< गन्ती 22 >

1 इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि यरीहो नजिक मोआबको मैदानमा छाउनी नलगाएसम्म यात्रा गरे ।
Stamtąd ruszyli się synowie Izraelscy, i położyli się obozem na polach Moabskich, z tej strony Jordanu przeciw Jerychowi.
2 सिप्‍पोरका छोरा बालाकले इस्राएलले एमोरीहरूलाई के गरेका थिए सो देखेका थिए ।
A widząc Balak, syn Seforów, wszystko, co uczynił Izrael Amorejczykowi,
3 मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए, किनभने तिनीहरू धेरै थिए र मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो ।
Uląkł się Moab tego ludu wielce, bo go było wiele; i zatrwożył sobą Moab dla synów Izraelskich.
4 मोआबका राजाले मिद्यानका धर्म-गुरुहरूलाई भने, “यो भिडले गोरुले मैदानको घाँस खाएजस्तै हाम्रो वरिपरि भएका सबै थोक खाइदिने छन् ।” यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए ।
Przetoż rzekł Moab do starszych Madyjańskich: Teraz pożre to mnóstwo wszystko, co jest około nas, jako wół pożera trawę polną. A Balak, syn Seforów, był królem Moabskim na on czas.
5 तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् ।
I posłał posły do Balaama, syna Beorowego, do Pethoru miasta, które jest nad rzeką ziemi synów ludu jego, aby go wezwano, mówiąc: Oto lud wyszedł z Egiptu, oto okrył wierzch ziemi, i osadza się przeciwko mnie.
6 त्यसैले तपाईं आउनुहोस् र मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन् । सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न र मेरो भूमिबाट लखेट्न सक्छु । तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित्् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ ।”
Przetoż teraz przyjdź proszę, a przeklinaj mnie kwoli lud ten, bo możniejszy jest nad mię; owa snać go będę mógł porazić, i wygnać go z ziemi; bo ja wiem, że komu błogosławisz, błogosławiony będzie; a kogo przeklinasz, przeklęty będzie.
7 त्यसैले मोआब र मिद्यानका धर्म-गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए । तिनीहरू बालामकहाँ आए र बालाकको खबर उनलाई भने ।
Poszli tedy starsi Moabscy, i starsi Madyjańscy, mając zapłatę za wieszczbę w rękach swych.
8 बालामले तिनीहरूलाई भने, “आज राती यहाँ बस्‍नुहोस् । परमप्रभुले जे भन्‍नुहुन्छ सो तपाईंलाई बताउने छु ।” त्यसैले मोआबका अगुवाहरू त्यस रात बालामसँगै बसे ।
A przyszedłszy do Balaama, powiedzieli mu słowa Balakowe. I rzekł do nich: Zostańcie tu przez noc, a dam wam odpowiedź, jako mi oznajmi Pan.
9 परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, “तँकहाँ आउने यी मानिसहरू को हुन्?”
I zostały książęta Moabskie z Balaamem. Tedy przyszedł Bóg do Balaama, i rzekł: Cóż to za mężowie u ciebie?
10 बालामले परमेश्‍वरलाई जवाफ दिए, “सिप्‍पोरका छोरा मोआबका राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका छन् । तिनले भने,
I odpowiedział Balaam Bogu: Balak, syn Seforów, król Moabski, posłał do mnie, mówiąc:
11 “हेर्नुहोस्, मिश्रबाट आएका मानिसहरूले मेरो भूमि ढाकेका छन् । अब आउनुहोस् र तिनीहरूलाई सराप दिनुहोस् । सायद म तिनीहरूसँग लड्न सक्छु र तिनीहरूलाई लखेट्न सक्छु ।”
Oto lud, który wyszedł z Egiptu, i okrył wierzch ziemi; terazże pójdź, przeklinaj mi go; snać będę mógł walczyć z nim, i wypędzę go.
12 परमेश्‍वरले बालामलाई जवाफ दिनुभयो, “तँ तिनीहरूसँग जानुहुँदैन । तैँले इस्राएलका मानिसहरूलाई सराप दिनुहुँदैन, किनभने तिनीहरू आशिषित्् भएका छन् ।”
Tedy rzekł Bóg do Balaama: Nie chodź z nimi, ani przeklinaj ludu tego; bo jest błogosławiony.
13 बालाम बिहानै उठेर बालाकका अगुवाहरूलाई भने, “तपाईंको देशमा नै फर्केर जानुहोस्, किनभने परमप्रभुले मलाई तपाईंहरूसँग जान दिन इन्कार गर्नुभएको छ ।”
A wstawszy rano Balaam rzekł do książąt Balakowych: Wróćcie się do ziemi waszej; bo mi nie pozwala Pan puścić się w drogę z wami.
14 त्यसैले मोआबका अगुवाहरू त्यहाँबाट हिँडे र बालाककहाँ फर्केर गए । तिनीहरूले भने, “बालामले हामीसँग आउन इन्कार गरे ।”
Wstawszy tedy książęta Moabskie, wrócili się do Balaka, i powiedzieli: Nie chciał Balaam iść z nami.
