< नहेम्याह 9 >
1 अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।
Ɔsram Tisri (bɛyɛ Ahinime) da a ɛto so aduasa baako no, ɔmanfo no boaa wɔn ho ano, dii mmuada, furaa atweaatam, tuu mfutuma petee wɔn tirim.
2 इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्ट कामहरू स्वीकार गरे ।
Bere a wɔreka wɔn ankasa bɔne ne wɔn agyanom bɔne no, Israelfo no twee wɔn ho fii ananafo nyinaa ho.
3 तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए ।
Wɔkenkan Awurade, wɔn Nyankopɔn, mmara nhoma no den bɛyɛ sɛ nnɔnhwerew abiɛsa kyerɛɛ wɔn. Afei, wɔde nnɔnhwerew abiɛsa bio kekaa wɔn bɔne nnidisonnidiso a na wɔresom Awurade, wɔn Nyankopɔn.
4 लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्नी, शरेबियाह, बानी र कनानी खुट्किलाहरूका उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई उच्च सोरमा पुकारे ।
Na Lewifo no bi gyina atrapoe so reteɛ mu frɛ Awurade, wɔn Nyankopɔn. Saa nnipa no ne Yesua, Bani, Kadmiel, Sebania, Buni, Serebia, Bani ne Kenani.
5 तब लेवीहरू, येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “खडा भएर परमप्रभु तिमीहरूका परमेश्वरलाई सदासर्वदा प्रशंसा चढाओ ।” तिनीहरूले तपाईंको महिमित नाउँलाई धन्यको भनून्, र यो नाउँ हरेक आशिष् र प्रशंसाभन्दा माथि उचालिएको होस् ।
Afei, Lewifo ntuanofo a wɔne Yesua, Kadmiel, Bani, Hasabnia, Serebia, Hodia, Sebania ne Petahia teɛɛ mu frɛɛ ɔmanfo no se, “Monsɔre nkamfo Awurade, mo Nyankopɔn, efisɛ ɔte hɔ afebɔɔ!” Wɔtoaa so se, “Monkamfo ne din kronkron no. Ɛso sen sɛnea yebetumi adwene anaa yɛbɛka.
6 तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् ।
Wo nko ara ne Awurade. Wo na wobɔɔ ɔsoro ne ɔsoro mu soro ne nsoromma nyinaa. Wo na wobɔɔ asase ne nea ɛwɔ so nyinaa ne ɛpo ne nea ɛwɔ mu nyinaa. Wo na wokora biribiara so ma no nkwa, na ɔsoro abɔfo nyinaa som wo.
7 तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ जसले अब्रामलाई चुन्नुभयो, र तिनलाई कल्दीहरूको ऊरबाट ल्याउनुभयो, र तिनलाई अब्राहाम नाउँ दिनुभयो ।
“Woyɛ Awurade Nyankopɔn a wuyii Abram fii Ur a ɛwɔ Kaldea asase so, san too no din Abraham.
8 तपाईंले तिनको हृदय तपाईंको सामु विश्वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ ।
Odii wo nokware no, wo ne no yɛɛ apam sɛ, wode Kanaanfo, Hetifo, Perisifo Yebusifo ne Girgasifo asase bɛma ɔne nʼasefo. Na wudii wo bɔhyɛ so, efisɛ daa wudi wʼasɛm so.
9 तपाईंले मिश्रमा हाम्रा पिता-पुर्खाहरूको दुःख देख्नुभयो, र लाल समुद्रनेर तिनीहरूको क्रन्दन सुन्नुभयो ।
“Wuhuu amane ne awerɛhow a yɛn agyanom kɔɔ mu wɔ Misraim, na wotee wɔn su fi Po Kɔkɔɔ no ho.
