< नहूम 3 >

1 रगतले भरिएको सहरलाई धिक्‍कार! त्यो झूट र लूटको सम्पत्तिले भरिएको छ । त्यसका शिकारहरू सधैँ त्यहीँभित्र छन् ।
Ole kwa mji uliojaa damu! Wote umejaa uongo na mali za wizi; wahanga wapo kwake daima.
2 तर अब त्यहाँबाट कोर्राहरूको, तेज पाङ्ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् ।
Lakini sasa kunasauti ya mijeledi na sauti za kugongesha matairi, farasi wakicheza, na magari ya vita yanaruka ruka.
3 आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन् । त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् ।
Kuna wapanda farasi wanashambulia, Upanga unang'ara, mikuki inametameta, marundo ya maiti, mafungu makubwa ya miili; hakuna ukomo wa miili, washambuliaji wanajikwaa juu yake.
4 टुनामुनामा निपुण, त्यो सुन्दर वेश्या, जसले आफ्नो, र टुनामुनाले जाति-जातिहरूलाई बेच्छे, त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ ।
Hii inatokea kwa sababu ya matendo ya tamaa ya kahaba mzuri, mzoefu wa uchawi, mwenye kuuza taifa kwa umalaya wake, na watu kwa njia ya matendo yake ya kichawi.
5 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्ध छु । म तेरो फरियालाई तेरो अनुहारभन्दा माथिसम्म उचालिदिनेछु र तेरा गुप्‍तांगहरू जाति-जातिहरूलाई, र तेरो शर्म राज्यहरूलाई देखाइदिनेछु ।
“Tazama, mimi nipo kinyume na wewe- hili ni neno la Yehova wa majeshi- sketi yako nitaiinua juu ya uso wako na kuzionyesha sehemu zako za siri kwa mataifa, aibu yako kwa falme.
6 म तँमाथि घिनलाग्दो फोहोर फ्याँक्‍नेछु र तँलाई घृणित बनाइदिनेछु । म तँलाई यस्तो बनाउनेछु, कि सबैले तँलाई हेर्नेछन् ।
Nitarusha uchafu wa kuchukiza na kukufanya uwe mbaya sana; nitakufanya uwe mtu wa kutazamwa na kila mmoja.
7 तँलाई हेर्ने सबै तँबाट टाढा भाग्‍नेछन् र भन्‍नेछन्, ‘निनवे नष्‍ट भएको छ, त्यसको निम्ति कसले विलौना गर्ला?’ तँलाई शान्त्वना दिने मैले कहाँ पाउन सक्छु?”
Itakuwa kwamba kila mmoja anayekutazama atakukimbia na kusema, “Ninawi ameharibika; ni nani ataomboleza kwa ajili yake?' Ni wapi nitampata mtu anayeweza kukufariji?”
8 निनवे, के तँ नील नदीको किनारमा बनाइएको नो शहरभन्दा असल छस्, त्यो शहर जसको वरिपरि पानी थियो, जसको सुरक्षा सागर, र जसको पर्खाल समुद्र थियो?
Ninawi, je wewe ni bora kuliko Noamoni, uliojengwa juu ya Mto Naili, uliokuwa umezungukwa na maji, ambao ulinzi wake ilikuwa bahari, ambao ukuta wake ilikuwa bahari yenyewe?
9 कूश र मिश्र त्यसका शक्ति थिए, र त्यसको कुनै अन्त थिएन । पूत र लिबिया त्यसका मित्रराष्‍ट्रहरू थिए ।
Ethiopia na Misri zilikuwa nguvu zake, na mwisho wake haukuwepo; Putu na Libya walikuwa rafiki zake.
10 तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।
Lakini Noamoni alichukuliwa; alikwenda kwenye mateka; watoto wake wadogo walivunjwa vipande vipande katika kila makao makuu ya mtaa; adui zake walipiga kura kwa watu wake wenye heshima na wakuu wake wote walifungwa minyororo.
