< गन्ती 33 >
1 मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो ।
Este es un registro de los viajes realizados por los israelitas al salir de Egipto en sus divisiones tribales lideradas por Moisés y Aarón.
2 परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए ।
Moisés registró las diferentes partes de su viaje según las instrucciones del Señor. Estos son los viajes que hicieron listados en orden desde donde comenzaron:
3 तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे । निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे ।
Los israelitas dejaron Ramsés el día quince del primer mes, el día después de la Pascua. Salieron triunfantes mientras todos los egipcios observaban.
4 मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो ।
Los egipcios enterraban a todos sus primogénitos que el Señor había matado, porque el Señor había hecho caer sus juicios sobre sus dioses.
5 इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्कोतमा छाउनी लगाए ।
Los israelitas dejaron Ramsés e instalaron un campamento en Sucot.
6 तिनीहरू सुक्कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले ।
Se fueron de Sucot y acamparon en Etam, en la frontera con el desierto.
7 तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले ।
Se alejaron de Etam, volviendo a Pi-hahiroth, frente a Baal-zefón, y acamparon cerca de Migdol.
8 त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।
Se mudaron de Pi-hahirot y cruzó por el medio del mar hacia el desierto. Viajaron durante tres días al desierto de Etham y establecieron un campamento en Marah.
9 तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले ।
Se desplazaron desde Mara y llegaron a Elim, donde había doce manantiales de agua y setenta palmeras, y acamparon allí.
10 तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।
Se trasladaron de Elim y acamparon al lado del Mar Rojo.
11 तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले ।
Se trasladaron desde el Mar Rojo y acamparon en el Desierto del Pecado.
12 तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले ।
Se trasladaron del desierto de Sin y acamparon en Dofca.
13 तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले ।
Se mudaron de Dofca y acamparon en Alús.
14 तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।
Se mudaron de Alús y acamparon en Refidím. No había agua allí para que la gente bebiera.
15 तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले ।
Se fueron de Refidim y acamparon en el desierto del Sinaí.
16 तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।
Se fueron del desierto del Sinaí y acamparon en Kibroth-hataava.
17 तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले ।
Se mudaron de Kibroth-hattaavah y acamparon en Hazerot.
18 तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले ।
Se trasladaron de Hazerot y establecieron un campamento en Ritma.
19 तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले ।
Se trasladaron de Ritma y establecieron un campamento en Rimón-fares.
20 तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्नामा छाउनी हाले ।
Se trasladaron de Rimmon-fares y acamparon en Libna.
21 तिनीहरू लिब्नाबाट हिँडे र रिस्सामा छाउनी हाले ।
Se trasladaron de Libna y establecieron un campamento en Rissa.
22 तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले ।
Se trasladaron de Rissa y establecieron un campamento en Ceelata.
23 तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले ।
Se trasladaron de Ceelata y acamparon en el Monte Sefer.
24 तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले ।
Se trasladaron del Monte Sefer y acamparon en Harada.
25 तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले ।
Se trasladaron de Harada y acamparon en Macelot.
26 तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले ।
Se trasladaron de Macelot y acamparon en Tahat.
27 तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले ।
Se fueron de Tahat y acamparon en Tara.
28 तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले ।
Se mudaron de Tara y acamparon en Mitca.
29 तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले ।
Se mudaron de Mitca y acamparon en Hasmona.
30 तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले ।
Se fueron de Hasmona y acamparon en Moserot.
31 तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले ।
Se mudaron de Moserot y acamparon en Bene-jaacán.
32 तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले ।
Se mudaron de Bene-jaacán y acamparon en Hor-haggidgad.
33 तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले ।
Se trasladaron de Hor-haggidgad y acamparon en Jotbata.
34 तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले ।
Se mudaron de Jotbata y establecieron un campamento en Abrona.
35 तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन-गेबेरमा छाउनी हाले ।
Se mudaron de Abrona y acamparon en Ezión-geber.
36 तिनीहरू एस्योन-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।
Se trasladaron de Ezion-geber y acamparon en Cades, en el desierto de Zin.
37 तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।
Se trasladaron de Cades y acamparon en el monte Hor, en la orilla de Edom.
38 हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो ।
El sacerdote Aarón subió al monte Hor como el Señor le había ordenado, y murió allí el primer día del quinto mes, en el cuadragésimo año después de que los israelitas hubieran salido de Egipto.
39 हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए ।
Aarón tenía 123 años cuando murió en el Monte Hor.
40 कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्ने सुने ।
(El rey cananeo de Arad, que vivía en el Néguev en el país de Canaán, se enteró de que los israelitas estaban en camino).
41 तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले ।
Los israelitas se trasladaron del Monte Hor y establecieron un campamento en Zalmona.
42 तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले ।
Se trasladaron de Zalmona y acamparon en Punón.
43 तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले ।
Se trasladaron de Punón y acamparon en Obot.
44 तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले ।
Se trasladaron de Oboth y acamparon en Iye-abarim, en la frontera de Moab.
45 तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले ।
Se mudaron de Iye-abarim y acamparon en Dibon-gad.
46 तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले ।
Se mudaron de Dibon-gad y acamparon en Almon-diblataim.
47 तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले ।
Se mudaron de Almon-diblataim y acamparon en las montañas de Abarim, frente a Nebo.
48 तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले ।
Se trasladaron de las montañas de Abarim y acamparon en las llanuras de Moab, junto al Jordán, frente a Jericó.
49 तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले ।
Allí, en las llanuras de Moab, acamparon al lado del Jordán, desde Beth-jesimot hasta Abel-sitim.
50 परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
Aquí fue donde, en la llanura de Moab junto al Jordán, frente a Jericó, el Señor le dijo a Moisés,
51 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्ने सबै बासिन्दालाई धपाउनुपर्छ ।
“Dile a los israelitas: Tan pronto crucen el Jordán y entren en el país de Canaán,
52 तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्च स्थानहरू नष्ट पार्नुपर्छ ।
deben expulsar a todos los que viven en la tierra, destruir todas sus imágenes talladas e ídolos de metal, y derribar todos sus templos paganos.
53 तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ र यसमा बसोबास गर्नुपर्छ, किनभने मैले तिमीहरूलाई त्यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु ।
Debes tomar el país y establecerte allí, porque te he dado la tierra y te pertenece.
54 तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ
Debes dividir la tierra y asignarla por sorteo a las diferentes familias tribales. Dale una porción más grande a una familia más grande, y una porción más pequeña a una familia más pequeña. La asignación de cada uno se decide por sorteo, y todos ustedes recibirán una asignación dependiendo de su tribu.
55 तर यदि तिमीहरूले तिमीहरूभन्दा अघिका बासिन्दाहरूलाई धपाएनौ भने, तिमीहरूले बस्न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्गरहरू र जीउमा बिझेको काँढाहरूजस्ता हुने छन् । तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउने छन् ।
“Pero si no expulsan a todos los que viven en la tierra, las personas que dejen permanecer serán como arena en sus ojos y espinas en sus costados. Les causarán problemas cuando se establezcan en el país.
56 त्यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो म तिमीहरूलाई पनि गर्ने छु ।
Eventualmente, el castigo que planeé para ellos se los infligiré a ustedes”.