< गन्ती 32 >
1 रूबेन र गादका सन्तानहरूका गाईवस्तुहरू धेरै थिए । जब तिनीहरूले याजेर र गिलादको भूमी देखे, त्यो भूमी गाईवस्तुहरूको निम्ति असाध्यै राम्रो थियो ।
Jo-Reuben gi jo-Gad, mane nigi kweth mag rombe kod dhok, noneno ni piny Jazer kod piny Gilead ne nigi lek maber mar pidho jamni.
2 त्यसैले गाद र रूबेनका सन्तानहरू आए अनि मोशा, पुजारी एलाजार र समुदायका अगुवाहरूसँग कुरा गरे । तिनीहरूले भने,
Omiyo negibiro ir Musa gi Eliazar jadolo kod jotend oganda mar jo-Israel, mi giwachonegi niya,
3 “हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन ।
Piny motingʼo Ataroth, Dibon, Jazer, Nimra, Heshbon, Eleale, Sebam, Nebo kod Beon
4 यी ठाउँहरूलाई परमप्रभुले इस्राएलका समुदायको सामु आक्रमण गर्नुभयो र तिनीहरू गाईवस्तुहरूका निम्ति राम्रा ठाउँहरू छन् । हामी तपाईंका दासहरूका गाईवस्तुहरू धेरै छन् ।”
ma Jehova Nyasaye osekawo ka oganda mar jo-Israel neno en piny man-gi lek maber mar pidho jamni kendo ungʼeyo ni wan jotichu wan jopidh jamni.
5 तिनीहरूले भने, “यदि हामीले तपाईंको नजरमा कृपा पाएका छौँ भने, यो भूमि तपाईंका दासहरू हामीलाई हाम्रो स्वामित्वमा दिइयोस् । हामीलाई यर्दन पारि नलैजानुहोस् ।”
Negiwachonegi niya, “Ka uyie kodwa, to miwauru pinyni wasumbiniu obed marwa mondo kik wakadh wadhi loka Jordan.”
6 मोशाले गाद र रूबेनका सन्तानहरूलाई जवाफ दिए, “के तिमीहरू बसोवास गर्दा तिमीहरूका दाजुभाइहरूचाहिँ लडाइँमा जाने?
Musa nowacho ne jo-Gad kod jo-Reuben niya, “Bende jou nyalo dhi e lweny ka un to udongʼ ka?
7 परमप्रभुले इस्राएलका मानिसहरूलाई दिनुभएको भूमिमा जानबाट तिनीहरूलाई किन निरुत्साहित पार्ने? मैले कादेश-बर्नेबाट तिमीहरूका बुबाहरूलाई भूमिको जाँचबुझ गर्न पठाउँदा तिनीहरूले त्यही गरे ।
Angʼo momiyo unego chuny jo-Israel mondo kik dhi e piny ma Jehova Nyasaye osemiyogi?
8 तिनीहरू एश्कोलको बेँसीमा गए ।
Ma e gima kwereu notimo kane aorogi kane wan Kadesh Barnea mondo gidhi ginon pinyno.
9 तिनीहरूले भूमिलाई देखे र इस्राएलका मानिसहरूका मनलाई निरुत्साहित बनाए, ताकि परमप्रभुले तिनीहरूलाई दिनुभएको भूमिमा प्रवेश गर्न तिनीहरूले इन्कार गरून् ।
Kane gisechopo e Holo mar Eshkol mi giringo pinyno, negimiyo chuny jo-Israel onyosore mar dhi e piny mane Jehova Nyasaye osemiyogi.
10 परमप्रभुको क्रोध दन्कियो । उहाँले शपथ खानुभयो र भन्नुभयो,
Negitugo mirimb Jehova Nyasaye chiengʼno mi nokwongʼore kama:
11 'मैले अब्राहाम, इसहाक र याकूबलाई प्रतिज्ञा गरेका भूमिलाई मिश्रबाट आएका बिस वर्षभन्दा माथिका कसैले देख्ने छैनन्, किनभने
‘Nikech ok giseluwa gi chunygi duto, onge kata ngʼato achiel ma ja-higa piero ariyo kadhi nyime mane oa Misri mabiro neno piny mane asingora ka akwongʼora ne Ibrahim, Isaka kod Jakobo;
12 यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूले बाहेक तिनीहरूले मलाई पूर्ण रूपमा अनुसरण गरेका छैनन् । कालेब र यहोशूले मात्र मलाई पूर्ण रूपमा अनुसरण गरेका छन् ।'
onge ngʼato angʼata kuomgi manone pinyno makmana Kaleb wuod Jefune ma ja-Kenizi kod Joshua wuod Nun, nimar negiluwo bangʼ Jehova Nyasaye gi chunygi duto.’
13 त्यसैले परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो । उहाँको नजरमा दुष्टता गर्ने सबै पुस्ता विनाश नभएसम्म उहाँले तिनीहरूलाई मरुभूमिमा यताउता भौतारिन लगाउनुभयो ।
Jehova Nyasaye nokecho gi jo-Israel kendo nomiyo giwuotho alanda e thim kuom higni piero angʼwen, nyaka ogandani duto mane otimo marach e nyim Jehova Nyasaye notho.
