< नहेम्याह 9 >

1 अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।
Bosome Tisri (bɛyɛ Ahinime) ɛda a ɛtɔ so aduasa baako no, ɔmanfoɔ no boaa wɔn ho ano, dii mmuada, firaa ayitoma, tuu mfuturo petee wɔn tirim.
2 इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्‍ट कामहरू स्वीकार गरे ।
Ɛberɛ a wɔreka wɔn ankasa bɔne ne wɔn agyanom bɔne no, Israelfoɔ no twee wɔn ho firii ananafoɔ nyinaa ho.
3 तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए ।
Wɔkenkan Awurade, wɔn Onyankopɔn, mmara nwoma no den bɛyɛ sɛ nnɔnhwere mmiɛnsa kyerɛɛ wɔn. Afei, wɔde nnɔnhwere mmiɛnsa bio kekaa wɔn bɔne nnidisoɔ nnidisoɔ wɔ ɛberɛ a na wɔresom Awurade, wɔn Onyankopɔn.
4 लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्‍नी, शरेबियाह, बानी र कनानी खुट्किलाहरूका उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई उच्‍च सोरमा पुकारे ।
Na Lewifoɔ no bi gyina ntrapoe so reteam frɛ Awurade, wɔn Onyankopɔn. Saa nnipa no ne Yesua, Bani, Kadmiel, Sebania, Buni, Serebia, Bani ne Kenani.
5 तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् ।
Afei, Lewifoɔ ntuanofoɔ a wɔne Yesua, Kadmiel, Bani, Hasabnia, Serebia, Hodia, Sebania ne Petahia teaam frɛɛ ɔmanfoɔ no sɛ, “Monsɔre nkamfo Awurade, mo Onyankopɔn, ɛfiri sɛ, ɔte hɔ afebɔɔ!” Wɔtoaa so sɛ, “Monkamfo ne din kronkron no. Ɛso sene sɛdeɛ yɛbɛtumi adwene anaa deɛ yɛbɛka.
6 तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्‍च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् ।
Wo nko ara ne Awurade. Wo na wobɔɔ ɔsoro ne ɔsoro mu ɔsoro ne nsoromma nyinaa. Wo na wobɔɔ asase ne deɛ ɛwɔ so nyinaa ne ɛpo ne deɛ ɛwɔ mu nyinaa. Wo na wokora biribiara so ma no nkwa, na ɔsoro abɔfoɔ nyinaa som wo.
7 तपाईं परमप्रभु परमेश्‍वर हुनुहुन्छ जसले अब्रामलाई चुन्‍नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो ।
“Woyɛ Awurade Onyankopɔn a woyii Abram firii Ur a ɛwɔ Kaldea asase so, sane too no edin Abraham.
8 तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ ।
Ɔdii wo nokorɛ no, wo ne no yɛɛ apam sɛ, wode Kanaanfoɔ, Hetifoɔ, Perisifoɔ Yebusifoɔ ne Girgasifoɔ asase bɛma ɔne nʼasefoɔ. Na wodii wo bɔhyɛ so, ɛfiri sɛ, daa wodi wʼasɛm so.
9 तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्‍नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्‍नुभयो ।
“Wohunuu amane ne awerɛhoɔ a yɛn agyanom kɔɔ mu wɔ Misraim, na wotee wɔn su firi Ɛpo Kɔkɔɔ no ho.
10 तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्‍नुहुन्थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्‍नुभयो जुन आजको दिनसम्म खडा छ ।
Woyɛɛ nsɛnkyerɛnneɛ a ɛyɛ hu ne anwanwadeɛ kyerɛɛ Farao, nʼasomfoɔ ne ne manfoɔ nyinaa, ɛfiri sɛ, na wonim nhyɛsoɔ ɛkwan a na Misraimfoɔ no de wɔn fa so. Wowɔ animuonyam a ahyeta a ani mpa so da.
11 त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो ।
Wopaee ɛpo mu maa wo nkurɔfoɔ, sɛdeɛ wɔbɛtumi afa asase wesee so. Na wopuaa wɔn atamfoɔ guu ɛpo bunu mu. Wɔmemem sɛ aboɔ wɔ nsubunu a emu dɔ no ase.
12 तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।
Wonam omununkum fadum so dii yɛn agyanom anim awia ne ogya fadum so, dii wɔn anim anadwo sɛdeɛ wɔbɛhunu ɛkwan.
13 तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो ।
“Wosianee bepɔ Sinai, kasa kyerɛɛ wɔn firi ɔsoro. Wode mmara a ɛyɛ turodoo ne ahyɛdeɛ a ɛyɛ nokorɛ brɛɛ wɔn.
14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो ।
Wokyerɛɛ wɔn mmara a ɛfa wo homeda kronkron ho. Na wonam wo ɔsomfoɔ Mose so hyɛɛ wɔn sɛdeɛ wɔnsi nni wʼahyɛdeɛ ne wo mmara no nyinaa so.
