< गन्ती 12 >
1 मोशाले विवाह गरेका कूशी महिलाको कारण हारून र मिरियम मोशाको विरुद्धमा बोले ।
Or Marie et Aaron parlèrent contre Moïse à cause de sa femme l’Éthiopienne,
2 तिनीहरूले भने, “के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्नुभयो ।
Et dirent: Est-ce par le seul Moïse qu’a parlé le Seigneur? Ne nous a-t-il pas également parlé? Ce qu’ayant entendu le Seigneur,
3 मोशा साह्रै नम्र मानिस थिए, तिनी संसारका सबैभन्दा नम्र थिए ।
(Car Moïse était l’homme le plus doux de tous les hommes qui demeuraient sur la terre)
4 त्यसै बेला परमप्रभु मोशा, हारून र मिरियमसित बोल्नुभयो, “तिमीहरू तिनै जना भेट हुने पालमा आओ ।” त्यसैले तिनै जना बाहिर आए ।
Il dit aussitôt à Moïse, à Aaron et à Marie: Sortez, vous trois seulement, pour aller au tabernacle d’alliance. Et lorsqu’ils furent sortis,
5 अनि परमप्रभु बादलको खामोमा ओर्लेर आउनुभयो । उहाँ पालको प्रवेश-द्वारमा खडा हुनुभयो अनि हारून र मिरियमलाई बोलाउनुभयो । तिनीहरू दुवै अगि आए ।
Le Seigneur descendit dans une colonne de nuée, et se tint à l’entrée du tabernacle, appelant Aaron et Marie. Lorsqu’ils furent venus,
6 परमप्रभुले भन्नुभयो, “मेरो वचन सुन । मेरो अगमवक्ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु ।
Il leur dit: Ecoutez mes paroles: Si quelqu’un parmi vous est prophète du Seigneur, je lui apparaîtrai dans la vision, ou je lui parlerai en songe.
7 मेरो दास मोशा त्यस्तो होइन । त्यो मेरा सबै घरानामा विश्वासयोग्य छ ।
Mais tel n’est pas mon serviteur Moïse, qui est très fidèle dans toute ma maison;
8 म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”
Car c’est bouche à bouche que je lui parle, et c’est clairement et non en énigmes et en figures qu’il voit le Seigneur. Pourquoi donc n’avez-vous pas craint de décrier mon serviteur Moïse?
9 परमप्रभुको क्रोध तिनीहरू विरुद्ध दन्कियो, र उहाँ तिनीहरूबाट जानुभयो ।
Et, irrité contre eux, il s’en alla.
10 बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्ठरोगी भइन् । तिनी हिउँजस्तै सेतो भइन् । हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्ठ रोग लागेको देखे ।
La nuée aussi qui était sur le tabernacle se retira: et voilà que Marie parut blanche de lèpre comme la neige. Or Aaron l’ayant regardée, et l’ayant vue couverte de lèpre,
11 हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।
Dit à Moïse: Je vous conjure, mon seigneur, ne nous imposez point un péché que nous avons commis follement;
12 बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन् ।”
Que celle-ci ne devienne pas comme morte, et comme l’avorton qui est rejeté du sein de sa mère; voilà que déjà la moitié de sa chair a été dévorée par la lèpre.
13 यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।”
Moïse donc cria au Seigneur, disant: Dieu, je vous conjure, guérissez-la.
14 परमप्रभुले मोशालाई भन्नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”
Le Seigneur lui répondit: Si son père eût craché sur sa face, n’eût-elle pas dû être au moins pendant sept jours couverte de honte? Qu’elle soit séparée durant sept jours hors du camp, et après cela elle sera rappelée.
15 यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।
C’est pourquoi Marie fut exclue du camp durant sept jours; et le peuple ne sortit pas de ce lieu, jusqu’à ce que Marie fut rappelée.
16 त्यसपछि, मानिसहरू हसेरोतबाट यात्रा गरेर पारानको मरुभूमिमा छाउनी लगाए ।
Après cela le peuple partit d’Haséroth, et planta ses tentes dans le désert de Pharan.