< गन्ती 25 >

1 इस्राएल सित्तीमम बसे र पुरुषहरूले मोआबका स्‍त्रीहरूसँग व्यभिचार गर्न थाले,
Dok je Izrael boravio u Šitimu, narod se upusti u blud s Moapkama.
2 किनभने मोआबीहरूले उनीहरूका देवताहरूलाई बलिदान चढाउन मानिसहरूलाई बोलाएका थिए ।
One pozivahu narod na žrtvovanje svojim bogovima, a narod sudjelovaše u njihovim gozbama i klanjaše se njihovim bogovima.
3 इस्राएलका मानिसहरूले पोरको बाललाई पुज्‍न थाले, र परमप्रभुको क्रोध इस्राएल विरुद्ध दन्कियो ।
Tako se Izrael osramoti s Baalom peorskim. I Jahve planu gnjevom na Izraela.
4 परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूका अगुवा सबैलाई मार् तिनीहरूलाई चर्को घाममा मेरो सामु झुन्डा, ताकि मेरो भयङ्कर क्रोध इस्राएलबाट हटेर जाओस् ।
“Pokupi sve narodne glavare”, reče Jahve Mojsiju. “Objesi ih Jahvi usred bijela dana da se Jahvin gnjev odvrati od Izraela.”
5 त्यसैले मोशाले इस्राएलका अगुवाहरूलाई भने, “पोरको बालको पूजामा सहभागी हुने सबैलाई मार्नुपर्छ ।”
Onda Mojsije rekne izraelskim sucima: “Neka svatko pobije one svoje ljude koji su se osramotili s Baalom peorskim.”
6 अनि इस्राएलका मानिसहरूमध्ये एक जना आयो र मिद्यानी महिलालाई त्यसको परिवारका सदस्यहरू माझ ल्यायो । यो घटना मोशा र इस्राएलका सबै समुदाय भेट हुने पालको सामु रोइरहँदा भएको थियो ।
Baš tada neki Izraelac dođe i dovede k svojoj braći jednu Midjanku naočigled Mojsija i naočigled sve izraelske zajednice koja zaplaka na ulazu u Šator sastanka.
7 जब पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले त्यो देखे, तिनी समुदायको बिचबाट उठेर गए अनि हातमा भाला लिए ।
Kad to opazi Pinhas, sin Eleazara, sina svećenika Arona, ustade ispred zajednice: uze koplje u ruku
8 तिनी त्यो इस्राएली पुरुषको पछि-पछि पालभित्र गए र तिनीहरूले इस्राएली पुरुष र महिला दुवैलाई भालाले रोपे । त्यसैले परमेश्‍वरले इस्राएलका मानिसहरूमाथि पठाउनुभएको विपत्ति रोकियो ।
i pođe za Izraelcem u odaje i probode ih oboje, Izraelca i ženu; nju kroza slabine. Tako pomor Izraelaca prestade.
9 त्यो विपत्तिद्वारा मर्नेहरूको सङ्ख्या चौबिस हजार थियो ।
A onih koji su od pomora pomrli bilo je dvadeset i četiri tisuće.
10 परमप्रभुले मोशालाई भन्‍नुभयो,
Jahve reče Mojsiju:
11 “पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ ।
“Pinhas, sin Eleazara, sina svećenika Arona, odvratio je moj gnjev od Izraelaca, obuzet među njima mojim revnovanjem. Zato u svome revnovanju nisam istrijebio izraelskoga naroda.
12 यसकारण परमप्रभु भन्‍नुहुन्छ, “म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु ।
Kaži mu dakle: 'S njime, evo, sklapam savez mira.
13 त्यो र त्यसपछिका त्यसका सन्तानहरूका निम्ति पुजारीको पद अनन्‍तको करार हुने छ, किनभने त्यो मेरो अर्थात् त्यसको परमेश्‍वरको निम्ति जोसिलो भयो । मिद्यानी महिलासँगै मारिएको
Neka to bude za nj i njegove potomke poslije njega savez vječnoga svećeništva, jer je revnovao za svoga Boga i izvršio pomirenje za izraelski narod.'”
14 इस्राएली पुरुषको नाउँ शिमियोनको कुलका अगुवा सालूका छोरा जिम्री थियो ।
Ime Izraelcu koji je bio ubijen - onome što je ubijen s Midjankom - bijaše Zimri. Bio je sin Salua, glavara jedne od Šimunovih porodica.
15 त्यो मारिएको मिद्यानी महिलाको नाउँ सूरकी छोरी कोजबी थियो ।
A ime ubijene žene Midjanke bijaše Kozbi. Bila je kći Surova. Sur je bio glavar jednog plemena, jedne porodice u Midjanu.
16 त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभयो,
Jahve reče Mojsiju:
17 “मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्यवहार गर् र तिनीहरूलाई आक्रमण गर्,
“Navali na Midjance i potuci ih,
18 किनभने तिनीहरूले तिनीहरूका छलद्वारा शत्रुहरूलाई झैँ व्यवहार गरे । तिनीहरूले पोरको र पोरको विषयमा आएको विपत्तिको दिनमा मारिएकी तिनीहरूकी बहिनी कोजबीको सन्दर्भमा तिमीहरूलाई दुष्‍टतातिर लगे ।
jer su i oni navaljivali na vas svojim lukavštinama kad su lukavo radili protiv vas u slučaju Peora i svoje sestre Kozbi, kćeri glavara midjanskoga, koja je zaglavila u vrijeme pomora nastalog zbog Peora.”

< गन्ती 25 >