15 तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्‍त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो ।
Ɛberɛ a ɛkɔm de wɔn no, womaa wɔn burodo a ɛfiri ɔsoro ne nsuo a ɛfiri ɔbotan mu wɔ ɛberɛ a sukɔm de wɔn no. Wohyɛɛ wɔn sɛ wɔnkɔfa asase a woaka ho ntam sɛ wode bɛma wɔn no.
16 तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।
“Nanso, yɛn agyanom yɛɛ ahantan ne asoɔden, na wɔanni wʼahyɛdeɛ so.
17 तिनीहरूले सुन्‍न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्‍चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्‍नुभएन ।
Wɔantie, na wɔankae wʼanwanwadeɛ a woyɛ maa wɔn no. Mmom, wɔyɛɛ dɔm yii ntuanoni sɛ ɔnsane mfa wɔn nkɔ wɔn nkoasom mu wɔ Misraim. Nanso, woyɛ ɔfakyɛfoɔ, ahummɔborɔ ne ɔdomfoɔ Onyankopɔn a wo bo kyɛre fu na wʼadɔeɛ dɔɔso. Woannyaa wɔn
18 तिनीहरूले ढलौटे बाछा बनाएर 'तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्‍वर यही हो' भनी तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गर्दा पनि
wɔ ɛberɛ a wɔyɛɛ ohoni sɛso a ɔte sɛ nantwie ba na wɔkaa sɛ, ‘Yei ne mo nyame a ɔyii mo firii Misraim no.’ Wɔyɛɛ bɔne, kekaa abususɛm a ɛyɛ hu.
19 तपाईंले आफ्नो दयामा तिनीहरूलाई उजाड-स्थानमा त्याग्‍नुभएन । तिनीहरूलाई बाटोमा अगुवाइ गर्ने बादलको खाँबोले दिनमा तिनीहरूलाई छोडेन, न त तिनीहरूको यात्राको लागि प्रकाश दिने आगोको खाँबोले रातमा तिनीहरूलाई छोडे ।
“Nanso, wo mmɔborɔhunu mu, woannyaa wɔn amma wɔanwuwu wɔ ɛserɛ no so. Omununkum fadum no kɔɔ so dii wɔn anim awia, na ogya fadum no kyerɛɛ wɔn ɛkwan anadwo.
20 तिनीहरूलाई निर्देशन दिन तपाईंले तिनीहरूलाई आफ्नो असल आत्मा दिनुभयो, र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्‍न दिन रोक्‍नुभएन, र तिनीहरूको तिर्खा मेट्न तपाईंले तिनीहरूलाई पानी दिनुभयो ।
Wosomaa wo honhom pa no kyerɛɛ wɔn deɛ wɔnyɛ, na woannyae sɛ wobɛma wɔn burodo afiri soro anaa nsuo wɔ ɛberɛ a sukɔm de wɔn.
21 चालिस वर्षसम्म उजाड-स्थानमा तपाईंले तिनीहरूलाई भोजन उपलब्ध गराउनुभयो, र तिनीहरूलाई कुनै थोकको कमी भएन । तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् ।
Wohwɛɛ wɔn so mfeɛ aduanan wɔ ɛserɛ so. Saa ɛberɛ no, biribiara anhia wɔn. Wɔn ntadeɛ antete, na wɔn anan ase antaatae.
22 तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्‍याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे ।
“Woboaa yɛn agyanom, ma wɔdii ahemman akɛseɛ ne aman bebree so, na wode wo nkurɔfoɔ duaa aman no afanan nyinaa so. Wɔfaa ɔhene Sihon a ɔfiri Hesbon ne Basanhene Og asase no nyinaa.
23 तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो ।
Womaa wɔn asefoɔ dɔɔso sɛ ɔsoro nsoromma, na wode wɔn baa asase a woahyɛ wɔn agyanom ho bɔ no so.
24 त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
Wɔkɔfaa asase no. Wobrɛɛ aman no nyinaa ase wɔ wɔn anim. Na, mpo, ahemfo ne Kanaanfoɔ a wɔtenaa asase no so no tumi saeɛ. Wo nkurɔfoɔ ne wɔn dii no sɛdeɛ wɔpɛ.
25 तिनीहरूले किल्लाबन्दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रुखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्‍त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्द मनाए ।
Yɛn agyanom faa nkuro a wɔabɔ ho ban ne nsase bereɛ no. Wɔfaa afie a nnepa wɔ mu ne nsuseneeɛ a wɔatutu dada no ne bobefuo ne ngofuo ne nnuabafuo no bebree. Enti, wɔdidiiɛ ara kɔsii sɛ wɔdodɔreeɛ, yɛɛ akɛseɛ, na wɔn ani gyee wɔn ho wɔ wo nhyira mu.
26 तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे ।
“Nanso, yeinom nyinaa akyi no, wɔyɛɛ asoɔden, yɛɛ dɔm tiaa wo. Wɔtoo wo mmara no guu nkyɛn. Wɔkunkumm adiyifoɔ no a wɔhyɛɛ wɔn nkuran sɛ wɔnsane mmra wo nkyɛn no, na wɔkaa abususɛm a ɛyɛ hu.