15 बालाकले पहिलेका समूहका भन्दा धेरै प्रतिष्‍ठित अगुवाहरूलाई फेरि पठाए ।
Tedy po wtóre posłał Balak więcej książąt, i zacniejszych nad pierwsze.
16 तिनीहरू बालामकहाँ आए र तिनलाई भने, “सिप्‍पोरका छोरा बालाक भन्‍नुहुन्छ, 'बिन्ती छ, तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्,
Którzy przyszedłszy do Balaama, mówili mu: Tak mówi Balak, syn Seforów: Nie ociągaj się proszę przyjść do mnie;
17 किनभने मैले तपाईंलाई अत्यधिक राम्रो दक्षिणा दिनेछु र ठुलो इज्‍जत गर्नेछु र तपाईंले जे गर्न भन्‍नुहुन्छ सो म गर्नेछु । त्यसैले आउनुहोस् र यी मानिसहरूलाई सराप दिनुहोस्' ।”
Albowiem ci wielką uczciwość wyrządzę, i wszystko, cobyś mi rzekł, uczynię; tylko przyjdź proszę a przeklinaj mi ten lud.
18 बालामले जवाफ दिए र बालाकका मानिसहरूलाई भने, “बालाकले मलाई सुन र चाँदीले भरिएको तिनको दरबार नै दिए पनि म परमप्रभु मेरा परमेश्‍वरको वचनभन्दा बाहिर जान सक्दिनँ अनि उहाँले भन्‍नुभएको भन्दा कम वा बढी गर्न सक्दिनँ ।
Tedy odpowiedział Balaam, i rzekł do sług Balakowych: Choćby mi dał Balak pełen dom swój srebra i złota, nie mógłbym przestąpić słów Pana, Boga mego, i uczynić przeciwko niemu, bądź mało bądź wiele;
19 कृपया आज राती पनि यहीँ पर्खनुहोस्, ताकि परमप्रभुले मलाई के भन्‍नुहुन्छ सो म जान्‍न सकूँ ।”
Ale proszę zostańcie tu i wy przez noc, a dowiem się, co jeszcze Pan będzie mówił ze mną.
20 परमेश्‍वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।”
Tedy przyszedł Bóg do Balaama w nocy, i rzekł do niego: Jeźliż, aby cię wezwali, przyszli mężowie ci, wstańże, idź z nimi; a wszakże, coć rozkażę, to uczynisz.
21 बालम बिहान उठे र तिनका गधामा काठी कसे र मोआबका अगुवाहरूसँगै गए ।
Tedy wstawszy Balaam rano, osiodłał oślicę swoją, i jechał z książęty Moabskimi.
22 तर तिनी गएकाले परमेश्‍वरको क्रोध दन्क्यो । परमप्रभुका स्वर्गदूतले गधामा सवार बालामप्रति कोही वैरीको रूपमा बाटोमा प्रस्तुत भए । बालामका दुई जना नोकर तिनीसँगै थिए ।
I rozpalił się gniew Boży, że on jechał; i stanął Anioł Pański na drodze, aby mu zastąpił; a on jechał na oślicy swojej, i dwoje pacholąt jego z nim.
23 गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो । गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे ।
A gdy ujrzała oślica Anioła Pańskiego, stojącego na drodze, a miecz jego dobyty w ręce jego, tedy ustąpiła oślica z drogi a szła na rolę, lecz bił Balaam oślicę, aby ją nawiódł na drogę.
24 त्यसपछि परमप्रभुको दूत दाहिने र देब्रेपट्टि पर्खाल भएको दाखबारी बिचको बटोको साँघुरो ठाउँमा गएर उभिए ।
Tedy stanął Anioł Pański na ścieżce u winnicy między dwoma płoty.
25 गधाले फेरि पनि परमप्रभुको दूतलाई देख्यो । त्यो पर्खालमा सेपिँदै गयो र बालामको खुट्टालाई पर्खालामा चेपिदियो । बालामले त्यसलाई फेरि पनि पिटे ।
A widząc oślica Anioła Pańskiego, przyciskała się do płota, tak iż przyparła nogę Balaamową do ściany; a on znowu ją bił.
26 त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए, जहाँ यता-उता कतै फर्कने ठाउँ थिएन ।
Potem Anioł Pański szedł dalej, i stanął na miejscu ciasnem, gdzie nie było drogi do ustąpienia na prawo ani na lewo;
27 गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्‍क बस्यो । बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे ।
A widząc oślica Anioła Pańskiego, padła pod Balaamem; i rozgniewał się Balaam wielce, a bił oślicę kijem.
28 त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो । त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको?”
Zatem otworzył Pan usta onej oślicy, i rzekła do Balaama: Cóżem ci uczyniła, żeś mię bił już po trzy kroć?
29 बालामले गधालाई भने, “तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस् । मेरो हातमा तरवार भएको भए हुन्थ्यो । यदि मेरो हातमा तरवार भएको भए, मैले तँलाई मारिसक्‍ने थिएँ ।”
I rzekł Balaam do oślicy: Iż ze mnie szydzisz; bym był miał miecz w ręku swych, byłbym cię teraz zabił.
