< नहूम 2 >
1 तँलाई टुक्रा-टुक्रा पार्नुहुने तेरो विरुद्धमा आउँदै हुनुहुन्छ । सहरहरूका पर्खालहरूमा मानिसहरू खटाओ, बाटोहरूलाई पहरा देओ, आफैँलाई बलिया बनाओ, आफ्ना सेनाहरूलाई एकठ्ठा गर ।
Disĵetanto iras kontraŭ vin; fortikigu viajn fortikaĵojn, gardu la vojon, armu viajn lumbojn, fortigu vin kiel eble plej potence.
2 लुटेराहरूले तिनीहरूलाई तहस-नहस गरे तापनि, र तिनीहरूका दाखका हाँगाहरूलाई नष्ट गरे तापनि, परमप्रभुले इस्राएलको गौरवझैँ याकूबको गौरव पुनर्स्थापित गर्दै हुनुहुन्छ ।
Ĉar la Eternulo restarigos la majeston de Jakob, kiel ankaŭ la majeston de Izrael; ĉar la ruinigantoj ilin ruinigis kaj ekstermis iliajn vinberbranĉojn.
3 त्यसका शक्तिशाली मानिसहरूका रक्षा कवचहरू राता छन्, र त्यसका सैनिकहरू वैजनी रङ्गका पोशाकमा छन् । तिनीहरूका रथहरू तयार भएका दिनमा तिनीहरूका धातुद्धारा चम्किन्छन्, र सल्लोका भालाहरू हावामा लहराइन्छन् ।
La ŝildo de liaj herooj estas ruĝigita; liaj militistoj estas kiel en purpuro; kiel fajro brilas la ĉaroj en la tago de lia armiĝo; la lancoj ŝanceliĝas.
4 ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्, फराकिला सडकहरूमा ती अगाडि र पछाडि दौडन्छन् । तिनीहरू राँकाझैँ देखिन्छन्, र तिनीहरू बिजुलीझैँ दौडन्छन् ।
Sur la stratoj rapide ruliĝas la ĉaroj, bruas sur la placoj; ili aspektas kiel torĉoj, brilas kiel fulmoj.
5 तँलाई टुक्रा-टुक्रा पार्नेले आफ्ना अधिकारीहरूलाई बोलाउँछ, तर तिनीहरू हिँड्ने क्रममा एक आपसमा ठेस खाई लड्छन् । तिनीहरू सहरको पर्खाललाई आक्रमण गर्न हतारिन्छन् । यी आक्रमण गर्नेहरूलाई बचाउनको निम्ति ठुलो रक्षा कवच बनाइन्छ ।
Li vokas siajn fortulojn, sed ili falpuŝiĝos dum sia irado; ili rapidas al la murego kaj preparas defendon.
6 नदीका बाँधहरू खुला पारिन्छन्, र दरबारचाहिँ नाश हुनेछ ।
La pordegoj ĉe la akvo malfermiĝos, kaj la palaco cedos.
7 हुज्जाबका वस्त्र फुकालिएकाछन् र त्यो निर्वासनमा लगिनेछे । त्यसका कमारीहरू छाती पिट्दै ढुकुरहरूझैँ विलाप गर्छन् ।
Decidita estas ĝia kapto kaj forkonduko, kaj ĝiaj sklavinoj ĝemos kiel kolomboj kaj batos sian bruston.
8 निनवे चुहिरहेको पोखरीझैँ हो, जसका मानिसहरू जोडले बगिरहेको पानीझैँ भागिरहेका छन् । अरूहरूले ठुलो सोरमा भन्छन्, “रोक, रोक,” तर कसैले पनि पछि फर्केर हेर्दैन ।
Nineve estas de ĉiam kiel baseno da akvo; sed nun ĝi forkuras: Haltu, haltu! sed neniu revenas.
9 चाँदी र सुनका लुटका सामान लेओ, किनभने निनवेका सबै सुन्दर कुराहरूका वैभवको कुनै अन्त्य छैन ।
Disrabu arĝenton, disrabu oron; senfinaj estas la trezoroj, estas multege da diversaj valoraĵoj.
10 निनवे रित्तो र नष्ट भएको छ । सबैका हृदय पग्लिन्छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।
Prirabita kaj plene ruinigita ĝi estos; la koro svenas, la genuoj tremas; ĉies lumboj senfortiĝis, kaj ĉies vizaĝoj nigriĝis.
11 सिंहको गुफा, जहाँ जवान सिंहहरूलाई खुवाइन्थ्यो, जहाँ सिंह र सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे, जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे, त्यो ठाउँ कहाँ छ?
Kie nun estas la loĝejo de la leonoj, kaj tiu paŝtejo de leonidoj, kie iradis leono, leonino, kaj leonidoj, kaj neniu ilin timigis?
12 सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा-टुक्रा गर्यो । त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्यो, र आफ्नो गुफालाई शिकारहरूले, र आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्यो ।
La leono disŝiradis sufiĉon por siaj idoj, sufokadis por siaj leoninoj, plenigadis siajn kavernojn per kaptaĵo kaj siajn nestegojn per disŝiritaĵo.
13 सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”
Jen Mi iras kontraŭ vin, diras la Eternulo Cebaot, kaj Mi forbruligos en fumo viajn ĉarojn, kaj glavo ekstermos viajn leonidojn; Mi ĉesigos sur la tero vian disŝiradon, kaj oni ne plu aŭdos la voĉon de viaj sendatoj.