< नहेम्याह 1 >

1 हकल्याहका छोरा नहेम्याहका वचनहरूः बिसौँ वर्षको किसलेव महिनामा म शूशनको किल्लामा छँदा,
Awa ndi mawu a Nehemiya mwana wa Hakaliya: Pa mwezi wa Kisilevi, chaka cha makumi awiri, pamene ndinali mu mzinda wa Susa,
2 मेरा दाजुहरूमध्येका एक जना अर्थात् हनानी यहूदाबाट केही मानिसहरूसँगै आए, र मैले त्यहाँ बाँकी रहेका यहूदीहरू र यरूशलेमको विषयमा सोधपुछ गरेँ ।
Hanani mmodzi mwa abale anga, anabwera ndi anthu ena kuchokera ku Yuda, ndipo ine ndinawafunsa za Ayuda otsala amene sanatengedwe ukapolo, ndiponso za mzinda wa Yerusalemu.
3 तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”
Anandiyankha kuti, “Amene sanatengedwe ukapolo aja ali pa mavuto aakulu ndipo ali ndi manyazi. Khoma la Yerusalemu ndilogamukagamuka ndipo zipata zake zinatenthedwa ndi moto.”
4 मैले यी वचन सुन्‍ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्‍वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।
Nditamva zimenezi, ndinakhala pansi ndi kuyamba kulira. Ndinalira kwa masiku angapo. Ndinkasala zakudya ndi kumapemphera pamaso pa Mulungu Wakumwamba.
5 तब मैले भनेँ, “तपाईं स्वर्गका परमेश्‍वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्‍नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ ।
Ndinkati: “Inu Yehova, Mulungu wakumwamba, Mulungu wamkulu ndi woopsa. Mumasunga pangano ndi kuonetsa chikondi chosasinthika kwa onse amene amakukondani ndi kumvera malamulo anu.
6 अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्‍नुहोस्, र तपाईंका आँखा खोल्नुहोस् । तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप म स्वीकार गर्दै छु । म र मेरा पिताको घराना दुवैले पाप गरेका छन् ।
Tcherani khutu lanu ndi kutsekula maso anu kuti mumve pemphero la mtumiki wanune limene ndikupemphera usana ndi usiku pamaso panu kupempherera Aisraeli, atumiki anu. Ndikuvomereza machimo a Aisraeli amene tinakuchimwirani. Ndithu, ine ndi banja la makolo anga tinakuchimwirani.
7 हामीले तपाईंको विरुद्धमा दुष्‍ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ ।
Ife tinakuchitirani zoyipa zambiri. Sitinamvere mawu anu, malamulo ndi malangizo anu amene munapereka kwa mtumiki wanu Mose.
8 कृपा गरी आफ्ना दास मोशालाई तपाईंले आज्ञा दिनुभएको वचन स्मरण गर्नुहोस्, 'तिमीहरू अविश्‍वासयोग्य भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिने छु,
“Kumbukirani mawu amene munawuza mtumiki wanu Mose akuti, ‘Ngati mukhala osakhulupirika, ndidzakubalalitsani pakati pa mitundu ina.
9 तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्‍यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना-कुनासम्म तितर-बितर भए तापनि म तिनीहरूलाई त्यहाँबाट जम्मा गर्ने छु, र मेरो नाउँ राख्‍न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउने छु ।'
Koma mukabwerera kwa Ine, mukamvera malamulo anga ndi kuwatsatadi, ndiye kuti ngakhale anthu anu atabalalika kutali chotani, Ine ndidzawasonkhanitsa kuchokera kumeneko ndi kubwera nawo ku malo amene ndinasankha kuti azidzayitanira dzina langa.’
10 तिनीहरू तपाईंका दासहरू हुन्, र तपाईंका मानिसहरू हुन्, जसलाई तपाईंले आफ्नो महान् शक्ति र शक्तिशाली हातले छुटकारा दिनुभएको छ ।
“Iwo ndi atumiki anu ndi anthu anu, amene munawawombola ndi mphamvu yanu yayikulu ndi dzanja lanu lamphamvu.
11 हे परमप्रभु, म बिन्ती गर्छु, कि तपाईंको नाउँको आदर गर्ने तपाईंका दास र तपाईंका दासहरूको प्रार्थना सुन्‍नुहोस् । आज तपाईंको दासलाई सफलता दिनुहोस्, र यस मानिसको दृष्‍टिमा उसलाई कृपा देखाउनुहोस् ।” म राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें ।
Inu Ambuye tcherani khutu lanu kuti mumve pemphero la mtumiki wanune ndiponso pemphero la atumiki anu amene amakondwera kuchitira ulemu dzina lanu. Lolani kuti mtumiki wanune zinthu zindiyendere bwino lero ndi kuti mfumu indichitire chifundo.” Nthawi imeneyi nʼkuti ndili woperekera zakumwa kwa mfumu.

< नहेम्याह 1 >