11 तँ मतवाला हुनेछस्, तँ लुक्‍न कोसिस गर्नेछस्, र तैँले आफ्नो शत्रुबाट भाग्‍नलाई शरणस्थान खोज्नेछस् ।
Wewe pia utalewa; utajaribu kujificha, na utatafuta makimbilio kutoka kwa adui yako.
12 तेरा सबै किल्लाहरू पहिले नै फल पाकेका अन्जिरका रूखहरूझैँ हुनेछन् । ती हल्लाइए भने, त्यसका सबै फल खानेवालाको मुखमा झर्नेछन् ।
Ngome zako zote zitakuwa kama mitini yenye tini zilizoiva mapema: kama zikitikiswa, zitaangukia kwenye kimywa cha mlaji.
13 हेर्, तेरा बिचमा भएका मानिसहरू स्‍त्रीहरू मात्र छन् । तेरो देशका प्रवेशद्धारहरु शत्रुहरूका निम्ति खुला भएका छन् । आगोले त्यसका गजबारहरू भस्म पारेको छ ।
Tazama, watu miongoni mwenu ni wanawake; malango ya nchi yako yamefunguliwa sana kwa ajili ya adui zako; moto umeharibu bawaba zake.
14 घेरावन्दीको दिनको निम्ति पानी भर्, आफ्ना किल्लाहरू बलियो पार् । हिलोमा जा, र त्यसलाई कुल्ची । इट बनाउने भाँडो बोक् ।
Nenda ukachote maji kwenye boma iliyozingirwa; ziimarishe ngome zako; nenda kwenye udongo na kandamiza matope; finyanga kwa ajili ya matofali.
15 आगोले तँलाई त्यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ । फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो, र सलाहहरूझैँ संख्यामा बढ्‍ ।
Moto utakuteketeza pale, na upanga utakuangamiza. Utateketezwa kama nzige wachanga wanavyoteketeza kila kitu. Ninyi wenyewe mjitengeneze kuwa wengi kama nzige wachanga, na wengi kama nzinge waliopevuka.
16 तैँले आफ्ना व्यापारीहरूलाई आकाशका ताराहरूभन्दा पनि धेरै बनाएको छस्, तर तिनीहरू सलहहरूझैँ हुन्, तिनीहरूले भुमिलाई लुटेर उडिजान्छन् ।
Umezidisha wafanyabiashara wako zaidi kuliko nyota mbinguni; lakini wapo kama tunutu: wanapora nchi na kisha kuruka kwenda mbali.
17 तेरा राजकुमारहरू सलहहरूझैँ धेरै छन्, र तेरा अधिकारीहरू सलहका बथानझैँ छन्, जो चिसो दिनमा पर्खालहरूमा बस्छन् । तर घाम उदाएपछि ती कहाँ उडेर जान्छन् भन्‍ने नै थाहा हुँदैन ।
Wafalme wenu wapo wengi kama zinge, na wakuu wenu wa majeshi ni kama kundi la wadudu wenye kuweka kambi katika ukuta wakati wa baridi. Lakini jua linapowaka wanaruka kwenda mbali ambako hakuna anayepajua.
18 अश्शूरको राजा, तेरा गोठालाहरू सुतेका छन्, तेरा शासकहरू विश्राम गर्दै पल्टेका छन् । तेरा मानिसहरू पर्वतहरूमा छरिएका छन्, र तिनीहरूलाई त्यहाँ भेला गर्ने कोही छैन ।
Mfalme wa Ashuru, wachungaji wako wamelala; watawala wako wamejilaza chini kupumzika. Watu wako wametawanyika juu ya milima, na hakuna hata mmoja wa kuwakusanya.
19 तेरा घाउहरू निको हुँदैनन् । ती गहिरा छन् । तेरो विषयमा सुन्‍ने सबैले रमाहटले ताली बजाउँछन् । तेरो लगातारको दुष्‍टताबाट को भागेको छ र?
Hakuna uponyaji unaowezekana kwa ajili ya vidonda vyako. Vidonda vyako ni vikubwa. Wanaosikia habari juu yako watapiga makofi kwa furaha juu yako. Ni nani aliyejiepusha kwa uovu wako wa daima?

< नहूम 3 >