< गन्ती 16 >

1 लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरहसाथै रूबेनका कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेथका छोराले केही मानिसहरू भेला गरे ।
Now Korah, filho de Izhar, filho de Kohath, filho de Levi, com Datã e Abiram, filhos de Eliab, e On, filho de Peleth, filhos de Rúben, levou alguns homens.
2 तिनीहरू, इस्राएलका मानिसहरूका अन्य मानिसहरूसँगै दुई सय पचास समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए, मोशाको विरुद्धा खडा भए ।
Levantaram-se diante de Moisés, com alguns dos filhos de Israel, duzentos e cinqüenta príncipes da congregação, chamados à assembléia, homens de renome.
3 तिनीहरू मोशा र हारूनको सामना गर्न आफै भेला भए । तिनीहरूले उनीहरूलाई भने, “तपाईंहरूले अति गर्नुभयो! सबै समुदाय, तिनीहरूमध्ये हरेकलाई नै अलग गरिएको छ र परमप्रभु तिनीहरूसँग छन् । किन आफैलाई परमप्रभुको समुदायभन्दा माथि उठाउनुहुन्छ?”
Eles se reuniram contra Moisés e contra Aarão, e lhes disseram: “Vocês assumem demais, pois toda a congregação é santa, todos eles, e Yahweh está entre eles! Por que vocês se elevam acima da assembléia de Iavé”?
4 जब मोशाले त्यो सुने, तिनी घोप्टो परे ।
Quando Moisés ouviu isso, caiu de cara.
5 तिनले कोरह र उनका साथमा भएकाहरूलाई भने, “को उहाँका हुन् र कसलाई उहाँको निम्ति अलग गरिएको छ भनी परमप्रभुले बिहान देखाउनुहुने छ । त्यस व्‍यक्‍तिलाई उहाँले उहाँको नजिक ल्याउनुहुने छ । उहाँले चुन्‍नुभएकोलाई आफैले आफ्नो नजिक ल्याउनुहुने छ ।
Ele disse a Korah e a toda sua companhia: “Pela manhã, Yahweh mostrará quem é seu, e quem é santo, e o fará aproximar-se dele”. Mesmo aquele que ele escolher, ele fará com que se aproxime dele.
6 कोरह र तिम्रा सबै समूहले यो गर । धुपौराहरू लेओ ।
Faça isto: faça com que Korah e toda sua companhia tomem censores,
7 भोलि त्यसमा परमप्रभुको सामु धूप र आगो राख । परमप्रभुले चुन्‍नुहुने मानिसलाई उहाँको निम्ति अलग गरिनेछ । तिमी लेवीका सन्तानहरू अति धेरै भएका छौ ।”
ponha fogo neles, e coloque incenso neles antes de Yahweh amanhã. Será que o homem que Yahweh escolher, ele será santo. Vocês foram longe demais, seus filhos de Levi”!
8 फेरि मोशाले कोरहलाई भने, “सुन, तिमी लेवीका सन्तानहरूः
Moisés disse a Coré: “Ouçam agora, filhos de Levi!
9 के परमप्रभुको पवित्र वासस्थानमा काम गर्न र समुदायको सेवा गर्न तिनीहरूको सामु खडा हुन इस्राएलको समुदायबाट तिमीहरूलाई छुट्ट्याएको तिमीहरूको निम्ति सानो कुरा हो?
É uma coisa pequena para vocês que o Deus de Israel os separou da congregação de Israel, para trazê-los para perto de si, para fazer o serviço do tabernáculo de Javé, e para se apresentarem diante da congregação para ministrar a eles;
10 उहाँले तिमीहरू र तिमीहरूका सबै दाजुभाइ, लेवीका सन्तानहरूलाई तिमीहरूसँगै नजिक ल्याउनुभएको छ, अझै तिमीहरूले पुजारी पद पनि खोजिरहेका छौ!
e que ele os aproximou, e a todos os seus irmãos, os filhos de Levi, com vocês? Vocês também buscam o sacerdócio?
