< नहेम्याह 11 >
1 मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दस जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्नलाई चिट्ठा हाले, अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे ।
Hovdingarne budde i Jerusalem. Hitt folket drog strå, soleis at tiande kvar mann skulde bu i Jerusalem, den heilage byen, og ni tiandepartar skulde bu i dei hine byarne.
2 तब राजीखुसीले यरूशलेममा बस्ने दिने सबैलाई मानिसहरूले आशीर्वाद दिए ।
Folket velsigna alle dei mennerne som friviljugt busette seg i Jerusalem.
3 यरूशलेममा बस्ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।
Dette er dei hovdingarne i jarleriket som budde i Jerusalem; men i Juda-byarne budde kvar i sin by der han hadde sin eigedom, vanlege israelitar, prestar, levitar, tempelsveinarne og søner etter Salomos trælar.
4 यहूदा कुलका केही सन्तानहरू र बेन्यामीन कुलका केही मानिसहरूचाहिँ यरूशलेममा नै बसे । यहूदाका मानिसहरू यी नै हुन्: फारेसको परिवारका अतायाह, जो उज्जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महलालेलका छोरा थिए ।
I Jerusalem budde nokre av Juda-sønerne og av Benjamins-sønerne. Av Juda-sønerne: Ataja, son åt Uzzia, son åt Zakarja, son åt Amarja, son åt Sefatja, son åt Mahalalel, av Peres-sønerne,
5 शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए ।
og Ma’aseja, son åt Baruk, son åt Kol-Hoze, son åt Hazaja, son åt Adaja, son åt Jojarib, son åt Zakarja, son åt siloniten.
6 यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए ।
Peres-sønerne i Jerusalem, var i alt fire hundrad og åtte og seksti stridsmenner.
7 बेन्यामीनका सन्तानहरू यी नै हुन्: सल्लू, जो मशुल्लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए,
Og dette var Benjamins-sønerne: Sallu, son åt Mesullam, son åt Joed, son åt Pedaja, son åt Kolaja, son åt Ma’aseja, son åt Itiel, son åt Jesaja,
8 र तिनका पछि लाग्नेहरू गब्बै र सल्लै– सबै जम्मा ९२८ जना थिए ।
og etter honom Gabbai-Sallai, i alt ni hundrad og åtte og tjuge.
9 जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका प्रमुख अधिकृत थिए, र हस्सेनूअका छोरा यहूदा दोस्रो जिल्लाको हेर-विचार गर्ने अधिकृत थिए ।
Joel Zikrison var formannen deira, og Juda Hassenuason var den næst øvste i byen.
10 पूजाहारीहरूबाट: यदायाह, योयारीबका छोरा, याकीन,
Av prestarne: Jedaja Jojaribsson, Jakin
11 सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्वरका मन्दिरको देखरेख गर्ने मुख्य अधिकृत अहीतूबका छोरा थिए,
og Seraja, son åt Hilkia, son åt Mesullam, son åt Sadok, son åt Merajot, son åt Ahitub, den øvste i Guds hus,
12 र मन्दिरको निम्ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्मा ८२२ जना मानिस थिए । अदायाह, जो यरोहामका छोरा, जो पेलाल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए ।
og brørne deira, som gjorde tenesta i Guds hus, åtte hundrad og tvo og tjuge i alt, og Adaja, son åt Jeroham, son åt Pelalja, son åt Amsi, son åt Zakarja, son åt Pashur, son åt Malkia,
13 तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए– सबै जम्मा २४२ जना थिए । अमाश्शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए,
og brørne hans, ættehovdingar, tvo hundrad og tvo og fyrti, og Amassai, son åt Azarel, son åt Ahzai, son åt Mesillemot, son åt Immer,
14 र तिनका दाजुभाइहरू जो योग्य मानिसहरू थिए– सबै जम्मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलीमका छोरा जब्दीएल थिए ।
og brørne deira, hundrad og åtte og tjuge dugande menner. Formannen deira var Zabdiel, son åt Haggedolim.
