< गन्ती 16 >

1 लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरहसाथै रूबेनका कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेथका छोराले केही मानिसहरू भेला गरे ।
Kora mwana wa Ishari, mwana wa Kohathi, mwana wa Lawi, pamoja na baadhi ya Wareubeni, yaani Dathani na Abiramu, wana wa Eliabu, na Oni mwana wa Pelethi, wakachukua baadhi ya watu,
2 तिनीहरू, इस्राएलका मानिसहरूका अन्य मानिसहरूसँगै दुई सय पचास समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए, मोशाको विरुद्धा खडा भए ।
wakainuka dhidi ya Mose. Pamoja nao walikuwepo wanaume wa Kiisraeli 250, watu waliojulikana, viongozi wa jumuiya waliokuwa wameteuliwa kuwa wakuu wa kusanyiko.
3 तिनीहरू मोशा र हारूनको सामना गर्न आफै भेला भए । तिनीहरूले उनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो! सबै समुदाय, तिनीहरूमध्ये हरेकलाई नै अलग गरिएको छ र परमप्रभु तिनीहरूसँग छन् । किन आफैलाई परमप्रभुको समुदायभन्दा माथि उठाउनुहुन्छ?”
Wakaja kama kikundi kuwapinga Mose na Aroni, wakawaambia, “Ninyi mmejitukuza sana! Kusanyiko hili lote ni takatifu, kila mmoja wao, naye Bwana yu pamoja nao. Kwa nini basi mmejitukuza wenyewe juu ya kusanyiko la Bwana?”
4 जब मोशाले त्यो सुने, तिनी घोप्टो परे ।
Mose aliposikia jambo hili, akaanguka kifudifudi.
5 तिनले कोरह र उनका साथमा भएकाहरूलाई भने, “को उहाँका हुन् र कसलाई उहाँको निम्ति अलग गरिएको छ भनी परमप्रभुले बिहान देखाउनुहुने छ । त्यस व्‍यक्‍तिलाई उहाँले उहाँको नजिक ल्याउनुहुने छ । उहाँले चुन्‍नुभएकोलाई आफैले आफ्नो नजिक ल्याउनुहुने छ ।
Kisha akamwambia Kora na wafuasi wake wote: “Asubuhi Bwana ataonyesha ni nani aliye wake na ni nani aliye mtakatifu, tena atamtaka mtu huyo aje kwake. Mtu yule ambaye atamchagua atamfanya kuja karibu naye.
6 कोरह र तिम्रा सबै समूहले यो गर । धुपौराहरू लेओ ।
Wewe Kora na wafuasi wako wote mtafanya hivi: Chukueni vyetezo,
7 भोलि त्यसमा परमप्रभुको सामु धूप र आगो राख । परमप्रभुले चुन्‍नुहुने मानिसलाई उहाँको निम्ति अलग गरिनेछ । तिमी लेवीका सन्तानहरू अति धेरै भएका छौ ।”
kesho wekeni moto na uvumba kwenye hivyo vyetezo mbele za Bwana. Mtu ambaye Bwana atamchagua atakuwa ndiye mtakatifu. Ninyi Walawi mmejitukuza sana!”
8 फेरि मोशाले कोरहलाई भने, “सुन, तिमी लेवीका सन्तानहरूः
Pia Mose akamwambia Kora, “Enyi Walawi! Sasa nisikilizeni.
9 के परमप्रभुको पवित्र वासस्थानमा काम गर्न र समुदायको सेवा गर्न तिनीहरूको सामु खडा हुन इस्राएलको समुदायबाट तिमीहरूलाई छुट्ट्याएको तिमीहरूको निम्ति सानो कुरा हो?
Haiwatoshi ninyi kwamba Mungu wa Israeli amewateua ninyi kutoka kusanyiko lote la Kiisraeli, na kuwaleta karibu naye mpate kufanya kazi kwenye Maskani ya Bwana, na kusimama mbele ya kusanyiko ili kuwahudumia?
10 उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ!