11 यसैले तिमी र तिमीहरूका सबै समूह सँगसँगै भेला भएका छौ । त्यसैले तिमीहरूले किन हारूनको बारेमा गनगन गरिरहेका छौ, जसले परमप्रभुको आज्ञा पालन गर्छन्?
Portanto, você e toda a sua empresa se reuniram contra Javé! O que é Aarão que você reclama contra ele”?
12 त्यसपछि मोशाले दातान र अबीराम, एलीआबका छोराहरूलाई बोलाए । तर तिनीहरूले भने, “हामी आउँदैनौँ ।
Moisés enviou para chamar Dathan e Abiram, os filhos de Eliab; e eles disseram: “Nós não subiremos!
13 के हामीलाई दूध र मह बग्‍ने मुलुकबाट यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो? अब तपाईं आफै हाम्रो शासक हुन चाहन्छ!
É uma pequena coisa que você nos fez subir de uma terra que flui com leite e mel, para nos matar no deserto, mas você também deve fazer-se um príncipe sobre nós?
14 यसको अतिरिक्‍त, तपाईंले हामीलाई दूध र मह बग्‍ने मुलुकमा ल्याउनुभएको छैन अथवा हामीलाई खेत र दाखबारीहरू उत्तराधिकारको रूपमा दिनुभएको छैन । के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ? हामी तपाईंकहाँ आउँदैनौँ ।”
Além disso, você não nos trouxe para uma terra que flui com leite e mel, nem nos deu herança de campos e vinhedos. Você vai apagar os olhos desses homens? Não vamos subir”.
15 मोशा साह्रै रिसाए र परमप्रभुलाई भने, “तिनीहरूको भेटीको कदर नगर्नुहोस् । मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ, र मैले तिनीहरू कसैलाई पनि हानि पुर्‍याएको छैनँ ।
Moisés ficou muito zangado e disse a Javé: “Não respeite a oferta deles”. Eu não tirei um burro deles, nem machuquei um deles”.
16 मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा सबै दल अर्थात् तिमी, तिनीहरू र हारून परमप्रभुको सामु जानुपर्छ । तिमीहरू हरेकले आ-आफ्ना धुपौरा लिनुपर्छ र यसमा धूप राख्‍नुपर्छ ।
Moisés disse a Korah: “Você e toda sua empresa vão antes de Yahweh, você, e eles, e Aaron, amanhã.
17 अनि हरेकले आ-आफ्ना दुई सय पचासवटा धुपौरा परमप्रभुको सामु ल्याउनुपर्छ । तिमी र हारूनले पनि आ-आफ्ना धुपौरा ल्याउनुपर्छ ।”
Cada homem pega seu incensário e põe incenso nele, e cada homem traz diante de Javé seu incensário, duzentos e cinqüenta incensários; você também, e Aarão, cada um com seu incensário”.
18 यसैले हरेकले आ-आफ्ना धुपौरा लिए, यसमा आगो राखे, यसमा धूप राखे र मोशा र हारूनसँगै भेट हुने पालको प्रवेश-द्वारमा खडा भए ।
Cada um pegou seu incensário, colocou fogo, incendiou-o e ficou à porta da Tenda de Encontro com Moisés e Aarão.
19 कोरहले सारा समुदायलाई मोशा र हारूनको विरुद्धमा भेट हुने पालको प्रवेश-द्वारमा भेला पारे र परमप्रभुको महिमा सारा समुदायकहाँ देखा पर्‍यो ।
Korah reuniu toda a congregação em frente à porta da Tenda de Reunião. A glória de Yahweh apareceu a toda a congregação.
20 परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो,
Yahweh falou com Moisés e com Arão, dizendo:
21 “यस समुदायबाट अलग होओ, ताकि म तिनीहरूलाई तत्कालै विनाश गर्न सकौँ ।”
“Separem-se desta congregação, para que eu possa consumi-los em um momento”.
22 मोशा र हारून घोप्‍टो परे र भने, “हे परमेश्‍वर, सारा मानव-जातिको आत्माका परमेश्‍वर, एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ?”
