< गन्ती 27 >

1 योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा ।
Kenaka ana aakazi a Zelofehadi mwana wa Heferi, mwana wa Giliyadi, mwana wa Makiri, mwana wamwamuna wa Manase, a mʼmabanja a Manase, mwana wa Yosefe anabwera. Mayina a ana aakaziwo anali awa: Mala, Nowa, Hogila, Milika ndi Tiriza. Iwo anakayima
2 तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु खडा भए ।
pa chipata cha tenti ya msonkhano pamaso pa Mose, wansembe Eliezara, atsogoleri ndi anthu onse, ndipo anati,
3 तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् ।
“Abambo athu anafera mʼchipululu koma sanali nawo mʼgulu la anthu otsatira Kora, omwe anasonkhana pamodzi kutsutsana ndi Yehova. Abambo athuwo anafa chifukwa cha tchimo lawo ndipo sanasiye ana aamuna.
4 तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्‍गा दिनुहोस् ।”
Nʼchifukwa chiyani dzina la abambo athu lasowa pakati pa fuko lawo, kodi popeza analibe mwana wamwamuna? Tipatseni cholowa chathu pakati pa abale a abambo athu.”
5 त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए ।
Tsono Mose anabweretsa nkhani yawo pamaso pa Yehova
6 परमप्रभुले मोशालाई भन्‍नुभयो,
ndipo Yehova anati kwa iye,
7 “सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्‍चय गर्नुपर्छ ।
“Zimene ana aakazi a Zelofehadi akunena ndi zoona. Uyenera kuwapatsadi cholowa chawo pakati pa abale a abambo awo ndipo uwapatse cholowa cha abambo awowo.
8 तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ ।
“Uza Aisraeli kuti, ‘Ngati munthu afa wosasiya mwana wamwamuna, muzipereka cholowa chake kwa mwana wake wamkazi.
9 यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।
Ngati alibe mwana wamkazi, muzipereka cholowa chakecho kwa abale ake.
10 यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।
Ngati alibe abale muzipereka cholowa chake kwa abale a abambo ake.
11 यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।”
Ngati abambo ake analibe mʼbale, muzipereka cholowa chakecho kwa mnansi wake wa mʼbanja lake kuti chikhale chake. Ili likhale lamulo kwa Aisraeli, monga momwe Yehova analamulira Mose.’”
12 परमप्रभुले मोशालाई भन्‍नुभयो, “अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् ।
Kenaka Yehova anati kwa Mose, “Kwera phiri la Abarimu kuti ukaone dziko limene ndalipereka kwa Aisraeli.
13 तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारूनजस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ ।
Ukakaliona udzamwalira ngati Aaroni mʼbale wako,
14 तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।
chifukwa pamene anthu anawukira ku madzi a Meriba mʼchipululu cha Zini, inu nonse simunamvere lamulo londilemekeza Ine ngati Woyera pamaso pawo.” (Awa anali madzi a ku Meriba ku Kadesi mʼchipululu cha Zini).
15 त्यसपछि मोशाले परमप्रभुलाई भने,
Mose anati kwa Yehova,
16 “हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्‍वर, समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस्,
“Ngati nʼkotheka Yehova, Mulungu wa mizimu ya anthu onse, sankhani munthu woti ayangʼanire gulu ili kuti
17 एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।”
alitsogolere potuluka ndi polowa, kuti anthu a Yehova asakhale ngati nkhosa zopanda mʼbusa.”
18 परमप्रभुले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् ।
Pamenepo Yehova anawuza Mose kuti, “Tenga Yoswa mwana wa Nuni, munthu amene ali ndi mzimu wa utsogoleri, ndipo umusanjike dzanja lako.
19 त्यसलाई पुजारी एलाजार र सबै समुदाय सामु राख् र तिनीहरूको सामुन्‍ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे ।
Umuyimiritse pamaso pa wansembe Eliezara ndi pamaso pa gulu lonse ndipo umupatse mphamvu zolamulira, anthuwo akuona.
20 तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् ।
Umupatse gawo lina la ulemerero wako kuti Aisraeli onse azimumvera.
21 त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।”
Ayime pamaso pa wansembe Eliezara, amene adzamudziwitse zimene Yehova akufuna pogwiritsa ntchito Urimu. Iye akalamula, Aisraeli onse azituluka ndipo akalamulanso, Aisraeliwo azibwereranso.”
22 त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पुजारी एलाजार र सारा समुदायको सामु राखे ।
Mose anachita monga Yehova anamulamulira. Anatenga Yoswa ndi kumuyimiritsa pamaso pa Eliezara wansembe ndi pamaso pa gulu lonse.
23 तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए ।
Ndipo anamusanjika manja ndi kumupatsa mphamvu, monga Yehova ananenera kudzera mwa Mose.

< गन्ती 27 >