< नहेम्याह 11 >

1 मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दस जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्‍नलाई चिट्ठा हाले, अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे ।
To, fa, shugabannin mutane suka zauna a Urushalima, sauran mutanen kuma suka jefa ƙuri’a don su kawo mutum ɗaya daga kowane mutum goma don su zauna a Urushalima, birni mai tsarki, yayinda sauran tara suka zauna a garuruwansu.
2 तब राजीखुसीले यरूशलेममा बस्‍ने दिने सबैलाई मानिसहरूले आशीर्वाद दिए ।
Sai mutane suka yaba wa dukan mutanen da suka ba da kansu da yardar rai su zauna a Urushalima.
3 यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।
Waɗannan su ne shugabannin yankuna waɗanda suka zauna a Urushalima (ko da yake waɗansu Isra’ilawa, da firistoci, da Lawiyawa, da ma’aikatan haikali, da zuriyar bayin Solomon, suka yi zama a cikin garuruwan Yahuda, kowanne a mallakarsa cikin garuruwa dabam-dabam,
4 यहूदा कुलका केही सन्तानहरू र बेन्यामीन कुलका केही मानिसहरूचाहिँ यरूशलेममा नै बसे । यहूदाका मानिसहरू यी नै हुन्: फारेसको परिवारका अतायाह, जो उज्‍जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्‍याहका छोरा, जो महलालेलका छोरा थिए ।
yayinda sauran mutane daga Yahuda da Benyamin suka zauna a Urushalima). Daga zuriyar Yahuda akwai, Atahiya ɗan Uzziya, ɗan Zakariya, ɗan Amariya, ɗan Shefatiya, ɗan Mahalalel, wani zuriyar Ferez;
5 शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए ।
da Ma’asehiya ɗan Baruk, ɗan Kol-Hoze, ɗan Hazahiya, ɗan Adahiya, ɗan Yohiyarib, ɗan Zakariya, zuriyar Shela.
6 यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए ।
Zuriyar Ferez waɗanda suka zauna a Urushalima sun kai ɗari huɗu da sittin da takwas, dukansu kuwa muhimman mutane ne.
7 बेन्‍यामीनका सन्‍तानहरू यी नै हुन्: सल्‍लू, जो मशुल्‍लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए,
Daga zuriyar Benyamin akwai, Sallu ɗan Meshullam, ɗan Yowed, ɗan Fedahiya, ɗan Kolahiya, ɗan Ma’asehiya, ɗan Itiyel, ɗan Yeshahiya,
8 र तिनका पछि लाग्‍नेहरू गब्‍बै र सल्‍लै– सबै जम्‍मा ९२८ जना थिए ।
da mabiyansa, Gabbai da Sallai, mutum 928.
9 जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका प्रमुख अधिकृत थिए, र हस्‍सेनूअका छोरा यहूदा दोस्रो जिल्‍लाको हेर-विचार गर्ने अधिकृत थिए ।
Yowel ɗan Zikri ne babban shugabansu, Yahuda kuma ɗan Hassenuwa, ya shugabanci Yanki na Biyu na birni.
10 पूजाहारीहरूबाट: यदायाह, योयारीबका छोरा, याकीन,
Daga firistoci akwai, Yedahiya ɗan Yohiyarib, da Yakin,
11 सरायाह, जो हिल्‍कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्‍वरका मन्दिरको देखरेख गर्ने मुख्य अधिकृत अहीतूबका छोरा थिए,
da Serahiya ɗan Hilkiya, ɗan Meshullam, ɗan Zadok, ɗan Merahiyot, ɗan Ahitub, mai lura da abubuwa a cikin gidan Allah,
12 र मन्‍दिरको निम्‍ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्‍मा ८२२ जना मानिस थिए । अदायाह, जो यरोहामका छोरा, जो पेलाल्‍याहका छोरा, जो अम्‍सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए ।
tare da’yan’uwansu waɗanda suke aiki domin haikali, su 822 ne. Akwai kuma Adahiya ɗan Yeroham, ɗan Felaliya, ɗan Amzi, ɗan Zakariya, ɗan Fashhur, ɗan Malkiya,
13 तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए– सबै जम्‍मा २४२ जना थिए । अमाश्‍शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्‍मेरका छोरा थिए,
da’yan’uwansa waɗanda suke shugabannin iyalai, su 242. Sai kuma Amashsai ɗan Azarel, ɗan Ahzai, ɗan Meshillemot, ɗan Immer,
14 र तिनका दाजुभाइहरू जो योग्‍य मानिसहरू थिए– सबै जम्‍मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्‍गदोलीमका छोरा जब्‍दीएल थिए ।
da’yan’uwansa, su 128 ne muhimman mutane. Babban shugabansu shi ne Zabdiyel ɗan Haggedolim.
15 लेवीहरूबाट: शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो बुन्‍नीका छोरा थिए ।
Daga Lawiyawa kuwa akwai, Shemahiya ɗan Hasshub, ɗan Azrikam, ɗan Hashabiya, ɗan Bunni,
16 लेवीहरूका दुई जना अगुवाहरू सब्‍बतै र योजाबाद थिए, जो परमप्रभुको मन्दिरको बाहिरका कामका जिम्‍मावाल थिए ।
da Shabbetai, da kuma Yozabad, biyu cikin shugabanni Lawiyawa waɗanda suke da nawayar aiki waje da gidan Allah.