10 तपाईंले फारो, तिनका सबै अधिकारी र तिनको देशका सबै जनताको सामु चिन्हहरू र आश्चर्यहरू गर्नुभयो किनकि मिश्रीहरूले इस्राएलीहरूको विरुद्धमा अहङ्कारी भएर व्यवहार गरेका थिए भनी तपाईं जान्नुहुन्थ्यो । तपाईंले आफ्नो निम्ति एउटा नाउँ राख्नुभयो जुन आजको दिनसम्म खडा छ ।
Woyɛɛ nsɛnkyerɛnne a ɛyɛ hu ne anwonwade kyerɛɛ Farao, nʼasomfo ne ne manfo nyinaa, efisɛ na wunim nhyɛso kwan a na Misraimfo no de wɔn fa so. Wowɔ anuonyam a ahyeta a ani mpa so da.
11 त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो ।
Wopaee po mu maa wo nkurɔfo, sɛnea wobetumi afa asase wosee so. Na wusum wɔn atamfo guu po bun mu. Wɔmemem sɛ abo wɔ bun a emu dɔ no ase.
12 तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।
Wonam omununkum fadum so dii yɛn agyanom anim awia ne ogya fadum so, dii wɔn anim anadwo sɛnea wobehu kwan.
13 तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो ।
“Wusian bepɔw Sinai, kasa kyerɛɛ wɔn fi ɔsoro. Wode mmara a ɛyɛ turodoo ne ahyɛde a ɛyɛ nokware brɛɛ wɔn.
14 तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो ।
Wokyerɛɛ wɔn mmara a ɛfa wo homeda kronkron ho. Na wonam wo somfo Mose so hyɛɛ wɔn sɛnea wonsi nni wʼahyɛde ne wo mmara no nyinaa so.
15 तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो ।
Bere a ɔkɔm dee wɔn no, womaa wɔn brodo a efi ɔsoro ne nsu a efi ɔbotan mu, bere a osukɔm dee wɔn no. Wohyɛɛ wɔn sɛ wɔnkɔfa asase a woaka ho ntam sɛ wode bɛma wɔn no.
16 तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।
“Nanso yɛn agyanom yɛɛ ahantan ne asoɔden, na wɔanni wʼahyɛde so.
17 तिनीहरूले सुन्न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्नुभएन ।
Wɔantie, na wɔankae wʼanwonwade a woyɛ maa wɔn no. Mmom, wɔtew atua yii ntuanoni sɛ ɔnsan mfa wɔn nkɔ wɔn nkoasom mu wɔ Misraim. Nanso woyɛ ɔdebɔnekyɛ, ahummɔbɔ ne ɔdomfo Nyankopɔn a wo bo kyɛ fuw na wʼadɔe dɔɔso. Enti woampo wɔn,
18 तिनीहरूले ढलौटे बाछा बनाएर 'तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्वर यही हो' भनी तिनीहरूले ठुलो ईश्वर-निन्दा गर्दा पनि
bere a wɔyɛɛ nantwi ba na wɔka se, ‘Oyi ne mo nyame a, oyii mo fii Misraim no.’ Wɔyɛɛ bɔne, kekaa abususɛm a ɛyɛ hu.
19 तपाईंले आफ्नो दयामा तिनीहरूलाई उजाड-स्थानमा त्याग्नुभएन । तिनीहरूलाई बाटोमा अगुवाइ गर्ने बादलको खाँबोले दिनमा तिनीहरूलाई छोडेन, न त तिनीहरूको यात्राको लागि प्रकाश दिने आगोको खाँबोले रातमा तिनीहरूलाई छोडे ।
“Nanso wo mmɔborɔhunu mu no, woannyaa wɔn amma wɔanwuwu wɔ sare no so. Omununkum fadum no kɔɔ so dii wɔn anim awia, na ogya fadum no kyerɛɛ wɔn kwan anadwo.
