< गन्ती 10 >
1 परमप्रभुले मोशालाई भन्नुभयो,
And the Lord spak to Moises, and seide,
2 “चाँदीका दुईवटा तुरही बना । चाँदीलाई पिटेर तिनीहरूलाई बना । तैँले तुरहीलाई समुदायलाई भेला हुन बोलाउन र तिनीहरूका छाउनी सार्न समुदायलाई बोलाउन प्रयोग गर्नुपर्छ ।
Make to thee twei siluerne trumpis betun out with hameris, bi whiche thou maist clepe togidere the multitude, whanne the tentis schulen be moued.
3 भेट हुने पालको प्रवेश-द्वारमा तेरो अघि भेला हुन समुदायलाई बोलाउन पुजारीले तुरहीहरू फुक्नुपर्छ ।
And whanne thou schalt sowne with trumpis, al the cumpeny schal be gaderid to thee at the dore of the tabernacle of the boond of pees.
4 यदि पुजारीले एउटा मात्र तुरही फुक्यो भने, अगुवाहरू अर्थात् इस्राएलका कुलका प्रमुखहरू तँकहाँ आउनुपर्छ ।
If thou schalt sowne onys, the princes and the heedis of the multitude of Israel schulen come to thee;
5 तैँले ठुलो आवाजमा सङ्केत दिँदा पूर्वतिरका छाउनीहरूले आफ्नो यात्रा सुरु गर्नुपर्छ ।
but if a lengere and departid trumpyng schal sowne, thei that ben at the eest coost schulen moue tentis first.
6 दोस्रो पटक ठुलो आवाजमा सङ्केत गर्दा दक्षिणतिरका छाउनीहरूले तिनीहरूको यात्रा सुरु गर्नुपर्छ । तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठुलो आवाजमा सङ्केत दिनुपर्छ ।
Forsothe in the secounde sown and lijk noise of the trumpe thei that dwellen at the south schulen reise tentis; and bi this maner othere men schulen do, whanne the trumpis schulen sowne in to goyng forth.
7 समुदाय सँगै भेला हुँदा तुरही फुक, तर ठुलो आवाजमा होइन ।
Forsothe whanne the puple schal be gederid to gidere, symple cry of trumpis schal be, and tho schulen not sowne departyngli.
8 हारूनका छोराहरू अर्थात् पुजारीहरूले तुरही फुक्नुपर्छ । यो तिमीहरूलाई मानिसहरूका पुस्तौँ-पुस्तासम्म सदैवको निम्ति नियम हुनेछ ।
The sones of Aaron preest schulen sowne with trumpis, and this schal be a lawful thing euerlastynge in youre generaciouns.
9 तिमीहरूलाई अत्याचार गर्ने शत्रुको विरुद्ध आफ्नो मुलुकमा तिमीहरू युद्ध गर्न जाँदा, तिमीहरूले तुरहीसँगै जनाउँ-ध्वनि दिनुपर्छ । म परमप्रभु तिमीहरूका परमेश्वरले सम्झने छु र तिनीहरूलाई तिमीहरूका शत्रुहरूबाट बचाउने छु ।
If ye schulen go out of youre lond to batel ayens enemyes that fiyten ayens you, ye schulen crye with trumpis sownynge, and the bithenkyng of you schal be bifor youre Lord God, that ye be delyuered fro the hondis of youre enemyes.
10 साथै नियमित चाड र महिनाको सुरुवात दुवै किसिमको उत्सवको समयमा, तिमीहरूले आफ्नो होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनुपर्छ । यिनीहरूले म परमप्रभु तिमीहरूका परमेश्वरलाई याद दिलाउने छन् । म तिमीहरूका परमप्रभु परमेश्वर हुँ ।” दोस्रो वर्षको
If ony tyme ye schulen haue a feeste, and halidaies, and calendis, ye schulen synge in trumpis on brent sacrifices and pesible sacrifices, that tho be to you in to remembryng of youre God; Y am youre Lord God.
