< नहेम्याह 10 >
1 सहीछाप लाउनेहरूका नाउँ यिनै थिए: हकल्याहका छोरा राज्यपाल नहेम्याह, सिदकियाह,
signatores autem fuerunt Neemias Athersatha filius Achelai et Sedecias
2 सरायाह, अजर्याह, यर्मिया,
Saraias Azarias Hieremias
3 पशहूर, अमर्याह, मल्कियाह,
Phessur Amaria Melchia
4 हत्तूश, शबन्याह, मल्लूक,
Attus Sebenia Melluc
6 दानिएल, गिन्नतोन, बारूक,
Danihel Genton Baruch
7 मशुल्लाम, अबिया, मियामीन,
Mosollam Abia Miamin
8 माज्याह, बिल्गै, र शमायाह । यिनीहरूचाहिँ पुजारी थिए ।
Mazia Belga Semaia hii sacerdotes
9 लेवीहरू: अजन्याहका छोरा येशूअ, हेनादादका छोरा बिन्नूई, कादमीएल,
porro Levitae Iosue filius Azaniae Bennui de filiis Enadad Cedmihel
10 र तिनीहरूका दाजुभाइहरू शबन्याह, होदियाह, कलीता, पलयाह, हानान,
et fratres eorum Sechenia Odevia Celita Phalaia Anan
11 मीयका, रहोब, हशब्याह,
Micha Roob Asebia
12 जक्कूर, शरेबियाह, शबन्याह,
Zacchur Serebia Sabania
13 होदियाह, बानी, र बनीनू ।
Odia Bani Baninu
14 मानिसहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी
capita populi Pheros Phaethmoab Helam Zethu Bani
15 बुन्नी, अज्गाद, बेबै,
Bonni Azgad Bebai
16 अदोनियाह, बिग्वै, आदीन,
Adonia Beggoai Adin
17 आतेर, हिजकिया, अज्जूर,
Ater Ezechia Azur
20 मग्पीआस, मशुल्लाम, हेजीर,
Mecphia Mosollam Azir
21 मशेजेबेल, सादोक, यदूअ,
Mesizabel Sadoc Ieddua
22 पलत्याह, हानान, अनायाह,
Felthia Anan Ania
23 होशिया, हनन्याह, हश्शूब,
Osee Anania Asub
24 हल्लोहेश, पिल्हा, शोबक,
Aloes Phaleam Sobec
25 रेहूम, हशब्ना, मासेयाह,
Reum Asebna Madsia
27 मल्लूक, हारीम र बानाह ।
Melluc Arem Baana
28 बाँकी मानिसहरू अर्थात् पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू र छिमेकी देशका मानिसहरूबाट आ-आफूलाई अलग गरी परमेश्वरको व्यवस्था पालन गर्ने प्रतिज्ञा गरेका सबै पुरुष, तिनीहरूका पत्नीहरू, तिनीहरूका छोराछोरीहरू जससित ज्ञान र समझशक्ति थियो,
et reliqui de populo sacerdotes Levitae ianitores et cantores Nathinnei et omnes qui se separaverunt de populis terrarum ad legem Dei uxores eorum filii eorum et filiae eorum
29 तिनीहरू आफ्ना दाजुभाइहरू, तिनीहरूका कुलीनहरूसित मिलेर परमेश्वरका दास मोशाद्वारा दिइएको परमेश्वरको व्यवस्थामा हिँड्न र परमप्रभु हाम्रा परमेश्वरका सबै आज्ञा, उहाँका आदेशसाथै विधिविधानहरू मान्न र पालन गर्न सरापको शपथद्वारा बाँधिए ।
omnis qui poterat sapere spondentes pro fratribus suis optimates eorum et qui veniebant ad pollicendum et iurandum ut ambularent in lege Dei quam dederat in manu Mosi servi Dei ut facerent et custodirent universa mandata Domini Dei nostri et iudicia eius et caerimonias eius
30 हामीले हाम्रा छोरीहरू त्यस देशका मानिसहरूलाई नदिने र तिनीहरूका छोरीहरू हाम्रा छोरीहरूका निम्ति नलिने प्रतिज्ञा गर्यौँ ।
et ut non daremus filias nostras populo terrae et filias eorum non acciperemus filiis nostris
31 त्यस देशका मानिसहरूले शबाथ दिनमा कुनै वस्तु वा अन्न बेच्न ल्याए भने शबाथ वा कुनै पनि पवित्र दिनमा हामीले तिनीहरूबाट नकिन्ने प्रतिज्ञा पनि गर्यौँ । हरेक सात वर्ष हामीले हाम्रा खेतहरूलाई विश्राम दिने छौँ, र हाम्रा सबै ऋण माफी गरिदिने छौँ ।
populi quoque terrae qui inportant venalia et omnia ad usum per diem sabbati ut vendant non accipiemus ab eis in sabbato et in die sanctificata et dimittemus annum septimum et exactionem universae manus
