< गन्ती 13 >
1 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
UThixo wathi kuMosi,
2 “केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु । तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा । ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ ।”
“Thuma amadoda athile ukuba ayehlola ilizwe laseKhenani, engilinika abako-Israyeli. Kusendo ngalunye lwesizwe thuma umkhokheli oyedwa.”
3 मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए, ताकि तिनीहरूले परमप्रभुको आज्ञा पालन गरून् । तिनीहरू सबै इस्राएलका मानिसहरूका अगुवाहरू थिए ।
Ngakho ngokulaya kukaThixo uMosi wabakhupha labo enkangala yePharani. Bonke babengabakhokheli bako-Israyeli.
4 तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्कूरका छोरा शम्मूअ;
Nanka amabizo abo: esizweni sikaRubheni, kwakunguShamuwa indodana kaZakhuri;
5 शिमियोनका कुलबाट होरीका छोरा शाफात;
esizweni sikaSimiyoni, kwakunguShafathi indodana kaHori;
6 यहूदाको कुलबाट यपुन्नेका छोरा कालेब;
esizweni sikaJuda, kwakunguKhalebi indodana kaJefune;
7 इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;
esizweni sika-Isakhari, kwakungu-Igali indodana kaJosefa;
8 एफ्राइमको कुलबाट, नूनका छोरा होशिया;
esizweni sika-Efrayimi, kwakunguHosheya indodana kaNuni;
9 बेन्यामीनको कुलबाट, रफूका छोरा पलती;
esizweni sikaBhenjamini, kwakunguPhalithi indodana kaRafu;
10 जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल;
esizweni sikaZebhuluni, kwakunguGadiyeli indodana kaSodi;
11 योसेफको कुलबाट (अर्थात् मनेश्शेको कुलबाट) सूसीका छोरा गेद्दी;
esizweni sikaManase (owesizwe sikaJosefa), kwakunguGadi indodana kaSusi;
12 दानको कुलबाट गमल्लीका छोरा अम्मीएल;
esizweni sikaDani, kwakungu-Amiyeli indodana kaGemali;
13 आशेरको कुलबाट मिखाएलका छोरा सतूर;
esizweni sika-Asheri, kwakunguSethuri indodana kaMikhayeli;
14 नप्तालीको कुलबाट वोफ्सीका छोरा नहबी
esizweni sikaNafithali, kwakunguNabhi indodana kaVofisi;
15 गादको कुलबाट माकीका छोरा गूएल ।
esizweni sikaGadi, kwakunguGewuweli indodana kaMakhi.
16 मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यिनै थिए । मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे ।
La ngamabizo alawomadoda athunywa nguMosi ukuyahlola ilizwe. (UMosi wetha uHosheya indodana kaNuni ibizo elithi Joshuwa.)
17 मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए । तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ ।
Ekubathumeni kwakhe ukuyahlola ilizwe laseKhenani, uMosi wathi kubo, “Hambani liye eNegebi likhuphukele elizweni lezintaba.
18 यो कस्तो छ भनी भूमिको जाँचबुझ गर ।
Likhangele ukuthi ilizwe lakhona linjani njalo lokuthi abantu bakhona balamandla kumbe babuthakathaka, balutshwana kumbe banengi.
19 त्यहाँ बस्ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन् ।
Ilizwe abahlala kulo linjani? Lihle na loba libi? Amadolobho abahlala kuwo anjani? Agonjolozelwe ngemiduli loba asegcekeni nje?
20 तिनीहरू बसोबास गरेका भूमि कस्तो छ, हेर । यो असल वा खराब छ? सहरहरू कस्ता छन्? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन्? भूमि कस्तो छ । अन्न उमार्न असल छ वा छैन, रुखहरू छन् वा छैनन् । साहसी होओ र त्यो भूमिको उत्पादनको नमुना लिएर आओ ।” त्यस बेला पहिलो दाख पाक्ने समय थियो ।
Umhlabathi wakhona unjani? Uvundile na loba ulugwadule? Langabe lilezihlahla loba hayi? Yenzani ubungcono benu libuye lezinye zezithelo zakulelolizwe.” (Kwakuyisikhathi sokuvuthwa kwezithelo zakuqala zevini.)
