< गन्ती 11 >
1 यस बेला परमप्रभुले सुन्ने गरी मानिसहरूले तिनीहरूका कष्टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।
Ankyɛre biara na nnipa no firii aseɛ nwiinwii sɛ nneɛma nkɔ yie mma wɔn, na Awurade teeɛ. Nʼabufuhyeɛ kɔɔ wɔn so wɔ wɔn anwiinwii no ho. Yei enti, Awurade maa ogya bɛhyee beaeɛ a na wɔte hɔ no mfikyire.
2 अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।
Wɔteateaam frɛɛ Mose sɛ ɔmmɛgye wɔn. Mose bɔɔ mpaeɛ srɛɛ Awurade maa wɔn na ogya no dumiiɛ.
3 त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो ।
Ɛfiri saa ɛberɛ no, wɔtoo beaeɛ hɔ edin sɛ Tabera a asekyerɛ ne “Ahyeɛ”, ɛfiri sɛ, ogya a ɛfiri Awurade nkyɛn no hyee wɔn atenaeɛ hɔ.
4 केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ?”
Misraimfoɔ a na wɔwɔ wɔn ntam no kɔn dɔɔ nneɛma pa a na ɛwɔ Misraim no. Yei amma Israelfoɔ no ani ansɔ baabi a na wɔwɔ hɔ no, enti wɔsuu sɛ, “Hwan na ɔbɛma yɛn aduane adi?
5 हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ ।
Ɛberɛ a na yɛwɔ Misraim no, na yɛnya ɛnam ne nsuomnam we. Saa ara nso na na yɛnya kokumba, ɛferɛ, gyeene ne galik nso die.
6 अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्ने जत्ति सबै थोक मन्न मात्र हो ।”
Nanso, seesei deɛ, yɛn ahoɔden so ate na ɛda biara yɛnnya biribiara sɛ mana nko ara.”
7 मन्न धनियाँको बिउजस्तो थियो । यो हेर्दा खोटोजस्तो देखिन्थ्यो ।
Na mana no kɛseɛ te sɛ wisa aba na ɛsɛ ɛhyɛ a awaawae firi dubona ho agu fam.
8 मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे । तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे । यो ताजा जैतूनको तेलको स्वादको थियो ।
Nnipa no tasee firi fam na wɔayam anaa wɔasi no waduro mu ama adane esiam. Wɔwie a, wɔnoa de bi yɛ taterɛ. Woka wʼano a, ɛte sɛ taterɛ a wɔakye wɔ nhahamma ngo mu.
9 छाउनीमा राती शीत पर्दा मन्न पनि झर्थ्यो ।
Anadwo bosuo mu na mana no tɔ.
10 मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोका थिए । परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्टिमा गलत थियो ।
Mose tee sɛ mmusuakuo no nyinaa gyinagyina, atwa wɔn ntomadan ho ahyia resu. Yei hyɛɛ Awurade abufuo yie. Na anyɛ Mose nso abodwo koraa.
11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको? तपाईं किन मसँग खुसी हुनुहुन्न? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ ।
Mose bisaa Awurade sɛ, “Adɛn enti na woyɛ me saa na wode saa nnipa a wɔte seyie yi nyinaa adesoa abɛsoa me?
12 के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि 'तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्' भन्नुहुन्छ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्नुपर्ने?
Wɔyɛ me mma anaasɛ me nso meyɛ wɔn agya? Yei enti na wode wɔn ama me sɛ menhwɛ wɔn sɛ nkɔkoaa kɔsi sɛ yɛbɛduru asase a wohyɛɛ wɔn agyanom ho bɔ no?
13 यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्दै मेरो सामु रोइरहेका छन् ।
Ɛhefa na merekɔfa ɛnam abrɛ nnipa yi? Wɔsu kyerɛ me sɛ, ‘Ma yɛn ɛnam!’
14 यी सबै मानिसलाई म एक्लै बोक्न सक्दिनँ । तिनीहरू मेरो निम्ति अति धेरै भएका छन् ।
Mʼankasa merentumi nsoa ɔman yi! Adesoa no mu yɛ duru ma me dodo!
15 तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्नु नपरोस् ।”
Na sɛ saa na wo ne me bɛdi no deɛ a, mesrɛ, kum me seesei ara; ɛbɛyɛ adom ama me! Yi me firi saa ahokyere yi mu!”
16 परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।
Awurade ka kyerɛɛ Mose sɛ, “Frɛ Israelfoɔ mpanimfoɔ no mu aduɔson ma me; fa wɔn bra Ahyiaeɛ Ntomadan no mu na wo ne wɔn nnyina hɔ.
17 म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भएको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्नुपर्नेछैन ।
Mɛba hɔ na me ne wo abɛkasa na honhom a ɛwɔ wo so no, mɛfa na mede akɔgu wɔn nso so bi; ɛba saa a, wɔne wo bɛsoa nnipa no adesoa sɛdeɛ ɛrenyɛ wo nko ara wʼadesoa.
18 मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्नुभएको छ । तिमीहरूले भन्यौ, “हामीलाई कसले मासु खान दिन्छ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ ।
“Ka kyerɛ nnipa no na wɔnnwira wɔn ho na ɔkyena, wɔbɛnya ɛnam awe. Ka kyerɛ wɔn sɛ, ‘Awurade ate mo sufrɛ a ɛfa nneɛma a mogyaa no Misraim no ho na ɔrebɛma mo ɛnam. Mobɛwe;
19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दस दिन वा बिस दिन मात्र खानेछेनौ,
ɛnyɛ ɛda koro anaa nnanu anaa nnanum anaa dadu anaa adaduonu!
20 तर तिमीहरूले तिमीहरूको नाक लागूञ्जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ?”
