< नहेम्याह 5 >

1 तब मानिसहरू र तिनीहरूका पत्‍नीहरूले आफ्ना यहूदी मित्रहरूका विरुद्धमा ठुलो आवाज उठाए ।
To, sai maza da matansu suka tā da fara gunaguni mai tsanani a kan’yan’uwansu Yahudawa.
2 त्यहाँ केही मानिसहरू थिए जसले भने, “हाम्रा छोराछोरीहरूसमेत गर्दा हामी धेरै छौँ । हामीले खाएर बाँच्नलाई अन्‍न प्राप्‍त गरौँ ।”
Waɗansu suka ce, “Mu da’ya’yanmu maza da mata muna da yawa, muna bukatar hatsi domin mu ci mu rayu.”
3 त्यहाँ अरू केही मानिसहरू पनि थिए जसले भने, “अनिकालको समयमा अन्‍न प्राप्‍त गर्न हामी हाम्रा खेतहरू, हाम्रा दाखबारीहरू र हाम्रा घरहरू बन्धकमा राख्दै छौँ ।”
Waɗansu kuwa suka ce, “Saboda yunwa mun jinginar da gonakinmu, da gonakin inabinmu, da gidajenmu don mu sami hatsi.”
4 केहीले यसो पनि भने, “राजालाई हाम्रा खेतहरू र हाम्रा दाखबारीहरूको कर तिर्न हामीले पैसा सापट लिएका छौँ ।
Har illa yau waɗansu suka ce, “Mun ci bashin kuɗi don mu biya haraji a kan gonakinmu, da gonakin inabinmu.
5 तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्तै हुन्, र हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरूजस्तै हुन् । हाम्रा छोराछोरीहरूलाई कमारा-कमारी बन्‍नको लागि बेच्न हामी बाध्य छौँ । हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन् । अरू मानिसहरूले हाम्रा खेतहरू र हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन ।”
Ga shi kuwa, mu da su dangin juna ne,’ya’yanmu da nasu kuma ɗaya ne, duk da haka an tilasta mu mu sa’ya’yanmu mata da maza su zama bayi. Har ma an riga an bautar waɗansu daga cikin’ya’yanmu mata, amma ba mu da iko mu ce kome, domin gonakinmu da gonakin inabinmu suna a hannun waɗansu mutane.”
6 जब मैले तिनीहरूको रोदन र यी वचनहरू सुने म सार्‍है रिसाएँ ।
Sa’ad da na ji kukansu da waɗannan koke-koke, na husata ƙwarai.
7 तब मैले यस विषयमा सोचविचार गरेँ, अनि कुलीनहरू र अधिकारीहरूलाई दोष लगाएँ । मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ ।” मैले तिनीहरूको विरुद्धमा ठुलो भेला गराएँ,
Na yi tunaninsu a zuciyata sa’an nan na zargi manyan gari da shugabanni. Na ce musu, “Kuna musguna wa’yan’uwanku ta wurin ba su rance da ruwa!” Saboda haka na kira babban taro gaba ɗaya don a magance wannan.
8 र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन ।
Na ce, “Da dukan iyakar ƙoƙarinmu, mun fanshi’yan’uwanmu Yahudawan da aka sayar wa Al’ummai. Amma ga shi kuna sayar da’yan’uwanku ga Al’ummai, don kawai a sāke sayar mana da su!”
9 मैले यसो पनि भनेँ, “तिमीहरूले जे गरिरहेका छौ, त्यो ठिक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्‍न के तिमीहरू हाम्रा परमेश्‍वरोक डरमा चल्नुपर्दैन र?
Saboda haka na ci gaba na ce, “Abin da kuke yi a yanzu ba daidai ba ne. Bai kamata ku yi tafiya cikin tsoron Allahnmu don mu guji ba’ar Al’ummai abokan gābanmu ba?
10 मैले, मेरा दाजुभाइहरूले र मेरा सेवकहरूले तिनीहरूलाई रुपियाँ-पैसा र अन्‍न सापट दिँदै छौँ । तर हामीले यी ऋणमा ब्याज लगाउन रोक्‍नुपर्छ ।
Ni ma da’yan’uwana da kuma mutanena muna ba wa mutane bashin kuɗi da kuma hatsi. Sai mu daina sha’anin ba da rance da ruwa!
11 आजकै दिन तिमीहरूले तिनीहरूबाट लिएका तिनीहरूका खेतहरू, दाखबारीहरू, भद्राक्ष बारीहरू, तिनीहरूका घरहरू, रुपियाँ-पैसाको ब्याज, अन्‍न, नयाँ दाखमद्य र तेल फर्काइदेओ ।”
Yau sai ku mayar musu da gonakinsu, da gonakin inabinsu, da na zaitunsu, da gidajensu, da kashi ɗaya bisa ɗari na kuɗi, da na hatsi, da na ruwan inabi, da na mai, waɗanda kuka karɓa a wurinsu.”
