< नहेम्याह 6 >

1 मैले पर्खाल पुनर्निर्माण गरेर सिद्ध्याएको र टाल्नुपर्ने कुनै भाग नरहेको कुरो कुरो सन्बलत, तोबिया र अरबी गेशेमसाथै हाम्रा बाँकी शत्रुहरूले सुने, यद्यपि मैले मूल ढोकाहरूका खापाहरू भने बनाइसकेको थिइनँ ।
Kad su Sanbalat, Tobija, Gešem Arapin i ostali naši neprijatelji dočuli da sam obnovio zid i da nije u njemu ostalo pukotine - do toga vremena nisam zapravo bio namjestio krila na vratima -
2 सन्बलत र गेशेमले मलाई यसो भनी खबर पठाए, “आऊ, हामी ओनोको मैदानको कतैतिर भेटघाट गरौँ ।” तर तिनीहरूले मेरो हानि गर्ने मनसाय बनाएका थिए ।
poručiše mi Sanbalat i Gešem: “Dođi da se sastanemo u Kefiri, u Dolini ononskoj.” Ali su mi oni zlo mislili.
3 मैले यसो भनी तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ, “मैले महान् काम गरिरहेकोले म आउन सक्दिनँ । मैले काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?”
Zato sam im poslao glasnike s ovim odgovorom: “Zauzet sam velikim poslom i ne mogu sići: posao bi zastao kad bih ga ostavio da dođem k vama!”
4 तिनीहरूले मकहाँ उही खबर चार पटक पठाए, र मैले प्रत्येक पटक तिनीहरूलाई उही जवाफ दिएँ ।
Četiri su mi puta slali isti poziv i ja sam im odvraćao isti odgovor.
5 उसै गरी सन्बलतले पाँचौँ पटक पनि मकहाँ तिनको सेवक पठाए, जसको हातमा खोलिएको चिट्ठी थियो ।
Tada, peti put, s istom nakanom, posla mi Sanbalat svoga slugu s otvorenim pismom.
6 त्यहाँ यस्तो लेखिएको थियो, “जाति-जातिहरूका बिचमा यस्तो खबर पुगेको छ र गेशेम पनि त्यही भन्छन्, कि तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ । त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ । तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन् ।
U njemu je pisalo: “Čuje se u narodima - a Gašmu potvrđuje - da se ti i Židovi spremate na bunu; zato da i gradiš zid i da želiš postati njihovim kraljem, kako vele.
7 यरूशलेममा तिम्रो बारेमा यो घोषणा गर्न तिमीहरूले अगमवक्ताहरू पनि नियुक्त गरेका छौ, 'यहूदामा राजा हुनुहुन्छ!' राजाले यी खबरहरू सुन्‍नेछन् भनी तिमी निश्‍चित हुन सक्छौ । त्यसकारण, आऊ र एक-अर्कासित कुराकानी गरौँ ।”
I da si postavio proroke da proglase tvoj uspjeh u Jeruzalemu i da kažu: Judeja ima kralja! Sada će ti glasovi stići kralju do ušiju: zato dođi da se posavjetujemo.”
8 तब मैले तिनीकहाँ यसो भनी खबर पठाएँ, “तिमीले भनेजस्ता कुनै पनि कुरा भएकै छैन, किनकि तिमीले आफ्नै ह्रदयमा ती रचेका हौ ।”
Ali sam mu ja odgovorio: “Ništa nije tako kao što tvrdiš; sve je to samo izmišljotina tvoga srca.”
9 तिनीहरू सबैले हामीलाई यस्तो सोच्न लगाई भयभीत पार्न चाहन्थे, “काम गर्नदेखि तिनीहरूले आफ्ना हात रोक्‍ने छन्, र यो काम सकिने थिएन ।” तर अब हे परमेश्‍वर, मेरा हात मजबुत पार्नुहोस् ।
Jer su nas oni htjeli uplašiti govoreći: “Klonut će im ruke od posla i neće ga završiti nikada.” A ja sam, naprotiv, ukrijepio ruke svoje!
