< गन्ती 33 >

1 मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो ।
Malo otsatirawa ndi omwe Aisraeli anayima pa maulendo awo atatuluka mʼdziko la Igupto mʼmagulu awo motsogozedwa ndi Mose ndi Aaroni.
2 परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए ।
Mose analemba malo amene anayambira maulendo awo molamulidwa ndi Yehova. Maulendo awo ndi malo omwe anayambira ndi awa:
3 तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे । निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे ।
Aisraeli ananyamuka kuchokera ku Ramesesi pa tsiku la 15 la mwezi woyamba, itangotha Paska. Iwo anatuluka nayenda molimba mtima Aigupto onse akuona,
4 मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो ।
pamene ankayika maliro a ana awo oyamba kubadwa, omwe Yehova anawakantha pakati pawo chifukwa Yehova anaweruza milungu yawo.
5 इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्‍कोतमा छाउनी लगाए ।
Aisraeli atachoka ku Ramesesi, anamanga misasa yawo ku Sukoti.
6 तिनीहरू सुक्‍कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले ।
Atachoka ku Sukoti anakamanga misasa yawo ku Etamu, mʼmbali mwa chipululu.
7 तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले ।
Ndipo atachoka ku Etamu, anabwerera ku Pihahiroti, kummawa kwa Baala-Zefoni, ndipo anamanga misasa yawo pafupi ndi Migidoli.
8 त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।
Atachoka ku Pihahiroti anadutsa mʼkati mwa nyanja kupita ku chipululu ndipo atayenda masiku atatu mʼchipululu cha Etamu, anamanga misasa yawo ku Mara.
9 तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले ।
Atachoka ku Mara anafika ku Elimu, kumene kunali akasupe a madzi khumi ndi awiri ndi mitengo ya migwalangwa 70 ndipo anamanga misasa yawo kumeneko.
10 तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।
Atachoka ku Elimu anakamanga misasa yawo mʼmbali mwa Nyanja Yofiira.
11 तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले ।
Atachoka ku Nyanja Yofiira anakamanga misasa yawo mʼchipululu cha Sini.
12 तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले ।
Atachoka ku chipululu cha Sini anakamanga ku Dofika.
13 तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले ।
Atachoka ku Dofika anakamanga misasa yawo ku Alusi.
14 तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।
Atachoka ku Alusi anakamanga misasa yawo ku Refidimu, kumene kunalibe madzi woti anthu ndi kumwa.
15 तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले ।
Atachoka ku Refidimu anakamanga ku chipululu cha Sinai
16 तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।
Atachoka ku chipululu cha Sinai anakamanga misasa yawo ku Kiburoti-Hataava.
17 तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले ।
Atachoka ku Kiburoti-Hataava anakamanga misasa yawo ku Heziroti.
18 तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले ।
Atachoka ku Heziroti anakamanga ku Ritima.
19 तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले ।
Atachoka ku Ritima anakamanga ku Rimoni-Perezi.
20 तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्‍नामा छाउनी हाले ।
Atachoka ku Rimoni-Perezi anakamanga ku Libina.
21 तिनीहरू लिब्‍नाबाट हिँडे र रिस्सामा छाउनी हाले ।
Atachoka ku Libina anakamanga ku Risa.
22 तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले ।
Atachoka ku Risa anakamanga ku Kehelata.
23 तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले ।
Atachoka ku Kehelata anakamanga ku phiri la Seferi.
24 तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले ।
Atachoka ku phiri la Seferi anakamanga ku Harada.
25 तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले ।
Atachoka ku Harada anakamanga ku Mekheloti.
26 तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले ।
Atachoka ku Mekheloti anakamanga ku Tahati.
27 तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले ।
Atachoka ku Tahati anakamanga ku Tera.
28 तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले ।
Atachoka ku Tera anakamanga ku Mitika.
29 तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले ।
Atachoka ku Mitika anakamanga ku Hasimona.
30 तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले ।
Atachoka ku Hasimona anakamanga ku Moseroti.
31 तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले ।
Atachoka ku Moseroti anakamanga ku Beni Yaakani.
32 तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले ।
Atachoka ku Beni Yaakani anakamanga ku Hori-Hagidigadi.