14 हेर, तिमीहरू आफ्ना बुबाहरूको स्थानमा अझ धेरै पापी मानिसहरूझैँ इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध उराल्न खडा भएका छौ ।
“Un koth jorichogi, koro ubiro ira, kuchungʼ kar kwereu kendo umiyo mirimb Jehova Nyasaye medore kuom Israel.
15 यदि तिमीहरू उहाँलाई पछ्याउनबाट तर्कियौ भने, उहाँले इस्राएललाई फेरि पनि मरुभूमिमा नै छोड्नुहुने छ र तिमीहरूले यी सबै मानिसलाई नष्ट पार्ने छौ ।
Ka uweyo luwo Jehova Nyasaye, to obiro jwangʼo ogandani duto e thim kendo un ema ubiro miyo jogi rum.”
16 त्यसैले तिनीहरू मोशाको नजिक आए र भने, “यहाँ हाम्रा गाईवस्तुहरूका निम्ति खोर र हाम्रा परिवारहरूका निम्ति सहर बनाउन अनुमति दिनुहोस् ।
Bangʼ kinde matin negidwogo ir Musa mi giwachone niya, “Dwaher gero dipo ne jambwa kod mier madongo mondo mondwa kod nyithindwa odagie.
17 तथापि, हामी आफैचाहिँ तिनीहरूलाई आ-आफ्नो ठाउँमा नलगेसम्म हामी हतियारसहित इस्राएलको फौजसँग जान्छौँ । तर अझै यस भूमिमा रहेका अन्य मानिसहरूका कारण हाम्रा परिवारहरूचाहिँ किल्लाबन्दी गरिएका सहरहरूमा बस्ने छन् ।
To kata kamano waikore mar manore gi gige lweny kendo dhi gi jo-Israel wetewa e piny mane osingnegi. To mokwongo nyaka wager ne mondwa gi nyithindwa mier madongo mochiel motegno mondo ogengʼ-gi kuom wasigu.
18 इस्राएलका हरेक मानिसले आ-आफ्नो उत्तराधिकर नपाएसम्म हामी हाम्रो घरतिर फर्कने छैनौँ ।
Ok wanaduogi e miechwa nyaka wane ni jo-Israel duto oseyudo pinyno kaka pok margi.
19 हामीले तिनीहरूसँग यर्दन पारिपट्टि अंश पाउनेछै नौँ, किनभने हाम्रो अंश यहीँ यर्दनको पूर्वीपट्टि नै छ ।
Wan ok wanadwar mondo opognwa piny kodgi loka machielo mar aora Jordan nimar osepognwa lopwa yo wuok chiengʼ mar Jordan lokani.”
20 त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ, तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने,
Eka Musa nowachonegi niya, “Ka utimo kamano ma umanoru gi gige lweny e nyim Jehova Nyasaye,
21 परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको सामुबाट नधपाउनुभएसम्म र
kendo ka un duto unudhi ka utingʼo gige lweny loka Jordan e nyim Jehova Nyasaye mi ubed kuno nyaka chop Jehova Nyasaye riemb wasike duto e nyime,
22 उहाँको सामु भूमिलाई कब्जा नगरेसम्म तिमीहरू सबै हातहतियारसहित परमप्रभुको सामु यर्दन पारि तर्नुपर्छ । त्यसपछि तिमीहरू फर्कन सक्छौ । तिमीहरू परमप्रभु र इस्राएलका सामु दोषरहित हुने छौ । यो भूमि परमप्रभुको सामु तिमीहरूको सम्पत्ति हुने छ ।
ka uloyo pinyno e nyim Jehova Nyasaye, eka unuduogi kendo unubedi maonge ketho e nyim Jehova Nyasaye gi Israel. Kendo pinyni biro bedo pok maru e nyim Jehova Nyasaye.
23 तर यदि तिमीहरूले यसो गरेनौ भने, हेर, तिमीहरूले परमप्रभु विरुद्ध पाप गरेका हुने छौ । तिमीहरूका पापले अवश्य नै फेला पार्ने छ ।
“To ka ok utimo kamano, to ubiro timo richo e nyim Jehova Nyasaye; kendo bed ka ungʼeyo ni richou nofwenyre e lela.
24 तिमीहरूका परिवारहरूका निम्ति सहरहरू र भेडाबाख्राहरूका निम्ति खोर बनाओ; तिमीहरूले जे भनेका छौ सो गर ।”
Geruru mier madongo ne mondu gi nyithindu, kod dipo ne jambu, kendo nyaka utim kaka usesingoru.”
25 गाद र रूबेनका सन्तानहरूले मोशालाई भने, “तपाईंका दासहरूले हाम्रा मालिकले आज्ञा गरेअनुसार गर्ने छन् ।
Jo-Gad kod jo-Reuben nowacho ne Musa niya, “Wan jotichni, wabiro timo gima ruodhwa osechikowa.