Eles caíram de cara, e disseram: “Deus, o Deus dos espíritos de toda a carne, pecará um só homem, e você ficará zangado com toda a congregação”?
23 परमप्रभुले मोशालाई जवाफ दिनुभयो,
Yahweh falou com Moisés, dizendo,
24 “समुदायलाई भन् । 'कोरह, दातान र अबीरामका पालहरूबाट पर जाओ' भन् ।”
“Fale com a congregação, dizendo, 'Afaste-se da tenda de Corá, Datã e Abirão!
25 अनि मोशा खडा भए र दातान र अबीरामको पालमा गए; इस्राएलका धर्म-गुरुहरू तिनको पछि-पछि गए ।
Moisés levantou-se e foi para Datã e Abirão; e os anciãos de Israel o seguiram.
26 तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।”
Ele falou à congregação, dizendo: “Parta, por favor, das tendas destes homens maus, e não toque em nada do que é deles, para que não seja consumido em todos os seus pecados”!
27 यसैले कोरह, दातान र अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे । दातान र अबीराम तिनीहरूका पत्‍नीहरू, छोराहरू र स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश-द्वारमा खडा भए ।
Então eles se afastaram da tenda de Corá, Datã e Abiram, de todos os lados. Datã e Abirão saíram, e ficaram à porta de suas tendas com suas esposas, seus filhos e seus pequenos.
28 मोशाले भने, “यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको छ भन्‍ने तिमीहरूले जान्‍नेछौ, किनभने मैले तिनीहरू मेरो आफ्नै इच्छामा गरेको छैन ।
Moisés disse: “Nisto sabereis que Javé me enviou para fazer todas estas obras; pois não são de minha própria mente.
29 यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन ।
Se estes homens morrerem a morte comum de todos os homens, ou se experimentarem o que todos os homens experimentam, então Iavé não me enviou.
30 तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ, धर्तीले आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ, र तिनीहरू जिउँदै चिहानभित्र जान्छन् भने, यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्नुपर्छ ।” (Sheol h7585)
Mas se Javé faz uma coisa nova, e o chão abre sua boca, e os engole com tudo o que lhes pertence, e eles descem vivos no Sheol, então vocês entenderão que estes homens desprezaram Javé”. (Sheol h7585)
31 मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो ।
Ao terminar de dizer todas estas palavras, o chão que estava sob elas se dividiu.
32 धर्तीले यसको मुख उघार्‍यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो ।
A terra abriu sua boca e os engoliu com suas casas, todos os homens de Corá e todos os seus bens.
33 यसैले तिनीहरू र तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए । धर्ती तिनीहरूमाथि बन्द भयो, र तिनीहरू समुदायबाट नष्‍ट भए । (Sheol h7585)
Então eles, e tudo o que lhes pertencia, caíram vivos no Sheol. A terra se fechou sobre eles, e pereceram entre a assembléia. (Sheol h7585)
34 तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो!” भन्‍दै चिच्‍च्याए ।
Todo Israel que estava ao seu redor fugiu ao seu grito; pois disseram: “Que a terra não nos engula”.
35 अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो ।
O fogo saiu de Javé, e devorou os duzentos e cinqüenta homens que ofereceram o incenso.
36 फेरि परमप्रभु मोशासँग बोल्नुभयो,
Yahweh falou a Moisés, dizendo:
37 “पुजारी हारूनका छोरा एलाजारलाई भन् र त्यसले धुपौराहरूलाई आगोबाट निकालोस्, किनभने धुपौराहरू मेरा निम्ति अलग गरिएका छन् । त्यसले बलिरहेका आगोका फिलुङ्गाहरूलाई छरोस् ।
“Fale a Eleazar, filho de Aarão, o sacerdote, que tire os censores da fogueira, e espalhe o fogo para longe do campo; pois eles são santos,
38 आफ्नो पापको कारण जीवन गुमाउनेहरूको धुपौराहरू ले । तिनीहरूलाई पिटेर वेदीलाई मोहर्ने पाताहरू बनाइयोस् । ती मानिसहरूले तिनीहरूलाई मेरो निम्ति अर्पण गरे । यसैले तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू इस्राएलका मानिसहरूका निम्ति मेरो उपस्थितिको चिन्ह हुने छन् ।
even os censores daqueles que pecaram contra suas próprias vidas. Que sejam espancados em pratos para uma cobertura do altar, pois eles os ofereceram diante de Javé. Portanto, eles são santos. Eles serão um sinal para os filhos de Israel”.
