< गन्ती 29 >
1 “सातौँ महिनाको पहिलो दिनमा परमप्रभुको सम्मानमा तिमीहरूले एउटा पवित्र सभा राख्नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । यो तिमीहरूले तुरही फुक्ने दिन हुने छ ।
七月にいたりその月の朔日に汝ら聖會を開くべし何の職業をも爲べからず是は汝らが喇叭を吹べき日なり
2 तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ ।
汝ら燔祭をささげてヱホバに馨しき香をたてまつるべし即ち少き牡牛一匹牡羊一匹當歳の羔羊の全き者七匹を献ぐべし
3 तिमीहरूले तिनीहरूलाई तिनीहरूका अन्नबलिसँग साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, भेडाको निम्ति एक पाथी,
その素祭には麥粉に油を混和たるを用ふべし即ぢ牡牛一匹に十分の三牡羊一匹に十分の二をもちひ
4 र हरेक सातवटा थुमाको निम्ति आधा पाथी चढाउनुपर्छ ।
また羔羊には七匹とも羔羊一匹に十分の一を用ふべし
5 तिमीहरूले आफ्नो प्रायश्चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ ।
また牡山羊一匹を罪祭に献げて汝らのために贖罪をなすべし
6 यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्नबलि र यसको अर्घबलिको अतिरिक्त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ ।
是は月々の朔日の燔祭とその素祭および日々の燔祭とその素祭と灌祭の外なる者なり是らの物の例にしたがひて之をヱホバにたてまつりて馨しき香の火祭となすべし
7 सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले परमप्रभुको सम्मानमा एउटा पवित्र सभा राख्नुपर्छ ।
またその七月の十日に汝ら聖會を開きかつ汝らの身をなやますべし何の職業をも爲べからず
8 तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ ।
汝らヱホバに燔祭を献げて馨しき香をたてまつるべし即ち少き牡牛一匹牡羊一匹當歳の羔羊七匹是みな全き者なるべし
9 तिमीहरूले साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, एउटा भेडाको निम्ति एक पाथी,
その素祭には麥粉に油を混和たるを用ふべし即ち牡牛一匹に十分の三牡羊一匹に十分の二を用ひ
10 र सातवटा थुमा हरेकको निम्ति आधा पाथी चढाउनुपर्छ ।
また羔羊には七匹とも羔羊一匹に十分の一を用ふべし
11 तिमीहरूले एउटा बोकालाई पापबलिको रूपमा बलि चढाउनुपर्छ । यो नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त हुने छ ।
また牡山羊一匹を罪祭に献ぐべし是等は贖罪の罪祭と常燔祭とその素祭と灌祭の外なる者なり
12 सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले परमप्रभुको सम्मानमा एउटा पवित्र सभा राख्नुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन, र तिमीहरूले उहाँको निम्ति सात दिनसम्म चाड मनाउनुपर्छ ।
七月の十五日に汝ら聖會を開くべし何の職業をも爲べからず汝ら七日の間ヱホバに向て節筵を守るべし
13 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । तिमीहरूले
汝ら燔祭を献げてヱホバに馨しき香の火祭をたてまつるべし即ち少き牡牛十三牡羊二匹當歳の羔羊十四是みな全き者なるべし
14 तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी,
その素祭には麥粉に油を混和たるを用ふべし即ちその十三の牡牛には各箇十分の三その二匹の牡羊には各箇十分の二を用ひ
15 र चौधवटा हरेक थुमाको निम्ति आधा पाथी अन्नबलिको रूपमा चढाउनुपर्छ ।
その十四の羔羊には各箇十分の一を用ふべし
16 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
また牡山羊一匹を罪祭に献ぐべし是等は常燔祭およびその素祭と灌祭の外なり
17 सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
第二日には少き牡牛十二牡羊二匹當歳の羔羊の全き者十四を献ぐべし
18 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
その牡牛と牡羊と羔羊のために用ふる素祭と灌祭はその數に循ひて例のごとくすべし
19 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
また牡山羊一匹を罪祭に献ぐべし是らは常燔祭およびその素祭と灌祭の外なり
20 सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
第三日には少き牡牛十一牡羊二匹當歳の羔羊の全き者十四を献ぐべし
21 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
その牡牛と牡羊と羔羊のために用ふる素祭と灌祭はその數に循ひて例のごとくすべし
22 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
また牡山羊一匹を罪祭に献ぐべし是らは常燔祭およびその素祭と灌祭の外なり
23 सभाको चौथो दिनमा तिमीहरूले दसवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
第四日には少き牡牛十匹牡羊二匹當歳の羔羊の全き者十四を献ぐべし
24 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
その牡牛と牡羊と羔羊のために用ふる素祭と灌祭はその數に循ひて例のごとくすべし
25 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
また牡山羊一匹を罪祭に献ぐべし是等は常燔祭およびその素祭と灌祭の外なり
26 सभाको पाँचौ दिनमा तिमीहरूले नौवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
第五日には少き牡牛九匹牡羊二匹當歳の羔羊の全き者十四を献ぐべし
27 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
その牡牛と牡羊と羔羊のために用ふる素祭と灌祭はその數にしたがひて例のごとくすべし
28 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
また牡山羊一匹を罪祭に献ぐべし是らは常燔祭およびその素祭と灌祭の外なり
29 सभाको छैठौँ दिनमा तिमीहरूले आठवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
第六日には少き牡牛八匹牡羊二匹當歳の羔羊の全き者十四を献ぐべし
30 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
その牡牛と牡羊と羔羊のために用ふる素祭と灌祭はその數にしたがひて例のごとくすべし
31 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
また牡山羊一匹を罪祭に献ぐべし是等は常燔祭およびその素祭と灌祭の外なり
32 सभाको सातौँ दिनमा तिमीहरूले सातवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
第七日には少き牡牛七匹牡羊二匹當歳の羔羊の全き者十四を献ぐべし
33 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
その牡牛と牡羊と羔羊のために用ふる素祭と灌祭はその數にしたがひて例のごとくすべし
34 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
また牡山羊一匹を罪祭に献ぐべし是等は常燔祭およびその素祭と灌祭の外なり
35 आठौँ दिनमा तिमीहरूले अर्को गम्भीर सभा राख्नुपर्छ । तिमीहरूले कुनै नियमित काम गर्नुहुँदैन ।
第八日にはまた汝ら會をひらくべし何の職業をも爲べからず
36 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।
燔祭を献げてヱホバに馨しき香の火祭をたてまつるべし即ち牡牛一匹牡羊一匹當歳の羔羊の全き者七匹を献ぐべし
37 तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्नबलि र अर्घबलि चढाउनुपर्छ ।
その牡牛と牡羊と羔羊のために用ふる素祭と灌祭はその數にしたがひて例のごとくすべし
38 तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । तिमीहरूका तोकिएको चाडहरूमा तिमीहरूले यी परमप्रभुलाई चढाउनुपर्छ ।
また牡山羊一匹を罪祭に献ぐべし是らは常燔祭およびその素祭と灌祭の外なり
39 यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।”
汝らその節期にはヱホバに斯なすべし是らは皆汝らが願還のために献げまたは自意の禮物として献ぐる所の燔祭素祭灌祭および酬恩祭の外なり
40 परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने ।
モーセはヱホバのモーセに命じたまへる事をことごとくイスラエルの子孫に告たり