< गन्ती 23 >
1 बालामले बालाकलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदी निर्माण गर्नुहोस्, र सातवटा साँढे र सातवटा भेडा तयार पार्नुहोस् ।
Balam Balak'a, “Burada benim için yedi sunak kur ve yedi boğayla yedi koç hazırla” dedi.
2 बालाकले बालामले भनेजस्तै गरे । अनि बालाक र बालामले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।
Balak onun dediğini yaptı. Balak'la Balam her sunağın üstünde birer boğayla koç sundular.
3 अनि बालामले बालाकलाई भने, “तपाईं आफ्नो बलिदानको छेउमा खडा हुनुहोस् र म जाने छु । सायद परमप्रभु मलाई भेट्न आउनुहुने छ । उहाँले मलाई जे देखाउनुहुन्छ, सो म गर्ने छु ।” त्यसैले तिनी कुनै रुख नभएको पहडाको चुचुरोतिर गए ।
Sonra Balam Balak'a, “Ben az öteye gideceğim, sen yakmalık sununun yanında bekle” dedi, “Olur ki, RAB karşıma çıkar. Bana ne açıklarsa, sana bildiririm.” Sonra çıplak bir tepeye çıktı.
4 तिनी पहाडको टुप्पोमा हुँदा परमेश्वरले तिनलाई भेट्नुभयो र बालामले उहाँलाई भने, “मैले सातवटा वेदी बनाएको छु र मैले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाएको छु ।”
Tanrı Balam'a göründü. Balam Tanrı'ya, “Yedi sunak kurdum, her sunağın üstünde birer boğayla koç sundum” dedi.
5 परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्नुभयो, “बालाककहाँ फर्केर जा र त्यसलाई भन् ।”
RAB Balam'a ne söylemesi gerektiğini bildirerek, “Balak'a git, ona şu haberi ilet” dedi.
6 त्यसैले बालाम बालाककहाँ फर्के, जो आफ्नो बलिदानको छेउमा उभिरहेका थिए र मोआबका सबै अगुवा तिनीसँग थिए ।
Böylece Balam Balak'ın yanına döndü. Onun Moav önderleriyle birlikte yakmalık sunusunun yanında durduğunu gördü.
7 बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।'
Sonra şu bildiriyi iletti: “Balak beni Aram'dan, Moav Kralı beni doğu dağlarından getirdi. ‘Gel, benim için Yakup soyuna lanet oku’ dedi, ‘Gel, İsrail'in yıkımını dile.’
8 परमेश्वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु?
Tanrı'nın lanetlemediğini Ben nasıl lanetlerim? RAB'bin yıkımını istemediği kişinin yıkımını Ben nasıl isteyebilirim?
9 म तिनलाई पहाडको चुचुरोबाट देख्छु; म तिनलाई पहाडबाट हेर्छु । हेर्नुहोस्, एक्लै बस्ने मानिसहरू र आफूलाई साधारण जातिको रूपमा ठान्दैनन् ।
Kayaların doruğundan görüyorum onları, Tepelerden bakıyorum onlara. Tek başına yaşayan, Uluslardan kendini soyutlayan Bir halk görüyorum.
10 याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्न सक्छ? मेरो मरण धार्मिक व्यक्तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस्!”
Kim Yakup soyunun tozunu Ve İsrail'in dörtte birini sayabilir? Doğru kişilerin ölümüyle öleyim, Sonum onlarınki gibi olsun!”
11 बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभएको? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ, तर हे्र्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिष् दिनुभयो ।”
Balak Balam'a, “Bana ne yaptın?” dedi, “Düşmanlarıma lanet okuyasın diye seni getirdim. Oysa sen onları kutsadın!”
12 बालामले जवाफ दिए र भने, “के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्न म सावधान हुनुपर्दैन र?”
Balam, “Ben ancak RAB'bin söylememi istediği şeyleri söylemeliyim” diye yanıtladı.
13 बालाकले तिनलाई भने, “कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ । तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्नुहुने छ, तर तिनीहरू सबैलाई देख्नुहुने छैन । तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुने छ ।”
Bunun üzerine Balak, “Ne olur, benimle gel” dedi, “Onları görebileceğin başka bir yere gidelim. Onların hepsini görmeyeceksin, bir kesimini göreceksin. Oradan onlara benim için lanet oku.”
14 त्यसैले तिनले बालामलाई सोफीमको मैदानमा भएको पिसगाको टाकुरामा लगे, र अरू सातवटा वेदी बनाए । तिनले हरेकमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।
Böylece Balak Balam'ı Pisga Dağı'ndaki Gözcüler Yaylası'na götürdü. Orada yedi sunak kurdu, her sunağın üstünde birer boğayla koç sundu.
