< गन्ती 11 >

1 यस बेला परमप्रभुले सुन्‍ने गरी मानिसहरूले तिनीहरूका कष्‍टबारे गनगन गरे । परमप्रभुले मानिसहरूको गनगन सुन्‍नुभयो र रिसाउनुभयो । परमप्रभुबाट आगो दन्कियो र यसका किनाराका केही छाउनीहरू जले ।
I stało się, że się lud uskarżał niesłusznie, co się nie podobało Panu. Przetoż usłyszawszy to Pan bardzo się rozgniewał, i zapalił się przeciwko nim ogień Pański, i popalił ostatnią część obozu.
2 अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।
Tedy wołał lud na Mojżesza; i modlił się Mojżesz Panu, i zgasł ogień.
3 त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो मानिसहरूमाझ दन्कियो ।
I nazwał imię miejsca onego Tabera: bo się zapalił przeciwko nim ogień Pański.
4 केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्‍न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ?”
A lud pospolity, który był między nimi, chciwością wielką zjęty odwracał się; i płakali też synowie Izraelscy, mówiąc: Któż nas nakarmi mięsem?
5 हामीले मिश्रमा खुलमखुला खाएका माछा, काँक्रा, खरबूजा, कन्दहरू, प्याज र लसुन सम्झन्छौँ ।
Wspominamy sobie na ryby, któreśmy jadali w Egipcie darmo, na ogórki, i na melony, i na łuczek, i na cebulę, i na czosnek.
6 अहिले हाम्रो भोक नै हराइसकेको छ, किनभने हामी देख्‍ने जत्ति सबै थोक मन्‍न मात्र हो ।”
A teraz dusza nasza wywiędła nic inszego nie mając, oprócz tej manny, przed oczyma swemi.
7 मन्‍न धनियाँको बिउजस्तो थियो । यो हेर्दा खोटोजस्तो देखिन्थ्यो ।
A manna była jako nasienie koryjandrowe, a barwa tej jako barwa Bdelijowa.
8 मानिसहरू वरिपरि जान्थे र यसलाई बटुल्थे । तिनीहरूले यसलाई पिँध्थे, ओखलीमा कुट्थे, भाँडामा उमाल्थे र यसलाई फुरौला बनाउँथे । यो ताजा जैतूनको तेलको स्वादको थियो ।
I wychodził lud, a zbierali ją, i mełli w żarnach, albo tłukli w moździerzach a warzyli w kotłach i czynili z niej podpłomyki; a był smak jej jako smak świeżej oliwy.
9 छाउनीमा राती शीत पर्दा मन्‍न पनि झर्थ्यो ।
Gdy bowiem padała rosa na obóz w nocy, padała też manna nań.
10 मानिसहरू आ-आफ्ना परिवारमा रोएको मोशाले सुने र सबै मानिस आ-आफ्ना पालको ढोका थिए । परमप्रभु साह्रै क्रोधित हुनुभयो र तिनीहरूको गनगन मोशाको दृष्‍टिमा गलत थियो ।
Tedy usłyszał Mojżesz, że lud płakał po domach swych, każdy u drzwi namiotu swego; dla czego zapaliła się popędliwość Pańska wielce, i nie podobało się też to Mojżeszowi.
11 मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन यति नराम्रो व्यावहार गर्नुभएको? तपाईं किन मसँग खुसी हुनुहुन्‍न? तपाईंले मलाई यी सबै मानिसको बोझ बोकाउनुहुन्छ ।
I rzekł Mojżesz do Pana: Czemużeś tak źle uczynił słudze twemu? czemużem nie znalazł łaski w oczach twoich, żeś włożył ciężar tego wszystkiego ludu na mię?
12 के यी मानिसहरूलाई मैले गर्भधारण गरेको थिएँ? के तिनीहरूलाई मैले जन्माएको थिएँ अनि 'तिनीहरूलाई बुबाले बालकलाई आफ्नो छातीमा टाँसेर बोकेझैँ बोक्' भन्‍नुहुन्छ? के मैले तिनीहरूलाई तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुक दिन त्यहाँसम्म नै बोक्‍नुपर्ने?
