< नहेम्याह 12 >
1 शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्केर आएका पुजारीहरू र लेवीहरू यिनै हुन्:
シャルテルの子ゼルバベルおよびエシュアと一緒に上ってきた祭司とレビびとは次のとおりである。すなわちセラヤ、エレミヤ、エズラ、
2 सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्लूक, हत्तूश,
アマリヤ、マルク、ハットシ、
3 शकन्याह, रेहूम, मरेमोत,
シカニヤ、レホム、メレモテ、
4 इद्दो, गिन्नतोन, अबिया,
イド、ギンネトイ、アビヤ、
5 मियामीन, मदाहा, बिल्गा,
ミヤミン、マアデヤ、ビルガ、
6 शमायाह, योयारीब, यदायाह,
シマヤ、ヨヤリブ、エダヤ、
7 सल्लू, अमोक, हिल्कियाह र यदायाह । येशूअको समयमा पुजारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए ।
サライ、アモク、ヒルキヤ、エダヤで、これらの者はエシュアの時代に祭司およびその兄弟らのかしらであった。
8 लेवीहरू: येशूअ, बिन्नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्याह । मत्तन्याह आफ्ना सहयोगीहरूसँग धन्यवाद ज्ञापनका भजनहरूका जिम्मावाल थिए ।
レビびとではエシュア、ビンヌイ、カデミエル、セレビヤ、ユダ、マッタニヤで、マッタニヤはその兄弟らと共に感謝のことをつかさどった。
9 तिनका सहयोगीहरू बक्बुक्याह र उन्नीचाहिँ सेवामा तिनीहरूका सामुन्ने उभिन्थे ।
また彼らの兄弟であるバグブキヤおよびウンノは彼らの向かいに立って勤めをした。
10 येशूअ योयाकीमका पिता थिए । योयाकीम एल्यासीबका पिता थिए । एल्यासीब योयादाका पिता थिए ।
エシュアの子はヨアキム、ヨアキムの子はエリアシブ、エリアシブの子はヨイアダ、
11 योयादा जोनाथनका पिता थिए, र जोनाथन यद्दूअका पिता थिए ।
ヨイアダの子はヨナタン、ヨナタンの子はヤドアである。
12 योयाकीमको समयमा यी पुजारीहरू आ-आफ्ना परिवारका मुखिया थिए: सरायाहका परिवारका मरायाह, यर्मियाका हनन्याह,
ヨアキムの時代に祭司で氏族の長であった者はセラヤの氏族ではメラヤ、エレミヤの氏族ではハナニヤ、
13 एज्राका मशुल्लाम, अमर्याहका येहोहानान,
エズラの氏族ではメシュラム、アマリヤの氏族ではヨハナン、
14 मल्लूकका जोनाथन, शकन्याहका योसेफ,
マルキの氏族ではヨナタン、シバニヤの氏族ではヨセフ、
15 हारीमका अदना, मरेमोतका हल्कै ।
ハリムの氏族ではアデナ、メラヨテの氏族ではヘルカイ、
16 इद्दोका जकरिया, गिन्नतोनका मशुल्लाम,
イドの氏族ではゼカリヤ、ギンネトンの氏族ではメシュラム、
17 अबियाका जिक्री, मिन्यामीन र मोदाहाका पिल्तै,
アビヤの氏族ではジクリ、ミニヤミンの氏族、モアデヤの氏族ではピルタイ、
18 बिल्गाका शम्मूअ, शमायाहका यहोनातान,
ビルガの氏族ではシャンマ、シマヤの氏族ではヨナタン、
19 योयारीबका मत्तनै, यदायाहका उज्जी,
ヨヤリブの氏族ではマッテナイ、エダヤの氏族ではウジ、
20 सल्लूका कल्लै, अमोकका एबेर,
サライの氏族ではカライ、アモクの氏族ではエベル、
21 हिल्कियाहका हशब्याह, यदायाहका नतनेल ।
ヒルキヤの氏族ではハシャビヤ、エダヤの氏族ではネタンエルである。
22 एल्यासीब, योयादा, योहानान र यद्दूअका समयका लेवीहरूका परिवारहरू तथा पुजारीका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए ।
レビびとについては、エリアシブ、ヨイアダ、ヨハナンおよびヤドアの時代に、その氏族の長たちが登録された。また祭司たちもペルシャ王ダリヨスの治世まで登録された。
23 लेवी परिवारका मुखियाहरूका नाउँचाहिँ एल्यासीबका छोरा योहानानको पालासम्मै इतिहासको पुस्तकमा लेखिएका थिए ।
レビの子孫で氏族の長たる者は、エリアシブの子ヨハナンの世まで歴代志の書にしるされている。