15 लेवीहरूबाट: शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्नीका छोरा थिए ।
Av levitarne: Semaja, son åt Hassub, son åt Azrikam, son åt Hasabja, son åt Bunni,
16 लेवीहरूका दुई जना अगुवाहरू सब्बतै र योजाबाद थिए, जो परमप्रभुको मन्दिरको बाहिरका कामका जिम्मावाल थिए ।
og Sabbetai og Jozabad, levithøvdingar som styrde med utearbeidet ved Guds hus,
17 मत्तन्याह, जो मीयकाका छोरा, जो जब्दीका छोरा, जो आसापका छोरा थिए । तिनी स्तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए । तिनका दाजुभाइहरूमध्ये दोस्रो स्थान लिने बक्बुक्याह थिए । अब्दा, जो शम्मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए ।
og Mattanja, son åt Mika, son åt Zabdi, son åt Asaf, fyresongaren, han som tok i med lovsongen i bøni, og Bakbukja, næst-høgst av brørne hans, og Abda, son åt Sammua, son åt Galal, son åt Jedutun.
18 पवित्र सहरमा लेवीहरूको सङ्ख्या जम्मा २८४ थियो ।
Levitarne i den heilage byen var i alt tvo hundrad og fire og åtteti.
19 द्वारपालहरू: अक्कूब, तल्मोन र तिनीहरूका सहयोगीहरू सबै जम्मा १७२ जना थिए, जो मूल ढोकामा पहरा बस्थे ।
Og portvaktarane: Akkub, Talmon og brørne deira, som heldt vakt ved portarne, i alt hundrad og tvo og sytti.
20 बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरू यहूदाका सबै सहरहरूमा बसोबास गरे । हरेक आ-आफ्नै पुर्खाका अधिकारको जग्गामा बसे ।
Dei andre israelitarne, prestarne og levitarne budde i alle dei andre byarne i Juda, kvar på sin eigedom.
21 मन्दिरका सेवकहरू ओफेल डाँडामा बसे, अनि सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए ।
Men tempelsveinarne budde på Ofel, og Siha og Gispa var formennerne deira.
22 यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्जी थिए, जो बानीका छोरा, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीयकाका छोरा थिए । उज्जीचाहिँ आसापका सन्तान थिए । ती आसापका सन्तानहरू परमेश्वरको मन्दिरका सेवाको निम्ति गाउने जिम्मा लिएकाहरू थिए ।
Levit-formannen i Jerusalem, ved tenesta i Guds hus, var Uzzi, son åt Bani, son åt Hasabja, son åt Mattanja, son åt Mika, av Asafs-sønerne, songarane.
23 तिनीहरू राजाको आदेशमुनि थिए, र हरेक दिनको आवश्यकताअनुसार ती गायकहरूलाई कडा आदेश दिइन्थ्यो ।
Eit kongebod var gjeve um deim, og ein fast skipnad sett åt songarane for kvar dag.
24 मानिसहरूका सबै कामकाजको सम्बन्धमा राजाको तर्फबाट पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए ।
Petahja, son åt Mesezabel, av sønerne åt Zerah Judason, målbar for kongen alle saker som galdt folket.
25 गाउँहरू र तिनीहरूका खेतहरूको सम्बन्धमा यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका गाउँहरू, अनि दीबोन र त्यसका गाउँहरू, अनि यकब्सेल र त्यसका गाउँहरू,
Og ute på landsbygdi budde og ein part av Juda-ætti: i Kirjat-Arba og bygderne der ikring, i Dibon og bygderne der ikring, og i Jekabse’el med sine grender,
26 येशूअ, मोलादा, बेथ-पालेत,
i Jesua og Molada og Bet-Pelet,
27 हसरशूआल, बेर्शेबा र त्यसका गाउँहरू,
i Hasar-Sual, i Be’erseba med sine bygder,
28 सिक्लग, मकोना र त्यसका गाउँहरू,
og i Siklag, og i Mekona med sine bygder,
29 एन-रिम्मोन, सोरा, यर्मूत,
i En-Rimmon og Sora og Jarmut,
30 जानोह, अदुल्लाम र त्यसका गाउँहरू, लाकीश र त्यसका खेतहरू, र आजेका र त्यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्नोमको बेँसीसम्म देश बसे ।
Zanoah, Adullam og bygderne ikring deim, i Lakis og bumarki som høyrde til, og i Azeka med sine bygder. Dei busette seg frå Be’erseba til Hinnomsdalen.
31 बेन्यामीनका गेबाबाटका सन्तानहरूचाहिँ मिकमाश, अय्या, बेथेल र त्यसका गाउँहरू,
Benjamins-sønerne hadde sine bustader frå Geba: i Mikmas og Ajja, i Betel med sine bygder,
Hadid, Sebojim, Neballat,
35 लोद, ओनो र कारिगरहरूको बेँसीमा बसे ।
Lod og Ono, Handverkardalen.
36 यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए ।
Nokre skift av levitarne som høyrde til Juda, busette seg i Benjamin.