< गन्ती 30 >

1 मोशाले इस्राएलका मानिसहरूका कुलका अगुवाहरूलाई भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ ।
Zatim reče Mojsije glavarima plemena Izraelovih: “Ovo je Jahve naredio.
2 जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्‍ने काम गर्छ, त्यसले आफ्नो वचन तोड्नुहुँदैन । त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ ।
Ako koji čovjek učini zavjet ili se uz zakletvu obveže da će se nečega odreći, neka ne krši svoje riječi; neka izvrši sve što iz njegovih usta izađe!
3 आफ्नो बुबाको घरमा बस्‍ने जवान नारीले परमप्रभुको निम्ति भाकल गर्दा र आफैलाई प्रतिज्ञाद्वारा बाँध्दा,
Ako koja žena učini Jahvi zavjet ili se obveže da će se nečega odreći dok je još mlada, u očevu domu,
4 यदि त्यसको बुबाले त्यसले आफूलाई बाँधेको भाकल र प्रतिज्ञा सुन्छ, यदि त्यसले त्यसको प्रतिज्ञालाई उल्टाउन कुनै कुरा भन्‍दैन भने, त्यसका सबै भाकल रहने छन् । त्यसले आफैलाई बाँधेकी हरेक प्रतिज्ञा सबल रहने छ ।
a otac joj sazna za zavjet i obećanje kojim se obvezala pa joj ništa ne rekne, tada su valjani svi njezini zavjeti i valjano je svako obećanje kojim se obvezala.
5 तर यदि त्यसका बुबाले त्यसको भाकल र प्रतिज्ञा सुन्छ र यदि त्यसले त्यसलाई केही भन्‍दैन भने, त्यसले गरेका सबै भाकल र प्रतिज्ञाहरू हराउने छन् ।
Ali ako joj se otac usprotivi kad sazna, nikakav njezin zavjet ni njezino obećanje kojim se vezala ne vrijedi. Jahve će joj oprostiti jer joj se otac usprotivio.
6 तथापि, यदि त्यसका बुबाको त्यसले आफैलाई बाँधेकी र गरेकी सबै भाकल र प्रतिज्ञा सुन्छ र त्यसले त्यसै दिन रद्द गर्छ भने, ती रहने छैनन् । परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने छ, किनभने त्यसका पिताले त्यसको विरोध गरेका थिए ।
Ako se uda dok je pod svojim zavjetima ili pod obećanjem koje je nepromišljeno izišlo iz njezinih usta,
7 यदि त्यो भाकल गरेकै बेला त्यसले कुनै पुरुषसँग विवाह गर्छे वा त्यसले आफैलाई बाध्य पार्ने सोच-विचार नै नगरी प्रतिज्ञा गर्छे भने, ती भाकलहरू रहने छन् ।
pa njezin muž sazna i pošto je saznao ništa joj ne rekne, tada vrijede njezini zavjeti i vrijede obećanja kojima se obvezala.
8 तर यदि त्यसका पतिले सुनेको दिन नै त्यसलाई रोक्छ भने, त्यसले गरेकी भाकलहरू अर्थात् त्यसले आफैलाई बाँधेकी सोचविचार नगरी गरेकी त्यसको मुखको बोलीलाई त्यस रद्द गर्छे । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ ।
No ako se njezin muž usprotivi kad o tom sazna, ukida se time njezin zavjet i obećanje što je nepromišljeno izišlo iz njezinih usta. I Jahve će joj oprostiti.
9 तर विधवा र पतिसँग छुटिएकाको निम्ति, त्यसले आफैलाई बाँधेकी सबै कुरा त्यो विरुद्ध रहिरहने छ ।
A zavjet udovice ili žene otpuštene i sve obveze koje je na se preuzela vrijede za nju.
10 यदि महिलाले आफ्नो पतिको घरमा भाकल गर्छे वा शपथ खाएर आफैलाई बाध्य बनाउँछे भने,
Ako se zavjetuje ili se obveže zakletvom na obećanje dok je u kući svoga muža,
11 र त्यसको पतिले यो सुन्यो, तर त्यसले त्यसलाई केही भन्दैन र त्यसको विरोध गर्दैन भने, त्यसका सबै भाकल रहनुपर्छ र त्यसका वाचाबन्धनहरू रहनुपर्छ ।
pa njezin muž sazna i ništa joj ne rekne, ne usprotivi joj se, svaki je njezin zavjet valjan i valjano je svako obećanje kojim se obvezala.
12 तर यदि त्यसका पतिले तिनीहरूको बारेमा सुनेको दिनमा नै तिनीहरूलाई रद्द गर्‍यो भने, त्यसको मुखबाट निस्केका भाकलहरू वा प्रतिज्ञाहरू जे भए पनि रहने छैनन् । त्यसका पतिले तिनीहरूलाई रद्द गरेको छ । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ ।
Ali ako ih njezin muž proglasi ništetnim kad o njima sazna, tada ništa što je izišlo iz njezinih usta, njezini zavjeti ili preuzete obveze neće vrijediti. Muž ih je njezin poništio, i Jahve će joj oprostiti.
13 कुनै महिलाले कुनै कुरा इन्कार गर्न आफैलाई बाँधेकी शपथ वा भाकललाई त्यसको पतिले पक्‍का गर्न वा रद्द गर्न सक्छ ।
Svaki zavjet i svaku zakletvu koja obvezuje ženu na neko mrtvenje njezin muž može uzdržati na snazi ili poništiti.
14 तर यदि त्यसले त्यसलाई दिन-दिनै केही भन्दैन भने, त्यसले गरेकी सबै भाकल र बाध्यात्मक प्रतिज्ञाहरूलाई त्यसले पक्‍का गर्छ । त्यसले तिनीहरूलाई पक्‍का गरेको छ, किनभने त्यसले तिनीहरूको बारेमा सुनेको समयमा त्यसले त्यसलाई केही पनि भनेन ।
Ako joj muž od dana do dana ništa ne rekne, time potvrđuje sve njezine zavjete i sva njezina obećanja kojima se obvezala; on ih je učinio valjanima ako ništa nije rekao kad je o njima čuo.
15 यदि त्यसको पतिले सुनेको लामो समयपछि त्यसकी पत्‍नीको भाकललाई रद्द गर्ने कोसिस गर्‍यो भने त्यसको पापको निम्ति त्यो जिम्मेवार हुने छ ।”
Ali ako ih poništi kasnije, pošto je o njima već čuo, neka snosi njezinu krivnju.”
16 पुरुष र त्यसकी पत्‍नी, जवान हुँदा आफ्नो बुबाको परिवारमा रहँदा, बुबा र त्यसकी छोरी बिचको नियमहरू परमप्रभुले घोषणा गर्न मोशालाई आज्ञा गर्नुभएका सबै नियम यिनै नै हुन् ।
To su uredbe koje je Jahve Mojsiju izdao za muža i njegovu ženu i za oca i njegovu kćer, koja, još mlada, živi u kući očevoj.

< गन्ती 30 >