< गन्ती 27 >
1 योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्ला, मिल्का र तिर्सा ।
Yusuf oğlu Manaşşe'nin boylarından Manaşşe oğlu Makir oğlu Gilat oğlu Hefer oğlu Selofhat'ın Mahla, Noa, Hogla, Milka, Tirsa adındaki kızları, Buluşma Çadırı'nın girişinde Musa'nın, Kâhin Elazar'ın, önderlerin ve bütün topluluğun önüne gelip şöyle dediler:
2 तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु खडा भए ।
3 तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् ।
“Babamız çölde öldü. RAB'be başkaldıran Korah'ın yandaşları arasında değildi. İşlemiş olduğu günahtan ötürü öldü. Oğulları olmadı.
4 तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्गा दिनुहोस् ।”
Erkek çocuğu olmadı diye babamızın adı kendi boyu arasından neden yok olsun? Babamızın kardeşleri arasında bize de mülk verin.”
5 त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए ।
Musa onların davasını RAB'be götürdü.
6 परमप्रभुले मोशालाई भन्नुभयो,
RAB Musa'ya şöyle dedi:
7 “सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्चय गर्नुपर्छ ।
“Selofhat'ın kızları doğru söylüyor. Onlara amcalarıyla birlikte miras olarak mülk verecek, babalarının mirasını onlara aktaracaksın.
8 तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ ।
“İsrailliler'e de ki, ‘Bir adam erkek çocuğu olmadan ölürse, mirasını kızına vereceksiniz.
9 यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।
Kızı yoksa mirasını kardeşlerine,
10 यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।
kardeşleri yoksa amcalarına vereceksiniz.
11 यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।”
Amcaları da yoksa, mirasını bağlı olduğu boyda kendisine en yakın akrabasına vereceksiniz. Yakını mirası mülk edinsin. Musa'ya verdiğim buyruk uyarınca, İsrailliler için kesin bir kural olacak bu.’”
12 परमप्रभुले मोशालाई भन्नुभयो, “अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् ।
Bundan sonra RAB Musa'ya, “Haavarim dağlık bölgesine çık, İsrailliler'e vereceğim ülkeye bak” dedi,
13 तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारूनजस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ ।
“Ülkeyi gördükten sonra, ağabeyin Harun gibi sen de ölüp atalarına kavuşacaksın.
14 तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।
Çünkü ikiniz de Zin Çölü'nde buyruğuma karşı çıktınız. Topluluk sularda bana başkaldırdığında, onların önünde kutsallığımı önemsemediniz.” –Bunlar Zin Çölü'ndeki Kadeş'te Meriva sularıdır.–
15 त्यसपछि मोशाले परमप्रभुलाई भने,
Musa, “Bütün insan ruhlarının Tanrısı RAB bu topluluğa bir önder atasın” diye karşılık verdi,
16 “हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्वर, समुदायमाथि एक जना मानिस नियुक्त गर्नुहोस्,
17 एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।”
“O kişi topluluğun önünde yürüsün ve topluluğu yönetsin. Öyle ki, RAB'bin topluluğu çobansız koyunlar gibi kalmasın.”
18 परमप्रभुले मोशालाई भन्नुभयो, “नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् ।
Bunun üzerine RAB, “Kendisinde RAB'bin Ruhu bulunan Nun oğlu Yeşu'yu yanına al, üzerine elini koy” dedi,
19 त्यसलाई पुजारी एलाजार र सबै समुदाय सामु राख् र तिनीहरूको सामुन्ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे ।
“Onu Kâhin Elazar'la bütün topluluğun önüne çıkar ve hepsinin önünde görevlendir.
20 तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् ।
Bütün İsrail topluluğu sözünü dinlesin diye ona yetkinden ver.
21 त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।”
Kâhin Elazar'ın önüne çıkacak; kâhin, Yeşu için Urim aracılığıyla RAB'be danışacak. Bu yöntemle Elazar Yeşu'yu ve bütün halkı yönlendirecek.”
22 त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पुजारी एलाजार र सारा समुदायको सामु राखे ।
Musa RAB'bin kendisine buyurduğu gibi yaptı. Yeşu'yu Kâhin Elazar'ın ve bütün topluluğun önüne götürdü.
23 तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए ।
RAB'bin buyruğu uyarınca ellerini üzerine koyarak onu görevlendirdi.