11 दोस्रो महिनाको बिसौँ दिनमा करारका आदेशहरूका पवित्र वासस्थानबाट हट्यो ।
In the secounde yeer, in the secounde monethe, in the twentithe dai of the monethe, the cloude was reisid fro the tabernacle of boond of pees.
12 त्यसपछि इस्राएलका मानिसहरू सीनैको मरुभूमिबाट आफ्नो यात्रामा लागे ।
And the sones of Israel yeden forth bi her cumpenyes fro deseert of Synay; and the cloude restide in the wildirnesse of Faran.
13 बादल पारानको मरुभूमिमा रोकियो । मोशाद्वारा दिइएको परमप्रभुको आज्ञा पालन गरेर तिनीहरूले पहिलो यात्रा गरे । यहूदाका सन्तानहरूका झन्डामुनिका छाउनीले आ-आफ्ना फौज लिएर पहिलो लश्करमा हिँडे ।
And the sones of Juda bi her cumpenyes, of whiche the prince was Naason, the sone of Amynadab, moueden first tentis,
14 यहूदाको फौजको नेतृत्व अम्मीनादाबका छोरा नहशोनले गरे ।
bi the Lordis comaundement maad in the hond of Moises.
15 इस्साखारका सन्तानहरूका फौजको नेतृत्व सूआरका छोरा नतनेलले गरे ।
In the lynage of the sones of Ysacar the prince was Nathanael, the sone of Suar.
16 जबूलूनका सन्तानहरूका फौजको नेतृत्व हेलोनका छोरा एलीआबले गरे ।
In the lynage of Sabulon the prince was Heliab, the sone of Helon.
17 पवित्र वासस्थानको देखरेख गर्ने गेर्शोन र मरारीका सन्तानहरूले पवित्र वासस्थान उठाए र आफ्नो यात्रामा हिँडे ।
And the tabernacle was takun doun, which the sones of Gerson and of Merary baren, and `yeden out.
18 फेरि, रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे । रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे ।
And the sones of Ruben yeden forth bi her cumpenyes and ordre, of whiche the prince was Helisur, the sone of Sedeur.
19 शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे ।
Forsothe in the lynage of the sones of Symeon the prince was Salamyel, the sone of Surisaddai.
20 गादका सन्तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे ।
Sotheli in the lynage of Gad the prince was Helisaphath, the sone of Duel.
21 कहातीहरू हिँडे । तिनीहरूले पवित्र स्थानका पवित्र सामानहरू बोके । अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे । त्यसपछि एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज हिँडे ।
And the sones of Caath yeden forth, and baren the seyntuarie; so longe the tabernacle was borun, til thei camen to the place of reisyng therof.
22 एफ्राइमको फौजको नेतृत्व अम्मीहूदका छोरा एलीशामा गरे ।
Also the sones of Effraym, bi her cumpanyes, moueden tentis, in whos oost the prince was Elisama, the sone of Amyud.
23 मनश्शेका सन्तानहरूका फौजको नेतृत्व पदासूरका छोरा गमलिएलले गरे ।
Forsothe in the lynage of the sones of Manasses the prince was Gamaliel, the sone of Phadussur.
24 बेन्यामीनका सन्तानहरूका कुलको फौजको नेतृत्व गिदेओनीका छोरा अबीदानले गरे ।
And in the lynage of Beniamyn the duk was Abidan, the sone of Gedeon.
25 दानको सन्तानहरूका झन्डामुनि छाउनी लगाएका फौज अन्तिममा हिँडे । दानको फौजको नेतृत्व अम्मीशद्दैका छोरा अहीएजेरले गरे ।
The sones of Dan, bi her cumpenyes, yeden forth the laste of alle tentis, in whos oost the prince was Aizer, the sone of Amysaddai.
26 आशेरका सन्तानहरूका कुलको फौजको नेतृत्व ओक्रानका छोरा पगीएलले गरे ।
Sotheli in the lynage of the sones of Aser the prince was Phegiel, the sone of Ochran.
