< गन्ती 33 >

1 मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो ।
Dies sind der Israeliten Züge, auf denen sie aus Ägypterland nach ihren Scharen unter Mosis und Aarons Führung gezogen sind.
2 परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए ।
Moses schrieb ihre Ausfahrten zu ihren Zügen nieder auf des Herrn Befehl. Dies sind ihre Züge zu ihren Ausfahrten:
3 तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे । निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे ।
Sie zogen von Ramses weg am fünfzehnten Tage des ersten Monats. Am Tage nach dem Passah zogen die Israeliten aus, in dichter Schar vor ganz Ägyptens Augen,
4 मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो ।
während die Ägypter verkündeten, daß der Herr bei ihnen jede Erstgeburt erschlagen und daß der Herr an ihren Göttern Strafgerichte vollzogen habe.
5 इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्‍कोतमा छाउनी लगाए ।
Die Israeliten zogen nun von Ramses fort und lagerten in Sukkot.
6 तिनीहरू सुक्‍कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले ।
Von Sukkot zogen sie fort und lagerten in Etam am Rande der Steppe.
7 तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले ।
Von Etam zogen sie fort und wandten sich nach Pihachirot vor Baalsephon und lagerten vor Migdol.
8 त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।
Sie zogen von Pihachirot fort und schritten mitten durch das Meer in die Wüste. Sie wanderten drei Tagereisen und lagerten in Mara.
9 तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले ।
Sie zogen von Mara fort und kamen nach Elim. In Elim waren zwölf Quellen und siebzig Palmbäume, und sie lagerten dort.
10 तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।
Sie zogen von Elim fort und lagerten am Schilfmeer.
11 तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले ।
Sie zogen vom Schilfmeer fort und lagerten in der Wüste Sin.
12 तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले ।
Von der Wüste Sin zogen sie fort und lagerten in Dophka.
13 तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले ।
Sie zogen von Dophka fort und lagerten in Alus.
14 तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।
Von Alus zogen sie fort und lagerten in Raphidim. Da war kein Wasser für das Volk zum Trinken.
15 तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले ।
Von Raphidim zogen sie fort und lagerten in der Wüste Sinai.
16 तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।
Von der Wüste Sinai zogen sie fort und lagerten bei den Gelüstegräbern.
17 तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले ।
Von den Gelüstegräbern zogen sie nach Chaserot,
18 तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले ।
von Chaserot nach Ritma,
19 तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले ।
von Ritma nach Rimmon Peres,
20 तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्‍नामा छाउनी हाले ।
von Rimmon Peres nach Libna,
21 तिनीहरू लिब्‍नाबाट हिँडे र रिस्सामा छाउनी हाले ।
von Libna nach Rissa,
22 तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले ।
von Rissa nach Kehela,
23 तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले ।
von Kehela zum Berge Sepher,
24 तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले ।
vom Berge Sepher nach Charada,
25 तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले ।
von Charada nach Makhelot,
26 तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले ।
von Makhelot nach Tachat,
27 तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले ।
von Tachat nach Tarach,
28 तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले ।
von Tarach nach Mitka,
29 तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले ।
von Mitka nach Chasmon,
30 तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले ।
von Chasmon nach Moserot,
31 तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले ।
von Moserot nach Bene Jaakan,
32 तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले ।
von Bene Jaakan nach Chor Hagidgad,
33 तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले ।
von Chor Hagidgad nach Jotba,
34 तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले ।
von Jotba nach Abron,
35 तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन‍-गेबेरमा छाउनी हाले ।
von Abron nach Esiongeber,
36 तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।
von Esiongeber in die Wüste Sin, das ist Kades,
37 तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।
von Kades zum Berge Hor an der Grenze des Landes Edom.
38 हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो ।
Und der Priester Aaron stieg auf den Berg Hor nach des Herrn Befehl und starb hier, im vierzigsten Jahre nach dem Auszug der Israeliten aus Ägypterland, am ersten des fünften Monats.
39 हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए ।
Aaron aber war 123 Jahre alt, als er auf dem Berge Hor starb.
40 कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्‍ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्‍ने सुने ।
Da hörte der Kanaaniter, Arads König, der im Süden des Landes Kanaan saß, vom Anmarsch der Israeliten.
41 तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले ।
Sie zogen dann vom Berge Hor fort und lagerten in Salmon.
42 तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले ।
Von Salmon ging es nach Punon,
43 तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले ।
Von Punon nach Obot,
44 तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले ।
Von Obot nach Ijje Haabarim im Gebiete Moabs,
45 तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले ।
von Ijjim nach Dibon Gad,
46 तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले ।
von Dibon Gad nach Almon Diblataim,
47 तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले ।
von Almon Diblataim zum Ufergebirge von Nebo.
48 तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले ।
Vom Ufergebirge zogen sie fort und lagerten in den Steppen Moabs am Jordan bei Jericho,
49 तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले ।
und zwar lagerten sie am Jordan von Bet Hajesimot bis Abel Hasittim in Moabs Steppen.
50 परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
Und der Herr sprach zu Moses in Moabs Steppen am Jordan bei Jericho:
51 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ ।
"Rede mit den Söhnen Israels und sprich zu ihnen: 'Zieht ihr über den Jordan ins Land Kanaan,
52 तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्‍ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्‍च स्थानहरू नष्‍ट पार्नुपर्छ ।
dann müßt ihr alle Insassen des Landes vor euch vertilgen und alle ihre Bilder vernichten. Auch alle ihre Gußbilder sollt ihr vernichten und alle ihre Höhen verwüsten!
53 तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ र यसमा बसोबास गर्नुपर्छ, किनभने मैले तिमीहरूलाई त्यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु ।
Vom Lande ergreift Besitz und siedelt darin! Denn euch gebe ich das Land zum Besitz.
54 तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ
Verteilt das Land nach euren Stämmen durch das Los! Dem, der viel zählt, sollt ihr seinen Besitz vermehren und dem, der wenig zählt, einen kleineren geben! Was jemandem durchs Los zufällt, soll ihm gehören! Nach euren väterlichen Stämmen sollt ihr es verteilen!
55 तर यदि तिमीहरूले तिमीहरूभन्दा अघिका बासिन्दाहरूलाई धपाएनौ भने, तिमीहरूले बस्‍न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्गरहरू र जीउमा बिझेको काँढाहरूजस्ता हुने छन् । तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउने छन् ।
Vertreibt ihr aber nicht vor euch des Landes Insassen, dann werde, was ihr davon übriglaßt, euch zu Dornen in den Augen und zu Stacheln in den Seiten! Sie sollen euch bedrängen in eurem Lande, in dem ihr siedelt!
56 त्यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो म तिमीहरूलाई पनि गर्ने छु ।
Dann tue ich mit euch, was ich jenen zugedacht.'"

< गन्ती 33 >