12 तब तिनीहरूले भने, “हामीले तिनीहरूबाट लिएका चिजहरू फिर्ता गरिदिने छौँ, र हामी तिनीहरूबाट केही माग गर्दैनौँ । हामी तपाईंले भन्‍नुभएझैँ गर्ने छौँ ।” तब मैले पुजारीहरूलाई बोलाई तिनीहरूले भनेअनुसार गर्न तिनीहरूलाई शपथ खान लगाएँ ।
Suka ce, “Za mu mayar musu, kuma ba za mu bukaci wani abu daga gare su ba. Za mu yi yadda ka faɗa.” Sai na tattara firistoci na kuma sa manyan gari da shugabanni su yi rantsuwa don su yi abin da suka yi alkawari.
13 मैले आफ्नो खास्टोको गाँठो फुकाएर भनेँ, “आफ्नो प्रतिज्ञा पुरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्‍वरले यसरी नै फुकालिदेऊन् । त्यसलाई फुकाली रित्तो बनाइयोस् ।” सबै समुदायले भने, “आमेन,” अनि तिनीहरूले परमेश्‍वरको स्तुति गरे, र तिनीहरूले आ-आफूले प्रतिज्ञा गरेअनुसार गरे ।
Na kuma kakkaɓe hannuna, na ce, “Duk wanda ya karya wannan alkawari, haka Allah zai kakkaɓe shi daga gidansa da aikinsa. Allah zai kakkaɓe shi, yă wofintar da shi!” Da jin wannan, sai dukan taron suka ce, “Amin,” suka kuma yabi Ubangiji. Mutane kuwa suka yi kamar yadda suka yi alkawari.
14 म यहूदा देशको राज्यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बिसौँ वर्षदेखि बत्तिसौँ वर्षसम्म, जम्माजम्मी बार्‍ह वर्षसम्म मैले र मेरा दाजुभाइहरूले राज्यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ ।
Ban da haka ma, daga shekara ta ashirin ta Sarki Artazerzes, sa’ad da aka naɗa ni in zama gwamnansu a ƙasar Yahuda, har zuwa shekara ta talatin da biyu na mulkinsa, shekara sha biyu ke nan, ko ni, ko’yan’uwana, ba wanda ya ci abincin da akan ba wa gwamna.
15 तर मभन्दा अगिका राज्यपालहरूले मानिसहरूमाथि गर्‍हौँ बोझ लादिदिए, र तिनीहरूको दैनिक भोजनसाथै दाखमद्यको लागि मानिसहरूबाट चाँदीका चालिस सिक्‍का कर लिएका थिए । तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि थिचोमिचो गरे । तर परमेश्‍वरको भयको कारणले मैले त्यसो गरिनँ ।
Amma gwamnonin farko, waɗanda suka riga ni, sun ɗaura wa mutane kaya mai nauyi suka karɓi shekel arba’in na azurfa daga gare su haɗe da abinci da kuma ruwan inabi. Har bayin masu mulki ma sun nawaya wa mutane. Amma ni ban yi haka ba, saboda ina tsoron Allah.
16 मैले पर्खालको कामलाई पनि जारी राखेँ, र कुनै जग्गा जमिन किनिनँ, अनि मेरा सबै सेवक कामको लागि त्यहाँ जम्मा हुन्थे ।
A maimakon haka, na miƙa kaina ga aiki a kan wannan katanga. Na tattara dukan mutanena a can don aikin; ba mu samar wa kanmu wata gona ba.
17 हाम्रा वरिपरि भएका जाति-जातिहरूबाट आउने मानिसहरूबाहेक मेरो टेबुलमा यहूदीहरू र अधिकारीहरू गरी जम्मा १५० जना हुन्थे ।
Bugu da ƙari, Yahudawa da shugabanni ɗari da hamsin suna ci daga teburina, haka ma waɗanda suka zo wurinmu daga ƙasashen da suke kewaye.
18 एउटा गोरु, छवटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दस-दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो । यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो ।
Kowace rana akan shirya mini saniya ɗaya, zaɓaɓɓun tumaki shida da waɗansu kaji, kuma kowace kwana goma akan tanadar da ruwan inabi na kowane iri a yalwace. Duk da haka, ban taɓa nemi a ba ni abincin da akan ba wa gwamna ba, domin wahala ta yi wa jama’a yawa.
19 हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूलाई गरेका सबै कामको निम्ति मेरो भलाइ सोच्नुहोस् ।
Ka tuna da ni, ka yi mini alheri, ya Allah, saboda dukan abubuwan da na yi saboda waɗannan mutane.

< नहेम्याह 5 >