< नहेम्याह 5 >
1 तब मानिसहरू र तिनीहरूका पत्नीहरूले आफ्ना यहूदी मित्रहरूका विरुद्धमा ठुलो आवाज उठाए ।
Around this time some people and their wives started a tremendous argument with the other Jews.
2 त्यहाँ केही मानिसहरू थिए जसले भने, “हाम्रा छोराछोरीहरूसमेत गर्दा हामी धेरै छौँ । हामीले खाएर बाँच्नलाई अन्न प्राप्त गरौँ ।”
They were complaining, “Our families are so large we need more food so we can eat and live.”
3 त्यहाँ अरू केही मानिसहरू पनि थिए जसले भने, “अनिकालको समयमा अन्न प्राप्त गर्न हामी हाम्रा खेतहरू, हाम्रा दाखबारीहरू र हाम्रा घरहरू बन्धकमा राख्दै छौँ ।”
Others added, “We've had to mortgage our fields, our vineyards, and our homes to buy food during the famine.”
4 केहीले यसो पनि भने, “राजालाई हाम्रा खेतहरू र हाम्रा दाखबारीहरूको कर तिर्न हामीले पैसा सापट लिएका छौँ ।
Still more said, “We've had to borrow money on our fields and vineyards to pay the king's tax.
5 तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्तै हुन्, र हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरूजस्तै हुन् । हाम्रा छोराछोरीहरूलाई कमारा-कमारी बन्नको लागि बेच्न हामी बाध्य छौँ । हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन् । अरू मानिसहरूले हाम्रा खेतहरू र हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन ।”
Even though we are the same people as our creditors and though our children are the same as their children, yet we going to have to turn our sons and daughters into slaves. In fact some of our daughters have already been enslaved, but we can't do anything about it, because our fields and our vineyards are now owned by others.”
6 जब मैले तिनीहरूको रोदन र यी वचनहरू सुने म सार्है रिसाएँ ।
I became very angry when I heard them protesting their grievances.
7 तब मैले यस विषयमा सोचविचार गरेँ, अनि कुलीनहरू र अधिकारीहरूलाई दोष लगाएँ । मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ ।” मैले तिनीहरूको विरुद्धमा ठुलो भेला गराएँ,
I thought it over and then I went to argue with the nobles and officials, telling them, “You are charging your own brothers interest!” So I called a large meeting to deal with them.
8 र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन ।
There I told them, “We have done as much as we can to buy back our Jewish brothers who were sold to foreigners, but now you are selling your own brothers as slaves! Are you expecting to sell them back to us?” They kept quiet because they couldn't think of anything to say.
9 मैले यसो पनि भनेँ, “तिमीहरूले जे गरिरहेका छौ, त्यो ठिक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्न के तिमीहरू हाम्रा परमेश्वरोक डरमा चल्नुपर्दैन र?
“What you're doing isn't right,” I told them. “Don't you think you should respect our God so that enemy nations don't criticize us?
10 मैले, मेरा दाजुभाइहरूले र मेरा सेवकहरूले तिनीहरूलाई रुपियाँ-पैसा र अन्न सापट दिँदै छौँ । तर हामीले यी ऋणमा ब्याज लगाउन रोक्नुपर्छ ।
I, as well as my brothers and my men have been have been lending the people money and food. Please, let's stop this business of charging interest!
11 आजकै दिन तिमीहरूले तिनीहरूबाट लिएका तिनीहरूका खेतहरू, दाखबारीहरू, भद्राक्ष बारीहरू, तिनीहरूका घरहरू, रुपियाँ-पैसाको ब्याज, अन्न, नयाँ दाखमद्य र तेल फर्काइदेओ ।”
Give them back right now their fields, vineyards, olive groves, and houses, along with the one percent interest on the money, grain, new wine, and olive oil that you have been charging them.”
12 तब तिनीहरूले भने, “हामीले तिनीहरूबाट लिएका चिजहरू फिर्ता गरिदिने छौँ, र हामी तिनीहरूबाट केही माग गर्दैनौँ । हामी तपाईंले भन्नुभएझैँ गर्ने छौँ ।” तब मैले पुजारीहरूलाई बोलाई तिनीहरूले भनेअनुसार गर्न तिनीहरूलाई शपथ खान लगाएँ ।
“We will give it back,” they replied, “and we won't demand anything more from them. We'll do as you say.” So I summoned the priests and made the nobles and officials swear an oath that they'd do what they had promised.
13 मैले आफ्नो खास्टोको गाँठो फुकाएर भनेँ, “आफ्नो प्रतिज्ञा पुरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्वरले यसरी नै फुकालिदेऊन् । त्यसलाई फुकाली रित्तो बनाइयोस् ।” सबै समुदायले भने, “आमेन,” अनि तिनीहरूले परमेश्वरको स्तुति गरे, र तिनीहरूले आ-आफूले प्रतिज्ञा गरेअनुसार गरे ।
I shook out the folds of my robe and said, “This is how my God will shake you out of your homes and out of your possessions if you don't keep your promise! If you don't, you'll be shaken out and end up with nothing!” Everyone there said, “Amen,” and praised the Lord. The people did what they'd promised.
14 म यहूदा देशको राज्यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बिसौँ वर्षदेखि बत्तिसौँ वर्षसम्म, जम्माजम्मी बार्ह वर्षसम्म मैले र मेरा दाजुभाइहरूले राज्यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ ।
In addition to this, from the day King Artaxerxes appointed me as governor in the land of Judah, which was from his twentieth year until his thirty-second year, a total of twelve years, neither I nor my brothers ate the food which was allocated to the governor.
15 तर मभन्दा अगिका राज्यपालहरूले मानिसहरूमाथि गर्हौँ बोझ लादिदिए, र तिनीहरूको दैनिक भोजनसाथै दाखमद्यको लागि मानिसहरूबाट चाँदीका चालिस सिक्का कर लिएका थिए । तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि थिचोमिचो गरे । तर परमेश्वरको भयको कारणले मैले त्यसो गरिनँ ।
But the governors before me had placed a heavy burden on the people, taking forty shekels of silver from them as well as food and wine. Their assistants also extorted the people. But because of my respect for God I didn't act like that.
16 मैले पर्खालको कामलाई पनि जारी राखेँ, र कुनै जग्गा जमिन किनिनँ, अनि मेरा सबै सेवक कामको लागि त्यहाँ जम्मा हुन्थे ।
I also made rebuilding the wall my top priority, and I assigned all my workers to help with that. We didn't acquire any land for ourselves.
17 हाम्रा वरिपरि भएका जाति-जातिहरूबाट आउने मानिसहरूबाहेक मेरो टेबुलमा यहूदीहरू र अधिकारीहरू गरी जम्मा १५० जना हुन्थे ।
I had 150 Jews and officials eating at my table, as well as visitors from nearby countries.
18 एउटा गोरु, छवटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दस-दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो । यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो ।
Every day I paid for one ox, six good sheep, and poultry. Every ten days I paid for a large supply of all kinds of wine. But I never demanded the governor's food allowance, because the people were already carrying a heavy burden.
19 हे मेरा परमेश्वर, मैले यी मानिसहरूलाई गरेका सबै कामको निम्ति मेरो भलाइ सोच्नुहोस् ।
Please remember me positively, my God, for all that I've done for this people.