24 लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।
レビびとのかしらはハシャビヤ、セレビヤおよびカデミエルの子エシュアであって、その兄弟たち相向かい合い、組と組と対応して神の人ダビデの命令に従い、さんびと感謝をささげた。
25 मत्तन्याह, बक्बुक्याह, ओबदिया, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ मूल ढोकानेर भएका भण्डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए ।
マツタニヤ、バクブキヤ、オバデヤ、メシュラム、タルモンおよびアックブは門を守る者で門の内の倉を監督した。
26 तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्त्री एज्राको पालोमा सेवा गरे ।
これらはヨザダクの子エシュアの子ヨアキムの時代、また総督ネヘミヤおよび学者である祭司エズラの時代にいた人々である。
27 यरूशलेमको पर्खालको अर्पणको बेलामा धन्यवाद ज्ञापन दिँदै अनि झ्याली, वीणा र सारङ्गी बजाउँदै आनन्दसाथ अर्पणको उत्सव मनाउन मानिसहरूले लेवीहरू जहाँसुकै बसेका भए तापनि तिनीहरूको खोजी गरे ।
さてエルサレムの城壁の落成式に当って、レビびとを、そのすべての所から招いてエルサレムにこさせ、感謝と、歌と、シンバルと、立琴と、琴とをもって喜んで落成式を行おうとした。
28 यरूशलेम वरिपरिको जिल्ला र नतोपातीहरूका गाउँहरूबाट गायकहरू सँगै भेला भए ।
そこで、歌うたう人々はエルサレムの周囲の地方、ネトパびとの村々から集まってきた。
29 तिनीहरू बेथ-गिलगाल, गेबा र अज्मावेतका क्षेत्रहरूबाट पनि आए किनकि गायकहरूले यरूशलेमको वरिपरि आफ्ना लागि गाउँहरू बनाएका थिए ।
またベテギルガルおよびゲバとアズマウテの地方からも集まってきた。この歌うたう者たちはエルサレムの周囲に自分の村々を建てていたからである。
30 पुजारी र लेवीहरूले आ-आफूलाई शुद्ध पारे, अनि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे ।
そして祭司とレビびとたちは身を清め、また民およびもろもろの門と城壁とを清めた。
31 तब मैले यहूदाका अगुवाहरूलाई पर्खालको माथि जान लगाएँ, र धन्यवाद दिन मैले दुईवटा ठुला-ठुला गायन-झुण्ड नियुक्त गरेँ । एउटा झुण्ड दाहिनेतिर पर्खालमा फोहोर ढोकामा गयो ।
そこでわたしはユダのつかさたちを城壁の上にのぼらせ、また感謝する者の二つの大きな組を作って、行進させた。その一つは城壁の上を右に糞の門をさして進んだ。
32 होशयाह र यहूदाका आधा अगुवाहरूले तिनीहरूलाई पछ्याए,
そのあとに従って進んだ者はホシャヤ、およびユダのつかさたちの半ば、
33 अनि अजर्याह, एज्रा, मशुल्लाम,
ならびにアザリヤ、エズラ、メシュラム、
34 यहूदा, बेन्यामीन, शमायाह र यर्मिया तिनीहरूको पछि लागे ।
ユダ、ベニヤミン、シマヤ、エレミヤであった。
35 साथै, तुरहीहरू बोकेर केही पुजाहारीहरूका छोराहरू र जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा, जो आसापका छोरा थिए, तिनीहरू पनि पछि लागे ।
また数人の祭司がラッパをもって従った。すなわちヨナタンの子ゼカリヤ。ヨナタンはシマヤの子、シマヤはマッタニヤの子、マッタニヤはミカヤの子、ミカヤはザックルの子、ザックルはアサフの子である。
36 त्यहाँ जकरियाका नातेदारहरू अर्थात् शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी पनि परमेश्वरका जन दाऊदका साङ्गीतिक साधनहरू बोकेर आएका थिए । शास्त्री एज्रा सबैभन्दा अगाडि थिए ।
またゼカリヤの兄弟たちシマヤ、アザリエル、ミラライ、ギラライ、マアイ、ネタンエル、ユダ、ハナニなどであって、神の人ダビデの楽器を持って従った。そして学者エズラは彼らの先に進んだ。