30 गधाले बालामलाई भन्यो, “के म तपाईंले आजको दिनसम्म र आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन र? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो र?” बालामले जवाफ दिए, “थिएन ।”
Tedy oślica rzekła do Balaama: Azażem ja nie oślica twoja, na którejś jeżdżał, jakoś mię dostał, aż do tego czasu? A on rzekł: Nigdy.
31 तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो र तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे । बालामले आफ्नो शिर निहुराए र मुख अँध्यारो बनाए ।
Wtem otworzył Pan oczy Balaamowe, że obaczył Anioła Pańskiego, stojącego na drodze, i miecz jego dobyty w ręce jego; tedy skłoniwszy się, pokłonił się twarzą swoją.
32 परमप्रभुका दूतले तिनलाई भने, “तैँले तेरो गधालाई किन तिन-तिन पटकसम्म कुटिस्? हेर्, म तेरो शत्रुको रूपमा आएको छु, किनभने तेरा कार्यहरू मेरो नजरमा दुष्‍ट भएका छन् ।
I rzekł do niego Anioł Pański: Przeczżeś bił oślicę swoję już po trzy kroć? Otom Ja wyszedł, abym się tobie sprzeciwił; bo przewrotna jest droga twoja przede mną;
33 गधाले मलाई देखेर तिन-तिन पटकसम्म मबाट तर्क्यो । यदि त्यो मबाट नतर्केको भए, निश्‍चय नै मैले तँलाई मार्नेथिएँ र त्यसलाई छोड्नेथिएँ ।”
A widząc mię oślica ustąpiła przede mną po trzy kroć, a gdyby była nie ustąpiła przede mną, już bym cię był teraz zabił a onę bym był żywą zostawił.
34 बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु । तपाईं बाटोमा मेरो विरुद्ध खडा हुनुभएको छ भन्‍ने मैले थाहा पाइनँ । त्यसैले यदि तपाईंलाई मन पर्दैन भने, म फर्कने छु ।”
Zatem rzekł Balaam do Anioła Pańskiego: Zgrzeszyłem, albowiem nie widziałem, żeś ty stanął przeciwko mnie na drodze; przetoż teraz, jeźlić się to nie podoba, wrócę się.
35 तर परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा । तर तैँले म जे भन्‍छु सो मात्र भन्‍नुपर्छ ।” त्यसैले बालाम बालाकका अगुवाहरूसँग गए ।
Lecz Anioł Pański rzekł do Balaama: Jedź z ludźmi tymi; wszakże tylko, co Ja tobie powiem, mówić będziesz. I jechał Balaam z książęty Balakowymi.
36 जब बालाम आएका थिए भन्‍ने बालाकले सुने, उनी तिनलाई भेट्न मोआबको सहर अर्नोनमा भेट्न गए, जुन सिमाना पर्छ ।
A gdy usłyszał Balak, iż przyjeżdża Balaam, wyjechał przeciwko niemu, do niektórego miasta Moabskiego, które jest na granicy Arnonu, które jest przy końcu granicy.
37 बालाकले बालामलाई भने, “के मैले तपाईंलाई डाक्‍न मानिसहरू तपाईंकहाँ पठाइनँ र? तपाईं मकहाँ किन आउनुभएन? के म तपाईंलाई आदर गर्न सक्षम छैन र?”
Tedy rzekł Balak do Balaama: Azażem z pilnością nie posyłał do ciebie wzywając cię? Czemużeś nie przyjechał do mnie? azaż cię zacnie uczcić nie mogę?
38 त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “हेर्नुहोस्, म तपाईंकहाँ आएको छु । के मसँग कुनै कुरा भन्‍ने शक्ति छ र? मैले त परमेश्‍वरले मेरो मुखमा जे हालिदिनुहुन्छ त्यही मात्र भन्‍न सक्छु ।”
I rzekł Balaam do Balaka: Otom przyjechał do ciebie; izali teraz, choćbym chciał, będę mógł co mówić? słowo, które włoży Bóg w usta moje, mówić będę.
39 बालाम बालाकसँग गए र तिनीहरू किर्यत-हुसोतमा आइपुगे ।
Tedy jechał Balaam z Balakiem a przyjechali do miasta Husot.
40 त्यसपछि बालाकले गोरुहरू र भेडाहरू बलि चढाए अनि तिनले केही मासु बालाम र तिनीसँग भएका अगुवाहरूलाई दिए ।
A tak Balak dał nabić wołów i owiec, i posłał do Balaama, i do książąt, którzy z nim byli.
41 बिहान बालाकले बालामलाई बालको उच्‍च स्थानमा लगे । त्यहाँबाट बालामले इस्राएलीहरूलाई तिनीहरूको छाउनीमा थोरै मात्र देख्‍न सक्थे ।
I stało się nazajutrz, że wziął Balak Balaama, i wprowadził go na wyżyny Baalowe, skąd widział i najdalszą część ludu.

< गन्ती 22 >