Izalim ja począł ten wszystek lud? izalim go ja zrodził, iż mi mówisz: Nieś je na łonie twojem, jako piastun nosi niemowlątko, do ziemi, o którąś przysiągł ojcom ich?
13 यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्‍दै मेरो सामु रोइरहेका छन् ।
Gdzież mam mięso, abym dał wszystkiemu temu ludowi? bo płaczą na mię, mówiąc: Daj nam mięsa, abyśmy jedli.
14 यी सबै मानिसलाई म एक्लै बोक्‍न सक्दिनँ । तिनीहरू मेरो निम्ति अति धेरै भएका छन् ।
Nie mogę ja sam znieść wszystkiego ludu tego; bo to nad możność moję.
15 तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्‍नु नपरोस् ।”
A jeźli się tak ze mną obchodzić chcesz, proszę raczej mię zabij, jeźlim znalazł łaskę w oczach twoich, abym nie patrzył na swoje złe.
16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले ।
I rzekł Pan do Mojżesza: Zbierz mi siedemdziesiąt mężów z starszych Izraelskich, które znasz, że są starszymi ludu, i książęta jego, a przywiedź je przed namiot zgromadzenia, i stać tam będę z tobą;
17 म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भ‍एको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्‍नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्‍नुपर्नेछैन ।
A Ja zstąpię, i będę tam mówił z tobą, i wziąwszy z Ducha, który jest w tobie, udzielę im; i poniosą z tobą brzemię ludu, a nie poniesiesz go ty sam.
18 मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्‍चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्‍नुभएको छ । तिमीहरूले भन्यौ, “हामीलाई कसले मासु खान दिन्छ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ ।
A do ludu rzeczesz: Poświęćcie się na jutro, a będziecie jeść mięso; boście płakali w uszach Pańskich, mówiąc: Któż nas nakarmi mięsem? bo nam lepiej było w Egipcie; i da wam Pan mięsa, i będziecie jedli.
19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दस दिन वा बिस दिन मात्र खानेछेनौ,
Nie przez jeden dzień jeść będziecie, ani przez dwa dni, ani przez pięć, ani przez dziesięć dni, ani przez dwadzieścia dni:
20 तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ?”
Ale przez cały miesiąc, aż polezie przez nozdrza wasze, a zbrzydzi się wam, przeto żeście pogardzili Panem, który jest między wami, a płakaliście przed nim mówiąc: Na cóżeśmy wyszli z Egiptu?
21 त्यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्‍नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।'
I rzekł Mojżesz: Sześć kroć sto tysięcy pieszych jest ludu, między którym ja mieszkam, a tyś powiedział: Dam im mięsa, że będą jeść cały miesiąc.
22 के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने?”
Izali im owiec i wołów nabiją, aby się im dostało? Izali wszystkie ryby morskie zbiorą im, aby dostatek mieli?
23 परमप्रभुले मोशालाई भन्‍नुभयो, “के मेरो बहुली छोटो भएको छ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्‍नेछस् ।”
I rzekł Pan do Mojżesza: Azaż ręka Pańska jest skurczona? teraz ujrzysz, jeśli się wypełni słowo moje, czyli nie.
24 मोशा बाहिर गए र परमप्रभुको वचन बोले । तिनले मानिसका सत्तरी जना धर्म-गुरुलाई भेला गरे र तिनीहरूलाई पालको वरिपरि राखे ।
Tedy wyszedł Mojżesz, i opowiedział ludowi słowa Pańskie; a zebrawszy siedemdziesiąt mężów starszych z ludu, postawił je około namiotu.
25 परमप्रभु बादलमा तल आउनुभयो र मोशासँग बोल्नुभयो । परमप्रभुले मोशासँग भएको केही आत्मा लिनुभयो र यसलाई सत्तरी जना धर्म-गुरुमाथि राखिदिनुभयो । तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरूले अगमवाणी गरे, तर त्यस बेला मात्र र फेरि अगमवाणी गरेनन् ।
I zstąpił Pan w obłoku, i mówił do niego, a wziąwszy z Ducha, który był w nim, podzielił go między siedemdziesiąt mężów starszych; i stało się, gdy odpoczął nad nimi on Duch, tedy prorokowali, a potem nigdy.