17 मत्तन्‍याह, जो मीयकाका छोरा, जो जब्‍दीका छोरा, जो आसापका छोरा थिए । तिनी स्‍तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए । तिनका दाजुभाइहरूमध्‍ये दोस्रो स्‍थान लिने बक्‍बुक्‍याह थिए । अब्‍दा, जो शम्‍मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए ।
Sai kuma Mattaniya ɗan Mika, ɗan Zabdi, ɗan Asaf, shugaban da yake bi da hidimar godiya da kuma addu’a. Sai Bakbukiya, na biyu a cikin’yan’uwansa; da Abda ɗan Shammuwa, ɗan Galal, ɗan Yedutun.
18 पवित्र सहरमा लेवीहरूको सङ्ख्‍या जम्‍मा २८४ थियो ।
Lawiyawan da suke cikin birni mai tsarki sun kai 284.
19 द्वारपालहरू: अक्‍कूब, तल्‍मोन र तिनीहरूका सहयोगीहरू सबै जम्‍मा १७२ जना थिए, जो मूल ढोकामा पहरा बस्‍थे ।
Matsaran ƙofofi kuwa su ne, Akkub, da Talmon, da’yan’uwansu waɗanda suke tsaron ƙofofi, su 172 ne.
20 बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरू यहूदाका सबै सहरहरूमा बसोबास गरे । हरेक आ-आफ्‍नै पुर्खाका अधिकारको जग्‍गामा बसे ।
Sauran Isra’ilawa tare da firistoci, da Lawiyawa sun kasance a dukan garuruwan Yahuda, kowanne a mallakar kakansa.
21 मन्‍दिरका सेवकहरू ओफेल डाँडामा बसे, अनि सीहा र गिश्‍पा तिनीहरूका जिम्‍मावाल थिए ।
Ma’aikatan haikali sun zauna a kan tudun Ofel. Ziha, da Gishfa ne suke lura da su.
22 यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्‍जी थिए, जो बानीका छोरा, जो हशब्‍याहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीयकाका छोरा थिए । उज्‍जीचाहिँ आसापका सन्‍तान थिए । ती आसापका सन्‍तानहरू परमेश्‍वरको मन्दिरका सेवाको निम्‍ति गाउने जिम्‍मा लिएकाहरू थिए ।
Babban shugaban Lawiyawa a Urushalima shi ne Uzzi ɗan Bani, ɗan Hashabiya, ɗan Mattaniya, ɗan Mika. Uzzi yana ɗaya daga zuriyar Asaf, waɗanda suke mawaƙan da suke da nawayar hidima a gidan Allah.
23 तिनीहरू राजाको आदेशमुनि थिए, र हरेक दिनको आवश्यकताअनुसार ती गायकहरूलाई कडा आदेश दिइन्थ्यो ।
Mawaƙa sun bi umarnan sarki, a kan abin da za su yi kowace rana.
24 मानिसहरूका सबै कामकाजको सम्बन्धमा राजाको तर्फबाट पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए ।
Fetahahiya ɗan Meshezabel, ɗaya daga zuriyar Zera ɗan Yahuda ne, wakilin sarki cikin dukan al’amuran da suka shafi mutane.
25 गाउँहरू र तिनीहरूका खेतहरूको सम्बन्धमा यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका गाउँहरू, अनि दीबोन र त्यसका गाउँहरू, अनि यकब्सेल र त्यसका गाउँहरू,
Game da ƙauyukan da filayensu, waɗansu mutanen Yahuda suka zauna a Kiriyat Arba da ƙauyukanta, da Dibon da ƙauyukanta, da Yekabzeyel da ƙauyukanta.
26 येशूअ, मोलादा, बेथ-पालेत,
Akwai su kuma a Yeshuwa, da Molada, da Bet-Felet,
27 हसरशूआल, बेर्शेबा र त्‍यसका गाउँहरू,
da Hazar Shuwal, da Beyersheba da ƙauyukanta.
28 सिक्‍लग, मकोना र त्‍यसका गाउँहरू,
Akwai su a Ziklag, da Mekona da ƙauyukanta.
29 एन-रिम्‍मोन, सोरा, यर्मूत,
Suna nan kuma a En Rimmon, da Zora, da Yarmut,
30 जानोह, अदुल्‍लाम र त्‍यसका गाउँहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍म देश बसे ।
da Zanowa, da Adullam da ƙauyukansu, da Lakish da gonakinta, da kuma Azeka da ƙauyukanta. Saboda haka sun yi zama tun daga Beyersheba har zuwa Kwarin Hinnom.
31 बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका गाउँहरू,
Zuriyar mutanen Benyamin daga Geba sun zauna a Mikmash, da Aiya, da Betel da ƙauyukanta,
32 अनातोत, नोब र हननिया,
da Anatot, da Nob, da Ananiya,
33 हासोर, रामा, गित्तैम,
da Hazor, da Rama, da Gittayim,
34 हादीद, सबोयीम, नबलत,
da Hadid, da Zeboyim, da Neballat,
35 लोद, ओनो र कारिगरहरूको बेँसीमा बसे ।
da Lod, da Ono, da kuma a Kwarin Masu sana’a.
36 यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए ।
Waɗansu gundumomin Lawiyawan Yahuda sun zauna a Benyamin.

< नहेम्याह 11 >