Na bosome baako mu, mobɛwe ɛnam ara ma apuro mo ama afa mo hwene mu. Ɛfiri sɛ, moapo Awurade a ɔka mo ho wɔ ha no, na moasu ama Misraim nso.’”
21 त्यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।'
Mose kaa sɛ, “Mmarima nko ara mpem ahansia na wɔwɔ ha, ɛnna woahyɛ wɔn bɔ sɛ wobɛma wɔn ɛnam awe ara bosome!
22 के तिनीहरूलाई तृप्त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त? के तिनीहरूलाई तृप्त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने?”
Sɛ yɛkum yɛn nnwan ne yɛn anantwie nyinaa koraa a, ɛrenso wɔn so. Ɛsɛ sɛ yɛkyere ɛpo mu ɛnam nyinaa ansa na yɛatumi adi wo bɔhyɛ no so!”
23 परमप्रभुले मोशालाई भन्नुभयो, “के मेरो बहुली छोटो भएको छ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्नेछस् ।”
Na Awurade bisaa Mose sɛ, “Da bɛn na meyɛɛ mmerɛ? Afei wobɛhunu sɛ mʼasɛm yɛ nokorɛ anaa ɛnyɛ nokorɛ.”
24 मोशा बाहिर गए र परमप्रभुको वचन बोले । तिनले मानिसका सत्तरी जना धर्म-गुरुलाई भेला गरे र तिनीहरूलाई पालको वरिपरि राखे ।
Enti Mose firii Ahyiaeɛ Ntomadan no mu hɔ kɔkaa nsɛm a Awurade ka kyerɛɛ no no nyinaa kyerɛɛ nnipa no. Ɔboaboaa mpanimfoɔ aduɔson ano ma wɔtwaa Ahyiaeɛ Ntomadan no ho hyiaeɛ.
25 परमप्रभु बादलमा तल आउनुभयो र मोशासँग बोल्नुभयो । परमप्रभुले मोशासँग भएको केही आत्मा लिनुभयो र यसलाई सत्तरी जना धर्म-गुरुमाथि राखिदिनुभयो । तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरूले अगमवाणी गरे, तर त्यस बेला मात्र र फेरि अगमवाणी गरेनन् ।
Na Awurade nam omununkum mu baa fam ne Mose kasaeɛ, na ɔfaa honhom a ɛwɔ Mose so no de guu mpanimfoɔ aduɔson no so. Ɛberɛ a honhom no baa wɔn so kakra no, wɔhyɛɛ nkɔm mmerɛ tiawa bi mu.
26 एल्दाद र मेदाद नाउँ गरेका दुई जना छाउनीमा नै बसे । आत्मा तिनीहरूमाथि पनि आउनुभयो । सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो, तर तिनीहरू पालमा गएका थिएनन् । तथापि तिनीहरूले छाउनीमा नै अगमवाणी गरे ।
Nanso na mpanimfoɔ aduɔson no mu baanu a wɔfrɛ wɔn Eldad ne Medad da so wɔ wɔn atenaeɛ hɔ. Na mmerɛ a honhom no baa wɔn so wɔ hɔ no, wɔhyɛɛ nkɔm wɔ hɔ.
27 छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने, “एल्दाद र मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् ।”
Mmeranteɛ bi tuu mmirika kɔbɔɔ Mose asɛm a asie no ho amaneɛ
28 मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, “मालिक, तिनीहरूलाई रोक्नुहोस् ।”
na Nun babarima Yosua a na wɔayi no sɛ ɔnyɛ Mose ɔboafoɔ no ampene so, na ɔkaa sɛ, “Owura, ma wɔnnyae!”
29 मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्ताहरू भए कति राम्रो हुन्थ्यो!”
Mose bisaa no sɛ, “Me ho na woretwe ninkunu yi? Ɛkaa me nko a, na anka Awurade nkurɔfoɔ nyinaa yɛ adiyifoɔ a Awurade de ne honhom agu wɔn nyinaa so!”
30 मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्केर गए ।
Afei, Mose ne Israel mpanimfoɔ no sane kɔɔ wɔn atenaeɛ hɔ.
31 त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो । तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे । बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके ।
Awurade bɔɔ ahum maa ɛde mmoko firi ɛpo mu bɛguu atenaeɛ hɔ ne ɛho mmaa nyinaa. Baabiara a obi bɛfa no, na nnomaa yi bi atu nenam asase ani bɛyɛ anammɔn ɛnan.
32 मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए । कसैले पनि पच्चिस मुरीभन्दा कम बटुलेन । तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए ।
Enti ɛda mu no nyinaa, nnipa kyekyeree mmoko no bi kunkumm wɔn awia ne anadwo ne nʼadekyeeɛ nso. Deɛ wannya bi no koraa na ɔnyaa susukora ɔha! Mmoko buu so wɔ atenaeɛ hɔ nyinaa.
33 मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।
Na nnipa no firii aseɛ wee mmoa no bi. Wɔhyɛɛ aseɛ weeɛ no, Awurade bo sane fuu wɔn maa ɔde ɔyaredɔm kumm wɔn mu fa kɛseɛ no ara.
34 त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे ।
Enti wɔtoo beaeɛ hɔ edin sɛ Kibrot-Hataawa a asekyerɛ ne, “Akɔnnɔ damena” ɛfiri sɛ, wɔn a na wɔn ani bere ɛnam na wɔn kɔn adɔ Misraim tena no na wɔsiee wɔn wɔ hɔ.
35 किब्रोथ-हत्तावाबाट मानिसहरू हसेरोततिर गए, जहाँ तिनीहरू बसे ।
Ɔman no tu firii hɔ kɔtenaa Haserot kakra.