< गन्ती 20 >
1 यसैले इस्राएलका सारा समुदाय पहिलो महिनामा जीनको मरुभूमिमा गए; तिनीहरू कादेशमा बसे ।
En el primer mes, todos los hijos de Israel llegaron al desierto de Zin y pusieron sus tiendas en Cades; y allí murió María, y Allí fue sepultada Maria.
2 त्यहाँ मिरियम मरिन् र तिनलाई त्यहीँ गाडियो । समुदायको निम्ति त्यहाँ पानी थिएन, त्यसैले तिनीहरू मोशा र हारूनको विरुद्ध भेला भए ।
Y no había agua para el pueblo; y se juntaron contra Moisés y Aarón.
3 मानिसहरूले मोशा विरुद्ध गनगन गरे । तिनीहरूले भने, “हाम्रा सङ्गी इस्राएलीहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेका भए राम्रो हुन्थ्यो ।
Y el pueblo se enojó con Moisés y dijo: ¡Sí solo la muerte nos hubiera alcanzado cuando nuestros hermanos vinieron a su muerte delante del Señor!
4 परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको?
¿Por qué has metido al pueblo del Señor en este desierto, para que la muerte venga a nosotros y a nuestro ganado allí?
5 यो डरलाग्दो ठाउँमा ल्याउन हामीलाई किन मिश्रबाट आउन लगाउनुभयो? यहाँ बिउ, नेभारा, दाख वा अनार केही पनि छैन र पिउने पानी पनि छैन ।”
¿Por qué nos hiciste salir de Egipto a este lugar malo? Este no es un lugar de semillas, higos, vides, granadas, y no hay agua para beber.
6 यसैले मोशा र हारून समुदायको सामु गए । तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा गए र घोप्टो परे । त्यहाँ परमप्रभुको उज्ज्वल महिमा देखा पर्यो ।
Entonces Moisés y Aarón se fueron del pueblo a la puerta de la tienda de reunión; y, cayendo sobre sus rostros allí, y apareció la gloria del Señor sobre ellos.
7 परमप्रभुले मोशालाई भन्नुभयो,
Y él Señor dijo a Moisés:
8 “लहुरो ले र समुदाय, तँ र तेरा दाजु हारूनलाई भेला गर् । तिनीहरूको नजरकै सामुन्ने चट्टानलाई भन् र पानी निकाल्न यसलाई आज्ञा दे । तैँले त्यो चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्ने छस् र तैँले यो तिनीहरूलाई र तिनीहरूका गाईवस्तुहरूलाई दिनू ।”
Toma la vara, tú y Aarón tu hermano, y haz que todas las personas se junten, y ante sus ojos ordenen a la roca que expida su agua; y así hacer que el agua salga de la roca para ellos, y dar de beber a la gente y su ganado.
9 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएजस्तै मोशाले परमप्रभुको सामुबाट लहुरो लिए ।
Y Moisés tomó la vara de delante de Jehová, como él le dio las órdenes.
10 अनि मोशा र हारूनले चट्टानको सामु मानिसहरू भेला पारे । मोशाले तिनीहरूलाई भने, “अब हे बागीहरू हो, सुन । के हामीले तिमीहरूलाई यो चट्टानबाट पानी निकाल्नपर्छ?
Entonces Moisés y Aarón hicieron que la gente se juntara frente a la roca, y él les dijo: Ahora escuchen, rebeldes que se han apartado del Señor; ¿Vamos a sacar agua de la roca?
11 अनि मोशाले आफ्नो हात उठाएर चट्टानलाई दुई पटक हिर्काए, र पानी निस्क्यो । समुदाय र तिनीहरूका गाईवस्तुहरूले पानी पिए ।
Y alzando su mano, Moisés le dio dos golpes a la roca con su vara, y salió agua, y la gente y su ganado bebió lo suficiente.
12 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “तिमीहरूले इस्राएलका मानिसहरूको नजरमा मलाई पवित्र जनको रूपमा आदर नगरेकाले वा मलाई भरोसा नगरेकाले तिमीहरूले यो समुदायलाई मैले तिनीहरूलाई दिन्छु भनेको भूमिमा ल्याउनेछैनौ ।”
Entonces él Señor dijo a Moisés y a Aarón: Como no tenías suficiente fe en mí para santificar mi nombre ante los hijos de Israel, no llevarás a este pueblo a la tierra que les he dado.
13 यो ठाउँलाई मेरीबाको पानी भनियो, किनभने इस्राएलका मानिसहरूले त्यहाँ परमप्रभुसँग झगडा गरेका थिए, र उहाँले आफैलाई पवित्र जनको रूपमा प्रकट गर्नुभएको थियो ।
Estas son las aguas de Meriba; porque los hijos de Israel fueron contra el Señor, y se santificó entre ellos.
14 मोशाले कादेशबाट एदोमको राजाकहाँ समाचारवाहकहरू पठाएः तपाईंको भाइ इस्राएलले भन्छ, “हामीमाथि आइपरेका सबै कठिनाइ तपाईं जान्नुहुन्छ ।
Entonces Moisés envió hombres desde Cades al rey de Edom para decirle: Tu hermano Israel dice: Tienes conocimiento de todas las cosas por las que hemos pasado;
15 हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।
Cómo nuestros padres bajaron a Egipto, y vivimos en Egipto durante mucho tiempo; Y los egipcios fueron crueles con nosotros y con nuestros padres.
