< गन्ती 14 >
1 त्यस रात सारा समुदाय ठुलो आवाज निकालेर रोए ।
Usiku umenewo gulu lonse la Aisraeli linalira mofuwula kwambiri.
2 इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो!
Ndipo Aisraeli onse anayankhula motsutsana ndi Mose ndi Aaroni. Gulu lonse linanena kwa iwo kuti, “Kunali bwino tikanafera ku Igupto kapena mʼchipululu muno!
3 तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?
Nʼchifukwa chiyani Yehova akutilowetsa mʼdziko limenelo? Kodi kuti tikaphedwe ndi lupanga? Kuti akazi ndi ana athu akatengedwe ngati katundu wolanda ku nkhondo? Kodi sikungakhale bwino kuti tibwerere ku Igupto?”
4 तिनीहरूले आपसमा भने, “अर्को अगुवा चुनौँ र मिश्रतिर फर्कौं ।”
Ndipo anawuzana wina ndi mnzake kuti, “Tiyeni tisankhe mtsogoleri ndipo tibwerere ku Igupto.”
5 अनि मोशा र हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे ।
Koma Mose ndi Aaroni anadzigwetsa pansi chafufumimba pamaso pa Aisraeli onse omwe anasonkhana pamenepo.
6 त्यो भूमिको जाँचबुझ गर्न पठाइएकामध्ये केहीमा नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आफ्नो लुगा च्याते ।
Yoswa mwana wa Nuni ndi Kalebe mwana wa Yefune, omwe anali amodzi mwa amene anakazonda nawo dziko, anangʼamba zovala zawo
7 तिनीहरूले इस्राएलका मानिसहरूका सबै समुदायलाई भने, “हामीले घुमेका र जाँचबुझ गरेका मुलुक धेरै राम्रो छ ।
ndipo anati kwa gulu lonse la Aisraeli, “Dziko limene tinakayendamo ndi kuliona ndi labwino kwambiri zedi.
8 यदि परपप्रभु हामीसँग प्रसन्न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।
Ngati Yehova akukondwera nafe, adzatitsogolera kulowa mʼdziko limenelo. Dziko loyenda mkaka ndi uchi adzalipereka kwa ife,
9 तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”
koma musawukire Yehova. Komanso musaope anthu a mʼdzikomo, pakuti tidzawagonjetsa. Chitetezo chawachokera, koma ife Yehova ali nafe. Musawaope.”
10 अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्ने मतो गरे । तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्यो ।
Koma gulu lonse linayankhula zofuna kuwagenda miyala. Pamenepo ulemerero wa Yehova unaonekera kwa Aisraeli onse ku tenti ya msonkhano.
11 परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने? मैले तिनीहरूका माझ गरेका मेरो शक्तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन्?
Yehova anawuza Mose kuti, “Anthu awa adzandinyoza mpaka liti? Sadzandikhulupirira mpaka liti, ngakhale ndachita zizindikiro zozizwitsa zonsezi pakati pawo?
12 म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्तिशाली हुनेछ ।”
Ndidzawakantha ndi mliri ndi kuwawononga. Koma ndidzakusandutsa iwe mtundu waukulu ndi wamphamvu kuposa iwo.”
13 मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्तिबाट छुटकारा दिनुभयो ।
Mose anati kwa Yehova, “Aigupto adzamva zimenezi! Mwa mphamvu yanu munawatulutsa anthu amenewa pakati pawo.
14 तिनीहरूले यो भूमिका मानिसहरूलाई भन्नेछन् । तपाईं परमप्रभु तिनीहरूसँग हुनुहुन्छ भन्ने तिनीहरूले सुनेका छन्, किनभने तपाईंलाई आमनेसामने देखिएको छ । तपाईंको बादल हाम्रा मानिसहरूमाथि खडा छ । तपाईं दिनमा बादलको खामो भएर र रातमा आगोको खामो भएर तिनीहरूको अघिअघि जानुहुन्छ ।
Ndipo iwowo adzawuza anthu okhala mʼdziko lino zimenezi. Anthuwa amva kale kuti Inu Yehova mumakhala pakati pa anthu amenewa ndi kuti Inuyo Yehova mwawaonekera maso ndi maso. Mtambo wanu umakhala pamwamba pawo ndiponso mumayenda nawo mu mtambo woyima, masana ndi moto woyima, usiku.
15 यदि तपाईंले यी मानिसहरूलाई एक जना मानिसलाई झैँ मार्नुभयो भने, तपाईंको प्रसिद्धि सुन्ने जातिहरू बोल्नेछन् र भन्नेछन्,
Tsono mukawapha anthu onsewa nthawi imodzi, mayiko amene anamva za Inu adzati,
16 'परमप्रभुले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुकमा यी मानिसहरूलाई लान नसक्नुभएको हुनाले उहाँले तिनीहरूलाई मरुभूमिमा नै मार्नुभयो ।'
‘Yehova walephera kuwalowetsa anthuwo mʼdziko lomwe anawalonjeza molumbira, ndipo wawapha mʼchipululu.’
