< नहूम 2 >

1 तँलाई टुक्रा-टुक्रा पार्नुहुने तेरो विरुद्धमा आउँदै हुनुहुन्छ । सहरहरूका पर्खालहरूमा मानिसहरू खटाओ, बाटोहरूलाई पहरा देओ, आफैँलाई बलिया बनाओ, आफ्ना सेनाहरूलाई एकठ्ठा गर ।
Изађе затирач на те, чувај град, пази на пут, утврди бедра, укрепи се добро.
2 लुटेराहरूले तिनीहरूलाई तहस-नहस गरे तापनि, र तिनीहरूका दाखका हाँगाहरूलाई नष्‍ट गरे तापनि, परमप्रभुले इस्राएलको गौरवझैँ याकूबको गौरव पुनर्स्थापित गर्दै हुनुहुन्छ ।
Јер Господ поврати славу Јаковљеву као славу Израиљеву, јер их пустошници опустошише и лозе им потрше.
3 त्यसका शक्तिशाली मानिसहरूका रक्षा कवचहरू राता छन्, र त्यसका सैनिकहरू वैजनी रङ्गका पोशाकमा छन् । तिनीहरूका रथहरू तयार भएका दिनमा तिनीहरूका धातुद्धारा चम्किन्छन्, र सल्लोका भालाहरू हावामा लहराइन्‍छन् ।
Штит је јунака његових црвен, војници су у скерлету; кола ће му бити као запаљени лучеви на дан кад се уврста, и јеле ће се љуљати страшно.
4 ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्, फराकिला सडकहरूमा ती अगाडि र पछाडि दौडन्‍छन् । तिनीहरू राँकाझैँ देखिन्छन्, र तिनीहरू बिजुलीझैँ दौडन्‍छन् ।
Кола ће праскати по улицама и ударати једна о друга по путевима, биће као лучеви, и трчаће као муње.
5 तँलाई टुक्रा-टुक्रा पार्नेले आफ्ना अधिकारीहरूलाई बोलाउँछ, तर तिनीहरू हिँड्ने क्रममा एक आपसमा ठेस खाई लड्छन् । तिनीहरू सहरको पर्खाललाई आक्रमण गर्न हतारिन्छन् । यी आक्रमण गर्नेहरूलाई बचाउनको निम्ति ठुलो रक्षा कवच बनाइन्छ ।
Помињаће јунаке своје, а они ће падати идући, похитаће к зидовима његовим, и заклон ће бити готов.
6 नदीका बाँधहरू खुला पारिन्छन्, र दरबारचाहिँ नाश हुनेछ ।
Врата ће се рекама отворити, и двор ће се развалити.
7 हुज्‍जाबका वस्‍त्र फुकालिएकाछन् र त्यो निर्वासनमा लगिनेछे । त्यसका कमारीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन् ।
И која стоји, заробиће се и одвешће се, девојке њене пратиће је уздишући као голубице, бијући се у прси.
8 निनवे चुहिरहेको पोखरीझैँ हो, जसका मानिसहरू जोडले बगिरहेको पानीझैँ भागिरहेका छन् । अरूहरूले ठुलो सोरमा भन्छन्, “रोक, रोक,” तर कसैले पनि पछि फर्केर हेर्दैन ।
Ниневија беше као језеро водено откако јесте; али беже. Станите, станите. Али се нико не обзире.
9 चाँदी र सुनका लुटका सामान लेओ, किनभने निनवेका सबै सुन्दर कुराहरूका वैभवको कुनै अन्त्य छैन ।
Грабите сребро, грабите злато; благу нема краја, мноштво је свакојаких драгих заклада.
10 निनवे रित्तो र नष्‍ट भएको छ । सबैका हृदय पग्लिन्‍छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।
Испразни се, и оголе, и опусте; и срце се растопи, колена ударају једна о друго, и бол је у свим бедрима, и лица су свима поцрнела.
11 सिंहको गुफा, जहाँ जवान सिंहहरूलाई खुवाइन्थ्यो, जहाँ सिंह र सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे, जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे, त्यो ठाउँ कहाँ छ?
Где је ложа лавовима и пасиште лавићима, куда иђаше лав и лавица и лавић, и никога не беше да плаши.
12 सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा-टुक्रा गर्‍यो । त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्‍यो, र आफ्नो गुफालाई शिकारहरूले, र आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्‍यो ।
Лав ловљаше својим лавићима доста, и дављаше лавицама својим, и пуњаше пећине своје лова и ложе своје грабежа.
13 सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”
Ево ме на те, говори Господ над војскама, и попалићу кола твоја у дим, и мач ће прождрети лавиће твоје, и истребићу са земље грабеж твој, и неће се чути глас посланика твојих.

< नहूम 2 >