< गन्ती 34 >
1 परमप्रभु मोशासँग बोल्नुभयो,
Ubangiji ya ce wa Musa,
2 “इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ,
“Ka umarci Isra’ilawa, ka ce musu, ‘Sa’ad da kuka shiga Kan’ana, ƙasar da aka ba ku gādo za tă kasance da waɗannan iyakoki.
3 तिमीहरूका दक्षिणी सिमाना सीनको मरुभूमिदेखि एदोमको सिमानासम्म हुने छ । पूर्वतिर दक्षिणी सिमानाको अन्त मृत सागरको दक्षिणी किनारासम्म हुने छ ।
“‘Gefenku na kudu zai haɗa da wani sashin Hamadan Zin ta iyakar Edom. A gabas, iyakarku ta kudu za tă fara daga ƙarshen Tekun Gishiri,
4 तिमीहरूको सिमाना दक्षिणबाट अक्रबीमको डाँडा र सीनक मरुभूमि हुँदै जाने छ । त्यहाँबाट यो कादेश-बर्नेतिर रहसर-अद्दर र अज्मोनतिर अघि बढ्नेछ ।
tă ƙetare Mashigin Kunama a kudu, tă ci gaba zuwa Zin, sa’an nan tă nufi kudu da Kadesh Barneya. Sa’an nan za tă zarce zuwa Hazar Addar, tă nausa zuwa Azmon,
5 त्यहाँबाट सिमाना अज्मोनबाट मिश्रको खोलातर्फ लाग्ने छ र समुद्रमा अन्त हुने छ ।
inda za tă juya tă haɗu da Rafin Masar, tă kuma ƙarasa a Bahar Rum.
6 पश्चिमी सिमाना भूमध्य सागरको तट हुने छ । यो तिमीहरूको पश्चिमी सिमाना हुने छ ।
“‘Iyakarku a yammanci, za tă kasance bakin Bahar Rum. Wannan ce za tă zama iyakarku a yamma.
7 तिमीहरूका उत्तरी सिमाना भूमध्य सागरदेखि होर पर्वततिर जाने छ,
“‘Iyakarku a arewanci kuwa za tă tashi daga Bahar Rum zuwa Dutsen Hor,
8 त्यसपछि होर पर्वतबाट लेबो-हमातसम्म अनि सदादसम्म हुने छ ।
za tă kuma tashi daga Dutsen Hor, zuwa Lebo Hamat. Sa’an nan tă miƙe zuwa Zedad,
9 अनि सिमाना सिप्रोनतिर अघि बढ्ने छ र हसर-एनानमा टुङ्गिनेछ । यो तिमीहरूको उत्तरी सिमाना हुने छ ।
tă ci gaba zuwa Zifron, sa’an nan tă ƙarasa a Hazar-Enan. Wannan ce za tă zama iyakarku a arewa.
10 तिमीहरूले तिमीहरूको पूर्वी सिमाना हसर-एनानदेखि दक्षिणमा सपामसम्म चिनो लगाउनुपर्छ ।
“‘Iyakarku a gabashi, za tă tashi daga Hazar-Enan zuwa Shefam.
11 पूर्वतिरको सिमाना सपामदेखि तल झरेर ऐनको पूर्वतिर पर्ने रिब्लासम्म जाने छ ।
Iyakar za tă gangara daga Shefam zuwa Ribla a gefen gabashin Ayin, sa’an nan tă ci gaba a gangaren gabashin Tekun Kinneret.
12 यो सिमाना किन्नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ ।
Sa’an nan tă gangara ta Urdun, tă ƙarasa a Tekun Gishiri. “‘Wannan za tă zama ƙasarku, tare da iyakokinta a kowane gefe.’”