Amekuleta wewe na ndugu zako Walawi mwe karibu naye, lakini sasa unajaribu kupata na ukuhani pia.
11 यसैले तिमी र तिमीहरूका सबै समूह सँगसँगै भेला भएका छौ । त्यसैले तिमीहरूले किन हारूनको बारेमा गनगन गरिरहेका छौ, जसले परमप्रभुको आज्ञा पालन गर्छन्?
Wewe na wafuasi wako wote mmekusanyika pamoja kinyume cha Bwana. Aroni ni nani kwamba ninyi mnungʼunike dhidi yake?”
12 त्यसपछि मोशाले दातान र अबीराम, एलीआबका छोराहरूलाई बोलाए । तर तिनीहरूले भने, “हामी आउँदैनौँ ।
Kisha Mose akawaita Dathani na Abiramu, wana wa Eliabu. Lakini wao wakasema, “Sisi hatuji!
13 के हामीलाई दूध र मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ!
Haitoshi tu kwamba wewe umetuleta kutoka nchi itiririkayo maziwa na asali ili kutuua sisi jangwani? Nawe sasa pia unataka kuwa mkuu juu yetu?
14 यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ? हामी तपाईंकहाँ आउँदैनौँ ।”
Zaidi ya hayo, hujatuingiza katika nchi inayotiririka maziwa na asali, wala hujatupa urithi wa mashamba na mashamba ya mizabibu. Je, utayangʼoa macho ya watu hawa? Hapana, sisi hatuji!”
15 मोशा साह्रै रिसाए र परमप्रभुलाई भने, “तिनीहरूको भेटीको कदर नगर्नुहोस् । मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ, र मैले तिनीहरू कसैलाई पनि हानि पुर्‍याएको छैनँ ।
Ndipo Mose akakasirika sana na kumwambia Bwana, “Usiikubali sadaka yao. Mimi sikuchukua chochote, hata punda kutoka kwao, wala sijamkosea hata mmoja wao.”
16 मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा सबै दल अर्थात् तिमी, तिनीहरू र हारून परमप्रभुको सामु जानुपर्छ । तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ र यसमा धूप राख्‍नुपर्छ ।
Mose akamwambia Kora, “Wewe na wafuasi wako wote kesho mtatokea mbele za Bwana: yaani wewe na hao wenzako, pamoja na Aroni.
17 अनि हरेकले आ-आफ्ना दुई सय पचासवटा धुपौरा परमप्रभुको सामु ल्याउनुपर्छ । तिमी र हारूनले पनि आ-आफ्ना धुपौरा ल्याउनुपर्छ ।”
Kila mtu atachukua chetezo chake na kuweka uvumba ndani yake, vyetezo 250 kwa jumla, na kukileta mbele za Bwana. Wewe na Aroni mtaleta vyetezo vyenu pia.”
18 यसैले हरेकले आ-आफ्ना धुपौरा लिए, यसमा आगो राखे, यसमा धूप राखे र मोशा र हारूनसँगै भेट हुने पालको प्रवेश-द्वारमा खडा भए ।
Kwa hiyo kila mtu akachukua chetezo chake, akaweka moto na uvumba ndani yake, na kusimama pamoja na Mose na Aroni kwenye mlango wa Hema la Kukutania.
19 कोरहले सारा समुदायलाई मोशा र हारूनको विरुद्धमा भेट हुने पालको प्रवेश-द्वारमा भेला पारे र परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्‍यो ।
Kora alipokuwa amekusanya wafuasi wake wote kuwapinga Mose na Aroni kwenye mlango wa Hema la Kukutania, utukufu wa Bwana ukatokea kwa kusanyiko lote.
20 परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,
Bwana akamwambia Mose na Aroni,
21 “यस समुदायबाट अलग होओ, ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।”
“Jitengeni kutoka kwenye kusanyiko hili ili nipate kuwaangamiza mara moja.”
22 मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ?”
