< गन्ती 12 >

1 मोशाले विवाह गरेका कूशी महिलाको कारण हारून र मिरियम मोशाको विरुद्धमा बोले ।
و مریم و هارون درباره زن حبشی که موسی گرفته بود، بر او شکایت آوردند، زیرا زن حبشی گرفته بود.۱
2 तिनीहरूले भने, “के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्‍नुभयो ।
و گفتند: «آیا خداوندبا موسی به تنهایی تکلم نموده است، مگر به ما نیزتکلم ننموده؟» و خداوند این را شنید.۲
3 मोशा साह्रै नम्र मानिस थिए, तिनी संसारका सबैभन्दा नम्र थिए ।
و موسی مرد بسیار حلیم بود، بیشتر از جمیع مردمانی که در روی زمینند.۳
4 त्यसै बेला परमप्रभु मोशा, हारून र मिरियमसित बोल्नुभयो, “तिमीहरू तिनै जना भेट हुने पालमा आओ ।” त्यसैले तिनै जना बाहिर आए ।
در ساعت خداوند به موسی و هارون و مریم گفت: «شما هر سه نزد خیمه اجتماع بیرون آیید.» و هر سه بیرون آمدند.۴
5 अनि परमप्रभु बादलको खामोमा ओर्लेर आउनुभयो । उहाँ पालको प्रवेश-द्वारमा खडा हुनुभयो अनि हारून र मिरियमलाई बोलाउनुभयो । तिनीहरू दुवै अगि आए ।
و خداوند در ستون ابرنازل شده، به در خیمه ایستاد، و هارون و مریم راخوانده، ایشان هر دو بیرون آمدند.۵
6 परमप्रभुले भन्‍नुभयो, “मेरो वचन सुन । मेरो अगमवक्‍ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु ।
و او گفت: «الان سخنان مرا بشنوید: اگر در میان شما نبی‌ای باشد، من که یهوه هستم، خود را در رویا بر اوظاهر می‌کنم و در خواب به او سخن می‌گویم.۶
7 मेरो दास मोशा त्यस्‍तो होइन । त्यो मेरा सबै घरानामा विश्‍वासयोग्य छ ।
اما بنده من موسی چنین نیست. او در تمامی خانه من امین است.۷
8 म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”
با وی روبرو و آشکارا و نه در رمزها سخن می‌گویم، و شبیه خداوند رامعاینه می‌بیند، پس چرا نترسیدید که بر بنده من موسی شکایت آوردید؟»۸
9 परमप्रभुको क्रोध तिनीहरू विरुद्ध दन्कियो, र उहाँ तिनीहरूबाट जानुभयो ।
و غضب خداوند برایشان افروخته شده، برفت.۹
10 बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्‍ठरोगी भइन् । तिनी हिउँजस्तै सेतो भइन् । हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्‍ठ रोग लागेको देखे ।
و چون ابر از روی خیمه برخاست، اینک مریم مثل برف مبروص بود، و هارون بر مریم نگاه کرد و اینک مبروص بود.۱۰
11 हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।
و هارون به موسی گفت: «وای‌ای آقایم بار این گناه را بر ما مگذار زیرا که حماقت کرده، گناه ورزیده‌ایم.۱۱
12 बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन् ।”
و او مثل میته‌ای نباشد که چون از رحم مادرش بیرون آید، نصف بدنش پوسیده باشد.»۱۲
13 यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्‍वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।”
پس موسی نزد خداوند استغاثه کرده، گفت: «ای خدا او را شفا بده!»۱۳
14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”
خداوند به موسی گفت: «اگر پدرش به روی وی فقط آب دهان می‌انداخت، آیا هفت روز خجل نمی شد؟ پس هفت روز بیرون لشکرگاه محبوس بشود، وبعد از آن داخل شود.»۱۴
15 यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।
پس مریم هفت روزبیرون لشکرگاه محبوس ماند، و تا داخل شدن مریم، قوم کوچ نکردند.۱۵
16 त्यसपछि, मानिसहरू हसेरोतबाट यात्रा गरेर पारानको मरुभूमिमा छाउनी लगाए ।
و بعد از آن، قوم از حضیروت کوچ کرده، در صحرای فاران اردو زدند.۱۶

< गन्ती 12 >