< नहेम्याह 10 >

1 सहीछाप लाउनेहरूका नाउँ यिनै थिए: हकल्‍याहका छोरा राज्‍यपाल नहेम्‍याह, सिदकियाह,
印を押した者はハカリヤの子である総督ネヘミヤ、およびゼデキヤ、
2 सरायाह, अजर्याह, यर्मिया,
セラヤ、アザリヤ、エレミヤ、
3 पशहूर, अमर्याह, मल्‍कियाह,
パシュル、アマリヤ、マルキヤ、
4 हत्तूश, शबन्‍याह, मल्‍लूक,
ハットシ、シバニヤ、マルク、
5 हारीम, मरेमोत, ओबदिया,
ハリム、メレモテ、オバデヤ、
6 दानिएल, गिन्‍नतोन, बारूक,
ダニエル、ギンネトン、バルク、
7 मशुल्‍लाम, अबिया, मियामीन,
メシュラム、アビヤ、ミヤミン、
8 माज्‍याह, बिल्‍गै, र शमायाह । यिनीहरूचाहिँ पुजारी थिए ।
マアジヤ、ビルガイ、シマヤで、これらは祭司である。
9 लेवीहरू: अजन्‍याहका छोरा येशूअ, हेनादादका छोरा बिन्‍नूई, कादमीएल,
レビびとではアザニヤの子エシュア、ヘナダデの子らのうちのビンヌイ、カデミエル、
10 र तिनीहरूका दाजुभाइहरू शबन्‍याह, होदियाह, कलीता, पलयाह, हानान,
およびその兄弟シバニヤ、ホデヤ、ケリタ、ペラヤ、ハナン、
11 मीयका, रहोब, हशब्‍याह,
ミカ、レホブ、ハシャビヤ、
12 जक्‍कूर, शरेबियाह, शबन्‍याह,
ザックル、セレビヤ、シバニヤ、
13 होदियाह, बानी, र बनीनू ।
ホデヤ、バニ、ベニヌである。
14 मानिसहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी
民のかしらではパロシ、パハテ・モアブ、エラム、ザット、バニ、
15 बुन्‍नी, अज्‍गाद, बेबै,
ブンニ、アズガデ、ベバイ、
16 अदोनियाह, बिग्‍वै, आदीन,
アドニヤ、ビグワイ、アデン、
17 आतेर, हिजकिया, अज्‍जूर,
アテル、ヒゼキヤ、アズル、
18 होदियाह, हाशूम, बेजै,
ホデヤ、ハシュム、ベザイ、
19 हारीप, अनातोत, नेबै,
ハリフ、アナトテ、ノバイ、
20 मग्‍पीआस, मशुल्‍लाम, हेजीर,
マグピアシ、メシュラム、ヘジル、
21 मशेजेबेल, सादोक, यदूअ,
メシザベル、ザドク、ヤドア、
22 पलत्‍याह, हानान, अनायाह,
ペラテヤ、ハナン、アナニヤ、
23 होशिया, हनन्‍याह, हश्‍शूब,
ホセア、ハナニヤ、ハシュブ、
24 हल्‍लोहेश, पिल्‍हा, शोबक,
ハロヘシ、ピルハ、ショベク、
25 रेहूम, हशब्‍ना, मासेयाह,
レホム、ハシャブナ、マアセヤ、
26 अहिया, हानान, आनान,
アヒヤ、ハナン、アナン、
27 मल्‍लूक, हारीम र बानाह ।
マルク、ハリム、バアナである。
28 बाँकी मानिसहरू अर्थात् पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायकहरू, मन्दिरका सेवकहरू र छिमेकी देशका मानिसहरूबाट आ-आफूलाई अलग गरी परमेश्‍वरको व्यवस्था पालन गर्ने प्रतिज्ञा गरेका सबै पुरुष, तिनीहरूका पत्‍नीहरू, तिनीहरूका छोराछोरीहरू जससित ज्ञान र समझशक्ति थियो,
その他の民、祭司、レビびと、門を守る者、歌うたう者、宮に仕えるしもべ、ならびにすべて国々の民と離れて神の律法に従った者およびその妻、むすこ、娘などすべて知識と悟りのある者は、
29 तिनीहरू आफ्ना दाजुभाइहरू, तिनीहरूका कुलीनहरूसित मिलेर परमेश्‍वरका दास मोशाद्वारा दिइएको परमेश्‍वरको व्यवस्थामा हिँड्न र परमप्रभु हाम्रा परमेश्‍वरका सबै आज्ञा, उहाँका आदेशसाथै विधिविधानहरू मान्‍न र पालन गर्न सरापको शपथद्वारा बाँधिए ।
その兄弟である尊い人々につき従い、神のしもべモーセによって授けられた神の律法に歩み、われわれの主、主のすべての戒めと、おきてと、定めとを守り行うために、のろいと誓いとに加わった。
30 हामीले हाम्रा छोरीहरू त्यस देशका मानिसहरूलाई नदिने र तिनीहरूका छोरीहरू हाम्रा छोरीहरूका निम्ति नलिने प्रतिज्ञा गर्‍यौँ ।
われわれはこの地の民らにわれわれの娘を与えず、われわれのむすこに彼らの娘をめとらない。
31 त्यस देशका मानिसहरूले शबाथ दिनमा कुनै वस्तु वा अन्‍न बेच्न ल्याए भने शबाथ वा कुनै पनि पवित्र दिनमा हामीले तिनीहरूबाट नकिन्‍ने प्रतिज्ञा पनि गर्‍यौँ । हरेक सात वर्ष हामीले हाम्रा खेतहरूलाई विश्राम दिने छौँ, र हाम्रा सबै ऋण माफी गरिदिने छौँ ।