13 मोशाले इस्राएलका मानिसहरूलाई आज्ञा गरे र भने, “तिमीहरूले चिट्ठाद्वारा पाउने मुलुक यही हो, जसलाई साँढे नौ कुललाई दिन परमप्रभुले आज्ञा दिनुभएको छ ।
Sai Musa ya umarci Isra’ilawa ya ce, “Ku raba wannan ƙasa da za ku gāda ta hanyar jefa ƙuri’a. Ubangiji ya umarta cewa a ba da ita ga kabilu tara da rabi,
14 रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् ।
saboda iyalan kabilar Ruben, kabilar Gad da rabin kabilar Manasse sun riga sun sami gādonsu.
15 अढाइ कुलले तिनीहरूको हिस्सा यरीहोमा यर्दनपारि पूर्वतिर अर्थात् सूर्योदय हुने दिशामा पाएका छन् ।
Waɗannan kabilu biyu da rabi, sun sami gādonsu a wancan hayin Urdun a gabashin Yeriko wajen fitowar rana.”
16 परमप्रभु मोशासँग बोल्नुभयो,
Ubangiji ya ce wa Musa,
17 “तिनीहरूको अंशको निम्ति भूमिको भाग लगाउनेहरूका नाउँ यिनै हुन्ः पुजारी एलाजार र नूनका छोरा यहोशू ।
“Waɗannan su ne sunayen mutanen da za su raba muku ƙasar gādo. Eleyazar firist, da Yoshuwa ɗan Nun.
18 तिनीहरूको वंशको निम्ति भूमि भाग लगाउन तिमीहरूले हरेक कुलबाट एक-एक जना अगुवा छान्नुपर्छ
Ka kuma naɗa shugaba guda ɗaya daga kowace kabila domin yă taimaka a rabon ƙasar.
19 ती मानिसहरूका नाउँ यिनै हुन्ः
“Ga sunayensu. “Kaleb ɗan Yefunne, daga kabilar Yahuda;
20 यहूदाको कुलबाट यपून्नेका छोरो कालेब ।
Shemuyel ɗan Ammihud, daga kabilar Simeyon
21 शिमियोनको सन्तानहरूको कुलबाट अम्मीहुदका छोरो शेमुएल,
Elidad ɗan Kislon, daga kabilar Benyamin;
22 बेन्यामीनको कुलबाट किसलोनका छोरो एलीदाद, दानको सन्तानहरूको कुलबाट एक जना अगुवा योगलीका छोरो बुक्की,
Bukki ɗan Yogli, shugaba daga kabilar Dan;
23 योसेफका सन्तानहरू मनश्शेका सन्तानरूका कुलको एक जना अगुवा एपोदका छोरो हन्नीएल,
Hanniyel ɗan Efod, shugaba daga kabilar Manasse ɗan Yusuf;
24 एफ्राइमका सन्तानहरूका कुलबाट एक जना अगुवा शिप्तानको छोरो कमूएल,
Kemuwel ɗan Shiftan, shugaba daga kabilar Efraim ɗan Yusuf;
25 जबूलूनका सन्तानकहरूका कुलबाट एक जना अगुवा पर्नाकको छोरो एलीजापान,
Elizafan ɗan Farnak, shugaba daga kabilar Zebulun;
26 इस्साकारका सन्तानहरूका कुलबाट एक जना अगुवा अजानको छोरो पल्तिएल,
Faltiyel ɗan Azzan, shugaba daga kabilar Issakar;
27 आशेरको सन्ताहरूका कुलबाट एक जना अगुवा शलोमीको छोरो अहीहूद,
Ahihud ɗan Shelomi, shugaba daga kabilar Asher;
28 नप्तालीको सन्तानहरूको कुलबाट एक जना अगुवा अम्मीहूदका छोरो पदहेल ।”
Fedahel ɗan Ammihud, shugaba daga kabilar Naftali.”
29 परमप्रभुले यी मानिसहरूलाई कनानको भूमि भाग लगाउन र इस्राएलका कुल-कुललाई तिनीहरूको अंश दिन आज्ञा दिनुभयो ।
Waɗannan su ne mutanen da Ubangiji ya umarta su raba gādo ga Isra’ilawa a ƙasar Kan’ana.