16 जब हामीले परमप्रभुलाई पुकार्यौँ, उहाँले हाम्रो आवाज सुन्नुभयो, र एउटा स्वर्गदूत पठाउनुभयो अनि हामीलाई मिश्रबाट ल्याउनुभयो । हे्र्नुहोस्, हामी तपाईंको देशको सिमानामा पर्ने सहर कादेशमा छौँ ।
Y él Señor escuchó la voz de nuestro clamor, y envió un ángel y nos sacó de Egipto: y ahora estamos en Cades, un pueblo al borde de tu tierra;
17 हामीलाई तपाईंको भूमिको बाटो भएर जान दिनुहोस् भनी म बिन्ती गर्दछु । हामी खेत वा दाखबारीतिर पस्दैनौँ, न त हामी तपाईंका ईनारहरूको पानी पिउँछौँ । हामीले तपाईंको देशको सिमाना नकाटेसम्म दायाँ वा बायाँ लाग्ने छैनौँ ।”
Vayamos ahora por tu tierra. No iremos al campo ni a la vid, ni tomaremos el agua de los manantiales; Iremos por la carretera, sin girar a la derecha ni a la izquierda, hasta que hayamos pasado los límites de su tierra.
18 तर एदोमको राजाले तिनलाई जवाफ दिए, “तिमीहरू यो मुलुक भएर जान सक्दैनौ । तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु ।”
Y Edom dijo: No pasarás por mi tierra, porque si lo haces, saldré contra ti con la espada.
19 अनि इस्राएलका मानिसहरूले तिनलाई भने, “हामी राजमर्ग भएर मात्र जाने छौँ । यदि हामी र हाम्रा गाईवस्तुहरूले पानी पिए भने हामी यसको मूल्य तिर्ने छौँ । कुनै कुरा नगरी हामीलाई पैदल जान मात्र दिनुहोस् ।”
Y los hijos de Israel le dijeron: Subiremos por la carretera; y si nosotros o nuestro ganado tomamos de tu agua, te daremos un precio por ella nada más déjame pasar a pie.
20 तर एदोमका राजाले जवाफ दिए, “तिमीहरू जान सक्दैनौँ ।” यसैले एदोमको राजा ठुलो फौजसहित इस्राएलको विरुद्ध लड्न आए ।
Pero él dijo: No pasarás. Y Edom salió contra ellos en su fortaleza, con un gran ejército.
21 एदोमका राजाले इस्राएललाई आफ्नो सिमाना भएर जान दिन इन्कार गरे । यसैले इस्राएल एदोमको भूमिबाट तर्किएर गए ।
Entonces Edom no permitiría que Israel pasara por su tierra; E Israel se fue en otra dirección.
22 मानिसहरू कादेशबाट हिँडे । इस्राएलका मानिसहरू अर्थात् सारा समुदाय होर पर्वतमा आए ।
Y continuaron desde Cades, y vinieron con todo su pueblo al monte Hor.
23 एदोमको सिमानामा पर्ने होर पर्वतमा परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
Y en el monte Hor, al borde de la tierra de Edom, el Señor dijo a Moisés y Aarón:
24 “हारून आफ्ना मानिसहरूकहाँ जानुपर्छ, किनभने मैले इस्राएललाई दिएको भूमिमा त्यो प्रवेश गर्ने छैन । यो तिमीहरू दुवैले मेरीबाको पानीमा मेरो विरुद्ध विद्रोह गरेकाले गर्दा हो ।
Aarón será puesto a descansar con su pueblo; no irá a la tierra que he dado a los hijos de Israel, porque fuiste contra mi palabra en las aguas de Meriba.
25 हारून र त्यसका छोरा एलाजारलाई होर पर्वतमाथि ले ।
Así que lleva a Aarón y Eleazar, su hijo, al monte Hor;
26 हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।”
Y quítale las ropas de Aarón y ponlas sobre Eleazar, su hijo; y allí vendrá la muerte a Aarón, y será puesto a descansar con su pueblo.
27 मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । तिनीहरू सारा समुदायको सामुबाट होर पर्वतमाथि गए ।
Entonces Moisés hizo lo que el Señor le había dicho, y ante los ojos de todas las personas subieron al monte Hor.
28 मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए । पर्वतको चुचुरोमाथि हारून मरे । अनि मोशा र एलाजार तल ओर्ले ।
Entonces Moisés le quitó las vestiduras de Aarón y se las puso a Eleazar, su hijo; y allí, en la cima de la montaña, la muerte llegó a Aarón: entonces Moisés y Eleazar bajaron de la montaña.
29 जब हारून मरेका सारा समुदायले देखे, तब सारा जाति हारूनको निम्ति तिस दिनसम्म रोए ।
Y cuando la gente vio que Aarón había muerto, todos los hijos de Israel se entregaron a llorar por él durante treinta días.