26 हाम्रा बालबच्चाहरू, हाम्रा पत्नीहरू, हाम्रा गाईवस्तुहरू र हाम्रा सबै भेडाबाख्रा गिलादका सहरहरूमा रहने छन् ।
Nyithindwa kod mondewa, rombwa kod dhowa biro dongʼ e miech Gilead ka.
27 तथापि, हामी तपाईंका दासहरू हाम्रा मालिकले भन्नुभएबमोजिम नै लडाइँको निम्त हातहतियारसहित परमप्रभुको सामु पारि जाने छन् ।”
To wan jotichni, ngʼato ka ngʼata ma jalweny biro ngʼado loka Jordan mondo oked e nyim Jehova Nyasaye mana kaka ruodhwa osechiko.”
28 त्यसैले मोशाले तिनीहरूको बारेमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए ।
Omiyo Musa nomiyogi chik ka oorogi ir Eliazar jadolo, kod Joshua wuod Nun kaachiel gi jotend dhout Israel.
29 मोशाले तिनीहरूलाई भने, “गाद र रूबेनका सन्तानहरू परमप्रभुको सामु लड्न हातहतियारसहित तिमीहरूसँगै यर्दन पारि जाने छन्, र यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने, तिमीहरूले तिनीहरूलाई गिलादको भूमि अंशको रूपमा दिनू ।
Nowachonegi niya, “Ka jo-Gad kod jo-Reuben noidh kaachiel kodu Jordan e nyim Jehova Nyasaye, ka ngʼato ka ngʼato omanore mar kedo, to bangʼ ka useloyo piny, to unumigi piny Gilead kaka pok margi.
30 तर यदि तिनीहरू तिमीहरूसँगै हातहतियारसहित पारि गएनन् भने, तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्त गर्ने छन् ।”
To ka ok giidho kaachiel kodu ka gimanore gi gige lweny, to nyaka gikaw pok mag-gi kaachiel kodu Kanaan.”
31 त्यसैले गाद र रूबेनका सन्तानहरूले जवाफ दिए, “परमप्रभुले हामी तपाईंका दासहरूलाई भन्नुभएबमोजिम हामीले यसै गर्ने छौँ ।
Jo-Gad kod jo-Reuben nodwoko niya, “Jotichni biro timo kaka Jehova Nyasaye osewacho.
32 हामी परमप्रभुको सामु हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ, तर हाम्रो स्वामित्वमा रहेको अंश यर्दन वारि हामीसँग रहने छ ।”
Wabiro ngʼado ka wadhi loka Kanaan e nyim Jehova Nyasaye ka wamanore gi gige lweny, to pok ma wabiro yudo biro bedo loka koni mar Jordan.”
33 त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए ।
Eka Musa nomiyo jo-Gad, jo-Reuben kod nus mar dhood Manase wuod Josef pinyruodh Sihon ma ruodh jo-Amor kod pinyruodh Og ma ruodh Bashan; pinyno duto kaachiel gi miechgi kod gwenge molworogi.
34 गादका सन्तानहरूले दीबोन, अतारोत, अरोएर,
Jo-Gad nogero mier madongo motegno kaka Dibon, Ataroth, Aroer,
35 अत्रोत-शोपान, याजेर, योगबहा,
Atroth Shofan, Jazer, Jogbeha,
36 बेथ-निम्रा, बेथ-हारान सहरहरूलाई पर्खालले घेरेर भेडाबाख्राहरूका निम्ति खोरहरू बनाए ।
Beth Nimra kod Beth Haran, kendo negigero dipo ne jambgi.
37 रूबेनका सन्तानहरूले हेश्बोन, एलाले, किर्यातैयम,
Joka Reuben nogero Heshbon, Eleale kod Kiriathaim,
38 नेबो, बालमोन, यिनीहरूका नाउँ पछि फेरियो र शिब्मा बनाए । तिनीहरूले पुनर्निर्माण गरेका सहरहरू नाउँ अरू नै राखे ।
kaachiel gi Nebo kod Baal Meon (nyingegi noduog oloki achien) kod Sibma. Mier madongo mane gigero negimiyo nying mamoko.
39 मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए र त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे ।
Nyikwa Makir wuod Manase nodhi Gilead, moloyo dalano mi giriembo jo-Amor mane oyudo odak kanyo.
40 त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए, र तिनका मानिसहरू त्यहाँ बसोबास गरे ।
Omiyo Musa nochiwo Gilead e lwet jo-Makir, ma nyikwa Manase, kendo negidak kanyo.
41 मनश्शेका छोरा याईर गए र यसका नगरहरू कब्जा गरे र तिनीहरूको नाउँ हब्बात-याईर राखे ।
Jair ma nyakwar Manase nodhi mokawo mier madongo mane ni kanyo, kendo nochako kanyo ni Havoth Jair.
42 नोबाह गए र केनात र यसका गाउँहरू कब्जा गरे अनि तिनले यसको नाउँ आफ्नै नाउँमा नोबह राखे ।
Noba nomonjo Kenath kod mier molwore kendo nochake nyinge owuon miluongo ni Noba.