Lakini Mose na Aroni wakaanguka kufudifudi na kulia kwa sauti, wakasema, “Ee Mungu, Mungu wa roho za wanadamu wote, utakuwa na hasira na kusanyiko lote wakati ni mtu mmoja tu ametenda dhambi?”
23 परमप्रभुले मोशालाई जवाफ दिनुभयो,
Ndipo Bwana akamwambia Mose,
24 “समुदायलाई भन् । 'कोरह, दातान र अबीरामका पालहरूबाट पर जाओ' भन् ।”
“Liambie kusanyiko, ‘Ondokeni hapo karibu na mahema ya Kora, Dathani na Abiramu.’”
25 अनि मोशा खडा भए र दातान र अबीरामको पालमा गए; इस्राएलका धर्म-गुरुहरू तिनको पछि-पछि गए ।
Mose akainuka na kuwaendea Dathani na Abiramu, nao wazee wa Israeli wakafuatana naye.
26 तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।”
Mose akalionya kusanyiko, “Sogeeni nyuma mbali na mahema ya hawa watu waovu! Msiguse kitu chochote kilicho mali yao, la sivyo mtafagiliwa mbali kwa sababu ya dhambi zao zote.”
27 यसैले कोरह, दातान र अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे । दातान र अबीराम तिनीहरूका पत्‍नीहरू, छोराहरू र स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश-द्वारमा खडा भए ।
Hivyo wakaondoka karibu na mahema ya Kora, Dathani na Abiramu. Dathani na Abiramu walikuwa wametoka nje, nao walikuwa wamesimama pamoja na wake zao, watoto wao na wale wanyonyao kwenye mlango wa mahema yao.
28 मोशाले भने, “यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको छ भन्‍ने तिमीहरूले जान्‍नेछौ, किनभने मैले तिनीहरू मेरो आफ्नै इच्छामा गरेको छैन ।
Ndipo Mose akasema, “Hivi ndivyo mtakavyojua kuwa Bwana amenituma kufanya mambo haya, na kwamba halikuwa wazo langu.
29 यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन ।
Ikiwa watu hawa watakufa kifo cha kawaida na kupatwa na yale ya kawaida yanayowapata wanadamu, basi Bwana hakunituma mimi.
30 तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ, धर्तीले आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ, र तिनीहरू जिउँदै चिहानभित्र जान्छन् भने, यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्नुपर्छ ।” (Sheol h7585)
Lakini ikiwa Bwana ataleta jambo jipya kabisa, ardhi ikifunua kinywa chake na kuwameza wao, pamoja na kila kitu kilicho mali yao, nao washuke chini kaburini wakiwa hai, ndipo mtafahamu kuwa watu hawa wamemdharau Bwana.” (Sheol h7585)
31 मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो ।
Mara Mose alipomaliza kusema haya yote, ardhi iliyokuwa chini yao ikapasuka,
32 धर्तीले यसको मुख उघार्‍यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो ।
nchi ikafunua kinywa chake na kuwameza wao, pamoja na jamaa zao, na watu wote wa Kora na mali zao zote.
33 यसैले तिनीहरू र तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए । धर्ती तिनीहरूमाथि बन्द भयो, र तिनीहरू समुदायबाट नष्‍ट भए । (Sheol h7585)
Wakashuka chini kaburini wakiwa hai, pamoja na kila kitu walichokuwa nacho; nchi ikajifunika juu yao, nao wakaangamia wakatoweka kutoka kusanyiko. (Sheol h7585)
34 तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो!” भन्‍दै चिच्‍च्याए ।
Kutoka kilio chao, Waisraeli wote waliowazunguka walikimbia, wakipaza sauti, “Nchi inatumeza na sisi pia!”
35 अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो ।
Moto ukaja kutoka kwa Bwana, ukawateketeza wale watu 250 waliokuwa wakifukiza uvumba.