21 यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे ।
Ngakho bahamba ukuyahlola ilizwe besukela eNkangala yaseZini kuze kuyefika eRehobhi, ngokuya eLebho Hamathi.
22 तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे । त्यहाँ अनाकका सन्तानहरू अहीमान, शेशै र तल्मै थिए । होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो ।
Bahamba-ke badabula eNegebi baze bayafika eHebhroni, lapho okwakuhlala khona u-Ahimani, loSheshayi kanye loThalimayi, izizukulwane zika-Anakhi. (IHebhroni yakhiwa iminyaka eyisikhombisa kungakakhiwa idolobho laseZowani eGibhithe.)
23 जब तिनीहरू एश्कोलको बेँसीमा पुगे, तिनीहरूले दाखको झुप्पासहितको हाँगा काटे । तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके । तिनीहरूले अनार र नेभारा पनि ल्याए ।
Bathi befika esihotsheni sase-Eshikholi baquma ugatsha olwalulesixha sezithelo zevini. Ababili babo basithwala besigaxe egodweni ndawonye lamaphomegranathi kanye lomkhiwa.
24 इस्राएलका मानिसहरूले त्यहाँ दाखको झुप्पा काटेकाले त्यस ठाउँलाई एश्कोलको बेँसी नाउँ राखियो ।
Lindawo yabizwa ngokuthi yisihotsha sase-Eshikholi ngenxa yesixha sezithelo zevini esaqunywa khona ngabako-Israyeli.
25 चालिस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के ।
Ngemva kwensuku ezingamatshumi amane zokuhlola ilizwe inhloli zabuyela emuva.
26 तिनीहरू मोशा, हारून र इस्राएलका सारा समुदायकहाँ पारानको मरुभूमिमा भएको कादेशमा फर्केर आए । तिनीहरूले तिनीहरूलाई र सारा समुदायलाई खबर ल्याए र भूमिको उत्पादन तिनीहरूलाई देखाए ।
Babuyela kuMosi lo-Aroni lakuso sonke isizwe sako-Israyeli eKhadeshi, enkangala yasePharani. Babikela uMosi lo-Aroni kanye labo bonke abako-Israyeli njalo batshengisa lezithelo zakulelolizwe.
27 तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् ।
Balandisela uMosi bathi: “Sihambile elizweni lelo obukade usithume kulo, ngempela ligeleza uchago loluju! Nanzi izithelo zalo.
28 तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ ।
Kodwa abantu abahlala khona balamandla kanti lamadolobho akhona makhulu njalo avikelwe. Size sabona lezizukulwane zika-Anakhi khonale.
29 नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् । हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन् । कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन् ।”
Ama-Amaleki ahlala eNegebi; amaHithi, lamaJebusi lama-Amori bahlala elizweni lezintaba, amaKhenani wona ahlala eduzane lolwandle esekele umfula uJodani.”
30 अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्चय पनि जित्नेछौँ ।
Emva kwalokho uKhalebi wathulisa abantu phambi kukaMosi wasesithi, “Kufanele ukuthi sihambe siyethatha ilizwe leli libe ngelethu, ngoba singakwenza sibili.”
31 तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन् ।”
Kodwa amadoda lawo ayehambe laye athi, “Asingeke sibahlasele abantu labo; balamandla kulathi.”
32 यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए । तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ ।
Basebetshela abantu bako-Israyeli umbiko omubi ngelizwe ababelihlolile. Bathi, “Ilizwe esilihlolileyo liyabagabhela labantu abahlala kulo. Bonke abantu esibabone khonale yiziqhwaga.
33 हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन् । हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए । तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ ।”
Sibone khona amaNefilimi (isizukulwane sika-Anakhi sivela kumaNefilimi.) Emehlweni ethu besingangentethe phambi kwabo, lasemehlweni abo besinjalo.”