32 हाम्रा परमेश्वरको मन्दिरको सेवाको लागि हरेक वर्ष शेकेलको एक तिहाइ दिनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्यौँ ।
et statuemus super nos praecepta ut demus tertiam partem sicli per annum ad opus domus Dei nostri
33 उपस्थितिको रोटी, नियमित अन्नबलि, शबाथमा चढाइने होमबलिहरू, औँसीका चाडहरू र तोकिएका चाडहरू, पवित्र भेटीहरू, इस्राएलको निम्ति प्रायश्चित्तको लागि चढाइनुपर्ने पापबलिहरूसाथै हाम्रा परमेश्वरको मन्दिरका कामको लागि उपलब्ध गराउनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्यौँ ।
ad panes propositionis et ad sacrificium sempiternum et in holocaustum sempiternum in sabbatis in kalendis in sollemnitatibus et in sanctificatis et pro peccato ut exoretur pro Israhel et in omnem usum domus Dei nostri
34 पुजारीहरू, लेवीहरू र मानिसहरूले दाउराको बलिदानको लागि चिट्ठा हाल्ने गर्थे । व्यवस्थामा लेखिएबमोजिम परमप्रभु हाम्रा परमेश्वरको वेदीमा हरेक वर्ष तोकिएको समयमा हाम्रा परमेश्वरको मन्दिरमा बाल्न चिट्ठाले नै कसले दाउरा ल्याउने भनी हाम्रा परिवारहरूको छनोट गर्थ्यो ।
sortes ergo misimus super oblatione lignorum inter sacerdotes et Levitas et populos ut inferrentur in domum Dei nostri per domos patrum nostrorum per tempora a temporibus anni usque ad annum ut arderent super altare Domini Dei nostri sicut scriptum est in lege Mosi
35 हामीले हाम्रो माटोमा उम्रेका प्रथम फलहरू र वर्षैपिच्छे हरेक रुखका प्रथम फलहरू परमप्रभुको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्यौँ ।
et ut adferremus primogenita terrae nostrae et primitiva universi fructus omnis ligni ab anno in annum in domo Domini
36 व्यवस्थामा लेखिएबमोजिम हामीले हाम्रा छोराहरू र हाम्रा गाईवस्तुसाथै भेडा-बाख्राहरूका पहिले बियाएकाहरू परमेश्वरको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्यौँ ।
et primitiva filiorum nostrorum et pecorum nostrorum sicut scriptum est in lege et primitiva boum nostrorum et ovium nostrarum ut offerrentur in domo Dei nostri sacerdotibus qui ministrant in domo Dei nostri
37 हामी पहिले पिँधेको पिठो, हाम्रा अन्नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ ।
et primitias ciborum nostrorum et libaminum nostrorum et poma omnis ligni vindemiae quoque et olei adferemus sacerdotibus ad gazofilacium Dei nostri et decimam partem terrae nostrae Levitis ipsi Levitae decimas accipient ex omnibus civitatibus operum nostrorum
38 लेवीहरूले दशांश बटुल्दा हारूनको सन्तान अर्थात् पुजारी तिनीहरूसित हुनैपर्छ । लेवीहरूले दशांशहरूको दसौँ अंश हाम्रा परमेश्वरको मन्दिरको भण्डारण कोठाहरूमा ल्याउनुपर्छ ।
erit autem sacerdos filius Aaron cum Levitis in decimis Levitarum et Levitae offerent decimam partem decimae suae in domum Dei nostri ad gazofilacium in domo thesauri
39 इस्राएलीहरू र लेवीका सन्तानहरूले अन्न, नयाँ दाखमद्य र तेलका दानहरू भण्डार कोठाहरूमा ल्याउनुपर्छ जहाँ पवित्रस्थानका भाँडाहरू राखिन्छन् र सेवा गर्ने पुजारीहरूसाथै द्वारपालहरू र गायकहरू बस्छन् । हामी हाम्रा परमेश्वरको मन्दिरलाई बेवास्ता गर्ने छैनौँ ।
ad gazofilacium enim deportabunt filii Israhel et filii Levi primitias frumenti vini et olei et ibi erunt vasa sanctificata et sacerdotes et cantores et ianitores et ministri et non dimittemus domum Dei nostri