37 तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढीहरूबाट सिधै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको दरबार पार गरी पूर्वतिर अवस्थित पानी ढोकासम्मै गए ।
彼らは泉の門を経て、まっすぐに進み、城壁の上り口で、ダビデの町の階段から上り、ダビデの家の上を過ぎて東の方、水の門に至った。
38 धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो । मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ । यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म,
他の一組の感謝する者は左に進んだ。わたしは民の半ばと共に彼らのあとに従った。そして城壁の上を行き、炉の望楼の上を過ぎて、城壁の広い所に至り、
39 र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेडा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अडिए ।
エフライムの門の上を通り、古い門を過ぎ、魚の門およびハナネルの望楼とハンメアの望楼を過ぎて、羊の門に至り、近衛の門に立ち止まった。
40 यसरी धन्यवाद दिनेहरूका यी दुवै गायन-झुण्ड परमेश्वरको मन्दिरमा आ-आफ्नो स्थानमा बसे, र म पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ ।
こうして二組の感謝する者は神の宮にはいって立った。わたしもそこに立ち、つかさたちの半ばもわたしと共に立った。
41 त्यसपछि पुजारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्याह तुरहीहरू बोकेर आ-आफ्नो स्थानमा बसे ।
また祭司エリアキム、マアセヤ、ミニヤミン、ミカヤ、エリオエナイ、ゼカリヤ、ハナニヤらはラッパを持ち、
42 साथै, मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एसेर पनि त्यहाँ थिए । गायकहरूले तिनीहरूका अगुवा यिज्रहियाहको निर्देशनमा गाए ।
マアセヤ、シマヤ、エレアザル、ウジ、ヨハナン、マルキヤ、エラムおよびエゼルも共にいた。そして歌うたう者たちは声高く歌った。エズラヒヤはその監督であった。
43 त्यस दिन तिनीहरूले ठुला-ठुला बलिदानहरू चढाए, र आनन्द मनाए, किनकि परमेश्वरले तिनीहरूलाई बडो आनन्द मनाउन दिनुभएको थियो । स्त्रीहरू र बालबालिकाहरूले पनि आनन्द मनाए । यसरी यरूशलेमको आनन्द टाढा-टाढासम्म सुन्न सकिन्थ्यो ।
こうして彼らはその日、大いなる犠牲をささげて喜んだ。神が彼らを大いに喜び楽しませられたからである。女子供までも喜んだ。それでエルサレムの喜びの声は遠くまで聞えた。
44 त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्न भए जो तिनीहरूका सामु खडा थिए ।
その日、倉のもろもろのへやをつかさどる人々を選び、ささげ物、初物、十分の一など律法の定めるところの祭司およびレビびとの分を町々の田畑にしたがって取り集めて、へやに入れることをつかさどらせた。これは祭司およびレビびとの仕えるのを、ユダびとが喜んだからである。
45 दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्यसै गरे ।
彼らはダビデおよびその子ソロモンの命令に従って、神の勤めおよび清め事の勤めをした。歌うたう者および門を守る者もそのように行った。
46 किनकि धेरै पहिले दाऊद र आसापको समयमा गायकहरूका निर्देशकहरू थिए, र त्यहाँ परमेश्वरको निम्ति प्रशंसासाथै धन्यवाद ज्ञापन हुन्थ्यो ।
昔ダビデおよびアサフの日には、歌うたう者のかしらがひとりいて、神にさんびと感謝をささげる事があった。
47 यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।
またゼルバベルの日およびネヘミヤの日には、イスラエルびとはみな歌うたう者と門を守る者に日々の分を与え、またレビびとに物を聖別して与え、レビびとはまたこれを聖別してアロンの子孫に与えた。