39 पुजारी एलाजारले आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका काँसाका धुपौराहरू लिए र
Eleazar o padre levou os censores de bronze que aqueles que foram queimados tinham oferecido; e eles os espancaram para uma cobertura do altar,
40 इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।
to ser um memorial aos filhos de Israel, para que nenhum estranho que não seja da descendência de Aarão, se aproximasse para queimar incenso diante de Javé, para que ele não fosse como Corá e como sua companhia; como Javé lhe falou por Moisés.
41 तर अर्को बिहान इस्राएलका सबै मानिसको समुदायले मोशा र हारून विरुद्ध गनगन गरे । तिनीहरूले भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मारेका छौ ।”
But no dia seguinte toda a congregação das crianças de Israel reclamou contra Moisés e contra Arão, dizendo: “Vocês mataram o povo de Yahweh!
42 समुदाय मोशा र हारूनको विरुद्ध भेला हुँदा तिनीहरूले भेट हुने पालतिर हेरे अनि हेर! यसलाई बादलले ढाकिरहेको थियो । परमप्रभुका महिमा देखा पर्‍यो,
When a congregação foi reunida contra Moisés e contra Aaron, eles olharam para a Tenda da Reunião. Eis que a nuvem a cobriu e a glória de Yahweh apareceu.
43 र मोशा र हारून भेट हुने पालको अघि आए ।
Moses e Aarão veio para a frente da Tenda da Reunião.
44 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,
Yahweh falou a Moisés, dizendo:
45 “यो समुदायबाट गइहाल् ताकि मैले तिनीहरूलाई अहिलै नष्‍ट पार्न सकौँ ।” अनि मोशा र हारून जमिनमा घोप्टो परे ।
“Afaste-se do meio desta congregação, para que eu possa consumi-los em um momento”. Eles caíram de cara.
46 मोशाले हारूनलाई भने, “धुपौरा लिनुहोस्, वेदीबाट यसमा आगो हाल्नुहोस्, यसमा धूप हाल्नुहोस्, यसलाई समुदायकहाँ छिटो लानुहोस् र तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्नुहोस्, किनभने परमप्रभुको क्रोध आइरहेको छ । विपत्ति सुरु भएको छ ।
Moses disse a Aaron: “Pegue seu incensário, ponha fogo no altar, coloque incenso nele, leve-o rapidamente à congregação e faça expiação por eles; pois a ira saiu de Javé! A praga já começou”.
47 यसैले हारूले मोशाले अह्राएबमोजिम गरे । तिनी समुदायको बिचमा दौडेर गए । विपत्ति मानिसहरूबिच फैलिन थालेको थियो, यसैले तिनले धूप राखे र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरे ।
Aaron fez como Moisés disse, e correu para o meio da assembléia. A peste já havia começado entre o povo. Ele pôs o incenso, e fez expiação pelo povo.
48 हारून जीवित र मृतकहरूका बिचमा खडा भए । यसरी विपत्ति रोकियो ।
He ficou entre os mortos e os vivos; e a peste ficou.
49 कोरहको विषयमा पनि मरेका अतिरिक्‍त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो ।
Now os que morreram pela peste eram quatorze mil e setecentos, além dos que morreram por causa da questão de Corá.
50 हारून भेट हुने पालको प्रवेश-द्वारमा मोशाकहाँ फर्केर आए र विपत्ति रोकियो ।
Aaron voltou para Moisés à porta da Tenda da Reunião, e a peste foi detida.

< गन्ती 16 >