26 एल्दाद र मेदाद नाउँ गरेका दुई जना छाउनीमा नै बसे । आत्मा तिनीहरूमाथि पनि आउनुभयो । सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो, तर तिनीहरू पालमा गएका थिएनन् । तथापि तिनीहरूले छाउनीमा नै अगमवाणी गरे ।
Ale zostali byli dwa mężowie w obozie, imię jednego Eldad, a imię drugiego Medad; na których też odpoczął on Duch, bo oni byli napisani, choć byli nie przyszli do namiotu; a tak ci prorokowali w obozie.
27 छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने, “एल्दाद र मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् ।”
Tedy przybieżało pacholę, i oznajmiło Mojżeszowi, mówiąc: Eldad i Medad prorokują w obozie.
28 मोशाका सहायक, तिनका चुनिएका एक जना अर्थात् नूनका छोरा यहोशूले मोशालाई भने, “मालिक, तिनीहरूलाई रोक्‍नुहोस् ।”
Ale odpowiedziawszy Jozue, syn Nunów, sługa Mojżeszów, jeden z młodzieńców jego, rzekł: Panie mój Mojżeszu, zabroń im.
29 मोशाले तिनलाई भने, “के तिमी मेरो खातिर डाही हुन्छौ? परमप्रभुले उहाँका सबै मानिसमाथि उहाँको आत्मा राखेर तिनीहरू अगमवक्‍ताहरू भए कति राम्रो हुन्थ्यो!”
Któremu odpowiedział Mojżesz: Czemuż im ty zazdrościsz dla mnie? Boże daj, aby wszystek lud Pański prorokował, a iżby dał Pan Ducha swego na nie!
30 मोशा र इस्राएलका धर्म-गुरुहरू छाउनीमा फर्केर गए ।
Wrócił się tedy Mojżesz do obozu, on i starsi Izraelscy.
31 त्यसपछि परमप्रभुबाट बतास आयो र समुद्रबाट बट्टाई चराहरू ल्यायो । तिनीहरू छाउनी नजिक वरिपरि एक दिनको बाटोभरि झरे । बट्टाई चराहरूले लगभग एक मिटर जत्ति बाक्लो हुने गरी जमिनलाई नै ढाके ।
Zatem wyszedł wiatr od Pana, i porwawszy przepiórki od morza, spuścił je na obóz, z jednej strony jako na jeden dzień chodu, z drugiej strony także jako na jeden dzień chodu, około obozu, a jakoby na dwa łokcie były nad ziemią.
32 मानिसहरू त्यस दिनभरि, रातभरि र अर्को दिनभरि बट्टाई चराहरू बटुल्नमा व्यस्त भए । कसैले पनि पच्‍चिस मुरीभन्दा कम बटुलेन । तिनीहरूले छाउनीभरि बट्टाई चराहरू फिँजाए ।
Tedy wstawszy lud przez cały on dzień i przez całą noc, i nazajutrz przez wszystek dzień zbierali one przepiórki, a kto najmniej nazbierał, miał dziesięć homerów: i nawieszali ich wszędy sobie około obozu.
33 मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो ।
Mięso jeszcze było między zębami ich nie zeżwane, gdy gniew Pański zapalił się na lud, i pobił Pan lud on plagą bardzo wielką.
34 त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे ।
I nazwane jest imię miejsca onego Kibrot Hataawa; albowiem tam pogrzebli lud, który pożądał mięsa.
35 किब्रोथ-हत्तावाबाट मानिसहरू हसेरोततिर गए, जहाँ तिनीहरू बसे ।
A z Kibrot Hataawy ruszył się lud do Haserotu, i mieszkali w Haserocie.

< गन्ती 11 >