36 फेरि परमप्रभु मोशासँग बोल्नुभयो,
Bwana akamwambia Mose,
37 “पुजारी हारूनका छोरा एलाजारलाई भन् र त्यसले धुपौराहरूलाई आगोबाट निकालोस्, किनभने धुपौराहरू मेरा निम्ति अलग गरिएका छन् । त्यसले बलिरहेका आगोका फिलुङ्गाहरूलाई छरोस् ।
“Mwambie Eleazari mwana wa kuhani Aroni, atoe vyetezo kwenye mabaki ya moto na kutawanya makaa mbali kiasi, kwa maana vyetezo ni vitakatifu:
38 आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले । तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् । ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे । यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुने छन् ।
vyetezo vya watu waliofanya dhambi iliyowagharimu maisha yao. Fua vyetezo hivyo kuwa bamba ili kufunika madhabahu, kwa maana vimeletwa mbele za Bwana na vimekuwa vitakatifu. Navyo viwe ishara kwa Waisraeli.”
39 पुजारी एलाजारले आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका काँसाका धुपौराहरू लिए र
Hivyo kuhani Eleazari akavikusanya vile vyetezo vya shaba vilivyoletwa na wale waliokuwa wameteketezwa kwa moto, naye akavifua kufunika madhabahu,
40 इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।
kama vile Bwana alivyomwelekeza kupitia Mose. Hili lilikuwa kuwakumbusha Waisraeli kwamba hakuna mtu hata mmoja, isipokuwa mzao wa Aroni, awezaye kuja kufukiza uvumba mbele za Bwana, la sivyo, angekuwa kama Kora na wafuasi wake.
41 तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”
Siku iliyofuata jumuiya yote ya Kiisraeli wakanungʼunika dhidi ya Mose na Aroni, wakisema, “Mmewaua watu wa Bwana.”
42 समुदाय मोशा र हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर! यसलाई बादलले ढाकिरहेको थियो । परमप्रभुका महिमा देखा पर्‍यो,
Lakini wakati kusanyiko lilipokusanyika kupingana na Mose na Aroni, nalo likageuka kuelekea Hema la Kukutania, ghafula wingu likafunika Hema, nao utukufu wa Bwana ukatokea.
43 र मोशा र हारून भेट हुने पालको अघि आए ।
Ndipo Mose na Aroni wakaenda mbele ya Hema la Kukutania,
44 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,
naye Bwana akamwambia Mose,
45 “यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे ।
“Jitenge mbali na kusanyiko hili ili niweze kuwaangamiza mara moja.” Wakaanguka chini kifudifudi.
46 मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ ।
Kisha Mose akamwambia Aroni, “Chukua chetezo chako na uweke uvumba ndani yake, pamoja na moto kutoka madhabahuni, nawe uende haraka kwenye kusanyiko ili kufanya upatanisho kwa ajili yao. Ghadhabu imekuja kutoka kwa Bwana, na tauni imeanza.”
47 यसैले हारूले मोशाले अह्राएबमोजिम गरे । तिनी समुदायको बिचमा दौडेर गए । विपत्ति मानिसहरूबिच फैलिन थालेको थियो, यसैले तिनले धूप राखे र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरे ।
Hivyo Aroni akafanya kama Mose alivyosema, akakimbilia katikati ya kusanyiko. Tauni ilikuwa tayari imeanza miongoni mwa watu, lakini Aroni akafukiza uvumba na kufanya upatanisho kwa ajili yao.
48 हारून जीवित र मृतकहरूका बिचमा खडा भए । यसरी विपत्ति रोकियो ।
Aroni akasimama kati ya waliokuwa hai na waliokufa, nayo tauni ikakoma.
49 कोरहको विषयमा पनि मरेका अतिरिक्‍त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो ।
Lakini walikufa watu 14,700 kutokana na tauni hiyo, licha ya wale waliokuwa wamekufa kwa sababu ya Kora.
50 हारून भेट हुने पालको प्रवेश-द्वारमा मोशाकहाँ फर्केर आए र विपत्ति रोकियो ।
Ndipo Aroni akamrudia Mose kwenye mlango wa Hema la Kukutania, kwa maana tauni ilikuwa imekoma.

< गन्ती 16 >