またこの地の民らがたとい品物または穀物を安息日に携えて来て売ろうとしても、われわれは安息日または聖日にはそれを買わない。また七年ごとに耕作をやめ、すべての負債をゆるす。
32 हाम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि हरेक वर्ष शेकेलको एक तिहाइ दिनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ ।
われわれはまたみずから規定を設けて、われわれの神の宮の用のために年々シケルの三分の一を出し、
33 उपस्थितिको रोटी, नियमित अन्‍नबलि, शबाथमा चढाइने होमबलिहरू, औँसीका चाडहरू र तोकिएका चाडहरू, पवित्र भेटीहरू, इस्राएलको निम्ति प्रायश्‍चित्तको लागि चढाइनुपर्ने पापबलिहरूसाथै हाम्रा परमेश्‍वरको मन्दिरका कामको लागि उपलब्ध गराउनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ ।
供えのパン、常素祭、常燔祭のため、安息日、新月および定めの祭の供え物のため、聖なる物のため、イスラエルのあがないをなす罪祭、およびわれわれの神の宮のもろもろのわざのために用いることにした。
34 पुजारीहरू, लेवीहरू र मानिसहरूले दाउराको बलिदानको लागि चिट्ठा हाल्ने गर्थे । व्यवस्थामा लेखिएबमोजिम परमप्रभु हाम्रा परमेश्‍वरको वेदीमा हरेक वर्ष तोकिएको समयमा हाम्रा परमेश्‍वरको मन्दिरमा बाल्न चिट्ठाले नै कसले दाउरा ल्याउने भनी हाम्रा परिवारहरूको छनोट गर्थ्यो ।
またわれわれ祭司、レビびとおよび民はくじを引いて、律法にしるされてあるようにわれわれの神、主の祭壇の上にたくべきたきぎの供え物を、年々定められた時に氏族にしたがって、われわれの神の宮に納める者を定めた。
35 हामीले हाम्रो माटोमा उम्रेका प्रथम फलहरू र वर्षैपिच्छे हरेक रुखका प्रथम फलहरू परमप्रभुको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्‍यौँ ।
またわれわれの土地の初なり、および各種の木の実の初なりを、年々主の宮に携えてくることを誓い、
36 व्यवस्थामा लेखिएबमोजिम हामीले हाम्रा छोराहरू र हाम्रा गाईवस्तुसाथै भेडा-बाख्राहरूका पहिले बियाएकाहरू परमेश्‍वरको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्‍यौँ ।
また律法にしるしてあるように、われわれの子どもおよび家畜のういご、およびわれわれの牛や羊のういごを、われわれの神の宮に携えてきて、われわれの神の宮に仕える祭司に渡し、
37 हामी पहिले पिँधेको पिठो, हाम्रा अन्‍नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्‍वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ ।
われわれの麦粉の初物、われわれの供え物、各種の木の実、ぶどう酒および油を祭司のもとに携えて行って、われわれの神の宮のへやに納め、またわれわれの土地の産物の十分の一をレビびとに与えることにした。レビびとはわれわれのすべての農作をなす町において、その十分の一を受くべき者だからである。
38 लेवीहरूले दशांश बटुल्दा हारूनको सन्तान अर्थात् पुजारी तिनीहरूसित हुनैपर्छ । लेवीहरूले दशांशहरूको दसौँ अंश हाम्रा परमेश्‍वरको मन्दिरको भण्डारण कोठाहरूमा ल्याउनुपर्छ ।
レビびとが十分の一を受ける時には、アロンの子孫である祭司が、そのレビびとと共にいなければならない。そしてまたレビびとはその十分の一の十分の一を、われわれの神の宮に携え上って、へやまたは倉に納めなければならない。
39 इस्राएलीहरू र लेवीका सन्तानहरूले अन्‍न, नयाँ दाखमद्य र तेलका दानहरू भण्डार कोठाहरूमा ल्याउनुपर्छ जहाँ पवित्रस्थानका भाँडाहरू राखिन्छन् र सेवा गर्ने पुजारीहरूसाथै द्वारपालहरू र गायकहरू बस्छन् । हामी हाम्रा परमेश्‍वरको मन्दिरलाई बेवास्ता गर्ने छैनौँ ।
すなわちイスラエルの人々およびレビの子孫は穀物、ぶどう酒、および油の供え物を携えて行って、聖所の器物および勤めをする祭司、門衛、歌うたう者たちのいるへやにこれを納めなければならない。こうしてわれわれは、われわれの神の宮をなおざりにしない。

< नहेम्याह 10 >