15 त्यसपछि बालामले बालाकलाई भने, “यहीँ नै तपाईंको बलिदानको छेउमा उभिनुहोस्, म परमप्रभुलाई भेट्न जान्छु ।”
Balam Balak'a, “Az ötede RAB'be danışacağım, sen burada yakmalık sununun yanında bekle” dedi.
16 त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो र तिनको मुखमा सन्देश हालिदिनुभयो । तिनले भने, “बालाककहाँ जा र तिनलाई मेरो सन्देश दे ।”
RAB Balam'a göründü, ne söylemesi gerektiğini bildirerek, “Balak'a git, ona şu haberi ilet” dedi.
17 बालाम तिनीकहाँ फर्केर आए र तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए र मोआबका अगुवाहरू तिनीसँग थिए । अनि बालाकले तिनलाई भने, “परमप्रभुले के भन्नुभयो?”
Böylece Balam Balak'ın yanına döndü, onun Moav önderleriyle birlikte yakmalık sunusunun yanında durduğunu gördü. Balak, “RAB ne dedi?” diye sordu.
18 बालामले अगमवाणी गर्न थाले, “उठ् बालाक र सुन् । हे सिप्पोरका छोरा मेरो कुरा सुन् ।
Balam şu bildiriyi iletti: “Ey Balak, uyan ve dinle; Ey Sippor oğlu, bana kulak ver.
19 परमेश्वर मानिस वा मानव हुनुहुन्न कि उहाँले ढाँट्नुपरोस्, उहाँले आफ्नो मन बदल्नुपरोस् । के उहाँले पुरा नगर्ने गरी कुनै कुरा प्रतिज्ञा गर्नुभएको छ? के उहाँले कुनै गर्छु भनेर पुरा गर्नुभएको छैन र?
Tanrı insan değil ki, Yalan söylesin; İnsan soyundan değil ki, Düşüncesini değiştirsin. O söyler de yapmaz mı? Söz verir de yerine getirmez mi?
20 हेर्नुहोस्, आशिष् दिने आज्ञा मलाई दिइएको छ । परमेश्वरले आशिष् दिनुभएको छ र म यसलाई उल्टाउन सक्दिनँ ।
Kutsamak için bana buyruk verildi; O kutsadı, ben değiştiremem.
21 उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्ट देख्नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ ।
Yakup soyunda suç bulunmadı, Ne de İsrail'de kötülük. Tanrıları RAB aralarındadır, Aralarındaki kral olarak Adına sevinç çığlıkları atıyorlar.
22 परमेश्वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्तिले मिश्रबाट ल्याउनुभयो ।
Tanrı onları Mısır'dan çıkardı, O'nun yaban öküzü gibi gücü var.
23 याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्नुपर्छ, 'हेर, परमेश्वरले के गर्नुभएको छ!'
Yakup soyuna yapılan büyü tutmaz; İsrail'e karşı falcılık etkili olmaz. Şimdi Yakup ve İsrail için, ‘Tanrı neler yaptı!’ denecek.
24 हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।”
İşte halk bir dişi aslan gibi uyanıyor. Avını yiyip bitirmedikçe, Öldürülenlerin kanını içmedikçe rahat etmeyen aslan gibi kalkıyor.”
25 त्यसपछि बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप नदिनुहोस् वा आशिष् पनि नदिनुहोस् ।”
Bunun üzerine Balak, “Onlara ne lanet oku, ne de onları kutsa!” dedi.
26 तर बालामले जवाफ दिए र भने, “के परमप्रभुले भन्नलाई बताउनुभएको कुरा मात्र मैले भन्नुपर्छ भनी मैले भनेको थिइनँ र?”
Balam, “RAB ne derse onu yapmalıyım dememiş miydim sana?” diye yanıtladı.
27 त्यसैले बालाकले बालामलाई जावाफ दिए, “अब आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजान्छु । सायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्वरले इच्छा गर्नुहुने छ ।”
Sonra Balak Balam'a, “Ne olur, gel, seni başka bir yere götüreyim” dedi, “Olur ki, Tanrı oradan benim için onlara lanet okumana izin verir.”
28 त्यसैले बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट तल मरुभूमि देखिन्छ ।
Böylece Balam'ı çöle bakan Peor Dağı'nın tepesine götürdü.
29 बालामले बालाकलाई भने, “यहाँ सातवटा वेदी बनाउनुहोस् अनि सातवटा साँढे र भेडा तयार पार्नुहोस् ।”
Balam, “Burada benim için yedi sunak kurup yedi boğayla yedi koç hazırla” dedi.
30 बालाकले बालामले भनेबमोजिम गरे; तिनले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।
Balak onun dediğini yaptı, her sunağın üstünde birer boğayla koç sundu.