17 म बिन्ती गर्छु, कि तपाईंको महाशक्ति प्रयोग गर्नुहोस् । किनभने तपाईंले भन्नुभएको छ,
“Chonde Ambuye wonetsani mphamvu yanu monga munalonjezera kuti,
18 'परमप्रभु रिसाउनमा धिमा र विश्वनीयताको करारमा प्रशस्त हुनुहुन्छ । उहाँले अपराध र अधर्महरू क्षमा गर्नुहुन्छ । उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ ।'
‘Yehova sakwiya msanga, ndipo ndi wodzaza ndi chikondi chosasinthika, wokhululukira tchimo ndi kuwukira. Koma Iye sadzaleka kulanga ochimwa. Iyeyo amalanga ana chifukwa cha tchimo la makolo awo kufikira mʼbado wachitatu ndi wachinayi.’
19 म तपाईंसँग बिन्ती गर्छु, कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्वसनीयताको महान्ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् ।”
Chifukwa cha kukula kwa chikondi chanu chosasinthika, akhululukireni anthuwa tchimo lawo monga mwakhala mukuwakhululukira kuchokera pa nthawi imene anachoka ku Igupto mpaka tsopano.”
20 परपप्रभुले भन्नुभयो, “मैले तिनीहरूलाई तेरो बिन्तीअनुसार क्षमा गरेको छु,
Yehova anayankha kuti, “Ndawakhululukira monga wapemphera.
21 तर जस्तो म जीवित छु र पृथ्वी मेरो महिमाले ढाकिनेछ, मेरो महिमा र
Komabe, ndikunenetsa kuti pali Ine, ndiponso pamene dziko lapansi ladzaza ndi ulemerero wa Yehova,
22 शक्तिका चिन्हहरू देख्ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।
palibe ndi mmodzi yemwe mwa anthu amene anaona ulemerero wanga ndi zizindikiro zozizwitsa zimene ndinazichita ku Igupto ndi mʼchipululu muno, koma osandimvera ndi kundiyesa kokwanira kakhumi,
23 यसैले तिनीहरूले निश्चय नै त्यो भूमि देख्नेछैनन् जसबाट मैले तिनीहरूका पुर्खाहरूसित शपथ खाएँ । तिनीहरूमध्ये मलाई घृणा गर्ने कसैले पनि यो देख्नेछैन,
palibe ndi mmodzi yemwe wa anthu amenewa amene adzaone dziko limene ndinalonjeza ndi lumbiro kwa makolo awo. Aliyense amene anandinyoza sadzaliona dzikolo.
24 मेरो दास कालेबबाहेक, किनभने ऊसँग अर्कै आत्मा थियो । त्यसले मलाई पूर्ण रूपमा अनुसरण गरेको छ; म त्यसलाई त्यो जाँचबुझ गर्न गएको भूमिमा ल्याउनेछु । त्यसका सन्तानहरूले अधिकार गर्नेछन् ।
Koma mtumiki wanga Kalebe, pakuti ali ndi mtima wosiyana ndi ena ndiponso amanditsatira ndi mtima wonse, ndidzamulowetsa mʼdziko limene anapitamolo ndipo zidzukulu zake zidzalandira dzikolo ngati cholowa chawo.
25 (त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।”
Ndipo popeza kuti Aamaleki ndi Akanaani akukhala ku chigwa, mawa mubwerere ndipo mupite ku chipululu podzera ku Nyanja Yofiira.”
26 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
Yehova anawuza Mose ndi Aaroni kuti,
27 “मेरो आलोचना गर्ने यो दुष्ट समुदायलाई मैले कहिलेसम्म सहने? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु ।
“Kodi anthu oyipawa adzangʼungʼudza ndi kutsutsana nane mpaka liti? Ndamva madandawulo a Aisraeli ongʼungʼudzawa.
28 तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः
Tsono awuze kuti, ‘Ndikulumbira pali Ine,’ akutero Yehova, ‘Ndidzakuchitirani zinthu zonse zimene ndamva inu mukunena:
29 मेरो विरुद्ध गनगन गर्ने तिमीहरू सबै, जनगणनामा गन्ती गरिएका तिमीहरू, बिस वर्ष र त्यसभन्दा माथिका मानिसहरू पूरै तिमीहरूका मृत शरीरहरू मरुभूमिमा पड्नेछन् ।
Mitembo yanu idzakhala ili ngundangunda mʼchipululu muno; mtembo wa munthu aliyense pakati panu amene ali ndi zaka makumi awiri kapena kupitirirapo, amene anawerengedwa pa chiwerengero chija ndipo anangʼungʼudza motsutsana nane.
