< गन्ती 2 >

1 परमप्रभु फेरि पनि मोशा र हारूनलाई भन्‍नुभयो,
וידבר יהוה אל משה ואל אהרן לאמר׃
2 “हरेक इस्राएलीले आ-आफ्ना पुर्खाहरूको घरानाअनुसार आ-आफ्नो झन्डाको वरिपरि छाउनी लगाउनू ।
איש על דגלו באתת לבית אבתם יחנו בני ישראל מנגד סביב לאהל מועד יחנו׃
3 तिनीहरूले भेट हुने पालको वरिपरि छाउनी लगाऊन् । भेट हुने पालको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनेहरू यहूदाको दल होस् र तिनीहरूले आफ्नो झन्डामुनि छाउनी लगाऊन् । अम्मीनादाबको छोरो नहशोन यहूदाका मानिसको अगुवा होस् ।
והחנים קדמה מזרחה דגל מחנה יהודה לצבאתם ונשיא לבני יהודה נחשון בן עמינדב׃
4 यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।
וצבאו ופקדיהם ארבעה ושבעים אלף ושש מאות׃
5 इस्साखारको कुलले यहूदापछि छाउनी लगाउनू । सूआरका छोरो नतनेलले इस्साखारको फौजको नेतृत्व गर्नुपर्छ ।
והחנים עליו מטה יששכר ונשיא לבני יששכר נתנאל בן צוער׃
6 तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् ।
וצבאו ופקדיו ארבעה וחמשים אלף וארבע מאות׃
7 जबूलूनको कुलले इस्साखारपछि छाउनी लगाउनू । हेलोनका छोरा एलीआबले जबूलूनको फौजको नेतृत्व गर्नुपर्छ ।
מטה זבולן ונשיא לבני זבולן אליאב בן חלן׃
8 तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।
וצבאו ופקדיו שבעה וחמשים אלף וארבע מאות׃
9 यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ ।
כל הפקדים למחנה יהודה מאת אלף ושמנים אלף וששת אלפים וארבע מאות לצבאתם ראשנה יסעו׃
10 तिनीहरू अग्रस्थानमा हिँड्नेछन् । दक्षिणपट्टि रूबेनको छाउनी तिनीहरूको झन्डामुनि हुनेछ । रूबेनको छाउनीको अगुवा शदेऊरका छोरा एलीसूर होस् ।
דגל מחנה ראובן תימנה לצבאתם ונשיא לבני ראובן אליצור בן שדיאור׃
11 तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ ।
וצבאו ופקדיו ששה וארבעים אלף וחמש מאות׃
12 शिमियोनले रूबेनपछि छाउनी लगाओस् । शिमियोनका मानिसहरूको अगुवा सूरीशद्दैका छोरा शलूमीएल होस् ।
והחונם עליו מטה שמעון ונשיא לבני שמעון שלמיאל בן צורי שדי׃
13 तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ ।
וצבאו ופקדיהם תשעה וחמשים אלף ושלש מאות׃
14 त्यसपछि गादको कुल हुन्छ । गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस् ।
ומטה גד ונשיא לבני גד אליסף בן דעואל׃
15 तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ ।
וצבאו ופקדיהם חמשה וארבעים אלף ושש מאות וחמשים׃
16 आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू १,५१,४५० छन् । तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन् ।
כל הפקדים למחנה ראובן מאת אלף ואחד וחמשים אלף וארבע מאות וחמשים לצבאתם ושנים יסעו׃
17 त्यसपछि सबै छाउनीका बिचमा लेवीहरूसँगै छाउनीबाट भेट हुने पाल जानुपर्छ । तिनीहरू छाउनीबाट गएबमोजिम नै छाउनीमा आउनुपर्छ । हरेक मानिस आफ्नो झन्डामुनि आफ्‍नै स्थानमा हुनुपर्छ ।