27 त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।
Enti, wode wɔn hyɛɛ wɔn atamfoɔ nsa. Nanso, wɔn amanehunu mu no, wɔsu frɛɛ wo, na wotiee wɔn firi ɔsoro. Na ahummɔborɔ a ɛso mu, wosomaa agyefoɔ a wɔgyee wɔn firii wɔn atamfoɔ nsam.
28 तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो ।
“Nanso, na nneɛma nyinaa rekɔ so yie no, wo manfoɔ sane kɔɔ bɔne mu bio, na wosane maa wɔn atamfoɔ dii wɔn so. Nanso, ɛberɛ biara a wo nkurɔfoɔ bɛsu afrɛ wo bio, apɛ mmoa no, wotiee bio firi ɔsoro. Wʼahummɔborɔ nwanwa enti, wogyee wɔn ntoatoasoɔ.
29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे ।
“Wobɔɔ wɔn kɔkɔ sɛ, wɔnsane mmɛdi wo mmara no so nanso, wɔyɛɛ ahomasoɔ ne asoɔden a wɔanni wʼahyɛdeɛ no so. Wɔanni wo mmara a sɛ nnipa di so a, wɔnam so bɛnya nkwa. Nanso, wɔnam ahomasoɔ so danee wɔn akyi kyerɛɛ wo a wɔampɛ sɛ wɔbɛtie wo.
30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।
Wo dɔ enti, wonyaa wɔn ho ntoboaseɛ mfeɛ bebree. Wosomaa wo honhom a ɔnam adiyifoɔ so bɔɔ wɔn kɔkɔ faa wɔn bɔne ho. Nanso, ɛkɔka he ara a, wɔntie. Enti, bio, womaa abosonsomfoɔ a wɔwɔ asase yi so no ho kwan, ma wɔdii wɔn so.
31 तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ ।
Nanso, wo mmɔborɔhunu a ɛdɔɔso enti, woantɔre wɔn ase anaa woannyaa wɔn afebɔɔ. Woyɛ ɔdomfoɔ ne ahummɔborɔ Onyankopɔn.
32 त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।
“Afei, yɛn Onyankopɔn, ɔkɛseɛ, otumfoɔ ne ɔnwanwani Onyankopɔn a ne dɔ apam a ɔyɛeɛ no ɔmmu so, mma yɛn amanehunu a yɛkɔɔ mu no nyinaa nnyɛ ɔkwa wɔ wʼanim. Ɔhaw kɛseɛ aba yɛn ne yɛn ahemfo, yɛn ahenemma ne asɔfoɔ ne adiyifoɔ ne yɛn agyanom so, firi ɛberɛ a Asiria ahemfo didii yɛn so nkonim, de bɛsi saa ɛberɛ yi.
33 हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्‍वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्‍टतापूर्वक काम गरेका छौँ ।
Ɛberɛ biara a wobɛtwe yɛn aso no, na ɛfata. Yɛayɛ bɔne kɛseɛ a wotwe yɛn aso sɛdeɛ ɛsɛ wɔ so.
34 हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।
Yɛn ahemfo, ahenemma, asɔfoɔ, ne yɛn agyanom no anni wo mmara so anaa wʼahyɛdeɛ ne wo kɔkɔbɔ denden no so.
35 तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्के ।
Mpo, ɛberɛ a wɔn ankasa nyaa wɔn ahemman no, wɔansom wo wɔ ɛberɛ a woahwie wʼayamyɛ adom agu wɔn so no. Womaa wɔn nsase pa akɛseɛ nanso, wɔannu wɔn ho amfiri wɔn amumuyɛsɛm ho.
36 हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ ।
“Enti, seesei, yɛyɛ nkoa wɔ asase a nnepa abu so wɔ so a wode maa yɛn agyanom no so. Dodoɔ yi nyinaa mu, yɛyɛ nkoa.
37 हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्‍टमा छौँ!
Afudeɛ a ɛbu so boro so no nyinaa akɔdi ahemfo a ɛsiane yɛn bɔne enti, woatu wɔn sɛ wɔnhwɛ yɛn so no nsam. Wɔwɔ yɛn ne yɛn anantwie so tumi. Yɛsom wɔn sɛdeɛ wɔpɛ, na yɛwɔ ahokyere kɛseɛ mu.
38 यी सबै कारणले गर्दा हामी लेखेर नै दृढ करार बाँध्दछौँ । छाप लगाइएको दस्तावेजमा हाम्रा राजकुमारहरू, लेवीहरू र पुजारीहरूका नाउँ हुन्छन् ।”
“Yeinom nyinaa akyi, yɛnam nkurukyire so rehyɛ bɔ a emu yɛ den. Saa nsɔano krataa yi mu na yɛn ahenemma ne Lewifoɔ ne asɔfoɔ din wɔ.”

< नहेम्याह 9 >