30 यपुन्नेका छोरा लालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरू कोही पनि निश्चय नै तिमीहरूको वासस्थान बनाउने प्रतिज्ञा गरेको मुलुकमा जानेछैनौ ।
Palibe ndi mmodzi yemwe mwa inu amene adzalowe mʼdziko lomwe ndinalumbira mokweza manja kuti likhale lanu, kupatula Kalebe mwana wa Yefune ndi Yoswa mwana wa Nuni.
31 हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्चाहरूलाई मैले त्यो भूमिमा लानेछु । तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन् ।
Koma ana anu amene mukunena kuti adzatengedwa ngati katundu wolanda ku nkhondo, Ine ndidzawalowetsa kuti akasangalale mʼdziko limene munalikana.
32 तिमीहरूको सवालमा तिमीहरूका मृत शरीरहरू यही मरुभूमिमा पडिरहनेछन् ।
Koma inu mitembo yanu idzakhala ngundangunda mʼchipululu muno.
33 तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्नुपर्छ ।
Ana anu adzakhala abusa mʼchipululu muno zaka makumi anayi, kuvutika chifukwa cha kusakhulupirika kwanu, mpaka munthu womaliza mwa inu atafa mʼchipululu muno.
34 तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ ।
Mudzavutika chifukwa cha machimo anu kwa zaka makumi anayi Chaka chimodzi chikuyimira tsiku limodzi la masiku makumi anayi amene munakazonda dziko lija ndipo mudzadziwa kuyipa kwake kwa kukangana ndi Ine.’
35 म परमप्रभुले बोलेको हुँ । मेरो विरुद्ध खडा हुने यो सबै दुष्ट समुदायमाथि म निश्चय नै यो गर्नेछु । तिनीहरू पूर्ण रूपमा नष्ट हुनेछन् र तिनीहरू यहीँ मर्नेछन् ।”
Ine Yehova, ndanena, ndidzachitadi zimenezi kwa anthu onse oyipawa, amene agwirizana kunditsutsa. Adzathera mʼchipululu momwe muno, adzafera muno basi.”
36 यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के र जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात्
Ndipo anthu amene Mose anawatuma kukazonda dziko aja anachoka pamaso pake nachititsa gulu lonse la anthu kuwukira Moseyo chifukwa chofalitsa mbiri yoyipa ya dzikolo.
37 भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो र तिनीहरू परमप्रभुको सामु महामारीले मरे ।
Anthu amene ankafalitsa mbiri yoyipa ya dzikolo anakanthidwa ndi mliri ndipo anafa pamaso pa Yehova.
38 भूमिको जासूस गर्न गएकाहरूमध्ये नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेब मात्र जीवित रहे ।
Mwa anthu amene anakaona dzikolo, Yoswa mwana wa Nuni ndi Kalebe mwana wa Yefune ndi okhawo amene anapulumuka.
39 जब मोशाले इस्राएलका मानिसलाई यी कुराहरू बताए, तिनीहरूले गम्भीर रूपमा विलाप गरे ।
Mose atafotokoza izi kwa Aisraeli onse, anthuwo analira kwambiri.
40 तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, “हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।”
Mmamawa tsiku linalo anapita mbali ya ku dziko la mapiri. Iwo anati, “Tachimwa, tipita ku dziko limene Yehova anatilonjeza.”
41 तर मोशाले भने, “तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ? तिमीहरू सफल हुनेछेनौ ।
Koma Mose anati, “Chifukwa chiyani simukumvera lamulo la Yehova? Zimenezi sizitheka!
42 नजाओ, किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्न ।
Musapite chifukwa Yehova sali pakati panu. Mudzagonjetsedwa ndi adani anu
43 त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।”
chifukwa kumeneko mukakumana ndi Aamaleki ndi Akanaani. Popeza mwaleka kutsata Yehova, Iyeyo sadzakhala nanu ndipo mudzaphedwa ndi lupanga.”
44 तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे ।
Komabe mwa maganizo awo anapita molunjika dziko la mapiri ngakhale kuti Mose sanachoke ndi Bokosi la Chipangano la Yehova pa msasa.
45 त्यसपछि अमालेकीहरू ओर्लेर आए, र कनानीहरू पनि जो ती पहाडहरूमा बस्थे । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूलाई होर्मासम्म नै खेदेर पराजित गरे ।
Koma Aamaleki ndi Akanaani amene ankakhala ku dziko lamapirilo anatsika ndi kumenyana nawo ndipo anawakantha mʼnjira yonse mpaka ku Horima.