20 तिनीहरूलाई निर्देशन दिन तपाईंले तिनीहरूलाई आफ्नो असल आत्मा दिनुभयो, र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्न दिन रोक्नुभएन, र तिनीहरूको तिर्खा मेट्न तपाईंले तिनीहरूलाई पानी दिनुभयो ।
Wosomaa wo honhom pa no kyerɛɛ wɔn nea wɔnyɛ, na woannyae sɛ wobɛma wɔn brodo afi ɔsoro anaa nsu bere a osukɔm de wɔn.
21 चालिस वर्षसम्म उजाड-स्थानमा तपाईंले तिनीहरूलाई भोजन उपलब्ध गराउनुभयो, र तिनीहरूलाई कुनै थोकको कमी भएन । तिनीहरूका लुगा फाटिएनन्, र तिनीहरूका गोडा सुनिएनन् ।
Wohwɛɛ wɔn so mfe aduanan wɔ sare so. Saa bere no, biribiara anhia wɔn. Wɔn ntade antetew, na wɔn anan ase antaatae.
22 तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे ।
“Woboaa yɛn agyanom ma wodii ahemman akɛse ne aman bebree so, na wode wo nkurɔfo duaa aman no afanan nyinaa so. Wɔfaa ɔhene Sihon a ofi Hesbon ne Basanhene Og asase no nyinaa.
23 तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो ।
Womaa wɔn asefo dɔɔso sɛ ɔsoro nsoromma, na wode wɔn baa asase a woahyɛ wɔn agyanom ho bɔ no so.
24 त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
Wɔkɔfaa asase no. Wobrɛɛ aman no nyinaa ase wɔ wɔn anim. Na mpo, ahemfo ne Kanaanfo a wɔtenaa asase no so no tumi sae. Wo nkurɔfo ne wɔn dii no sɛnea wɔpɛ.
25 तिनीहरूले किल्लाबन्दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रुखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्द मनाए ।
Yɛn agyanom faa nkurow a wɔabɔ ho ban ne nsasebere no. Wɔfaa afi a nnepa wɔ mu ne asuten a wɔatutu dedaw no ne bobeturo ne ngofuw ne nnuabafuw no bebree. Enti wodidii ara kosii sɛ wɔdodɔ yɛɛ akɛse, na wɔn ani gyee wɔn ho wɔ wo nhyira mu.
26 तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्वर-निन्दा गरे ।
“Nanso eyinom nyinaa akyi no, wɔyɛɛ asoɔden, tew wʼanim atua. Wɔtow wo mmara no guu nkyɛn. Wokunkum adiyifo a wɔhyɛɛ wɔn nkuran sɛ wɔnsan mmra wo nkyɛn no, na wɔkaa abususɛm a ɛyɛ hu.
27 त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।
Enti wode wɔn hyɛɛ wɔn atamfo nsa. Nanso wɔn amanehunu mu no, wosu frɛɛ wo, na wutiee wɔn fi ɔsoro. Na ahummɔbɔ a ɛso mu na wosomaa agyefo a wogyee wɔn fii wɔn atamfo nsam.
28 तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो ।
“Nanso na nneɛma nyinaa rekɔ so yiye no, wo manfo san kɔɔ bɔne mu bio, na wosan maa wɔn atamfo dii wɔn so. Nanso bere biara a wo nkurɔfo besu afrɛ wo bio, apɛ mmoa no, wufi ɔsoro tiee wɔn bio. Wʼahummɔbɔ nwonwaso nti, wugyee wɔn ntoatoaso.
29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्न इन्का गरे ।
“Wobɔɔ wɔn kɔkɔ sɛ wɔnsan mmedi wo mmara no so, nanso wɔyɛɛ ahomaso ne asobrakye a wɔanni wʼahyɛde no so. Wɔanni wo mmara a sɛ nnipa di so a wɔnam so benya nkwa no so. Wɔnam ahomaso so, dan wɔn akyi kyerɛɛ wo a wɔampɛ sɛ wobetie wo.
