< गन्ती 12 >
1 मोशाले विवाह गरेका कूशी महिलाको कारण हारून र मिरियम मोशाको विरुद्धमा बोले ।
Miriamu na Aroni walianza kuzungumza dhidi ya Mose kwa sababu ya mke wake Mkushi, kwa kuwa alikuwa ameoa Mkushi.
2 तिनीहरूले भने, “के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्नुभयो ।
Waliuliza, “Je, Bwana amesema kupitia Mose peke yake? Je, hajasema kutupitia sisi pia?” Naye Bwana akasikia hili.
3 मोशा साह्रै नम्र मानिस थिए, तिनी संसारका सबैभन्दा नम्र थिए ।
(Basi Mose alikuwa mtu mnyenyekevu sana, mnyenyekevu kuliko mtu mwingine yeyote katika uso wa dunia.)
4 त्यसै बेला परमप्रभु मोशा, हारून र मिरियमसित बोल्नुभयो, “तिमीहरू तिनै जना भेट हुने पालमा आओ ।” त्यसैले तिनै जना बाहिर आए ।
Ghafula Bwana akawaambia Mose, Aroni na Miriamu, “Njooni katika Hema la Kukutania, ninyi nyote watatu.” Kwa hiyo wote watatu wakaenda.
5 अनि परमप्रभु बादलको खामोमा ओर्लेर आउनुभयो । उहाँ पालको प्रवेश-द्वारमा खडा हुनुभयो अनि हारून र मिरियमलाई बोलाउनुभयो । तिनीहरू दुवै अगि आए ।
Kisha Bwana akashuka katika nguzo ya wingu, akasimama kwenye ingilio la Hema, akawaita Aroni na Miriamu. Wakati wote wawili waliposogea mbele,
6 परमप्रभुले भन्नुभयो, “मेरो वचन सुन । मेरो अगमवक्ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु ।
Bwana akasema, “Sikilizeni maneno yangu: “Akiwapo nabii wa Bwana miongoni mwenu, nitajifunua kwake kwa maono, nitanena naye katika ndoto.
7 मेरो दास मोशा त्यस्तो होइन । त्यो मेरा सबै घरानामा विश्वासयोग्य छ ।
Lakini sivyo kwa mtumishi wangu Mose; yeye ni mwaminifu katika nyumba yangu yote.
8 म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”
Kwake nitanena naye uso kwa uso, waziwazi wala si kwa mafumbo; yeye ataona umbo la Bwana. Kwa nini basi ninyi hamkuogopa kuzungumza kinyume cha mtumishi wangu Mose?”
9 परमप्रभुको क्रोध तिनीहरू विरुद्ध दन्कियो, र उहाँ तिनीहरूबाट जानुभयो ।
Hasira ya Bwana ikawaka dhidi yao, akawaacha.
10 बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्ठरोगी भइन् । तिनी हिउँजस्तै सेतो भइन् । हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्ठ रोग लागेको देखे ।
Wakati hilo wingu liliinuka kutoka juu ya Hema, Miriamu akawa tayari ana ukoma, mweupe kama theluji. Aroni akamgeukia, akaona ana ukoma.
11 हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।
Kisha Aroni akamwambia Mose, “Tafadhali, bwana wangu, usituhesabie dhambi hii ambayo tumeifanya kwa upumbavu.
12 बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन् ।”
Usimwache awe kama mtoto mchanga aliyezaliwa akiwa mfu, ambaye nusu ya mwili wake imeharibika hapo atokapo katika tumbo la mama yake.”
13 यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।”
Hivyo Mose akamlilia Bwana akisema, “Ee Mungu, nakuomba umponye!”
14 परमप्रभुले मोशालाई भन्नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”
Bwana akamjibu Mose, “Je, kama baba yake angemtemea usoni, asingeona aibu kwa siku saba? Mfungie nje ya kambi kwa siku saba; baada ya hapo anaweza kurudishwa kambini.”
15 यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।
Kwa hiyo Miriamu akafungiwa nje ya kambi kwa siku saba, nao watu hawakuendelea na safari mpaka aliporudishwa kambini.
16 त्यसपछि, मानिसहरू हसेरोतबाट यात्रा गरेर पारानको मरुभूमिमा छाउनी लगाए ।
Baada ya hayo, watu waliondoka Haserothi, wakapiga kambi katika Jangwa la Parani.