< गन्ती 25 >
1 इस्राएल सित्तीमम बसे र पुरुषहरूले मोआबका स्त्रीहरूसँग व्यभिचार गर्न थाले,
When the Israelites were staying at Shittim the men started to have sex with Moabite women
2 किनभने मोआबीहरूले उनीहरूका देवताहरूलाई बलिदान चढाउन मानिसहरूलाई बोलाएका थिए ।
who invited them to the sacrifices made to their gods. The Israelites ate the pagan meals and bowed down before these gods.
3 इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो ।
In this way the Israelites devoted themselves in worship to Baal of Peor, and the Lord was angry with them.
4 परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूका अगुवा सबैलाई मार् तिनीहरूलाई चर्को घाममा मेरो सामु झुन्डा, ताकि मेरो भयङ्कर क्रोध इस्राएलबाट हटेर जाओस् ।
The Lord told Moses, “Arrest all the Israelite leaders and kill them before the Lord where everyone can see in order to turn the Lord's furious anger away from the people.”
5 त्यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, “पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।”
So Moses instructed Israel's judges, “Each of you has to kill all of your men who have devoted themselves to worshiping Baal of Peor.”
6 अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो ।
Right then an Israelite man brought a Midianite woman to his family tent in full view of Moses and all the Israelites as they were crying at the entrance to the Tent of Meeting.
7 जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए ।
When he saw this, Phinehas, son of Eleazar, the son of Aaron the priest, left the assembly, grabbed a spear
8 तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो ।
and followed the man into his tent. There Phinehas drove the spear through both of them, through the Israelite and on into the woman's stomach. This action stopped the plague that had started to kill the Israelites,
9 त्यो विपत्तिद्वारा मर्नेहरूको सङ्ख्या चौबिस हजार थियो ।
but 24,000 had already died.
10 परमप्रभुले मोशालाई भन्नुभयो,
The Lord told Moses,
11 “पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ ।
“Phinehas son of Eleazar, the son of Aaron the priest, has turned my anger away from the Israelites, because out of all of them he was passionately dedicated to me, so I did not destroy the Israelites in my passionate anger.
12 यसकारण परमप्रभु भन्नुहुन्छ, “म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु ।
So make an announcement that I am granting him my peace agreement.
13 त्यो र त्यसपछिका त्यसका सन्तानहरूका निम्ति पुजारीको पद अनन्तको करार हुने छ, किनभने त्यो मेरो अर्थात् त्यसको परमेश्वरको निम्ति जोसिलो भयो । मिद्यानी महिलासँगै मारिएको
It will be an agreement that ensures a permanent priesthood for him and his descendants, because he was passionately dedicated to his God and set the Israelites right.”
14 इस्राएली पुरुषको नाउँ शिमियोनको कुलका अगुवा सालूका छोरा जिम्री थियो ।
The name of the Israelite who was killed with the Midianite woman was Zimri, son of Salu, a family leader of the tribe of Simeon.
15 त्यो मारिएको मिद्यानी महिलाको नाउँ सूरकी छोरी कोजबी थियो ।
The name of the Midianite woman who was killed was Cozbi, daughter of Zur, a family leader of a Midianite tribe.
16 त्यसैले परमप्रभुले मोशालाई भन्नुभयो,
The Lord told Moses,
17 “मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्यवहार गर् र तिनीहरूलाई आक्रमण गर्,
“Attack the Midianites and kill them,
18 किनभने तिनीहरूले तिनीहरूका छलद्वारा शत्रुहरूलाई झैँ व्यवहार गरे । तिनीहरूले पोरको र पोरको विषयमा आएको विपत्तिको दिनमा मारिएकी तिनीहरूकी बहिनी कोजबीको सन्दर्भमा तिमीहरूलाई दुष्टतातिर लगे ।
because they attacked you deceptively, leading you astray by using Peor and their woman Cozbi, the daughter of the Midianite leader—the woman who was killed on the day the plague came because of their devotion to Peor.”