30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।
Wo dɔ nti, wunyaa wɔn ho ntoboase mfe bebree. Wosomaa wo honhom ma ɔnam adiyifo so bɔɔ wɔn kɔkɔ faa wɔn bɔne ho. Nanso wɔantie. Enti womaa abosonsomfo a wɔwɔ asase yi so no ho kwan ma wodii wɔn so bio.
31 तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्वर हुनुहुन्छ ।
Nanso wo mmɔborɔhunu a ɛdɔɔso nti, woantɔre wɔn ase anaa woannyaa wɔn afebɔɔ. Woyɛ ɔdomfo ne ahummɔbɔ Nyankopɔn.
32 त्यसकारण, अब हे हाम्रा परमेश्वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।
“Afei, yɛn Nyankopɔn, ɔkɛse, otumfo ne ɔnwonwani Nyankopɔn a ne dɔ apam a ɔyɛe no ommu so, mma yɛn amanehunu a yɛkɔɔ mu no nyinaa nnyɛ ɔkwa wɔ wʼanim. Ɔhaw kɛse aba yɛn ne yɛn ahemfo, yɛn ahenemma ne asɔfo ne adiyifo ne yɛn agyanom so fi bere a Asiria ahemfo didii yɛn so nkonim, de besi saa bere yi.
33 हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्टतापूर्वक काम गरेका छौँ ।
Bere biara a wobɛtwe yɛn aso no, na ɛfata. Yɛayɛ bɔne kɛse a wotwe yɛn aso sɛnea ɛsɛ wɔ so.
34 हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।
Yɛn ahemfo, ahenemma, asɔfo, ne yɛn agyanom no anni wo mmara so anaa wʼahyɛde ne wo kɔkɔbɔ dennen no so.
35 तिनीहरूको आफ्नै राज्य हुँदा तपाईंले तिनीहरूलाई दिनुभएको विशाल र मलिलो देशमा तपाईंको महान् उदारतालाई तिनीहरूले उपभोग गर्दागर्दै पनि तिनीहरूले तपाईंको सेवा गरेनन्, न त तिनीहरूका दुष्ट मार्गहरूबाट फर्के ।
Mpo, bere a wɔn ankasa nyaa wɔn ahemman no, wɔansom wo wɔ bere a woahwie wʼayamye adom agu wɔn so no. Womaa wɔn nsase pa akɛse, nanso wɔannu wɔn ho amfi wɔn amumɔyɛsɛm ho.
36 हेर्नुहोस्, हामी दास भएका छौँ । अहिले हामी तपाईंले हाम्रा पिता-पुर्खाहरूलाई त्यसका फलहरू खान र त्यसका असल उब्जनीहरू उपभोग गर्नलाई दिनुभएको यही देशमा हामी दास भएका छौँ ।
“Enti mprempren, yɛyɛ nkoa wɔ asase a nnepa abu so wɔ so a wode maa yɛn agyanom no so. Dodow yi nyinaa mu, yɛyɛ nkoa.
37 हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्टमा छौँ!
Nnɔbae a ebu so boro so no nyinaa akodi ahemfo a esiane yɛn bɔne nti, woatu wɔn sɛ wɔnhwɛ yɛn so no nsam. Wɔwɔ yɛn ne yɛn anantwi so tumi. Yɛsom wɔn sɛnea wɔpɛ, na yɛwɔ ahokyere kɛse mu.
38 यी सबै कारणले गर्दा हामी लेखेर नै दृढ करार बाँध्दछौँ । छाप लगाइएको दस्तावेजमा हाम्रा राजकुमारहरू, लेवीहरू र पुजारीहरूका नाउँ हुन्छन् ।”
“Eyinom nyinaa nti, yɛnam kurukyerɛw so rehyɛ bɔ a emu yɛ den. Saa nsɔwano krataa yi mu na yɛn ahenemma ne Lewifo ne asɔfo din wɔ.”