ונסע אהל מועד מחנה הלוים בתוך המחנת כאשר יחנו כן יסעו איש על ידו לדגליהם׃
18 एफ्राइमको छाउनीका दलहरू आफ्‍नै झन्डामुनि हुन्छन् । एफ्राइमको मानिसहरूको अगुवा अम्मीहूदका छोरा एलीशामा होस् ।
דגל מחנה אפרים לצבאתם ימה ונשיא לבני אפרים אלישמע בן עמיהוד׃
19 तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ ।
וצבאו ופקדיהם ארבעים אלף וחמש מאות׃
20 तिनीहरूपछि मनश्‍शेको कुल हुन्छ । मनश्‍शेको अगुवा पदासूरका छोरा गमलिएल होस् ।
ועליו מטה מנשה ונשיא לבני מנשה גמליאל בן פדהצור׃
21 तिनको दलमा हुनेहरूको सङ्ख्या ३२,२०० छ ।
וצבאו ופקדיהם שנים ושלשים אלף ומאתים׃
22 त्यपछि बेन्यामीनको कुल हुनेछ । बेन्यामीनको अगुवा गिदेओनीका छोरा अबीदान होस् ।
ומטה בנימן ונשיא לבני בנימן אבידן בן גדעני׃
23 तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।
וצבאו ופקדיהם חמשה ושלשים אלף וארבע מאות׃
24 एफ्राइमको छाउनीका गन्ती गरिएका सबैको सङ्ख्या १,०८,१०० छ । तिनीहरू तेस्रो लश्करमा हिँड्नेछन् ।
כל הפקדים למחנה אפרים מאת אלף ושמנת אלפים ומאה לצבאתם ושלשים יסעו׃
25 उत्तरमा दानको छाउनीको दल हुनेछ । दानका मानिसहरूका अगुवा अम्मीशद्दैका छोरा अहीएजेर होस् ।
דגל מחנה דן צפנה לצבאתם ונשיא לבני דן אחיעזר בן עמישדי׃
26 तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ ।
וצבאו ופקדיהם שנים וששים אלף ושבע מאות׃
27 दानको छाउनीपछि आशेरको कुलका मानिसहरू हुनेछन् । आशेरको अगुवा ओक्रानको छोरा पगीएल होस् ।
והחנים עליו מטה אשר ונשיא לבני אשר פגעיאל בן עכרן׃
28 तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्‍तालीको कुल हुनेछ । नप्‍तालीको अगुवा एनानका छोरा अहीरा होस् ।
וצבאו ופקדיהם אחד וארבעים אלף וחמש מאות׃
29 तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन् ।
ומטה נפתלי ונשיא לבני נפתלי אחירע בן עינן׃
30 दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ ।
וצבאו ופקדיהם שלשה וחמשים אלף וארבע מאות׃
31 तिनीहरू छाउनीबाट तिनीहरूको झन्डामुनि अन्तिममा जानेछन् ।”
כל הפקדים למחנה דן מאת אלף ושבעה וחמשים אלף ושש מאות לאחרנה יסעו לדגליהם׃
32 आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् ।,
אלה פקודי בני ישראל לבית אבתם כל פקודי המחנת לצבאתם שש מאות אלף ושלשת אלפים וחמש מאות וחמשים׃
33 तर मोशा र हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूमा गन्ती गरेनन् ।
והלוים לא התפקדו בתוך בני ישראל כאשר צוה יהוה את משה׃
34 यो परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरिएको थियो । इस्राएलीका मानिसहरूले परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा गरे । तिनीहरूले आ-आफ्नो झन्डाअनुसार छाउनी लगाए । तिनीहरू आ-आफ्ना पुर्खाहरूको परिवार-परिवारअनुसार आ-आफ्नो छाउनीबाट निस्कन्थे ।
ויעשו בני ישראל ככל אשר צוה יהוה את משה כן חנו לדגליהם וכן נסעו איש למשפחתיו על בית אבתיו׃

< गन्ती 2 >