33 तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले ।
Atachoka ku Hori-Hagidigadi anakamanga ku Yotibata.
34 तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले ।
Atachoka ku Yotibata anakamanga ku Abirona.
35 तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन‍-गेबेरमा छाउनी हाले ।
Atachoka ku Abirona anakamanga ku Ezioni-Geberi.
36 तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।
Atachoka ku Ezioni-Geberi anakamanga ku Kadesi, mʼchipululu cha Zini chimene ndi Kadesi.
37 तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।
Anachoka ku Kadesi ndi kukamanga ku phiri la Hori, mʼmalire mwa dziko la Edomu.
38 हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो ।
Molamulidwa ndi Yehova, wansembe Aaroni anakwera ku phiri la Hori kumene anakamwalirira pa tsiku loyamba la mwezi wachisanu, mʼchaka cha makumi anayi, Aisraeli atatuluka mʼdziko la Igupto.
39 हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए ।
Aaroni anamwalira pa phiri la Hori ali ndi zaka 123.
40 कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्‍ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्‍ने सुने ।
Mfumu ya Akanaani ya ku Aradi yomwe inkakhala ku Negevi kummwera kwa Kanaani, inamva kuti Aisraeli akubwera.
41 तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले ।
Atachoka ku phiri la Hori anakamanga ku Zalimoni.
42 तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले ।
Atachoka ku Zalimoni anakamanga ku Punoni.
43 तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले ।
Atachoka ku Punoni anakamanga ku Oboti.
44 तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले ।
Atachoka ku Oboti anakamanga ku Iye-Abarimu.
45 तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले ।
Atachoka ku Iye-Abarimu anakamanga ku Diboni Gadi.
46 तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले ।
Atachoka ku Diboni Gadi anakamanga ku Alimoni-Dibulataimu.
47 तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले ।
Atachoka ku Alimoni-Dibulataimu anakamanga mʼmapiri a Abarimu, pafupi ndi Nebo.
48 तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले ।
Atachoka ku mapiri a Abarimu anakamanga ku zigwa za Mowabu mʼmbali mwa Yorodani moyangʼanana ndi Yeriko.
49 तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले ।
Ali ku zigwa za Mowabu anamanga mʼmbali mwa Yorodani kuchokera ku Beti-Yesimoti mpaka ku Abeli-Sitimu.
50 परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
Pa zigwa za Mowabu, mʼmbali mwa Yorodani moyangʼanana ndi ku Yeriko, Yehova anawuza Mose kuti,
51 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ ।
“Nena kwa Aisraeli kuti, ‘Pamene muwoloka Yorodani kulowa mʼdziko la Kanaani,
52 तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्‍ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्‍च स्थानहरू नष्‍ट पार्नुपर्छ ।
mukathamangitse nzika zonse za mʼdzikomo pamaso panu. Mukawononge mafano awo onse a miyala ndi osula ndi malo awo achipembedzo.
53 तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ र यसमा बसोबास गर्नुपर्छ, किनभने मैले तिमीहरूलाई त्यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु ।
Mukalande dzikolo ndi kukhalamo chifukwa ndakupatsani dziko limenelo kuti mukhalemo.
54 तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ
Mukagawane dzikolo pochita maere monga mwa mafuko anu. Kwa omwe ali ambiri, cholowa chambiri, ndipo amene ali ocheperapo, chocheperanso. Chilichonse chimene chidzawagwere iwo mwa maere chidzakhala chawo. Mukaligawane monga mwa mafuko a makolo anu.
55 तर यदि तिमीहरूले तिमीहरूभन्दा अघिका बासिन्दाहरूलाई धपाएनौ भने, तिमीहरूले बस्‍न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्गरहरू र जीउमा बिझेको काँढाहरूजस्ता हुने छन् । तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउने छन् ।
“‘Koma ngati simukathamangitsa nzika zimene zili mʼdzikomo, amene mukawalole kukhalamo adzakhala ngati zisonga mʼmaso mwanu ndi ngati minga mʼmbali mwanu. Adzakubweretserani mavuto mʼdziko limene mudzakhalemolo.
56 त्यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो म तिमीहरूलाई पनि गर्ने छु ।
Ndipo pamenepo ndidzachitira inu zomwe ndinaganiza kuwachitira iwowo.’”

< गन्ती 33 >