27 नप्तालीका सन्तानहरूका कुलको फौजको नेतृत्व एनानका छोरा अहीराले गरे ।
And in the lynage of the sones of Neptalym the prince was Haira, the sone of Henan.
28 इस्राएलका मानिसहरूका फौजले यसरी आफ्नो यात्रा सुरु गर्यो । मोशाले मिद्यानी रूएलका छोरा होबाबसँग कुरा गरे ।
These ben the castels and the goinges forth of the sones of Israel, bi her cumpenyes, whanne thei yeden out.
29 रूएल मोशाका ससुरा थिए । मोशाले होबाबसँग कुरा गरे र भने, “हामी परमप्रभुले भन्नुभएको ठाउँतिर यात्रा गरिरहेका छौँ । परमप्रभुले भन्नुभयो, 'म यो तिमीहरूलाई दिने छु ।' हामीसँगै आउनुहोस् र हामीले तपाईंलाई असल गर्ने छौँ । परमप्रभुले इस्राएलको निम्ति असल गर्ने प्रतिज्ञा गर्नुभएको छ ।”
And Moises seide to Heliab, the sone of Raguel, of Madian, his alie `ethir fadir of his wijf, We goon forth to the place which the Lord schal yyue to vs; come thou with vs, that we do wel to thee, for the Lord bihiyte goode thingis to Israel.
30 तर होबाबले मोशालाई भने, “म तिमीहरूसँग जाँदिनँ । म मेरो आफ्नै मुलुकतिर र मेरा आफ्नै मानिसहरूकहाँ जाने छु ।”
To whom he answeride, Y schal not go with thee, but Y schal turne ayen in to my lond, in which Y was borun.
31 त्यसपछि मोशाले जवाफ दिए, “कृपया, हामीलाई नछोड्नुहोस् । मरुभूमिमा कसरी छाउनी लगाउने भनी तपाईंलाई थाहा छ । तपाईंले हाम्रो हेरचाह गर्नुपर्छ ।
And Moises seide, Nyle thou forsake vs, for thou knowist in whiche places we owen to sette tentis, and thou schalt be oure ledere;
32 यदि तपाईं हामीसँग जानुभयो भने परमप्रभुले हामीलाई असल गर्नुभएझैँ हामी तपाईंको निम्ति असल नै गर्नेछौँ ।” तिनीहरूले परमप्रभुको पर्वतबाट तिन दिनसम्म यात्रा गरे ।
and whanne thou schalt come with vs, what euer thing schal be the beste of the richessis whiche the Lord schal yyue to vs, we schulen yyue to thee.
33 तिनीहरूको निम्ति विश्राम गर्ने ठाउँ पत्ता लगाउन परमप्रभुको करारको सन्दूक तिन दिनसम्म तिनीहरूको अघि-अघि लगियो ।
And therfor thei yeden forth fro the hil of the Lord the weie of thre daies; and the arke of boond of pees of the Lord yede bifor hem, bi thre daies, and purueyde the place of tentis.
34 तिनीहरूले यात्रा गर्दा परमप्रभुको बादल दिनमा तिनीहरूसँग थियो ।
And the cloude of the Lord was on hem bi day, whanne thei yeden.
35 जब-जब सन्दूक उठाइन्थ्यो मोशाले यसो भन्थे, “हे परमप्रभु, उठ्नुहोस् । तपाईंका शत्रुहरूलाई तितरबितर पार्नुहोस् । तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्न लगाउनुहोस् ।”
And whanne the arke was reisid, Moises seide, Ryse thou, Lord, and thin enemyes be scaterid, and thei that haten thee, fle fro thi face;
36 जब-जब सन्दूक रोकिन्थ्यो, मोशाले यसो भन्थे, “हे परमप्रभु, हजारौँ हजार इस्राएलतिर फर्कनुहोस् ।”
forsothe whanne the arke was put doun, he seide, Lord, turne ayen to the multitude of the oost of Israel.