भागेर जान सक्छ ।
Determine what cities shall be for the refuge of fugitives, who have shed blood against their will.
12 यी सहरहरू बदला लिने व्यक्तिबाट बाँच्ने तिमीहरूको शरण-नगर हुनुपर्छ, ताकि दोष लगाइएको व्यक्ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस् ।
And when the fugitive shall be in them, the kinsman of him that is slain may not have power to kill him, until he stand before the multitude, and his cause be judged.
13 तिमीहरूले छवटा सहरलाई शरण-नगरको रूपमा छान्नुपर्छ ।
And of those cities, that are separated for the refuge of fugitives,
14 तिमीहरूले यर्दनपारि तिनवटा सहर र कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ । ती शरण-नगर हुने छन् ।
Three shall be beyond the Jordan, and three in the land of Chanaan,
15 यी छवटा सहरले इस्राएलका मानिसहरूका निम्ति, परदेशीहरूका निम्ति र तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ, जसमा कसैलाई अजानमा मार्ने व्यक्ति भागेर जान सक्छ ।
As well for the children of Israel as for strangers and sojourners, that he may flee to them, who hath shed blood against his will.
16 तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्यसले आक्रमण गरेको व्यक्ति मर्यो भने, दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
If any man strike with iron, and he die that was struck: he shall be guilty of murder, and he himself shall die.
17 यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्यो व्यक्ति मर्यो भने, त्यो दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
If he throw a stone, and he that is struck die: he shall be punished in the same manner.
18 यदि दोष लगाइएको व्यक्तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्यो व्यक्ति मर्यो भने, दोष लगाइएको व्यक्ति हत्यारा नै हो । त्यसलाई मार्नुपर्छ ।
If he that is struck with wood die: he shall be revenged by the blood of him that struck him.
19 रगतको बदला लिने व्यक्तिले हत्यारालाई मार्न सक्छ । त्यसले त्यसलाई भेट्दा, रगतको बदला लिने व्यक्तिले त्यसलाई मार्नुपर्छ ।
The kinsman of him that was slain, shall kill the murderer: as soon as he apprehendeth him, he shall kill him.
20 यदि त्यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्ति मर्छ भने,
If through hatred any one push a man, or fling any thing at him with ill design:
21 वा यदि त्यसले घृणा गरेको व्यक्तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्यो आक्रमणमा परेको व्यक्ति मर्छ भने, त्यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्तिलाई मार्नुपर्छ । त्यो हत्यारा हो । रगतको बदला लिने व्यक्तिले त्यसलाई भेट्दा मार्न सक्छ ।
Or being his enemy, strike; him with his hand, and he die: the striker shall be guilty of murder: the kinsman of him that was slain as soon as he findeth him, shall kill him.
22 तर यदि दोष लगाइएको व्यक्तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्तिलाई लाग्यो भने,
But if by chance medley, and without hatred,
23 वा यदि त्यसले आक्रमणमा परेका व्यक्तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्ति दोष लगाइएको व्यक्तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्ति मर्छ भने यसो गर्नुपर्छ ।
And enmity, he do any of these things,
24 त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ ।
And this be proved in the hearing of the people, and the cause be debated between him that struck, and the next of kin:
25 समुदायले दोष लगाइएको व्यक्तिलाई रगतको बदला लिने व्यक्तिको शक्तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्यो दोष लगाइएको व्यक्ति पहिले भागेर गएको शरण-नगरमा नै त्यसलाई फर्काउनुपर्छ । त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो ।
The innocent shall be delivered from the hand of the revenger, and shall be brought back by sentence into the city, to which he had fled, and he shall abide there until the death of the high priest, that is anointed with the holy oil.
26 तर यदि दोष लगाइएको व्यक्ति कुनै बखत त्यो भागेर गएको सहरको सिमानाबाहिर जान्छ,
If the murderer be found without the limits of the cities that are appointed for the banished,
27 र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्ति हत्याको दोषी हुने छैन ।
And be struck by him that is the avenger of blood: he shall not be guilty that killed him.
28 किनभने त्यो दोष लागेको व्यक्ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण-नगरभित्र नै बस्नु पर्थ्यो । प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ ।
For the fugitive ought to have stayed in the city until the death of the high priest: and after he is dead, then shall the manslayer return to his own country.
29 यी नियमहरू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको विधिविधान हुनुपर्छ ।
These things shall be perpetual, and for an ordinance in all your dwellings.
30 कुनै मानिसलाई मार्ने हत्यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्तिलाई मार्नु हुदैन ।
The murderer shall be punished by witnesses: none shall be condemned upon the evidence of one man.
31 साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।
You shall not take money of him that is guilty of blood, but he shall die forthwith.
32 शरण-नगरमा भागेर गएको व्यक्तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन ।
The banished and fugitives before the death of the high priest may by no means return into their own cities.
33 तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्तिको रगतले बाहेक कुनै किसिमको प्रायश्चित्त गर्न सकिँदैन ।
Defile not the land of your habitation, which is stained with the blood of the innocent: neither can it otherwise be expiated, but by his blood that hath shed the blood of another.
34 त्यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन, किनभने म यसमा बास गर्छु । म परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु ।
And thus shall your possession he cleansed, myself abiding with you. For I am the Lord that dwell among the children of Israel.