10 म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो आफ्नै घरमा बन्दी बनाइएका थिए । तिनले भने, “हामी परमेश्‍वरको मन्दिरभित्र भेटौँ, र मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरूलाई तपाईंलाई मार्न आउँदै छन् । तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन् ।”
Pošao sam Šemaji, sinu Delaje, sina Mehetabelova, koji se bijaše zatvorio u svojoj kući. On mi objavi: “Nađimo se u Domu Božjemu, usred Hekala, i zatvorimo vrata Hekala jer će doći da te ubiju. Jest, još noćas doći će da te ubiju!”
11 मैले जवाफ दिएँ, “के मजस्तो मान्छे भाग्छ र? के मजस्तो मान्छे आफ्नै जीवन बचाउन मन्दिरभित्र जान सक्छ र? म भित्र जाने छैनँ ।”
A ja odgovorih: “Zar da bježi čovjek kao što sam ja? Koji čovjek, meni sličan, može ući u Hekal i ostati živ? Ne, ja ne idem.”
12 परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन, तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ । तोबिया र सन्बलतले तिनलाई भाडामा लिएका थिए ।
I tada razabrah: nije ga poslao Bog, nego mi je objavio proroštvo, jer su ga Tobija i Sanbalat podmitili,
13 तिनले भनेझैँ गरेर पाप गर्न र मेरो अपमान हुने गरी मेरो ख्याति बिगार्न तिनीहरूले तिनलाई भाडामा लिई मलाई डराउन चाहन्थे ।
da bih, uplašen, učinio onako te sagriješio. To bi im poslužilo da me ozloglase i da mi se rugaju!
14 हे मेरा परमेश्‍वर, तोबिया र सन्बलत अनि तिनीहरूले गरेका सबै कामलाई सम्झनुहोस् । साथै, मलाई डराउन खोज्ने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झनुहोस् ।
Sjeti se, Bože moj, Tobije i Sanbalata prema ovim njihovim djelima, a i proročice Noadje i ostalih proroka što me htjedoše uplašiti.
15 यसरी बाउन्‍न दिनपछि एलूल महिनाको पच्‍चिसौँ दिनमा पर्खालको काम समाप्‍त भयो ।
Zid je završen dvadeset i petog Elula, za pedeset i dva dana.
16 जब हाम्रा वरिपरि भएका हाम्रा सबै शत्रु र जातिहरूले यो सुने तिनीहरू डराए, तिनीहरू हतोत्साहित भए । किनकि हाम्रा परमेश्‍वरको मदतले यो काम गरिएको थियो भनी तिनीहरूलाई थाहा थियो ।
A kad su čuli svi naši neprijatelji i vidjeli svi pogani oko nas, bilo je to čudo u očima njihovim, jer su shvatili da je Bog naš učinio to djelo.
17 यस बेला यहूदाका कुलीनहरूले तोबियालाई धेरै चिट्ठीहरू पठाए, र तोबियाका चिट्ठीहरू पनि तिनीहरूकहाँ आए ।
A onih dana mnogi su židovski velikaši često slali svoja pisma Tobiji i mnoga su primali od Tobije.
18 किनकि यहूदामा कैयौँ मानिसहरू थिए जो तिनीसित शपथद्वारा बाँधिएका थिए किनकि तिनी आराका छोरा शकन्याहका जुवाइँ थिए । तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीसित विवाह गरेका थिए ।
Jer u Judeji bijahu mnogi s njime zakletvom povezani: tÓa bio je u rodu sa Šekanijom, sinom Arahovim, i sinom njegovim Johananom, koji je uzeo za ženu kćer Mešulama, sina Berekjina.
19 तिनीहरूले तिनका असल कार्यहरू पनि मलाई बताए, र मेरा कामहरू तिनलाई बताइदिए ।
I veličali su preda mnom njegova djela, a njemu prenosili moje riječi. Zato je Tobija i slao pisma da me uplaši.

< नहेम्याह 6 >